काठमाडौं— पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत बिहार मोतिहारी घर भइ हाल ललितपुर थसिखेल बस्ने ५४ बर्षीय अशोककुमार पाण्डेलाई कटुवा पेस्तोल १ थानसहित प्रहरीले पक्राउ गरेको हो।हिजो साँझ थसिखेल–५ बाट महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा पाण्डेको साथबाट हतियार फेला परेको थियो। उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ।
अर्को समाचार
पेस्तोल सहित एक भारतीय पक्राउ
अर्को समाचार
अमेरिकन पेस्तोल सहित दुई पक्राउ
काठमाडौं- वीरगन्ज उपमहानगरपालिका १० स्थित होटल लुम्विनीबाट आधुनिक हतियार सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
होटलमा बसेका उनीहरुलाई प्रहरीले १ राउन्ड गोली लोड गरिएको अमेरिकन पेस्तोल सहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा बिहार सिवान जिल्लाका २७ बर्षीय प्रवीण सिंह र २८ बर्षीय भुपुल सिंह रहेको प्रहरीले जनाएको छ।