इतिहास रचेको दिन
११ वैशाख २०७२
•
२ मिनेट पाठ
इतिहास रचेको दिन
हिजो लोकतन्त्र दिवस। लगभग एक दशकको लोकतन्त्र। तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि सुरु भएको आन्दोलनले अन्ततः देशबाट राजतन्त्र नै फालिदियो। माओवादीको समर्थनसहित आठ दलले गरेको आन्दोलनले देशमा चलिरहेको माओवादी जनयुद्धलाई बिट मारिदियो। उनीहरू शान्ति प्रक्रियामा आए। २०४६ सालको आन्दोलनले देशमा प्रजातन्त्र ल्यायो भने ०६२/०६३ को आन्दोलनले गणतन्त्र भित्र्यायो।२४० वर्षदेखि जरा गाडेर बसेको राजतन्त्रलाई यही आन्दोलनले उखेलेर फालिदियो। देशलाई गणतन्त्रमा लैजान माओवादीले मात्र होइन कांग्रेस र एमालेको पनि त्यत्तिकै योगदान गरेका छन्। अझ भन्ने हो भने ०६२/०६३ को आन्दोलन गणतन्त्रका लागि जनताको अभिमत पनि हो। तर नेताहरूले जनताको अभिमतलाई संस्थागत गर्न सकेनन्।

दस वर्ष भनेको थोरै समय होइन। यो एक दशकमा दुईपटक संविधानसभाको चुनाव भयो। अझै जनताले संविधान पाउन सकेका छैनन्। बितेका वर्षहरूमा राजनीतिक दलहरू सत्तामै केन्द्रित भए, अहिलेसम्म सात जना त प्रधानमन्त्री नै बनाइसके। तैपनि केही दिनअगाडि एमाओवादीले गरेको निर्णयले बन्ला कि भन्ने अलिकति आशा देखाएको छ।

यी तस्बिरहरू १९ दिने दोस्रो जनआन्दोलनका बेला लिइएका हुन्। निरंकुशतालाई कुल्चेर लोकतान्त्रिक स्वतन्त्रताको फूल फुलाउन जनताले कसरी रगत बगाएका थिए! यो दृश्यले एकपटक राजनीतिक दलका नेताहरूलाई झस्काइदिन्छ कि!

लोकतन्त्रको शुभकामना।

Jan Aandolan 02 chaitra 29 a

Jan Aandolan 02 chaitra 29 c

Jan Aandolan 02 chaitra 30

Jan Aandolan 02 chaitra 30 a des bhakta khanal

Jan Aandolan 02 chaitra 31 a

Jan Aandolan 02 Baisakh 1

Jan Aandolan 02 Baisakh 2

Jan Aandolan 02 Baisakh 3

Jan Aandolan 02 Baisakh 4

Jan Aandolan 02 baishakh 15 house reinstated
https://images.nagariknewscdn.com/archive/10_16/media/k2/items/cache/371c05edec83ce2e96e50afd3c141b68_L.jpg
अर्को समाचार
जितगढी विजयाेत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन
०७ वैशाख २०८३
•
४ मिनेट पाठ
जितगढी विजयाेत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन
नेपालले तत्कालीन विश्वको शक्तिशाली अङ्ग्रेज सेनालाई पराजित गरेको आज वैशाख ७ गते गौरवपूर्ण दिन हो। विसं १८७१ वैशाख ७ गते आजकै दिन बुटवलस्थित जितगढी किल्लामा नेपाली सेनाले आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई परास्त गर्दै राष्ट्रिय स्वाभिमानको अद्वितीय इतिहास रचेको थियो।

जितगढीमा अङ्ग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन १८७१ वैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उपमहानगरपालिकाको २०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रुपमा मनाउँदै आएको छ।

जितगढीमा  १८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग हारेपछि अङ्ग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ। सोही दिन (वैशाख ७ गते)लाई विजयोत्सव दिवसका रुपमा बुटवल उपमहानगरपालिकाले मनाउन थालेको हो।

बुटवल उपमहानगरपालिकाले यस वर्ष पनि आज विजयोत्सवलाई विशेष रूपमा मनाउन गढी स्थलमा भव्य कार्यक्रमको आयोजना गरेको छ। विजयोत्सव कार्यक्रममा नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोली आइपुग्ने छ। उक्त टोलीलाई बुटवल उपमहानगरपालिका र नेपाली सेनाको टोलीले स्वागत गर्ने कार्यक्रम छ।

गोरखाको हनुमान भञ्ज्याङबाट सुरु भएको ‘गोरखा–जितगढी पदयात्रा’ आज जितगढी किल्लामा आइपुग्दैछ। नेपाली सेनाको सहभागितामा हुने कार्यक्रम, सांस्कृतिक प्रस्तुति र वीरताको स्मरणले किल्ला परिसर उत्सवमय बन्नेछ।

युद्धमा कर्णेल उजिरसिंहसहित कैयौँ नेपाली वीर योद्धाहरूले ज्यान गुमाए पनि त्यसको स्मरण अहिले पुनर्जीवित हुँदै गएको छ। लामो समयदेखि ओझेलमा परेको किल्लालाई २०७४ चैत २६ गते बुटवल उपमहानगरपालिकाको कार्यपालिकाले वैशाख ७ गतेलाई विजयोत्सवका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसपछि यसको संरक्षण र विकासको कामसँगै उजागार गर्ने प्रभावकारी प्रयास सुरु भएको थियो।

बुटवल नगरपालिका–१ मा पर्ने यो गढी तिनाउ खोलाको बायाँ किनारमा अवस्थित छ। समुद्र सतहभन्दा करिब १४८ मिटरको उचाइमा अवस्थित यो गढी पूर्वदेखि पश्चिमतिर फैलिएको छ। गढीको दक्षिण र पूर्वतिरको भाग मात्र बाँकी छ। चारैतिरबाट गढी घेरिएको अवस्थामा छ। जितगढी किल्लाको पुरातत्त्व विभागबाट आव २०५५/५६ देखि उत्खनन प्रारम्भ तथा २०७० माघ ८ गतेदेखि पुनः उत्खनन भए पनि अहिले रोकिएको छ। यसरी छरिएर रहेका सांस्कृतिक, ऐतिहासिक महत्त्वका सम्पदामध्ये जितगढी पनि एक हो।

विसं २०७४ पछि जनप्रतिनिधिहरूको पहलमा किल्लाको गुरुयोजना तयार भई संरक्षण तथा प्रवर्द्धनकाे काम अघि बढेका छन्। जितगढीमा अङ्ग्रेजलाई हराउने कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक रहेको छ। नेपाल अङ्ग्रेज युद्धमा बहादुरीका साथ लडेर आफ्नो ज्यान आहुति दिएका १३ वीर योद्धा कर्णेल उजिरसिंह थापासहित काजी वीरभञ्जन पाँडे (गुरुबक्स कम्पनी), कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, समशेर राना मगर, सरदार सुर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउज, जमदार शुरवीर बोहरा, हवल्दार रणशुर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ, जुठे बस्नेतलगायतको सालिक लस्करैसँग ठडिएका छन्।

सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा अहिले हरियाली उद्यान, डिजिटल सूचना बोर्ड, राष्ट्रधुनसहितको जलफोहोरा र विशाल राष्ट्रिय झण्डा जस्ता संरचना निर्माण भइसकेका छन्। जितगढी विजयको मिति लामो समय अन्यौलको अवस्थामा रहँदा बुटवल उपमहानगरपालिकाले वैशाख ७ गतेलाई आधिकारिक ‘विजय उत्सव दिवस’ घोषणा गरेको थियो। इतिहासविद्हरूको अध्ययन, प्रमाण सङ्कलन र नेपाली सेनासँगको सहकार्यमा युद्धका कमाण्डर र सहादत प्राप्त वीरहरूको पहिचान गरी जितगढी क्षेत्रमा सालिक स्थापना गरिएको छ।

कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेना र स्थानीयको संयुक्त प्रतिरोधले अङ्ग्रेज सेनालाई परास्त गरेको इतिहासले यो स्थललाई राष्ट्रिय गौरवको केन्द्र बनाएको छ।

पर्यटन गन्तव्य बन्दै

इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको सङ्गम बनेको जितगढी अब स्मारक मात्र होइन–सम्भावनायुक्त पर्यटन गन्तव्य पनि हो। विज्ञहरूका अनुसार किल्लालाई नजिकैको मणिमुकुन्दसेन दरबार र नुवाकोट गढीसँग जोडेर एकीकृत ‘बुटवल ऐतिहासिक पर्यटन सर्किट’ विकास गर्न सकिन्छ।

यसबारे यहाँका पर्यटन व्यवसायीले लामो समयदेखि आवाज पनि उठाउँदै आएका छन्। यसका साथै निर्माण भएको युद्ध सङ्ग्रहालयलाई योजनाअनुरूप नै सञ्चालन गरी ऐतिहासिक युद्धको जीवित अनुभव (डेमो) प्रस्तुत गर्न सकिन्छ। पुरानो बुटवलको सांस्कृतिक स्वरूप झल्काउने संरचना पुनर्निर्माण गर्न सकिने पनि उत्तिकै सम्भावना रहेको यस क्षेत्रका अध्येता देवेन्द्रराज शाक्य बताउँछन्।

लुम्बिनी क्षेत्रसँग जोडेर अन्तर्राष्ट्रिय पर्यटन प्रवाह आकर्षित गर्ने, सार्वजनिक–निजी साझेदारीमा होटल, रिसोर्ट र सेवा पूर्वाधार विस्तार गरी पर्यटन सर्किटका रुपमा विस्तार गर्न सकिने सम्भावना रहेको पर्यटन व्यवसायी तथा मणिमुकुन्द सेन उद्यान परिषद् (फूलबारी) का अध्यक्ष माधव नेपालको भनाइ छ।

नेपालसहितका व्यवसायीले नुवाकोट गढीलाई पर्यटन गन्तव्यका रूपमा विकास गरिरहेका छन्। त्यहाँसम्म चल्ने केबुलकार समेत सञ्चालनमा छ। तिनाउ नदीको कटान, निजी संरचनाद्वारा अतिक्रमण र सीमित पूर्वाधार विकास चुनौतीका रूपमा रहेका छन्। किल्ला वरपरका जग्गा अधिग्रहण, दीर्घकालीन गुरुयोजना कार्यान्वयन र निरन्तर लगानी अत्यावश्यक रहेको यहाँका अगुवा शाक्यको सुझाव छ।

जितगढी केवल विगतको सम्झना होइन, भविष्यको अवसर पनि हो। यदि योजनाबद्ध रूपमा संरक्षण, प्रवद्र्धन र पर्यटनसँग समायोजन गर्न सकियो भने यो स्थल बुटवल मात्र होइन, समग्र लुम्बिनी प्रदेशकै प्रमुख ऐतिहासिक–पर्यटन केन्द्र बन्न सक्ने सम्भावना रहेको अर्का संस्कृतिविद् तथा पूर्वउपप्रमुख विमलराज शाक्य बताउँछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस