अपहरणको नाटक गर्ने प्रहरीको फन्दामा
२३ साउन २०७१
•
३ मिनेट पाठ
अपहरणको नाटक गर्ने प्रहरीको फन्दामा
रौतहट— अपहरणको नाटक गरेर प्रहरीलाइ रातभरि हैरान पार्ने एक व्यति प्रहरीको फन्दामा परेका छन्। प्रहरीलाई हैरान पार्ने गौर नगरपालिका वडा नम्बर ७ का जयराम महतोलाई प्रहरीले पक्राउ गरेको हो।महतोको अपहरणको खबरले बिहीबार राति जिल्ला प्रहरी हाइ एलर्टमा थियो । परिवारका एकजना सदस्यले महतोको अपहरण भएको टेलिफोन मार्फत जानकारी गराएका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालयले सदरमुकाम गौर लगायतका आसपासका झन्डै एक दर्जन गाविस र भारतीय सिमाक्षेत्रका प्रहरी युनिटहरुलाइ समेत हाइ एलर्टमा राखेको थियो । तर अनुसन्धान गर्दै जाँदा घरायसी विवादका कारण अपहरणको हल्ला फिँजाएको पुष्टि भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

डिएसपी भीमप्रसाद ढकालका अनुसार महतोले बिहीबार राति ८ बजेको समयमा श्रीमतीसँग झगडा गरेपछि अपहरणको हल्ला फिँजाएर एकान्तमा लुकेर बसेका थिए । अपहरण भएको जानकारी पाएको प्रहरी रातभरि उनको खोजीमा लागि रह्यो । शुक्रबार बिहान गौर नगरपालिका वडा नम्बर ४ स्थित मन्दिरमा बसिरेहको अवस्थामा महतो फेला परेका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यस अघि गत बुधवार राति ८ बजेसोनरनिया गाविसको सगैया पिपरिया टोलका उमालाल साहको घरमा सशस्त्र डाकाहरुको समुहले डकैती गरिरहेको सुरेश साह नाम बताउने स्थानीयले सूचना दिएका थिए।

सूचना पाएलगतै प्रहरी उपरीक्षक उमेश रञ्जितकारको कमाण्डमा जिल्ला भरिका करिव २५० भन्दा बढी प्रहरी परिचालित भएर सगैया पिपरिया सहित वरिपरिका गाविस र नेपाल भारत सिमाक्षेत्र समेत प्रहरी परिचालन गरिएका थिए ।

प्रहरीले चारैतिरबाट घेराहालेर गाउँ पुगेपछि स्थानीयले कसैको घरमा डकैती नभएको दुईजना जड्याँहरु बाझबाझ गरेको बताएका थिए। प्रहरीलाई जाँडको तालमा प्रहरी झुक्याउने साहलाई नियन्त्रणमा लिन खोज्दा भागेका थिए।
अर्को समाचार
जुवा हारेपछि आफ्नै अपहरणको नाटक
१६ भदौ २०७०
•
५ मिनेट पाठ
जुवा हारेपछि आफ्नै अपहरणको नाटक
काठमाडौं — अपहरणको नाटक गरेर श्रीमतीसँग ५० लाख रुपैयाँ असुल्ने प्रयास गर्दा धर्मराज वली आफैं प्रहरीको फन्दामा परे । जुवा खेलेर लागेको ऋण तिर्न सालोवाट रकम असुल्न अपहरणको नाटक रच्दा उनी अहिले महानगरिय प्रहरी परिसर काठमाडौंको हिरासतकक्षमा छन्।

श्रीमतीलाई फोनमार्फत अपहरणमा परे भन्दै ५० लाख मागेका थिए । अपहरणकारीका लागि बैंकमा राखेको ५ लाख रुपैयाँ आफैं लिन जाँदा उनी प्रहरीको नियन्त्रणमा परे । आफैंले नक्कली अपहरणको नाटक रचेको खुलेपछि प्रहरीले अनावश्यक रुपमा दुःख दिएको भन्दै उनलाई सार्वजनिक अपराध ऐनअनुसार हिरासतमा राखेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुबोध घिमिरेका अनुसार गत बिहीबार दिउँसो १ बजे गोमालाई श्रीमान धर्मराज वली अपहरणमा परेको खबर आएको थियो ।

धर्मराजले श्रीमतीलाई फोन गरेर आफूलाई मधेसी मूलका ४ जनाले अपहरण गरेको र फिरौतीवापत ५० लाख रुपैयाँ नतिरे मार्ने धम्की दिएको बताएका थिए । बत्तिसपुलतीमा पसल चलाएर बसेकी गोमाका भाइ अस्ट्रेलिया बस्थे । धर्मराजले सालोलाई समेत फोन गरेर 'अपहरणमा परेँ ज्यान जोगाइदेऊ' भन्दै फोन गरेका थिए ।

नयाँ नम्बरबाट फोन आएपछि डराएकी गोमा तत्काल प्रहरीको सम्पर्कमा पुगिन् । अपहरणको सूचना आएलगत्तै महानगरीय प्रहरी परिस र महानगरीय प्रहरी अपराध महाशाखाले उनको खोजीका लागि १० जनाको टोली बनायो ।

दुई दिन निरन्तर अपहरणकारीको खोजीमा खटिएको प्रहरीले अपहरणको दोस्रो दिन कोटेश्वरमा अपहरितलाई नै भेट्यो । धर्मराजलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याउँदा उनले अपहरणकारीबारे जानकारी नदिई 'गल्ती भयो' भन्दै धर्मराज आफैं रुन थालेपछि नाटकमात्र रहेको प्रहरीले चाल पाएको थियो ।

दुई वर्षअगाडि उनी साँच्चिकै अपहरणमा परेका थिए । उनको परिवारले त्यो बेला दुई लाख फिरौती बुझाएर अपहरणमुक्त गराएको थियो । फेरि अपहरणको खबर आउँदा गोमाले पत्याइन् ।

एसएसपी घिमिरेका अनुसार अस्ट्रेलियामा बस्दै आएका सालोबाट पैसा फुत्काउन उनले अपहरणको नाटक रचेका थिए । जुवाको लत लागेका उनले बिहीबार २ लाख जुवामा हारेपछि पैसा असुल्न आफ्नै अपहरणको नाटक रच्दै श्रीमतीलाई फोन गरेका थिए ।

उनले श्रीमतीलाई छक्याउन नयाँ फोन नम्बर लिएर फोन गरेका थिए । सालोलाई भने आफ्नै नम्बरबाट फोन गरेका थिए । पहिलो दिन उनले आफूलाई जंगलतिर लगेको, दाह्री पालेका चार जना भारतीय मूलका अपहरणकारीले अपहरण गरेको बताए ।

प्रहरीले फोन आएको नम्बरको लोकेसन हेर्दा कलंकीपारि डाँडातिर देखियो । खोजीलाई तीव्र बनायो । रातभर खोज्दासमेत फेला परेनन् उनी । दोस्रो दिन बिहान फोन नम्बरको लोकेसन फेरियो, बानेश्वर ।

'उनले आफूलाई फर्पिङतिर पजेरोजस्तो गाडीमा लैजान लागेको बताएपछि प्रहरी टोली त्यतै केन्द्रित गराइयो,' एसएसपी घिमिरेले भने, 'दक्षिणकालीसम्म खोज्दासमेत फेला परेनन् ।'

जुवा खेल्ने उनको बानीबारे परिवारसमेत जानकार थियो । शंका लागेर उनको सालोले अस्ट्रेलियाबाट नम्बर नदेखिने गरी फोन गरेर 'को हो, म भारतबाट बोलेको' भनेपछि उनले फोन काटेका थिए ।

प्रहरीका अनुसार उनले फेरि गोमालाई फोन गरेर रुँदै '५ लाख नदिए मलाई मार्ने भए, इन्भेस्टमेन्टको मेरो खातामा पैसा हालिदेऊ' भनेपछि गोमाले मानिन् । प्रहरी पैसा लिन आउँदा अपहरणकारीलाई पक्रन कोटेश्वरको इन्भेस्टमेन्टका शाखामा निगरानी गरेर बसेको थियो । अपहरणकारीको साटो धर्मराज आफंप आएपछि प्रहरीले पक्राउ ग¥यो ।

'अनुसन्धानमै केही शंका लागे पनि जोखिम मोलिएन,' एसएसपी घिमिरेले भने, 'दुई दिनसम्म प्रहरी टोली रातदिन नभनी खटियो, शंका सत्य रहेछ, दुःख दिएकाले उसैलाई सार्वजनिकको मुद्दा लगाएर राखेका छौं ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस