काठमाडौँमा पाँच हजार ७७९ सुरक्षाकर्मी परिचालन
०२ मंसिर २०७९
•
२ मिनेट पाठ
काठमाडौँमा पाँच हजार ७७९ सुरक्षाकर्मी परिचालन
मुलुकको संघीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ। यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न  पाँच हजार सात सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको हो। प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि  प्रचारप्रसार निषेधको अवधि सुरू भइसकेको छ। निर्वाचन  शान्तपूर्णरुपमा सम्पन्न गर्न संवेदनशील मतदानस्थलमा केन्द्रीय सुरक्षा नीतिअनुसार प्रहरी परिचालन गरिएको छ।




जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न काठमाडौँका तीन सय २० मतदानस्थल र सातसय ५७ मतदान केन्द्रमा दुई हजार पाँच सय नेपाल प्रहरी र तीन हजार दुई सय ७९ म्यादी प्रहरी परिचालन गरिएको जानकारी दिए।  

काठमाडौँको क्षेत्र नं १ मा नेपाल प्रहरी एक सय ११, म्यादी प्रहरी दुई सय १८, क्षेत्र नं २ मा नेपाल प्रहरी दुई सय १७, म्यादी प्रहरी चार सय एक, क्षेत्र नं ३ मा नेपाल प्रहरी एक सय ६४, म्यादी प्रहरी दुई सय ९०, क्षेत्र नं ४ मा नेपाल प्रहरी एक सय ८१, म्यादी प्रहरी तीन सय ३९, क्षेत्र नं ५ मा नेपाल प्रहरी एक सय ७८ र म्यादी प्रहरी तीन सय २९ परिचालन गरिएको छ।

यस्तै क्षेत्र नं ६ मा नेपाल प्रहरी एक सय ६९, म्यादी प्रहरी तीन सय १७, क्षेत्र नं ७ मा नेपाल प्रहरी एक सय ५९, म्यादी प्रहरी दुई सय ९३, क्षेत्र नं ८ मा नेपाल प्रहरी एक सय ३८, म्यादी प्रहरी दुई सय ४४, क्षेत्र नं ९ मा नेपाल प्रहरी एक सय ९२, म्यादी प्रहरी तीन सय ५३ र क्षेत्र नं १० मा नेपाल प्रहरी दुई सय २६ र म्यादी प्रहरी चार सय २० परिचालन गरिएको प्रवक्ता मैनालीले बताए।  

यसका साथै नेपाल प्रहरीले काठमाडौँमा निर्वाचनलाई मध्यनजर गर्दै मोबाइल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, आचारसंहिता उल्लङ्घन अनुगमन, नाकामा सुरक्षा जाँच  गर्दै आएको छ। निर्वाचनको मिति नजिकिएसँगै नेपाल प्रहरीले रात्रिकालीन सुरक्षा जाँचलाई समेत कडाइ गरेको छ। रासस
अर्को समाचार
खोटाङको चुनावमा १९ सय सुरक्षाकर्मी परिचालित
०२ मंसिर २०७९
•
२ मिनेट पाठ
खोटाङको चुनावमा १९ सय सुरक्षाकर्मी परिचालित
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खोटाङमा झण्डै २ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ। यहि मंसिर ४ गते हुन गइरहेको चुनावमा मतपत्र लगायत निर्वाचन सामग्री, उम्मेदवार, मतदाता र मतदान केन्द्रको सुरक्षाका लागि सो संख्याको सुरक्षाकर्मी परिचालन गर्न खटाइएको हो।  




मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खोटाङमा आसन्न चुनावका लागि १ सय ३६ मतदानस्थल, १ सय ९४ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्र तोकिएको छ। ती सबै केन्द्रको सुरक्षा तथा निर्वाचन सामग्रीको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो। सहायक निर्वाचन अधिकृत रमाकान्त यादवका अनुसार सुरक्षाकर्मीसँगै जिल्लाभरी १ हजार ५ सय ५८ जना कर्मचारी पनि परिचालन हुने छन्।

एउटा प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको खोटाङका १० वटै स्थानीयतहमा रहेका मतदान केन्द्रमा पुग्ने गरी सबै निर्वाचन सामग्री पठाइसकिएको पनि यादवले बताए। समयमै मतदानस्थलमा निर्वाचन सामग्री पुगोस् भन्ने उदेश्यले गएको मंगलबारदेखि नै सामग्री बुझाएर सम्बन्धित केन्द्रतर्फ लाने क्रम चलिरहेको उनले बताए। मतदान अधिकृतहरुले आवश्यक सामग्री बुझेर आआफ्नो मतदान केन्द्रतर्फ लाने क्रम चलिरहेको र कतिपय ठाउँमा पुगिसकेको खवर आएको उनले बताए।  

पूर्णरुपमा पहाडी भूभाग रहेको खोटाङका अधिकतर क्षेत्र अझै पनि दुर्गम र बिकट छन्। १ लाख ४२ हजार ७ सइ ९२ मतदाता रहेको जिल्लाका कतिपय केन्द्रसम्म पुग्न मोटरबाटो नभएकाले भरियाले बोकेर लानुपर्ने अवस्था रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सदरमुकामदेखि बस र जिपमा हिडाइएका सामग्री केन्द्रमा पु¥याउन कतिपय ठाउँमा मान्छेले बोकेरै लानुपर्ने अवस्था भएकाले जनशक्ति पनि तयार गरिएको छ।  

४ गते खसेको मतपत्रसहितको बाकस ५ गते साँझसम्म सदरमुकाम ल्याई पु¥याउनुपर्ने निर्देशन दिइएको निर्वाचन कार्यालयले जनाएको छ। मतपत्रको बाकस आईसकेपछि सोही दिनदेखि जिल्ला अदालतमा गणना कार्य थाल्ने कार्यतालिका बनेको निर्वाचन कार्यालयको भनाइ छ। अदालतमा फरक फरक ३ ठाउँमा गनिने मतपत्र पहिले प्रतिनिधिसभा र त्यसपछि प्रदेशसभातर्फको गर्ने सहमति भएको छ।  

खोटाङमा प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ) उम्मेदवार छन्। उनी प्रदेश १ सरकारका बहालवाला खानेपानी, सिंचाई तथा उर्जामन्त्रीसमेत हुन्। प्रदेशतर्फ (क) मा एकीकृत समाजबादीका बीरबल काजी राई र (ख) मा नेपाली काँग्रेसका प्रदेश १ समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार छन्।  

मुख्य गरी गठबन्धन र एमालबीच द्वीपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको खोटाङमा प्रतिनिधिसभामा पासाङसँग एमाले पोलिट्व्युरो सदस्य विशाल भट्टराईले प्रतिस्पर्धा गर्नेछन् भने प्रदेशतर्फ क र ख मा क्रमशः पाँचकर्ण राई (पिके) र रामप्रसाद दंगाल उम्मेदवार रहेका छन्।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस