तिर्खा
०४ मंसिर २०७३
•
२३ मिनेट पाठ
तिर्खा
उसले घरको मूलढोका खोल्यो । सधैँ आफूले गोडमेल गरेको बगैँचा र फुलेका पूmलहरू हेर्यो । फुलेको सेतो गुलाबको एउटा हाँगो लर्कायो । फूल मुसार्यो । र, अलिपर गयो । उसैले स्याहारेका कुकुरहरू चौरमा खेल्दै थिए । उसलाई तिन्को पनि कताकता माया लागेर आयो । खाना दिने बेला सधैँ बोलाउँथ्यो, ‘पप्पी ! डम्मी ! तिमीहरू यता आओ ।’ यो पटक बोलाएन तर कुकुर नै दौडिँदै उसको सर्टको फेर तान्न आइपुगे । आपूm त सुटुक्क निस्कँनु छँदै थियो, उसलाई आपूmसँगै कुकुर पनि निस्केलान् भन्ने डर थियो ।




गेटनजिकै पुगेर त्यो भव्य महललाई निकैबेर हे¥यो । बिस्तारै बिस्तारै गेट खोल्यो । तुरुन्तै लगायो र हतारिएर सडकमा पुग्यो । कुकुर कम्पाण्डभित्रै कुइँकुइँ गर्दै थिए । मन पीरो भएर आयो उसको । फेरि हे¥यो फर्केर । यसअघि उसलाई त्यो घर, बगैँचा र कुकुरहरूकोे कहिल्यै यतिविधि माया लागेको थिएन । सोच्यो, ‘नानीहरू घर आएपछि मलाई खोज्लान् । आ ऽऽऽ खोजे खोजून् । ती मेरो भाइबैनी होइनन् क्यारे !’ त्यसपछि कहिल्यै नफर्कने गरी ऊ सडकलाई देब्रे पारेर एकोहोरिएर हिँड्यो, हिँडिरह्यो । अलिपर पुगेपछि मान्छेको जंगलमा हरायो ।

चार वर्षअघि गोपाललाई आफ्नै काकाले भातभान्साको काम गर्ने ‘नोकर’ को रूपमा त्यो घरमा छाडेर गएका थिए । गाउँमा तीन कक्षा पढेर आएको थियो । नौ वर्षको थियो ऊ नोकर बस्दा । ऊ घरमा पस्दा मालिकको एउटा छोरा थियो । मात्र दुई वर्षको । ऊ आएलगत्तै छोरी जन्मिई । दुवैको उसैले स्याहारसुसार ग¥यो । मालिक्नीले नानीहरूलाई कहिल्यै आफ्नो दूध चुसाएको देखेन । गोपाल ‘आमा’ थिएन तर दूध भने उसैले चुसायो– बट्टाको ।

+++++++++

छोरीछोरी नामी स्कुलमा बोडर्स गरिएका थिए । अरू स्कुल घरनजिकै हुँदा पनि नानीहरूलाई घरबाहिर राखेको देखेर गोपाललाई अनौठो लागेको थियो । नानीहरू हप्ता दिनमा मात्र घर आउँथे, शुक्रबार । गोपालको हालखबर सोध्थे । दुई दिन बसेपछि जाने बेला भइहाल्थ्यो । गोपाल स्कुलमा पु¥याउन जान्थ्यो । फर्कँदा ऊ एक्लो भएको महसुस गथ्र्यो । मनै चिरिएर आउँथ्यो । सोच्थ्यो, ‘यी बाबुनानीसँगै पढ्न पाए...!’

त्यो दिन गोपालले नानीहरूलाई होस्टेल पु¥याउनु परेन । स्कुलकै बस आयो । ‘गोपाल, नरोई बस है ! हामी नेक्स्ट विक आउँछौँ,’ वसन्त बाबुले भनेको थियो । सानी मैयाँ सदीक्षा केही बोलिन । उसको अनुहार अँध्यारो भएको थियो । मालिकमालिक्नीले छोराछोरीलाई होस्टेलको गाडी चढाइदिएपछि ‘बाई–बाई’ भनेका थिए । गोपालले हात मात्रै हल्लाएको थियो तर नानीहरू घर नफर्कँदै गोपाल त्यो घर छाडेर हिँड्यो ।

+++++++++

मालिक र मालिक्नीको निकै समयदेखि मन टाढा हुँदै आएको थियो । गोपालले त्यो महसुस ग¥यो तर खासै चासो राखेन । ऊ आफ्नो काममै व्यस्त थियो । एकछिन फुर्सद हुँदैनथ्यो गोपाललाई । ठुस्किन लागेकी थिइन्, मालिक्नी । झर्केर बोल्थिन् । मालिक हाँसेर टार्थे ।     एकदिन मालिक्नीले बेल्काको भुजा ज्युनार गरिनन् । डाइनिङ टेबुलमा मुन्टो झुङाएर बसिरहिन् । मालिकले भने, ‘हैन आरम्भा, तिमीले किन भुजा नखाएकी ? छिटो भुजा खाऊ । के भएको छ आजकल तिमीलाई ? राम्रो गरी बोलेको पनि सुन्दिनँ ।’

अँ हँ, मालिक्नी बोलिनन् । बोल्दै बोलिनन् । मालिकले सपासप भुजा ज्युनार गरे । छेउको बेसिनमा चुठ्दै भने, ‘आपूm त भोकले लखतरान परियाथ्यो । मज्जाले खाइयो ।’ मालिक ‘ढ्याउ’ गर्दै कोठातिर लागे ।

मालिक्नीको अनुहारमा रणचण्डीको रगत चढ्यो । टेबुलका थालभाँडा बजारिन् । बुद्बुदाइन्, ‘आपूm चैँ घर नआएर कताकता बस्नुछ । आए पनि वास्ता छैन । मेरोचाहिँ मन हैन र !’ गोपाल सुनिबस्यो । केही बोलेन ।

अघिपछि पनि उनीहरूको एकअर्कालाई बोलाउने साइनो अचम्मको छ । मालिक्नी श्रीमान्लाई ‘मालिक’ भन्छिन् । मालिक पनि श्रीमतीलाई ‘मालिक्नी’ भन्छन् । यी दुईले एक अर्कालाई गर्ने सम्बोधन व्यंग्यजस्तो लाग्थ्यो गोपाललाई ।

केही दिनयता मालिक–मालिक्नीबीच बोलचाल पूरै बन्द भएको थियो । सँगै खाना खान छाडेका थिए । दुईमध्ये एउटाले अगाडि नै भुजा ज्युनार गरेर हिँड्थे ।  यति हुँदा पनि गोपालले खासै चासो राखेन । झन् सोध्ने कुरा त हुँदैभएन । उसमा थोरै चासो थियो– यी दुईबीच कति अग्लो पहाड ठडिएको छ ? किन ठडिएको छ ?

+++++++++

मालिक विश्वविद्यालयका प्राध्यापक । राम्रै क्रेज छ उनको । अनेक अध्ययन र अनुसन्धानको काम देखाएर धेरैजसो उनी विश्वविद्यालयकै क्वाटरमा बस्छन् । कहिलेकाँही बेलुका घर आउँछन् । मालिक्नीको खासै पेसा छैन । उनी एकमात्र छोरी हुन् । माइतीले टन्नै सम्पत्ति दिएका छन् । राम्रो व्यवस्था छ । गाडी छ । घर छ । अन्यत्र घडेरी पनि छन् । नपुग्दो केही छैन ।

गोपालले आफ्नो घर सम्झ्यो, ‘घरमा सम्पत्ति छैन । घरै छैन । सामुदायिक वनमा छाप्रो ठड्याएर बसेका छन्, बाआमा । तर उसका बाआमाले कहिल्यै झगडा गरेको थाहा छैन उसलाई । यिनीहरूलाई के नपुगेर नबालेका होलान् ?’ गोपालले निकै गहिरा कुरा सोच्यो ।

मालिक सा’प अलि पाका छन् । दुईको उमेरमा दस–पन्ध्रकै अन्तर होला । मालिकको कपाल र दाह्री फुल्न लागेको छ कताकती । मालिक्नीको अनुहार लोभलाग्दो छ, गालामै गुलाब फुलेजस्तो । कपाल ड्राइ गरेर हाइड्रोजन लगाएकी छन् । किशोरवयमा उक्लिँदै गरेको गोपाललाई थाहा भएन– त्यो घरको अन्तरकुन्तरको कथा । मालिक्नीका मनका कुरा । मात्र थाह भयो– आफ्नो काम ।

त्यहाँ भातलाई ‘भुजा’ भन्नुपर्छ । त्यो घर पसेका सुरुका दिनमा गोपाललाई नेपाली बोल्न पनि कठिन भयो । दरबारिया भाषामा ऊ अल्मलियो । रहँदाबस्दा ऊ पनि ‘आइस्योस्–गइस्योस्’ मा अभ्यस्त भयो । निकै समयपछि थाहा पायो–मालिकको दोस्रो घरबार रहेछ । पहिलेकी श्रीमती पोइल गएकी रहिछन् ।

एकदिन बेलुका मालिक्नी आफ्नो कोठामा खै के किताब पढ्दै थिइन् । मालिक बैठक कोठामा कम्प्युटरमा थिए । उसले मालिक्नीको कोठामा गएर खाना पाकेको कुरा जाहेर गर्याेे । निहुरिएर भन्यो, ‘भुजा तयार भयो, आइस्योस् ।’ उसलाई मालिक्नीले अनौठो गरी हेरिन् । केही बोलिनन् ।

त्यसपछि तुरुन्तै मालिकको कोठामा गयो र त्यही कुरा दोहो¥यायो । भान्सामा फर्कियो ऊ । मालिक्नी खुट्ट बजार्दै भान्सामा आइन् । उनको हिँडाइमा अनौठो अदब थियो। एक झड्का बोलिन्, ‘तेरो मालिक हजुरलाई टक्र्याइस् त ?’  ‘छैन हजुर । तर उहाँ त कम्प्युटर चलाइराको होइसिन्छ । बोलाएर आएको छु,’ गोपाल बोल्यो ।

मालिक्नीले सोधिन्, ‘के मर्जी भो त, तेरो मालिकले ?’

गोपालले नसुनेझैं गर्यो । कतै नहेरी मालिक्नी भुजा ज्यूनार गर्न लागिन् । गोपाल एकछिन उभियो । फेरि मालिकको कोठामा कुद्यो । भन्यो, ‘हजुर भुजा सेलाउँछ । पस्कूँ ?’

मालिकले आ“खा घुमाएर हेरे । भने, ‘तेरी मालिक्नीलाई खुवाइस् त !’     गोपाल बोल्यो, ‘ज्युनार गर्दै होइसिन्छ ।’

ऊ फेरि भान्छातिरै आयो । मालिक्नी नजिकैको बेसिनमा चुठ्दै थिइन् । गोपाल मूर्तिवत् उभिरह्यो । उसले पनि मन अमिलो पा¥यो । ऊ आपैmँ भोकले लखतरान भएको थियो ।

मालिक्नी शयनकक्षतिर चढिन् । मालिक भान्सामा आए । गोपालले भुजा पस्कियो । मालिकले दिगमिग मानेर आधीउधी भुजा खाए । चुठे । गाह्रो मानेर उनी पनि शयनकक्षतिरै लागे । गोपालले सोच्यो, ‘खाना सँगै नखाए पनि सुत्नचैँ एउटै कोठामा गए है ! भोलिदेखि त पक्कै बोलचाल गर्छन् होला ।’ उसलाई खुसी पनि लाग्यो ।  

गोपाल भात खान थाल्यो । खाँदा मालिक र मालिक्नीको मनोमालिन्यको कुरा सोचेन । सोच्यो त पेटको दर्द । पेटकै द्वन्द्व । भोकले बटारिएको पेट शान्त पा¥यो ।

गोपालले भान्साको जुठेधन्दा सक्यो । घरका सबै झ्यालढोका बन्द गरेर ऊ आफ्नो कोठामा छिर्यो । छिँडीको गन्हाउने कोठा उसको भागमा परेको थियो । एकदमै साँघुरो । बल्लतल्ल सानो एउटा खाट अटेको थियो । खाटमा पनि ऊ साँघुरो गरी सुत्थ्यो ।

रात निकै चढिसकेको थियो । कोठाको सानो झ्यालबाट हे¥यो । मालिकमालिक्नीकोमा बत्ती बलिरहेकै थियो । अरू सोचेन । थाकेको ज्यान पल्टायो । ऊ भुुसुक्कै निदायो ।                       

+++++++++

गोपाल झल्याँस्स ब्यूँझियो । मालिक–मालिक्नीको कोठाबाट आएको आवाजले उसलाई ब्युँझायो । अचानक ब्युँझदा उसको मुटु जोडले हानेको थियो । मारपिटै परेजस्तो सुन्यो, डाङडाङ र डुङडुङ । चिच्च्याएको र नबुझिने गरी कराएको पनि सुन्यो ।    सोच्यो, ‘लौ, आज तमासा नै हुने भो । के नपुगेको छ र यिनीहरू यसो गर्छन् ? मालिक उस्तो हो कि मालिक्नी ?’    

सानो झ्यालको पर्दा पन्छाएर बाहिर हे¥यो । देख्यो–कोठाबाट मालिक्नी फुत्त निस्केर अर्कै कोठातिर लागिन् । मालिक बोलेको सुन्यो । ‘तँ....ठीलाई के चाहिएको ? अर्कै पोइ खोजेर गए हुन्छ ।’ अझै लाज हुने कुरा पनि सुन्यो उसले । यति लाज लाग्ने कुरा मालिकले बोलेको उसले कहिल्यै सुनेको थिएन । रिसको झोकमा मालिकले जोरसित ढोका लगाए । गोपाल न बोल्न सक्यो न उठेर हिँड्न नै सक्यो ।

चालचुल बन्द भयो । सन्नाटा छायो वातावरणमा । रातको कति बजेको थियो, समय हेर्न ऊसँग घडी थिएन । गोपाल एकछिन झुङ्यो र सुत्यो । अचानक मालिक्नी ‘स्याँ स्याँ’ गर्दै गोपालको कोठामा छिरिन् । असामान्य बनेकी थिइन् उनी । झिनो स्वरले बोलिन्, ‘गोपाल ∕ ए गोपाल ∕ तिमी सुत्यौ ?’ तन्द्रामा थियो ऊ । सपना हो कि झैं लाग्यो । कोल्टे फेर्यो । कताकता को बोलेजस्तो लाग्यो । उठेन । फेरि सुत्यो । मालिक्नी अभैm नजिक आएर बोलिन्, ‘गोपाल ! ए गोपाल ! सुनेनौ ? एकछिन उठ त ।’

गोपालको तन्द्रा खुन्यो । आङ तानेर उठ्यो । सिरानको बत्तीको स्वीच थिच्यो । उज्यालोमा आफ्नी मालिक्नीलाई देख्यो । अचम्म लाग्यो । होइन जस्तो पनि लाग्यो । कचेरा पुछ्यो । ठम्यायो– मालिक्नी नै हुन् । गोपाल बोल्यो, ‘हजुर किन नसुतिस्या मालिक्नी सा’प ? यति रातीसम्म के गरिराखिस्या ?’     मालिक्नीको मन छचल्किएको थियो । छचल्किएको मन मुखबाट पोखियो, ‘गोपाल म आज तिम्रो कोठामा सुत्छु ।’

गोपाल आश्चर्यचकित मात्र भएन, ठूलै अनिष्टको शंका ग¥यो । उसलाई बोल्न पनि गाह्रो भयो । मालिक्नी फेरि बोलिन्, ‘गोपाल ! मलाई आफ्नो कोठामा सुत्न पनि दिँदैनौ ?’

गोपाल धर्मसंकटमा पर्यो । निकै सकस मानेर बोल्यो, ‘मालिक्नी सा’प ! कता सुतिसिन्छ ? हजुरलाई के भयो ? आफ्नै कोठामा गइस्योस् हजुर ।’     गोपालले मालिक्नीको आँखामा आँसु देख्यो । गोपालको मन काटियो । सोच्यो, ‘यी पनि मेरी आमाजस्तै त हुन् नि !’ भन्यो, ‘हजुर मेरो खाटमा सुतिस्योस् त । म बाहिर सुत्छु ।’

मालिक्नी आवेगमा थिइन् । सायद बेहोसीमा पनि । उनको गला अवरुद्ध भएको थियोे । अवरुद्ध गला खोलेर भनिन्, ‘गोपाल म तिमीसँग सुत्छु ।’

गोपाल झस्कियो । आफैंदेखि डरायो । सोच्यो, ‘सधैँ ‘तँ’ भनेर हकार्दै बोलाउने मालिक्नीलाई आज के भएको छ ? मेरो छेउमा आउन पनि सिकसिको मान्ने मालिक्नीलाई आज के भयो ?’    

मालिक्नी सुँकसुँकाउन थालिन् । भनिन्,  ‘गोपाल ! म तिमीसँग सुत्छु आज । मलाई सुत्न देऊ ।’     मालिक्नी मदहोसजस्तै भएर गोपालको खाटमा पल्टिइन् । गोपाललाई वर तानिन् । उसलाई जिउमै टाँसिन् । गोपाललाई करेन्ट लागेभैmँ भयो । खै, के भयो, के भयो ! गोपाल मालिक्नीको बाहुपाशबाट फुत्कियो । अलि पर गयो ।

थर्थराएर उनी फेरि बोलिन्, ‘गोपाल ! तिमी नभाग न ! म तिमीस“ग सुत्छु क्या आज । मलाई तिमीसँग सुत्न मन लागेको छ ।’    ‘आज मालिक्नी बौलाइछिन् क्यारे ! अरू नै कोठामा सुतेको भए हुन्थ्यो नि ! मालिकले थाहा पाए के गति होला,’ गोपालले यति सोच्न भ्यायो ।

मालिक्नी आतुर हुँदै बोलिन्, ‘आऊ गोपाल । मसँग सुत । किन लाज मान्छौ ? मलाई लोग्नेमान्छेसित सुत्न मन लागेको छ । कि तिमी लोग्नेमान्छे होइनौ ?’

गोपाल बोल्न नसक्ने गरी कक्रियो । मालिक्नी गोपालको खाटमा हठात् पल्टिइन् । उनले गोपालका लुगा च्यापिन् र सिरकभित्रै लुकाइन् । तिनी बर्बराउन थालिन् । गोपाललाई तानिन् । गोपाल बल्लबल्ल फुत्कियो । ऊ बाहिर आयो । घरबाट हिँड्ने विचार ग¥यो । तर त्यो मध्यरातमा कता जाने ? ऊ घोर अलमलमा प¥यो ।

करिडोरमा मान्द्रो ओछ्याएर गोपाल पल्टियो । मालिक्नी गोपालका लुगा च्यापेर छटपटिँदै ओछ्यानमा लडिन् मात्र । निदाउन सकिनन् । गोपालको पनि निन्द्रा बिग्रियो । डर लागिरह्यो । ‘यस्तो कुरा मालिकले थाहा पाएको भए !’ सोच्दा नै उसका जिउमा काँढा उम्रिए ।

गोपाल उज्यालो हुने बेलामा निदाएछ । ऊ ब्युझिँदा मालिकलाई घरमा देखेन । मालिक्नी कोठामा ओइलाएर बसेकी थिइन् । गोपाललाई लाज लाग्यो । चिया बनाएर मालिक्नीलाई टत्र्mयाउन पनि सकेन ।

बिस्तारै मालिक्नी भान्सामा आइन् । तरकारी किन्न पैसा दिँदै भनिन्, ‘जाऊ गोपाल, तरकारी किनेर ल्याऊ । पूर्णचाको तरकारी पसलबाट ल्याऊ है ! उसकोमा ताजा र राम्रो तरकारी पाइन्छ ।’

तरकारी किन्न उसलाई सधैँभन्दा अलि टाढा जानुपर्ने भयो । मालिक्नीको आदेश तामेली गर्दै बिहानै गोपाल तरकारी किन्न पूर्णचाको पसलमा गयो ।                            

+++++++++

गोपाल तरकारी किनेर आइपुग्यो । तर मूल ढोकामा भित्री छिस्केनी लगाइएको थियो । ऊ घुमेर भान्साको भ्mयालबाट भित्र पस्यो । यसो कान थाप्यो । मालिक्नीको कोठामा गुनगुन सुन्यो । सोच्यो, ‘मालिक–मालिक्नीको मिलाप भएछ । ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भनेको यस्तै होला ।’ उसको मन खुसीले रमायो ।

गोपालले चिया बनायो । ढिलो नगरी चिया लिएर गोपाल मालिक्नीको कोठाछेउ उभियो । ढोका ढक्ढक्यायो । खुलेन ।  भान्छातिरै चिया फर्कायो । घुमाउने कौसी घुमेर कोठाको झ्यालबाट चियायो । अचम्म ! देख्यो– अपरिचित बलिष्ठ एक लोग्नेमान्छे र मालिक्नी सँगै थिए ।

उसले त्यतातिर धेरैबेर हेर्न सकेन । हेरिसाध्य पनि थिएन । मालिक्नी अत्यन्तै तिर्खाएकी थिइन् । अपरिचित बलिष्ठ लोग्नेमान्छे मालिक्नीको धमाधम तिर्खा मेट्दै थियो । ‘कुरा यस्तो पो !’ बल्ल बुझ्यो– मालिकमालिक्नीको खटपट र मारपिटको अन्तर्कथा । मालिक्नीले उसको कोठामा सुत्न देखाएको इच्छा । छोराछोरी बोडर्स गरिएको कुरा । तरकारी किन्न बिहानै पूर्णचाको पसलमा पठाएको रहस्य ।     गोपाललाई त्यो घरमा एकछिन पनि बस्न मन लागेन । ऊ निस्कियो । र, एकैछिनमा मान्छेको जंगलमा हरायो ।
अर्को समाचार
तिर्खाउँछन् विद्यार्थी, तिर्खा मेट्ने खोला सुख्खा !
०१ चैत्र २०८०
•
५ मिनेट पाठ
तिर्खाउँछन् विद्यार्थी, तिर्खा मेट्ने खोला सुख्खा !
एआईको सहयोगमा बनाइएको साङ्केतिक तस्बिर।
गत वर्षको चैत अन्तिम साता खोलाको पानी सुक्यो। खोला सुख्खा बनेपछि विद्यार्थीहरुलाई पानी खुवाउनै सकस भयो। अनि नेपाल भारत सीमा क्षेत्र गढवा गाउँपालिका, कोइलावासमा रहेको महेन्द्र आधारभूत विद्यालय बन्द गर्नु पर्‍यो।




पानीको अभाव भएपछि एक हप्ता सम्म विद्यालय नै बन्द गर्नुपरेको भन्दै विद्यालयका प्रधानाध्यापक रामलाल वलीले भने ‘खोलामा पानी सुकेपछि बालबालिकाहरूलाई पानी खुवाउनै नसकिने अवस्था बन्यो, अनि विद्यालय नै बन्द गरेर बस्यौँ।’

एक हप्ता पछि गढवागाउँपालिकाले ट्यांकरबाट पानी पुर्‍याइदियो। अनि पालिकाले ट्यांकरबाट पानी पुर्‍याइदिएपछि बल्ल विद्यालय खोलियो। ‘गाउँपालिकाले ट्यांकरबाट पानी पुर्‍याएपछि एक हप्ता पछि विद्यालय खोलेका हौँ,’ विद्यालयका प्रधानाध्यापक वलीले भने ‘यहाँ त विद्यार्थीहरुलाई पानीको व्यवस्थापन गर्न निकै असहज अवस्था छ।’

यस वर्षको सुख्खा याम फेरी सुरु भइसकेको छ। खोलामा रहेको पानी सुक्दै जान थालिसकेको छ। विद्यालयलाई फेरी उही पिरलो सुरु भइसकेको छ। विद्यालयका प्रधानाध्यापक वलीका अनुसार खोलामा रहेको पानी मोटरबाट तानेर गाउँमा वितरण भएको छ। तर सुख्खा मौसम सुरु भएपछि पानीका लागि गरिएको यो व्यवस्थापन पनि बेकामे बनिदिन्छ।

खोला सुख्खा बन्दा पानीको चरम समस्या झेल्नु पर्ने यो विद्यालयले भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो क्षेत्रमा जडान गरेको धाराको पानी प्रयोग गर्दै आइरहेको थियो। उसको ब्यारेक बाहिर जडान गरिएको धाराको पानी बोकेर विद्यार्थीलाई खुवाउँदै आइएको थियो। तर एसएसबीले त्यो धारा हटाइदिएको छ।

‘खोलाको पानी सुक्यो भने एसएसबीको धाराको पानी खुवाउँथ्यौँ, एसएसबीले पानी लिन दिन्थ्यो पनि,’ विद्यालयका प्रधानाध्यापक वलीले भन्छन् ‘तर उसको ब्यारेक बाहिर जडान गरिएको धारा हटाइदियो, अनि पानीका लागि झनै समस्या हुन थाल्यो।’

एसएसबीले धारा फालिदिएपछि विद्यालयले भारतको जरुवा भन्ने स्थानबाट बोकेर पनि पानी खुवाउन थाल्यो। मोटरसाइकल मार्फत ग्यालेनबाट पानी बोकेर खुवाउन सम्भव भएन। अनि विद्यालय बन्द गरेरै बस्नु पर्ने बाध्यता आएको विद्यालयका प्रधानाध्यापक वलीले बताए।

‘भारतको जरुवा भन्ने स्थानमा मोटरसाइकल मार्फत ग्यालेनमा पानी ओसारेर पनि खुवाउने कोसिस गर्‍यौँ,’ उनले भने ‘तर यो सम्भव भएन, अनि विद्यालय बन्द गरेर बस्नु पर्‍यो।’

यस वर्ष पनि गाउँपालिकाले ट्यांकरबाट पानीको व्यवस्थापन नगरिदिए विद्यालय बन्द गरेर बस्नु पर्ने बाध्यता आउने उनको भनाई छ। ‘अबको केही दिन पछि खोलाको पानी सुकिहाल्छ, पालिकाले गत वर्ष जस्तै ट्यांकरबाट पानी पुर्‍याइदिएन भने त फेरी विद्यालय बन्द गरेर बस्नुको अर्को विकल्प हुँदैन,’ उनले भने ‘हामीले पालिकालाई यो समस्याका बारेमा जानकारी गराउँदै आएका छौँ, पालिकाले पानी पुर्‍याइदिन्छ पक्कै पनि।’

खोलाको पानी मोटर मार्फत तानेर विद्यालयमा पुराइएको छ। खोलाबाट सिधै पाइप मार्फत पुर्‍याएको पानी विद्यालयले शुद्धीकरण गरेर विद्यार्थीहरुलाई खुवाउने गरेको छ। ‘विद्यालयमा पानी शुद्धीकरण गर्ने मेशिन छ, हामीले पानी शुद्धीकरण गरेर विद्यालयलाई खुवाउँछौँ, र हामी शिक्षकहरूले पनि खान्छौँ,’ विद्यालयका प्रधानाध्यापक वलीले भने। यो विद्यालयमा झण्ड एक सय विद्यार्थी छन्।

नेपाल भारत सीमा क्षेत्रमा खाने पानीको समस्या चरम छ। खानेपानीका योजना सञ्चालित नहुँदा नाका क्षेत्रको पानी तिर्खा मेट्ने खहरे खोलाहरु नै हुन्। 

नाका क्षेत्रमा रहेका विद्यालयहरूले साना बालबालिकाहरुलाई समेत खोलाको दूषित पानी खुवाउनु पर्ने बाध्यता छ। खोलाको फोहर पानीकै कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिरामी समेत पर्ने गरेको शिक्षकहरु बताउँछन्।

गढवाको खबरी नाकामा रहेको दुर्गा प्राविका प्रधानाध्यापक कृपानन्द चौधरी भन्छन् ‘खोलाको फोहर पानी नै खानु पर्ने र विद्यार्थीहरुलाई खुवाउनु पर्छ, विद्यार्थी मात्रै हैन हामी शिक्षकहरुमा पनि स्वास्थ्य समस्या आइरहन्छन्, फोहर पानीका रुघा खोकी लगायतका समस्याहरू आउँछन्।’

यो नाकामा रहेको स्थानीय खोला नै पानको मुख्य स्रोत हो। खोलाबाट पाइप मार्फत बस्तीमा पानी पुर्‍याइएको छ। बस्तीमा पुर्‍याएको यही पानी विद्यार्थीहरुले पिउँछन्।

विद्यालयमा पानी शुद्धीकरण गर्ने मेशिन पनि छ। तर विद्यालयसम्म पानी पुग्न सकेकै छैन। फलतः विद्यार्थीहरुले खोलाबाट आउने फोहर पानी पिउनु पर्ने बाध्यता छ।

‘पाइपबाट बस्तीमा पानी ल्याइएको छ, तर हामीसँग पाइप खरिद गर्ने पैसा नभएर विद्यालयमा पानी तान्न सकिएको छैन,’ यो विद्यालयका प्रधानाध्यापक चौधरीले भने ‘पानी शुद्धीकरण गर्ने मेशिन त छ , तर मेशिन प्रयोग विहीनकै अवस्थामा छ।’ सानो बस्ती रहेको यो नाकाको विद्यालयमा २२ जना विद्यार्थी छन्।

राजपुर गाउँपालिका, स्याउले नाका स्थित ज्ञानकुन्ज प्राविका निमित्त प्रधानाध्यापक रामबहादुर विकलाई पनि सुख्खा यामको पिरलो सुरु भइसकेको छ। विद्यालय देखि नजिकै रहेको खोलाको पानीले अहिले सम्म विद्यार्थीहरुले तिर्खा मेटिरहेका छन्। तर यो खोला पानी सुक्दै जान थालिसकेको छ।

‘अब खोलाको पानी सुकिहाल्छ, विद्यार्थीहरुलाई पानी खुवाउन धेरै समस्या हुन्छ,’ निमित्त प्रधानाध्यापक विकले भने ‘हाम्रो विद्यालयमा सबै भन्दा ठूलो समस्या भनेको खाने पानीकै हो।’

विद्यालय नजिकैको यो खोला सुक्नासाथ पानी बोक्नका लागि एक घण्टा तल झर्नु पर्छ। ‘हाम्रो विद्यालय डाँडोमा छ, अब पानी ल्याउन एक घण्टा तल अर्को खोलामा झर्नु पर्छ,’ उनले भने ‘विद्यालयका कार्यालय सहयोगी मार्फत पानी बोकेर विद्यार्थीलाई खुवाउने गरेका छौँ।’

यो विद्यालयका विद्यार्थीहरुले पिउने पानी पनि खोलाको फोहर पानी नै हो। तर अहिले सम्म कोही विद्यार्थी फोहर पानी पिएका कारण बिरामी भने नभएको उनले बताए। ‘पानी त खोलाबाट बोकेर ल्याइएको हुनाले फोहर नहुने कुरै भएन,’ उनले भने ‘तर पानी शुद्धीकरण गर्ने कुनै उपाय नै छैन, पानीकै कारण अहिले सम्म विद्यार्थीहरू बिरामी परेको अवस्था त छैन।’

वर्षौँ देखि खोलाको पानीले तिर्खा मेट्दै आएका नाकावासी विद्यार्थीहरुलाई सफा शुद्ध पानी पिउने अवस्था चाँडै नहुने स्थानीय सरकार देख्छ। राजपुर गाउँपालिकाले स्थानीय तहबाट मात्रै नाका क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्न नसक्ने बताउँछ।

नाका क्षेत्रमा खानेपानीको व्यवस्थापनका लागि अर्बौँ बजेटमा बहु वर्षीय आयोजना सञ्चालन गर्नुपर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले बताए।

‘स्थानीय तहको बजेटले त्यहाँ खानेपानीको आयोजना सञ्चालन हुने वातावरण बन्दैन,’ उनले भने ‘संघीय सरकारले नै बहु वर्षीय आयोजना सञ्चालन गर्न सके मात्रै नाका क्षेत्रमा खानेपानी पुर्‍याउन सकिन्छ।’
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस