शुक्रबार आयो कि कता जाऊँ कता जाऊँ लाग्छ। साथीहरूसँग काठमाडौं वरपरका गाउँ पुगिहाल्छु। एक रात बसेर शनिबार साँझ फर्कन्छु। कहिले चित्लाङ, कहिले पालुङ, कहिले दलचोकी, कहिले कता। साताको व्यस्त जीवनबाट मुक्ति मिल्छ।मलाई पदयात्रा मन पर्छ। हिँडेर पसिना चुहाउन मन लाग्छ। बेलाबेला हाइकिङमा जान्छु। घुम्न त पहिला पनि घुमिन्थ्यो। तर, ०६८ सालदेखि व्यवस्थित रूपमा घुम्दै आएको छु। घुम्ने नयाँ क्यालेण्डर बनेको छ। दसैं–तिहारबीचमा लामो दुरीको पदयात्रामा निस्कन्छु।
काठमाडौंमा हाइकिङ अभियान चलाइरहेको प्रकृतिप्रेमी समूहको संगतमा पुगेपछि हाइकिङले छाडेन। समूहले दसैंपछि लामो दुरीको पदयात्रा गराउँछ। त्यही समूहमा मिसिएर ०६८ सालमा बेँसीसहरबाट घलेगाउँ, पोखरा हुँदै सिरुबारीसम्म पदयात्रा गरेँ।
अर्को वर्ष लमजुङको भुजुङबाट ताङतिङ, सिक्लेस हुँदै घलेखर्क पदयात्रा गर्यौंल। ०७० सालमा हामी विश्वकै चर्चित अन्नपूर्ण सर्किट पदमार्गमा गयौं। यात्राको क्लाइमेक्स बिन्दु थोराङ भञ्ज्याङ (५,४१६ मिटर) पार गर्दाको क्षण सम्झँदै गर्व लाग्छ। सयौं विदेशीको हुलमा हामी २९ नेपाली पदयात्री थियौं।
ताङतिङ झर्ने बेला चुँरो लेक (३,३०० मिटर) सम्म पुगेको थिएँ। बेलाबेलामा हिँडिराख्ने भएकाले मनाङ यात्रामा समस्या भएन। यसपालि दसैंपछि खप्तड जाने समूहको योजना छ। जान्छु होला।
नेपाल घुम्नुभन्दा पहिला विदेशका धेरै ठाउँ घुमेँ। नेपाल वायुसेवामा जागिरे हुँदा सित्तैमा हवाई टिकट पाइन्थ्यो। त्यसैले सार्क मुलुक, जर्मन, फ्रान्स, केन्या, लन्डन, सिंगापुर, थाइल्यान्ड घुमेँ। कतिपय ठाउँमा परिवारसँगै गइयो। त्यसरी घुम्न थालेको ०४३ सालदेखि हो। भारतमा पनि धेरै तीर्थ गरेको छु।
कामको सिलसिलामा नेपालका विभिन्न जिल्ला पुगियो। ५० वर्षको उमेरसम्म आइपुग्दा ५६ जिल्ला टेकिसकेको छु।
अचेल विशुद्ध घुमफिर गर्न थालेको छु। श्रीमती सिर्जनासँग ०७० फागुनमा दोलखाको कालिञ्चोक र भीमेश्वर मन्दिर गएँ। गत जेठमा ताप्लेजुङको पाथिभरा, इलाम र वराहक्षेत्र घुम्यौं। घुम्ने लत बसेको छ। केही समयअघि गैंडाकोटको मौलाकालिका र मनकामना पुग्यौं। गंगा दसहरामा रसुवाको गोसाइँकुण्ड घुम्यौं।
पोखरा, लुम्बिनी, जनकपुर र चितवन घुमेको त धेरै भइसक्यो। पहिले–पहिले घुम्न सायद पैसाले पुग्दैनथ्यो। घुम्ने कल्चर पनि थिएन। समय पनि थिएन। हिजोआज आफैं इलमी बनेका छौं। फुर्सद निकाल्छौं। घुम्छौं।
एक्लै घुम्दिनँ। समूहमा जान्छु। जस्तोसुकै ठाउँमा एडजस्ट हुन सक्ने मान्छेले दुःख पाउँदैन। भरसक सुविधायुक्त बास र भोजन खोज्छु। नत्र जहाँ जे भेट्यो खाइदिन्छु। सुत्छु। ती ठाउँमा कोसेली किन्न छुटाउँदिनँ।
घुमफिरको उद्देश्य प्रकृतिसँग मितेरी गाँस्नु हो। हामी महिनाको एकपटक पारिवारिक हाइकिङ पनि गर्छौं। सिर्जना पनि घुम्न रुचाउँछिन्। छोराहरू विदेशमा पढ्दै छन्।
अन्नपूर्ण पदयात्रामा विदेशीको लर्को देख्दा लाग्यो, लाखौं खर्चेर विदेशी नेपाल घुम्न आउँछन्। हामीले भने आफ्नो भूमि चिनेकै छैनौं। मलाई मनास्लु, सगरमाथा क्षेत्र, बडीमालिका, रारातिर पुग्ने मन छ।
घुमफिर अनुभव बाँड्ने माध्यम बनेको छ, फेसबुक। जब घुमफिरका तस्बिर राख्छु, लाइक र कमेन्ट आउँछन्। त्यो देख्दा घुम्न निस्किहालौं जस्तो लाग्छ।