हतियार सहित ४ भारतीय र दुई नेपाली पक्राउ
२६ असोज २०७५
•
२ मिनेट पाठ
हतियार सहित ४ भारतीय र दुई नेपाली पक्राउ
रौतहट- रौतहट प्रहरीले चाइनिज पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको छ। गए राति चाडपर्व सुरक्षा गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट एक बजे चार भारतीय र दुई नेपालीलाई मेड इन चाइना लेखेको अटोमेटिक पेस्तोल तथा एक थान म्याग्जिनसहित पक्राउ गरेको हो।




प्रहरी नायब निरीक्षक कृष्णकुमार बस्नेतको नेतृत्वमा रहेको गस्ती टोलीले परोहा नगरपालिका ८ मोतिपुर नजिक दशगजा क्षेत्रमा गाँजा सेवन गर्दै बसेको अवस्थामा चारैतिरबाट घेरा हाली सबैलाई पक्राउ गरेको हो।

हतियारसहित लागूपदार्थ सेवन गरिरहेका ६ जनैलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको गोकुल ग्राम पञ्चायतका २२ वर्षीय कमल साह, घोडासन श्रीपुरका ३२ वर्षीय राकेश पासवान, २८ वर्षीय सन्दीप पासवान र २६ वर्षीय अवधेश चौरसिया तथा धनुषा जिल्लाको फुलबरिया गाउँपालिका १ का ३१ वर्षीय रोहित साह र काभ्रेपलाञ्चोक जिल्ला टिमालका २५ वर्षीय मनोज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि केदार ढकालले जानकारी दिए।

यसैबीच शुक्रबार बिहान ४ बजेतिर नेपालबाट भारततर्फ बीआर १ यू २७५७ नम्बरको सेन्ट्रो कारमा लैजाँदै गरेको अवस्थामा रौतहट प्रहरीले करिब ५ लाख मूल्य बराबरको ४९ कार्टुन मदिरा बरामद गरेको छ। इशनाथ नगरपालिका ६ मठिया महुलिया हुँदै भारततर्फ ठूलो परिमाणमा अवैधरुपमा मदिरा लैजाँदै गरेको अवस्थामा गस्तीको क्रममा रहेको प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

भारतको बिहारमा मदिरा निषेध गरिएको भए पनि विभिन्न नाकाबाट भन्सार छलेर अवैध रुपमा भारततिर मदिराको कारोबार हुने गरेको छ।
अर्को समाचार
भारतबाट हतियार काठमाडौं भित्र्याउने गिरोहका तीन पक्राउ
१३ जेष्ठ २०६७
•
६ मिनेट पाठ
भारतबाट हतियार काठमाडौं भित्र्याउने गिरोहका तीन पक्राउ
मिथिलेश यादव, सिरहा, जेठ १३ - भारतबाट हतियार खरिद गरी काठमाडौं सप्लाई गर्ने गिरोहका तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ।भारतीय सहर जयनगर हुँदै माडर नाकाबाट हतियार सहित भित्रिएका तिन नेपाली युवालाई बुधबार राति माडरको काली मन्दिर नजिकबाट संयुक्त सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो।




सीमासुरक्षा कार्यालय सिरहाका सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुरका अनुसार, बा १४ प ६२२६ नम्बरको मोटरसाईकलमा रहेका पर्साको बिरवाकोटीका १९ बर्षीय इन्द्र बहादुर श्रोष्ठ, सिरहा मिर्चैया ७ कुथनमाका रामबिनेश यादव र भोक्राहाका (हाल धनुषा पटेरवा ८) अताबुल राईनलाई दुई थान नलकटुवा पेस्तोल र सोमा लाग्ने १० राउण्ड गोली सहित पक्राउ गरिएको हो।

पक्राउ पर्ने तिनै जना भारतको जयनगरबाट हतियार खरिद गरी काठमाडौं लग्न लागेको बताएको सिरहा प्रहरी नायव उपरिक्षक सानु थपलियाले जानकारी दिए। काठमाण्डौ स्थित एक म्यान पावरका एजेन्ट लाई हतियार सप्लाई गर्न लागेको पक्राउ परेकाले वयान दिएको, थपलियाले बताए। पक्राउ परेकाले दिएको वयानको आधारमा काठमाण्डौं प्रहरीसँग समन्वय गरी ती एजेन्टलाई नियन्त्रणमा लिने प्रयास भइरहेको थपलियाले बताए।

थपलियाले, उनीहरु संगठित अपराधिक गिरोह संचालकहरु रहेको बताए। भारतबाट बिभिन्न नाका हुँदै हतियार भित्रयाएर अन्यत्र सप्लाई गर्ने र अपराधिक गिरोह संचालन गर्ने यी तिनै जनाबाट महत्वपुर्ण सुराक मिल्ने उनले बताए।

पक्राउ परेका तिनै जनाको साथबाट बरामद हतियार 'अन टेस्ट' रहेको प्रहरीले बताएको छ। जयनगरमा किनेको सो हतियार कोसँग किनेको र पत्ता लगाउने प्रयास भइरहेको थपलियाले बताए। भारतीय हतियार सप्लायर्सको नेटवर्कबारे खुल्ने बितिकै भारतीय सुरक्षा अधिकारीसँग सहकार्य गरी उनीहरुलाई पनि पक्राउ गरिने उनले बताए।

केही सातादेखि सिरहा र सप्तरीको बिभिन्न नाकाबाट हतियार भित्रिने क्रम बढेको छ। दुई दिन अघि सप्तरीको पकरीबाट आधुनिक हतियार सहित बनौली ४ निवासी राप्रकाश यादवलाई भारतको कुनौली नाकाबाट हतियार सहित सप्तरी प्रहरीले पक्राउ गरेको थियो। उनी भारतबाट हतियार खरिद गरि नेपाल आउने क्रममा कुनौली नाकाबाट पक्राउ परेको सप्तरी प्रहरी प्रमुख शरद ओलीले बताए।

२२ वर्षिय यादवलाई ७.६५ नम्वरको अमेरिकन मेड स्बचालीत पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १२ राउण्ड र म्याग्जिन २ थान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

यादवले भारतबाट हतियार खरिद गरि आउदै गर्दा प्रहरीले पक्राउ गरेको स्वीकारे। यादव अखिल तराई मुक्ति मोर्चाको सप्तरी सह इन्चार्ज रहेको प्रहरीले बताएको छ।

यसअघि बैशाख ३० मा सप्तरीको त्रिकौल गाबिस - ३ बाट प्रहरीले ठूलो परिमाणमा आधुनिक हतियार र हतियार सामग्री बरामद गरेको थियो। त्रिकौल गाविसको मन्दिरको छेउमा बोरामा प्याक अबस्थामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले सो हतियार र हतियार सामग्री बरामद गरेको हो।

सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजबिराजका प्रमुख भरत पनेरुले सप्तरीमा मात्र हैन् तराई कै जिल्लामा यति ठूलो परिमाणमा आधुनिक हतियार सामग्री बरामद भएको पहिलो घटना भएको प्रतिक्रिया दिए।

बरामद हतियारमा बेलायमा बनेको १ थान स्बचालित पेस्तोल र सोमा लाग्ने १ थान म्यागजिन, चाईनामा निर्मित १ थान स्बचालित हतियार र सोमा लाग्ने म्यागजिन १ थान, कटुवा पेस्तोल १ थान, ईन्सास राईफलका गोली २ थान, म्यागनममा लाग्ने गोली १६ थान, सटगनमा लाग्ने गोली १० थान, १२ बोरको दुई नाले बन्दुक १ थान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार, यति ठूलो परिमाणमा भित्रिएको हतियार अन्यत्र सप्लाई गर्ने उद्देश्यले भित्रिएको बताए। सप्तरीको कुनौली नाकाबाट हतियार सामग्री सशस्त्र समुहसम्म आउने गरेको सुत्रको दाबी छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस