बदलिँदो मौसमले फेरियो किसानको ‘क्यालेन्डर’
२९ असार २०८३
•
४ मिनेट पाठ
बदलिँदो मौसमले फेरियो किसानको ‘क्यालेन्डर’
कुनै समय असार लागेसँगै खेतमा रोपाइँको चहलपहल बढ्थ्यो। असारभित्रै अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो।




साउन लाग्दा नलाग्दै रोपाइँ भएको खेत हरियाली छाएको देखिने किसानको परम्परागत क्यालेन्डर थियो। तर पछिल्ला वर्षमा मौसममा आएको परिवर्तनसँगै  रोपाइँ हुने समय असारमा वर्षाद् नहुँदा पानीको अभावमा किसानको विगतको ‘क्यालेन्डर’ फेरिन थालेको छ।

यो वर्ष असार सकिन लाग्दा खोला र खोल्सामा पानी नहुँदा अहिलेसम्म लमजुङका धेरै खेतमा रोपाइँ हुन सकेको छैन। अझै पनि किसान पानी पर्ने आशामा आकाशतिर हेरिरहेका छन्।

धान रोपाइँको मुख्य समय मानिने असारको अन्त्यसम्म पनि जिल्लामा अपेक्षित रूपमा रोपाइँ हुन नसक्दा कतिपय किसान चिन्तित छन्। समयमा पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा नभएका क्षेत्रका किसान बढी प्रभावित भएका छन्।

कतिपय स्थानमा खोलाको पानी, कुलो तथा अन्य वैकल्पिक स्रोत प्रयोग गरेर रोपाइँ भइरहेको छ भने धेरै किसान अझै वर्षाको प्रतीक्षामा छन्।

कृषि विकास कार्यालयका प्रमुख किरण सिग्देलका अनुसार असार २७ गतेसम्म जिल्लामा करिब ३० प्रतिशत मात्र धान रोपाइँ भएको छ।

समयमा पानी नपर्नु र सिँचाइ सुविधा नभएका क्षेत्रमा पानीको अभाव हुनु रोपाइँ ढिलाइको मुख्य कारण रहेको उनी बताउछन्। गत वर्ष भने यो  समयमा धेरै रोपाइँ भइसकेको थियो।

अघिल्लो वर्षको तुलनामा यस बर्ष रोपाइँ निकै पछाडि परेको प्रमुख सिग्देलले बताए। ‘समयमा पानी नपरेका कारण रोपाइँ ढिला भएको छ। केही ठाउँमा खोलाको पानी तथा अन्य स्रोत प्रयोग गरेर रोपाइँ भइरहेको छ भने धेरै किसान अझै पानीको पर्खाइमा छन्,’ उनले भने।

धान रोपाइँको समय स्थानअनुसार उत्पादनमा फरक पर्छ। गर्मी क्षेत्रका किसानले केही ढिला रोप्दा पनि उत्पादनमा ठूलो असर नपर्न सक्छ भने चिसो क्षेत्रका लागि समयमै रोपाइँ गर्नु आवश्यक हुन्छ।

चिसो क्षेत्रमा ढिलो रोप्दा किराको समस्या आउने, बाली बिग्रने तथा उत्पादनमा असर पर्न सक्ने भएकाले असार १५ भित्रै रोपाइँ सक्नु उपयुक्त हुने उनले बताए।

पछिल्लो समय लमजुङमा स्थानीय जातको धानभन्दा हाइब्रिड जाततर्फ किसानको आकर्षण बढेको छ। हाइब्रिड जातको धान ढिलो रोप्दा तुलनात्मक रूपमा कम असर पर्ने र उत्पादन राम्रो हुने भएकाले किसान त्यसतर्फ आकर्षित हुँदै गएको पाइन्छ। कृषि मजदुरको अभाव र अनुकूल समयमा पानी नपाउनु पनि किसानका लागि चुनौती बनेको छ।

कृषि विकास कार्यालयका अनुसार लमजुङमा कुल ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिन छ। त्यसमध्ये नौ हजार २९९ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। दोर्दी गाउँपालिकामा पनि यस वर्ष धान रोपाइँ गत वर्षको तुलनामा निकै पछाडि परेको छ। 

गाउँपालिकाका कृषि शाखा प्रमुख निरञ्जन पौडेलका अनुसार असार अन्त्यसम्म पालिकाभित्र करिब ५५ प्रतिशत मात्र रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा करिब ७० देखि ८० प्रतिशतसम्म रोपाइँ सकिइसकेको थियो।

दोर्दी गाउँपालिकाका अधिकांश क्षेत्र आकाशे पानीमा निर्भर छ। स्थायी सिँचाइ सुविधा न्यून रहेका कारण किसान वर्षाको भरमा खेती गर्न बाध्य छन्। पर्याप्त पानी नपर्नु र खेतमा भल नआउनु यस वर्ष रोपाइँ ढिलाइको कारण बनेको छ।

दोर्दी गाउँपालिका–४ नौथर सेराका किसान लक्ष्मण गुरुङ पनि ढिला रोपाइँबाट प्रभावित छन्। करिब आठ रोपनी जग्गा रहेका उनले पानी पुगेको क्षेत्रमा मात्र रोपाइँ गरेका छन्।

‘करिब चारदेखि साढे चार रोपनी जति जग्गामा रोपाइँ भइसकेको छ। बाँकी जग्गामा पानी नभएकाले रोपाइँ रोकिएको छ। पानी परेपछि रोप्ने तयारीमा बसेका छौँ,’ उनले भने।

दोर्दी गाउँपालिका–८ दुबार गाउँकी किसान लालमाया मिजार पनि खेत तयार पारेर पानीको प्रतीक्षामा छन्। गत वर्ष यही समयमा पाँच–छ हल खेतमा रोपाइँ सकिसकेको भए पनि यस वर्ष गाउँका अधिकांश किसानको रोपाइँ बाँकी रहेको उनले बताए।

दुबार, बन्सार, खिमचोक क्षेत्रमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ। विगतमा मूल फुटेर खोला–नाला बढेपछि त्यही पानी प्रयोग गरेर रोपाइँ गर्ने गरिए पनि यस वर्ष पर्याप्त पानी नपरेपछि किसान अन्यौलमा रहन बाध्य छन्।

अर्कातर्फ लामो समयसम्म रोपाइँ नभएर बीउ राख्दा उत्पादनमा असर पर्ने किसानको चिन्ता छ। सामान्यतया ४० दिनभित्र रोप्नुपर्ने धानको बीउ कतिपय किसानको दुई महिनासम्म पुग्न लाग्दा रोप्न नपाएको किसान मिजारको गुनासो छ।

मौसममा आएको फेरबदलले लमजुङका किसानको खेती गर्ने समय र परम्परागत कृषि क्यालेन्डरमा समेत परिवर्तन ल्याएको छ। रोपाइँका लागि खेत र बीउ तयार छ, पानीको अभावले काम रोकिएको धान रोपाइँ प्रभावित भएको छ।

समयमै रोपाइँ हुन नसक्दा धान पाक्ने समय पछाडि सर्ने र उत्पादन घट्ने किसानमा चिन्ता उत्तिकै छ। असारमा सकिनुपर्ने रोपाइँ साउन कुर्नुपर्ने बाध्यता पर्नुले बदलिँदो प्राकृतिक अवस्थासँग किसानले गरिरहेको सङ्घर्ष उदाहरण बनेको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस