लन्डन–संसारका गायक–गायिकाको 'ड्रिम स्टेज' मानिने लन्डनस्थित विश्व प्रख्यात रोयल अल्बर्ट हलमा पहिलो पटक नेपाली आवाज गुञ्जियो। पुराना ख्याती कमाएका र नयाँ पुस्ताका गायकको आवाज रोयल अल्बर्ट हलको झिलिमिली बत्तीमा आइतबार साँझ ऐतिहासिक बनेको हो।यो ऐतिहासिक रोयल अल्बर्ट हलमा पाका गायक दीप श्रेष्ठको 'म पत्थरको देवता होइन' बोलको गीत गुञ्जियो। उनको यो गीतलाई दर्शकदीर्घबाट तालीले भव्य स्वागत गरियो। त्यसपछि ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दीपक थापा, जेम्स प्रधान, सुजील कर्मचार्य, तृष्णा गुरुङलगायतका कलाकारहरुको प्रस्तुति बेजोड रह्यो।

भूकम्पले चर्किएका मनमा थोरै भए पनि मल्हम लगाउन चर्चित यी गायकहरुले १ सय ४४ वर्ष पुरानो रोयल अल्बर्ट हल छानेका हुन्। कलाकारहरुलाई सो हल सम्म पुराउने तारतम्य हेल्प नेपाल नेटवर्क यूकेले गरेको हो। यो सांगीतिक कार्यक्रमबाट बचेको रकम नेपालका भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा लगाइने घोषणा कलाकारले यसअघि नै गरेका छन। 'एन इभिनिङ फर गोर्खा' नाम दिएको सो कार्यक्रममा उठेको रकम गोर्खा जिल्लाका भूकम्प पीडित क्षेत्रको स्वास्थ्य र शिक्षमा खर्च गरिने हेल्प नेपाल नेटवर्कले जनाएको छ।'जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ' लगायतका गीतका गायक योगेश्वर अमात्यले कार्यक्रमको अन्त्यमा बेलायत स्थित नेपाली पत्रकारहरुको माँझमा कार्यक्रम ऐतिहासिक, अविस्मरणीय तथा सफल भएको प्रतिक्रिया दिए।

यसअघि बाद्यवादकसहित १८ जनाको कलाकार टोली शनिबार दिउँसो लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रेको थियो। बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री लगायत बेलायतका बिभिन्न शहरबाट आएका दर्शकहरुले मनोरञ्जन लिए। हेल्प नेपाल नेटर्वकका कोषाध्यक्ष सचिन श्रेष्ठका अनुसार करिब २५ सय दर्शकले मनोरञ्जन लिए।ऐतिहासिक स्थलमा आफ्नो प्रस्तुति दिन पाउदा कलाकारहरु दंग देखिन्थे। उनीहरुले पटक–पटक आयोजक र कार्यक्रममा उपस्थित दर्शकलाई धन्यवाद दिइरहे। कलाकार दीप श्रेष्ठले अल्बर्ट हल कलाकारहरुको मन्दिर भएको प्रतिर्क्रिया दिए। रोयल अल्बर्ट हलको प्रस्तुति जीन्दगीकै सबैभन्दा अविष्मरणीय क्षण भएको उनले बताए। गायकहरु आफ्न प्रस्तुति सकेर विदा माग्दा दर्शकहरुले एकै स्वरमा 'वान्स मोर' आवाज आउथ्यो।

कार्यक्रममा उपस्थित पूर्व मिस यूके नेपाल गौमाया गुरुगंले धेरै गित यसअघि नसुनेको भन्दैं आफू भन्दा धेरै पुराना पुस्ताको गित भए पनि मस्त मनोरञ्जन लिएको बताइन। हेजदेखि कार्यक्रम हेर्न
५ हजार २ सय ७२ सिट क्षमता भएको ऐतिहासिक स्टेजमा दोस्रो बिटल्स्, पिङक् फ्लोयड्, र्फ्यान्क सिनाट्राजस्ता संगीत समूहले प्रस्तुति गरिसकेका छन्।विश्व विख्यात व्याण्डहरु बिटल्स्, स्याडोज्, पप समूह दि होलिजदेखि स्पाइस गर्ल्स, इङलिस रक व्याण्ड रोलिङ स्टोन्स्, द हुलेसम्म यो स्टेजमा आफ्नो स्वरको जादु छरिसकेका छन्। बार्षिक ३ सय ५० भन्दा बढी इभेन्ट हुने यो हल सन् १८६१ मा बेलायतकी महारानीले उद्घाटन गरेकी हुन्।

कार्यक्रम सञ्चालक सञ्चारकर्मी भुषण दाहालले नेपालका पुराना कलाकारहरुले रोयल अल्बर्ट हलको प्रस्तुतिपछि नेपाली गीत संगीतले नयाँ उचाइ लिएको बताए। उनले कार्यक्रममा सहभागी हुन पाएकोमा प्रसन्नता ब्यक्त गरे। यसअघि निकै रोमान्चक रुपमा कार्यक्रममा प्रस्तुत हुने दाहाल लन्डनमा भने अल्ली फिका रुपमा प्रस्तुत भएका थिए।