गीतको चोरी
२१ साउन २०७४
•
८ मिनेट पाठ
गीतको चोरी
नेपाली  फिल्म क्षेत्रमा अहिले एउटा चोरीको घटना बहुत चर्चित छ। गएको केही हप्तादेखि यही चोरीबारे चर्चा चलिरहेको छ। खासमा भएको के भने एउटा नेपाली फिल्मले कुन्नि कसको गीत चोरेको रहेछ। गीत चोरेकोबारे पूरा फिल्म इन्डस्ट्रीमै हल्लाखल्ला छ। गीत चोर्‍यो? कसले? कुनचाहिँ? कहिले? किन? अहिले इन्डस्ट्री यही प्रश्नको उत्तर दिँदै हैरान छ।

त्यसो त नेपाली फिल्म इन्डस्ट्रीमा यसअघि पनि चोरीका घटना नभएका होइनन्। कहिले फिल्मको कथा चोरी, कहिले नाम चोरी, कहिले संगीत चोरी, कहिले कलाकार चोरी आदि–आदि खालका चोरीहरू इन्डस्ट्रीमा भइरहेका छन्। यसपालि भने गीत चोरीको काण्ड भएको छ।  इन्डस्ट्रीमा यति धेरै चोरीका घटना भइसक्दा पनि आजसम्म चोर भने एउटा पनि पक्राउ परेको छैन। फिल्मी चोरीमा संलग्न चोर फिल्मी शैलीमै गायब हुन्छन्। सायद त्यसैले पनि होला फिल्म  इन्डस्ट्रीमा चोरीको घटना अहिलेसम्म घटेको छैन। (घटेको छैन भन्नाले कम भएको छैन भन्ने बु‰नुहोला।)

नेपाली फिल्म  इन्डस्ट्रीमा यस्ता चोरीका घटना किन हुन्छन् त? यसबारे भने कसैले पनि कुनै अध्ययन गरेजस्तो लाग्दैन। यो त ठूलै अध्ययनको विषय हुनुपर्ने हो। तैपनि थोरबहुत मलाई के लाग्छ भने फिल्म  इन्डस्ट्रीमा यस्ता घटना हुनुको प्रमुख कारण हो– नेपाली फिल्म गरिब हुनु। नेपाली फिल्म साह्रै  गरिब छ। फिल्म बनाउँदा निर्देशकले भनेजति पैसा निर्माताले खर्च गर्न सक्दैन। त्यसैले जतिसुकै धनी निर्देशक पनि फिल्म बनाउँदाचाहिँ गरिब नै बनाउन बाध्य छन्।

अब जहाँ गरिबी हुन्छ, त्यहाँ दुइटै मात्र काम हुन्छ। एउटा चोर्ने, अर्को माग्ने। गरिबी भएको ठाउँमा या त चोर्ने काम हुन्छ, या त माग्ने। नेपाली फिल्म  इन्डस्ट्रीमा चाहिँ यो दुइटै भइरहेको छ। यहाँ चोर्ने काम पनि हुन्छ, माग्ने काम पनि हुन्छ। चोर्ने भनेको उही हो, कहिले कथा चोर्ने, कहिले संगीत, कहिले गीत चोर्ने। माग्नेचाहिँ त्यही गीत, संगीत आदि–आदिले हो। गीतले कहिले नृत्य माग्छ, कहिले अभिनय माग्छ। कहिले दृश्य माग्छ, कहिले शैली। नेपाली फिल्ममा सधैँभरि मागिरहने विधा त अझ कथा हो। मलाई केसम्म लाग्छ भने नेपाली फिल्मको सबैभन्दा मगन्ते विधा भनेको कथा नै हो। किनभने फिल्ममा कथाले यस्ता–यस्ता कुरा मागिदिन्छन् कि त्यो देखेर निर्देशक पनि हैरान बन्छन्। नेपाली फिल्ममा कथाले सबैभन्दा बढी माग्ने भनेको हिरोइनको कपडा हो। जुनै फिल्ममा पनि कथाले हिरोइनको कपडा मागिरहेको हुन्छ। त्यसमाथि हिरोइन याने कि नायिकाको उदारता हेर्नुस्, कथाले मागेपछि जति पनि कपडा फुकालेर दिइहाल्छन्। कथाले माग्नु मात्रै पर्छ, हिरोइनले कपडा उतार्न सुरु गरिहाल्छ। तपाईं कुनै पनि हिरोइनलाई सोध्नुस् – फलानो फिल्ममा त तपाईंले धेरै नै अंग प्रदर्शन गर्नुभयो, किन त्यसो गर्नुभएको? हिरोइनको उत्तर हुनेछ– त्यो त कथाले मागेको हो। कथाले मागेपछि गर्नुपरिहाल्यो।

फिल्ममा हिरोइनहरू किन यति छोटो–छोटो कपडामा आउन थाले भनेको त दोष कथाको पो रहेछ। कथा नै यति मगन्ते भइदिएपछि बिचरा हिरोइनले के गरून्। हिरोइन त देख्नै हुँदैन, कथा गएर कपडा मागिहाल्छन्। अब कथाले नै मागेपछि हिरोइनले के गर्नु? निर्देशकले मागेको भए इन्कार पनि गर्न सकिन्थ्यो। तर कथाले मागेपछि इन्कार गर्न पनि मिलेन। सायद त्यही भएर पनि होला, अचेल नेपाली फिल्मका निर्देशक आफ्नो फिल्ममा एक–एक नम्बरका मगन्ते कथालाई ल्याएर स्थान दिन थालेका छन्, ताकि हिरोइनको कपडा सजिलै माग्न सकियोस्। अब हिरो तथा हिरोइनले थोरै मात्र कपडा लगायो भने निर्माताको खर्च पनि बच्ने भयो। कपडामा धेरै पैसा लगाउनुपरेन। त्यसै पनि नेपाली फिल्म थोरै बजेटमा बनाउनुपर्ने बाध्यता छ। अतः जहाँबाट हुन्छ, खर्च बचाउनैपर्‍यो। कपडा कम लगायो भने त्यहाँ बच्ने भयो। यसका लागि पनि माग्ने कथा नै चाहिन्छ। गरिब फिल्म बनाउँदा मगन्तेभन्दा राम्रो कथा कहाँबाट पाउनू? अब फिल्म गरिब भएकाले कथा मगन्ते भएको हो कि कथा मगन्ते भएकाले फिल्म गरिब भएको हो, त्यो छुट्टै छलफल गर्नुपर्ला।

यो नेपाली फिल्मको समग्र अवस्था हो। यस्तो अवस्थामा एक–दुई गीत चोरी भयो भनेर के कराउनु!

अर्को कुरा, फिल्मलाई नेपालीमा 'चलचित्र' भन्ने गरिन्छ। अंग्रेजीमा फिल्म। सायद चल्ने चित्र भएकाले यसलाई ‘चलचित्र’ भनिएको होला। तर, नेपाली फिल्मलाई चलचित्र भनिए पनि यो कहाँ चल्ने हो थाहा छैन, हलमा भने चल्दैन। नाम नै चलचित्र हो, विडम्बना भन्नुपर्छ, हलमा चल्दैन। चलचित्र भनेपछि त चल्नुपर्‍यो नि। तर अहँ चल्दैन। चलेको एक हप्तामै पर्दाबाट उतारेका चलचित्र हामीकहाँ कति छन् कति। अझ हलमा चलेकै थाहा नहुने चलचित्र त झन् कति छ कति। यस्तो चल्दै नचल्ने फिल्मलाई किन ‘चल्ने चित्र’ भनिएको होला, अचम्म लाग्छ। यसमा भाषाविद्को ध्यानाकृष्ट गर्न चाहन्छु। वास्तवमा नेपाली भाषामा त्यसै विकृति आएको होइन। अब नचल्ने फिल्मलाई नै ‘चलचित्र’ भन्नुपरेपछि भाषामा विकृति नआए अरु के आउँछ त?
अर्को समाचार
एलिनाका पाँच विवाद: सम्बन्ध विच्छेददेखि किड्नी किन्ने हैसियतसम्मको आलोचना
१५ पौष २०८२
•
३ मिनेट पाठ
एलिनाका पाँच विवाद: सम्बन्ध विच्छेददेखि किड्नी किन्ने हैसियतसम्मको आलोचना
गायिका एलिना चौहान प्रायः विवादमा परिरहन्छिन्। कहिले व्यक्तिगत जीवन त कहिले अभिव्यक्तिका कारण उनी नेपाली संगीतप्रेमीबाट गाली र आलोचनाको सिकार भइरहन्छिन्। यद्यपि उनलाई माया गर्ने दर्शकको संख्या न्यून भने पक्कै होइन। यी हुन् उनका पाँच विवादित विषय, जसले गायिकालाई आलोचना र गालीको सिकार बनाए ।  

कट्टा हान्दिन्छु  

गायिका एलिना चौहान र खेम सेन्चुरीको स्वरमा रहेको गीत कट्टा हान्दिन्छु, निकै लोकप्रिय रह्यो। यो गीत मन पराइयो । हिट पनि भयो । त्योभन्दा बढी गीत र एलिना चौहानले विवाद सहनु पर्‍यो। प्रेमी विष्णुसँगको सम्बन्ध विच्छेद पछि साहानुभुति पाउनका लागि गीत सार्वजनिक गरियो तर गीतमाथि चोरीको आरोप लाग्यो। गीतको बोल चोरी गरेको भन्दै गायक विश्वराज कार्कीले अदालतमा उजुरी दिएका थिए। 

विष्णुसँगको विवाह र सम्बन्ध विच्छेद

गायिका अस्टे«लिया बसोबास गर्ने प्रेमी विष्णु सापकोटासँग वैवाहिक सम्बन्धमा बाँधिएकी एलिनाको विवाह दश महिनामै टुट्यो । एलिना र विष्णुबीचको सम्बन्धले पहिलो वैवाहिक वर्षगाँठसम्म मनाउन पाएन । सम्बन्ध विच्छेद भयो । त्यो समय पनि गायिकाले निकै आलोचना सहनु परेको थियो। यहाँसम्मकी उनलाई सामाजिक सञ्जालमा लाइभ आएर कैयौँ प्रश्नको जवाफ दिनु परेको थियो। आफ्नो चरित्रमाथि पटक पटक शंका गरेको र घरेलु हिंसासमेत गरेको आरोप लगाउँदै उनले विष्णुविरुद्ध उजुरीसमेत दिएकी थिइन् । 

४० तोला सुन

सम्बन्ध विच्छेदपछि गायिकाले विवाहमा विष्णुले दिएको ४० तोला सुन फिर्ता नगरेको भन्दै गायिकामाथि आरोप प्रत्यारोप लगाइयो। यो आरोपमा गायिकालाई निकै आलोचना सहनु परेको थियो। सामाजिक सञ्जाल भरि नै गायिका आलोचनाको सिकार बनिन्। 

विदेशी आयोजकद्वारा मानसिक हिंसा 

गत कार्तिकमा गायिका जब आफ्नो सांस्कृतिक कार्यक्रम सकाएर अमेरिकाबाट नेपाल फर्किन, कार्तिक ११ गते उनले सामाजिक सञ्जालमा एक स्टाटस राखिन । उनले यात्राका क्रममा कलाकारमाथि नोकझोकको व्यवहार गरेको बताउँदै लेखिन, ‘कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो । एउटा कुरा स्पष्ट भन्न चाहन्छु, आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन । कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ । नराम्रा अनुभवले धेरै कुरा सिकायो । अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्।’  

एलिनाको यो पोस्टपछि आयोजक ‘फ्लाई नेपा’ माथि धेरैले प्रश्न उठाए। आयोजकले संस्थाको दाबी भन्दै सामाजिक सञ्जालमा एलिनामाथि पनि प्रश्न उठे। गायिकामाथि कैयौँ आरोप प्रत्यारोप लाग्यो । कतिपयले एलिनाको व्यतिmगत जीवनमाथि समेत प्रश्न उठाए । 

सिक्रीमात्र हैन किड्नी किन्ने हैसियत

हालै गायिका कला लम्साल र एलिनाबीच अमेरिका टुरलाई लिएर सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलिरहेको छ । विवाद तब चर्चामा आयो जब कलाले एक युट्युब अन्तर्वार्तामा नाम नलिई मेरो सिक्री कुनै एक कलाकारले लगाएर मेरै कुरा काटेको भन्दै एलिना तिर औंला ठड्याइन् । सामाजिक सञ्जालमा यो क्लिप एलिनाले आफै सार्वजनिक गर्दै उनले सिक्री लगाएको कुरालाई स्विकार गरेकी थिईन्। 

आफूले सिक्री नचोरेको भए पनि कलाले सिक्री चोरजस्तै बनाइदिएको भन्दै एलिनाले गुनासो थियो। सिक्री चोरेको नभइ कलाले आफैं नेपाल लगिदिन आग्रह गरेको बताउँदै एलिनाले सिक्री किन्न सक्नेमात्र हैन आफूले किड्नी नै किन्न सक्ने हैसियत बनाएको बताइन् । उसले आजको मितिसम्मपनि उनीविरुद्ध सामाजिक सञ्जालमा आगो ओकल्नेहरु प्रसस्तै छन् । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस