बिजनेस वार्ता
१२ फागुन २०७४
•
७ मिनेट पाठ
बिजनेस वार्ता
भित्र वार्ता चलिरहेको थियो । बाहिर सञ्चारकर्मी एवं अन्य प्रकारका कर्मीहरू प्रतीक्षारत थिए । सबैको चासो एकै ठाउँमा केन्द्रित थियो– वार्ता के भयो ? भित्रबाट खबर आउँथ्यो, वार्ता हुँदै छ, कुरा मिल्ने देखिन्छ।

बाहिर जति व्यग्र प्रतीक्षा थियो, भित्र त्यति नै घनीभूत संवाद जारी थियो । जुँगा भएका नेताजीले भने, ‘वार्ता लामै भयो । तपाईंले ख्वाएको खाना पनि खाइहालियो । अब कुरा मिलाऔँ ।’उनले (जोसँग वार्ता भइरहेको थियो) भने, ‘अब त मिलाउनैपर्ला नेताजी । कुरा मात्रै धेरै लामो भयो । आखिर यो मेडिकल कलेज खुल्यो भने फाइदा मलाई मात्र हुने होइन, तपाईंहरूलाई पनि हुने हो क्या रे।’

जुँगे नेताजीले भने, ‘म पनि त्यही भन्दै छु, फाइदा सबैलाई छ । अब प्रधानमन्त्री बन्ने उहाँ नै हुनुहुन्छ । उहाँको कुरा मिल्यो भने मेरो पनि मिल्छ ।’जुँगा नभएको नेताजी मुसुमुसु मात्रै हाँसेर बसिरहे । जुन नेताजीको पहिले दाह्री समेत थियो । अहिले जुँगा पनि छैन । उनको पहिले दाह्री किन थियो, अहिले जुँगा समेत किन छैन, त्यो कसैलाई थाहा छैन । स्वयं दाह्री काट्ने हजामलाई पनि थाहा छैन होला । उनी यसरी थाहै नपाउने गरी काम गर्नुहुन्छ । अहिले उनी मुसुमुसु जो हाँसे, त्यो पनि किन हाँसेको हो, कसैलाई थाहा छैन।

कुरामा मुसुमुसु हाँसो मिसाउँदै उनले भने, ‘हामीलाई हतार छ, भन्दैमा रातको २ बजे सूर्य उदाउँदैन । म त यहाँ त्यही कुरा मिलाउँछु भनेर नै वार्ता गर्न आएको छु । त्यो पनि तपाईंको आफ्नै घरमा । कुरा मिलाउनलाई अलिकति ‘कुरा’ पनि त मिलाउनुप¥यो नि । ‘कुरै’ नमिलीकन कसरी कुरा मिल्छ ?’

वार्ताका लागि बोलाएका घरमालिक र जुँगे नेताले एकअर्काको मुख हेरे । घरमालिकले भने, ‘त्यही कुरा मिलाउन त यहाँ कुरा गर्न बोलाएको नि । अब तपाईं नै भन्नुस् केचाहिँ ‘कुरा’ मिल्यो भने कुरा मिल्छ ?’

‘सबैभन्दा पहिले त तपाईंले लाइसेन्सै लिनुभा’छैन,’ जुँगा नभएका नेताले भने ।

‘त्यो त हो...’ घरमालिकले स्विकारे ।‘हो, कुरो त्यहीदेखि मिलाउनुपर्यो । तपाईंलाई मनपर्यो भन्दैमा भालेले अण्डा पार्दैन,’ जुँगा नभएका नेताले भने।

‘हो त नि... मने, कुरा मिलाउने हो भने त्यहीँदेखि मिलाउनुपर्छ,’ जुँगे नेताले भने ।घरमालिकले भने, ‘मिलाउनुपरे मिलाउला नि । कुरै मिलाउँ भनेर यो बैठक डाकेको हो ।’‘बस्, पहिले त्यो कुरा मिलाउनुस्,’ जुँगा नभएका नेताले भने, ‘त्यसपछि अरु कुरा मिलाउन गाह्रो छैन।’जुँगे नेताले भने, ‘गाह्रोको त कुरै होइन नि । मने, त्यस्तो गाह्रोसाह्रो परेको हटाउनलाई नै त हामी आएका हौँ नि।’

जुँगा नभएका नेताले भने, ‘अब त्यो कसरी, कतिमा कुरा मिलाउने हो हामीलाई भन्नुस् । हामी मिलाइदिउँला ।’घरमालिकले भने, ‘उसो भए त्यसको जवाफ म भोलि दिन्छु, हुन्न ?’‘किन नहुनुपर्यो र ? लौ उसो भए आज यति नै गरौँ,’ जुँगा नभएका नेताजीले भने ।तीनैजना उठे । घरमालिक त घरको मालिक भइहाले, उनी भित्रै बसे । दुई नेता मात्र बाहिर निस्के । बाहिर पर्खेर बसिरहेका सञ्चारकर्मीहरू झुम्मिन आइपुगे, ‘वार्ता कस्तो भयो ? कुरा मिल्यो ? एकता कहिले ? अझै कति टाइम लाग्छ ?’

जुँगावाल नेताले भने, ‘कुरा मिल्नेवाला छ । अब अलिकति मात्रै बाँकी भन्दा नि हुन्छ । अत्यन्त सौहार्दपूर्ण निर्णयहरू हुनेवाला छ ।’जुँगा नभएका नेताले पनि बोले, ‘अब दुई–चार दिनभित्रै कुरा मिलिहाल्छ । तपाईंहरूलाई खुसीको खबर प्राप्त हुन सक्छ ।’एकजना सञ्चारकर्मीले प्वाक्क सोधिहाले, ‘कुरा अलिकति मात्रै मिलेको छैन भन्नुभयो । नमिलेको कुराचाहिँ कुन हो नि ?’

जुँगे नेताले भने, ‘नमिलेको खास कुरो त त्यही कुरामा हो । अब हामी यो कुरा पनि मिलाउँछौँ ।’

जुँगा नभएका नेताले त्यसैमा थपे, ‘कुरो मिल्यो कि सबै थोक मिल्छ ।’‘त्यही त के कुरा मिलेको छैन भनेको ?’ सञ्चारकर्मीले सोधे ।‘त्यो अहिल्यै यहाँ नखुलाऔँ,’ जुँगे नेताले भने, ‘फेरि कुरा बिग्रन सक्छ । एक–दुई दिनमा कुरो थाहा पाइहाल्नुहुन्छ नि ।’‘अब अर्को बैठक कहिले ?’ पुनः पत्रकारको प्रश्न ।

‘अब पर्सि अर्को बैठक मित्तलजीको घरमा बस्दैछौँ ।’ जुँगे नेताले जवाफ दिए ।‘को मित्तल ?’ मान्छे नचिनेकाले पुनः प्रश्न आयो ।

‘उही क्या, जलविद्युत् सेक्टरको लगानीकर्ता । अर्को बैठक उहाँको घरमा नबसी हुन्न भन्ने खबर आएको छ । त्यसैले अर्को बैठक उहाँकै घरमा बस्ने निधो भएको छ,’ नेताजीले स्पष्ट पारे ।‘तर, यो बैठक उहाँहरूकै घरमा किन बस्नुपरेको होला ? केही कारण छ कि ?’‘हैन, कुरा त त्यहाँ पनि मिलाउनुपर्यो । कुरो नमिलेर हैरान भएका छन् । त्यसैले त्यताको कुरा पनि मिलाउनलाई नै यो बैठक उता बस्न जान लाग्या हो ।’‘अब मिल्छ त कुरा ?’ अन्तिम प्रश्न ।‘नमिली त सुखै छैन,’ जुँगे नेताजीले भने, ‘त्यो नमिले वार्ता गरेकै मने औचित्यहीन हुन्छ ।’अर्को बैठक अर्को व्यापारीको घरमा गर्ने निर्णयसहित बैठक टुंगियो ।  
अर्को समाचार
भारत ‘हठी’ भएको अमेरिकी अर्थमन्त्रीको टिप्पणी, व्यापार वार्तामा तनाव
२८ साउन २०८२
•
२ मिनेट पाठ
भारत ‘हठी’ भएको अमेरिकी अर्थमन्त्रीको टिप्पणी, व्यापार वार्तामा तनाव
फाइल तस्बिर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट देशको तेल खरिदलाई उद्धृत गर्दै थप २५ प्रतिशत कर लगाउने घोषणा गरेको केही दिनपछि मङ्गलबार (स्थानीय समय) अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भारत अमेरिकासँगको व्यापार वार्तामा ‘अलिक हठी’ भएको बताएका छन्।  

फक्स बिजनेस नेटवर्कको ‘कुडलो’ मा बेसेन्टले अक्टोबरसम्ममा कर वार्ता सम्पन्न गर्ने सम्भावनालाई स्वीकार गर्दै स्विट्जरल्यान्ड र भारतसहित अझै केही ‘ठूला व्यापारिक सम्झौता’ हुन बाँकी वा सहमत हुन बाँकी रहेको पनि बताए।  

‘त्यहाँ ठूला व्यापारिक सम्झौता छन् जुन सम्पन्न हुँदैनन् र सहमत हुँदैनन्। स्विट्जरल्यान्ड अझै बाँकी छ; भारत अलिक हठी भएको छ। मलाई लाग्छ कि हामी सबै महत्वपूर्ण देशसँग पर्याप्त सर्तमा सहमत भएका छौँ,’ अक्टोबरसम्ममा कर वार्ता सम्पन्न गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘त्यो आकांक्षापूर्ण हो। मलाई लाग्छ हामी राम्रो स्थितिमा छौँ।’  

अगस्ट ६ मा, ट्रम्पले नयाँदिल्लीले रूसी तेल खरिद गरेको प्रतिक्रियामा भारतबाट आयातमा थप २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे। यसले भारतमा कुल कर ५० प्रतिशतमा पुर्‍यायो।  

ह्वाइट हाउसले जारी गरेको आदेश अनुसार, ट्रम्पले राष्ट्रिय सुरक्षा र विदेश नीतिका चिन्ता साथै अन्य सान्दर्भिक व्यापार कानूनलाई उद्धृत गर्दै भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रूसी तेलको आयातले संयुक्त राज्य अमेरिकाका लागि ‘असामान्य र असाधारण खतरा’ खडा गरेको दाबी गरे। अतिरिक्त भन्सार शुल्क अगस्ट २७ देखि लागु हुनेछ।  

विदेश मन्त्रालय (एमइए) ले अमेरिकाको अतिरिक्त भन्सार शुल्क लगाउने कदमलाई ‘अनुचित, अन्यायपूर्ण र अव्यवहारिक’ भन्दै आलोचना गरेको छ र नयाँदिल्लीले ‘आफ्नो राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कार्य गर्नेछ’ भनेको छ।  

ट्रम्पले भारतमा २५ प्रतिशत पारस्परिक भन्सार शुल्कको घोषणा गरेको केही दिनपछि यो घोषणा आएको हो। यो अगस्ट ७ देखि लागु भएको थियो।  

यसैबीच, ट्रम्पले यसअघि भन्सारसम्बन्धी विवाद समाधान नभएसम्म भारतसँग कुनै व्यापारिक वार्ता नहुने बताएका थिए।  

ओभल अफिसमा एएनआईले नयाँ ५० प्रतिशत भन्सारको प्रकाशमा वार्ता पुनः सुरु हुने अपेक्षा छ कि छैन भनेर सोध्दा उनले भने, ‘होइन, हामीले यो समाधान नगरेसम्म होइन।’ एएनआई
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस