विराटनगर– भारतबाट आउने ट्रकबाट तीन किलो चाँदीका सामान ल्याउँदै गरेको अवस्थामा विराटनगर भन्सारनजिक तीन भारतीय नागरिक पक्राउ परेका छन्।
शनिबार बेलुका ९ बजे सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा डिभिआर ५७९९ नम्बरको ट्रकको क्याबिनमा राखेर नेपाल ल्याउँदै गरेको चाँदीका सामानसहित चालक मञ्जित सिंह, अमृत सिंह र लक्ष्मण लेबर पक्राउ परेको सीमा सुरक्षाबल विराटनगरका एसपी रामकुमार राईले जनाए।
उनका अनुसार नियन्त्रणमा लिइएको ट्रक र चाँदीका सामान विराटनगर भन्सार कार्यालय बुझाइएको छ। पक्राउ परेका चालक र सहचालकहरूलाई इलाका प्रहरी कार्यालय रानी विराटनगरमा बुझाइएको उनले बताए।