तनहुँ, माघ १ (नागरिक)- पेस्तोल सहित प्रहरीले शनिवार राती तनहुँमा एक जनालाई पक्राउ गरेको छ। आँबुखैरेनी २ एक्लेफाँट ३१ वर्षीय सन्तोष हितान सार्कीलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीले पेस्तोल सहित पक्राउ गरेको हो।स्थानीय होटलमा विवाद गरिरहेको अवस्थामा चेकजाँचको क्रममा निस्किएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक लेन प्रताप सेनले बताए।
पेस्तोल सहित पक्राउ परेका सन्तोष एक्लेफाँटकै बासिन्दा हुन्। सन्तोषको साथबाट अटोमेटिक ७.६५ क्यालिभरको पेस्तोल बरामद गरिएको प्रहरी नायव उपरिक्षक टिका बहादुर के.शी ले बताए। पेस्तोलमा अमेरिकामा बनेको उल्लेख गरिएपनि बनोट हेर्दा भारतमा बनेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।