खडेरी बढाउन ‘वायुमण्डलीय तिर्खा’ जिम्मेवार!
०१ असार २०८२
•
४ मिनेट पाठ
खडेरी बढाउन ‘वायुमण्डलीय तिर्खा’ जिम्मेवार!
विश्वभरि खडेरी गम्भीर र व्यापक चिन्ताको विषय बनेको छ। तर यसको दोष फेरिँदै गएको वर्षाको प्रकृति र प्रवृत्तिलाई मात्र दिन मिल्दैन। हाम्रो वायुमण्डल तिर्खाइरहेको र यसले खडेरीको गम्भीरतालाई ४० प्रतिशतले बढाएको एक अध्ययनले देखाएको छ। वैज्ञानिक जर्नल नेचरमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार चार दशकयता खडेरी बढाउन यही ‘वायुमण्डलीय तिर्खा’ जिम्मेवार रहेको देखिएको छ।  




अध्ययनले सन् १९८१ देखि २०२२ सम्मको अवधिमा खडेरी बढ्नुका करिब ४० प्रतिशत हिस्सा यही वायुमण्डलीय वाष्पीकरण माग (एट्मसफेरिक इभापोरेसन डिमान्ड अर्थात् एइडी) को छ। सामान्य हिसाबमा वर्षालाई आम्दानी र एइडीलाई खर्चको रूपमा तुलना गर्ने हो भने आम्दानी (वर्षा) उस्तै रहे पनि खर्च (एइडी) बढ्यो भने बजेट सन्तुलन घाटामा जान्छ। खडेरीको हकमा पनि ठ्याक्कै त्यही भइरहेको छ, वायुमण्डलले जमिनले दिनेभन्दा बढी पानी मागिरहेको छ।  

जब ग्रह तातो हुँदै जान्छ, वायुमण्डलको यो माग बढ्ने र उसले माटो, नदी, ताल र विरुवाबाट आर्द्रता (मोइस्चर) तान्छ। यही बढ्दो तिर्खाका कारण वर्षाको मात्रामा खासै फरक नआएको स्थानमा समेत खडेरी थप गम्भीर बन्दै गएको छ। एइडी प्रक्रियाले वायुमण्डलले सतहबाट कति पानी चाहन्छ भन्ने कुराको व्याख्या गर्छ। वर्षाको मात्रामा कमी नहुँदासमेत हावा जति तातो, घमाइलो, बतासे र सुक्खा हुन्छ, यसलाई त्यति नै बढी पानी चाहिन्छ। त्यसैले वर्षामा खासै फेरबदल नभएका विश्वका कैयौं स्थानमा समेत खडेरी गम्भीर समस्या बन्दै गएको छ। यसरी तिर्खाएको वायुमण्डलले वरपर रहेका वस्तुलाई छिटो र तीव्र रूपमा सुकाइरहेको छ।

जतिबेला पानी उपलब्ध हुँदैन, त्यतिबेला यसले थप तनाव सिर्जना गर्छ। वैज्ञानिकको नयाँ विश्लेषणअनुसार एइडीले विद्यमान खडेरीलाई बढाउने मात्र होइन, यसको प्रभाव क्षेत्र विस्तारसमेत गरेको छ। उहाहरणका लागि सन् २०१८ देखि २०२२ सम्म विश्वमा खडेरी भोग्ने भूभाग ७४ प्रतिशतले बढेको थियो। यो विस्तारमा ५८ प्रतिशत हिस्सा एइडीले लिएको थियो। वैज्ञानिक अध्ययनले बितेका चार दशकमा सन् २०२२ सबैभन्दा बढी खडेरीले प्रभावित वर्ष भएके देखाएको छ । उक्त वर्ष विश्वको ३० प्रतिशतभन्दा बढी भूभागमा मध्यमदेखि चरम खडेरी परेको थियो।

युरोप र पूर्वी अफ्रिकामा सन् २०२२ मा खडेरी अत्यन्त गम्भीर समस्या बनेको थियो। वैज्ञानिकका अनुसार यो मुख्यतया एइडीमा तीव्र वृद्धिका कारणले भएको थियो, जसले वर्षामा खासै कमी नआए पनि वातावरण सुख्खा पार्ने प्रक्रियालाई तीव्र बनाएको थियो। त्यस वर्ष युरोपमा मात्र व्यापक रुपमा सुख्खा परेका कारण नदी प्रवाहमा कमी हुँदा जलविद्युत् उत्पादनमा बाधा पुग्यो भने पानी अभावका कारण बाली उत्पादनमासमेत असर प¥यो। धेरै सहरमा पानीको अभाव भयो। यसले पानी आपूर्ति, कृषि र ऊर्जा क्षेत्रमा दबाब सिर्जना ग¥यो। जसले जीविकोपार्जन र आर्थिक स्थिरतालाई खतरामा पा¥यो।

उच्च गुणस्तरको विश्वव्यापी जलवायु तथ्यांकको प्रयोग गरिएको उक्त अनुसन्धानले खडेरीको गतिशीलतालाई स्पष्ट पारेको वैज्ञानिकहरूको दाबी छ। विशेषगरी तापक्रम, हावाको गति, आद्र्रता र सौर्य विकीरण समावेशलगायतका तथ्यांक अध्ययनका क्रममा संकलन गरिएको थियो। यिनै मौसम विज्ञानका सूचकले वायुमण्डलले जमिन र वनस्पतिबाट कति पानी तान्न सक्छ भन्ने कुरालाई निर्धारित गर्छ।

अध्ययन टोलीले एइडी मापन गर्ने क्रममा यी सबै आधारभूत सूचकको एकीकृत समीक्षा गरेर वायुमण्डल कति तिर्खाएको छ भनेर पत्ता लगाएको थियो। त्यसपछि वैज्ञानिकले वर्षा र वायुमण्डलीय तिर्खा दुवै समावेश भएका मान्यता प्राप्त खडेरी सूचकांक प्रयोग गरेर कहिले, कहाँ र किन खडेरी गम्भीर बन्दै गएको छ भनेर पहिचान (ट्र्याक) गरेका थिए। यो गणितीय मापन (मेट्रिक) का आधारमा बिग्रँदै गएको अवस्थाका लागि वायुमण्डलको बढ्दो तिर्खाको योगदान कति छ भनेर वैज्ञानिकले आकलन गरेका थिए।

यसरी बढ्दो क्रममा रहेको वायुमण्डलीय तिर्खाले भविष्यमा ठुलो असर पर्ने र विशेषगरी खडेरीको जोखिममा रहेका पश्चिमी र पूर्वी अफ्रिका, पश्चिमी र दक्षिण अस्ट्रेलिया र दक्षिण–पश्चिमी अमेरिकाका क्षेत्रहरू झन् बढी प्रभातिव हुने देखाएको छ।

खडेरी निगरानीलगायत अन्य योजना बनाउँदा एइडीलाई ध्यानमा नराख्दा सरकार र समुदायले सामना गर्नुपर्ने वास्तविक जोखिमलाई कम आकलन गर्न नसकिने वैज्ञानिक मत छ। उनीहरूका अनुसार विश्वव्यापी तापक्रम अझ बढ्ने प्रक्षेपण गरिएको सन्दर्भमा बारम्बार गम्भीर खडेरी पर्न सक्ने भएकाले त्यसका लागि प्रतिकार्य योजना बनाउँदा हित हुन्छ। ‘यस्ता योजनामा बढ्दो वायुमण्डलीय तिर्खालाई बुझ्न र सो अनुरुप योजना बनाउने विषय समावेश गर्न आवश्यक छ,’ अध्ययनमा भनिएको छ।

विश्वका प्रत्येक विशिष्ट स्थानमा खडेरी के कारणले भइरहेको छ भनेर ज्ञान हुन सकेमा स्मार्ट जलवायु अनुकूलन सम्भव हुन्छ। ‘एइडी खडेरीको निगरानी, मोडलिङ र योजना बनाउने प्रक्रियाको केन्द्रीय विषय हुनुपर्छ,’ अनुसन्धानकर्ताको भनाइ छ।

खडेरीका विशिष्ट उत्पे्ररकको पहिचान गरी यो संकटसँग जुध्न प्रभावकारी उपाय तय गर्न आवश्यक रहेको चर्चा गर्दै वैज्ञानिकले भनेका छन, ‘यदि खडेरी मुख्यतया वर्षामा कमी आएका कारणले भएको हो भने पानी भण्डारण र संरक्षणमा ध्यानकेन्द्रित गर्नुपर्छ। तर यसका लागि एइडी नै मुख्य कारक हो भने वाष्पीकरण क्षय रोक्न तथा विरुवामा पानीको अभावले हुने तनावलाई सम्बोधन गर्नुपर्छ। यसमा खडेरी प्रतिरोधी बाली लगाउने, पानीलाई अझ कुशलतापूर्वक प्रयोग गर्ने सिँचाइ प्रणाली निर्माण गर्ने, माटोको स्वास्थ्य सुधार गर्ने वा जमिनमा आद्र्रता कायम राख्न बासस्थान पुनस्र्थापना गर्ने विषय समावेश गर्न सकिन्छ।’

अनुसन्धानले विश्वव्यापी तापमान वृद्धिका कारणले एइडी झन् तीव्र बनेको देखाएको छ। ‘कतिपय क्षेत्रमा वर्षामा कमी नआए पनि खडेरी तीव्र बनेको छ। यसलाई बेवास्ता गर्नु भनेको जोखिमलाई कम आकलन गर्नु हो,’ अनुसन्धाकर्ताले भन्छन्।

(द कन्भरसेसनबाट साभार)
अर्को समाचार
डा. दामोदर पुडासैनीका झरीसम्बन्धी पाँच कविता
२९ असार २०८१
•
२ मिनेट पाठ
डा. दामोदर पुडासैनीका झरीसम्बन्धी पाँच कविता
१) झरी




अस्तितिर खडेरी चल्यो

रूखपात खङ्ग्रङ्ग सुके

उठनै नसक्ने गरी सुके बालीनाली र पानीका मुहानहरू

“हरहर महादेउ पानी देऊदेऊ” को भाकामा

पानी मागे गाउँलेहरूले

विवाह गराइदिए भ्यागुत्ता र भ्यागुत्तीको

असार लागेपछि

पानी आफैं बर्सिन थाल्यो

झरी चल्न थाल्यो लगातार

ढल्न थाले मन्दिर, मस्जिद र गीर्जाघर

बाढीले बगाइरहेको मनको संकट छेक्न नसकेर

भगवान् आफैं भागिरहेछ ब्ल्याकहोलभित्र

झरी आइरहेछ समयभन्दा अझ हतारमा

दुखको झरी छेक्न भने

न भरोसा आयो कतैबाट, न उभियो कतै भगवान।

२) झरी

घर अघिल्तिर धूपीको बोटमा

रातभर रूझिरहेको चरी

रूझिरहेछ अहिले पनि

उता झरीले नै बगाइरहेछ

घर, खेत, वस्तुभाउ र अन्नअनाजहरू

बगाउँदा बगाउँदै केही छैन बगाउन बाँकी अब

बाँचुन्जेल छोडनेरहेनछ एउटा मनले

मन पनि अहिले झरी बनिरहेछ।

३) झरी

मान्छेको मन धमिलिएरै हो

हावा धमिलिएको

पानी धमिलिएको

जून धमिलिएको

घाम धमिलिएको

बिरूवा धमिलिएको

र, मान्छे स्वयं धमिलिएको

झरी

आकाशबाट होइन

झर्नुपर्ने नै हो मनबाट

पखाल्नु छ सँसारको सबै धूलोमैलो

र, उभ्याउनु छ निक्खर

जन्मजात संसार।

४) झरी

तुलसी पातमाथि

झरी बर्षेपछि

आमाले लिप्न थाल्नुभयो

मान्छेका ओठहरूमाथि उज्यालोको रंग

र, बाबाले बालिदिनुभयो

आकाशदीप

झरी रोकिएपछि

तुलसीको मठमाथि ठड्याइएको छ

खियाले खाइरहेको एउटा दुर्गन्धी डस्टविन।

५) झरी

म झरी बनेर झरेँ

झर्दा झर्दै जगाएँ तिमीलाई

तिमी त शुष्क थियौ

एक्लो थियौ

र, उदास थियौ

म झर्न थालेपछि मात्र

तिमीमा उम्रन थालेको हो जरा

फक्रन थालेको हो उत्साहको इन्द्रेनी

र, तिम्रै टाउको माथिल्तिर उभिन थालेको हो

आमाको निधारको टिकाभन्दा चहकिलो

एउटा लक्काजवान घाम

म झरेँ

र,सिध्दिएँ

अरूका लागि सिध्दिनेहरूको

खै कसले राखेको छ र हिसाबकिताब?
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस