पारिवारिक मिलनको पर्व छठ
१२ कार्तिक २०७९
•
४ मिनेट पाठ
पारिवारिक मिलनको पर्व छठ
सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व यस वर्ष शुक्रबारदेखि सुरु भएको छ। प्रत्येक वर्ष कात्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व अत्यन्तै श्रद्धा र निष्ठाका साथ नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ। यो पर्व चार दिनसम्म मनाइन्छ। यसपटक शुक्रबार कात्तिक शुक्ल चतुदर्शीका दिन नहाय खाय (नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन खाने) परेको छ। पञ्चाङ्गअनुसार शनिबार कात्तिक पञ्चमीका दिन अर्थात् कात्तिक १२ गते खरना पूजा परेको छ। यस दिन व्रतालुहरू स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्छन्। पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दुध, चामल र सख्खरको शीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यहरूलाई खुवाउने गर्छन्।

यो मात्र एउटा यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ दिएर मात्र पूजा सम्पन्न हुन्छ। चार दिनको छठ पर्वमा परिवारका सदस्यहरू जहा जता भए पनि आफ्नो घरमा पुग्छन् र परिवारलाई पूजाको व्यवस्थापनमा सहयोग गरी सबै मिलेर मनाउँछन्। त्यही भएर यस पर्वलाई पारिवारिक मिलनको पर्व पनि भनिने गरेको व्रतालुहरू सुनाउँछन्।

पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने यो पर्व नदी तलाउको किनारमा परिवारका सबै सदस्य तथा समूहमा मनाइने भएकाले यसले सामाजिक सद्भावसमेत कायम राख्ने कुरा छठ व्रतालु सुनिता मण्डलले बताइन्। उनी कालीमाटी तरकारी बजारमा शुक्रबार छठ पूजाका सामग्री किन्न आएकी हुन्। पहिलो सन्तान छोरा पाएलगत्तै सासूले उनलाई छठ पर्व गर्न लगाएको उनी सुनाउँछिन्। यो वर्ष आइतबार अर्थात् कात्तिक षष्ठी आइतबार परेको र सप्तमी सोमबार परेको उनी सुनाउँछिन्।

गौर निवासी मण्डल विगत १५ वर्षदेखि व्यापार र सन्तानको शिक्षाका लागि काठमाडौंमा बस्दै आएको बताउँदै उनी १५ वर्षदेखि काठमाडौंको टंकेश्वरको विष्णुमती नदी किनारमा सपरिवार छठ मनाउँदै आएको सुनाइन्। ‘मेरो परिवारमा हजुर आमाको पालोदेखि नै हरेक बुहारीले छोरा पाएलगत्तै छठ पर्व गर्दै आएका छौं। छठी माताको पूजा अर्चना गरि पुत्र तथा परिवारको कल्याणको लागि यो पर्व हामी बस्छौं,’ व्रतालु मण्डलले नागरिकसँगको भेटमा भनिन्, ‘छठ पूजामा शुद्धता र पवित्रताको विशेष ध्यान दिनुपर्छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुन्छ।’

उनले थपिन्, ‘विगतमा काठमाडौंका नदी तलाउहरू सफा थिए। तर हाल ढलको पानी मिसिएर प्रदूषित हुँदै गएको छ। जलाशयमै उभिएर पूजा गर्नुपर्छ। पानी फोहोर छ। डेंगु प्रकोप पनि बढ्दो छ। सरकारले कम्तीमा छठ पर्वको समयमा काठमाडौंका नदी तलाउहरू विशेष रूपमा  सफाइ गर्नुपर्छ।’

कात्तिक षष्ठीका दिन अर्थात् आइतबार साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएर पूजासहित रातभर नदी तथा तलाउ किनारमा बसी भजन किर्तन गरी भोलिपल्ट अर्थात् सोमबार कात्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएपछि मात्र चार दिनको व्रत पूरा हुन्छ। षष्ठीका दिन व्रतालुहरू अन्न र जल ग्रहण नगरी निराहार व्रत बस्छन्।

अर्की व्रतालु सुनिला हमालका अनुसार व्रतमा शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा निकै सजग हुनुपर्छ। यस दिन परिवारका सबै सदस्यहरू घरमै फर्कन्छन्। पारिवारिक मिलनको पर्व पनि भएकाले उनलाई छठ व्रत निकै खुसी लाग्छ। ‘मेरा परिवारका सदस्यहरू विदेशबाट पनि छठमा घर फर्कनुहुन्छ। हामी सबै परिवारका सदस्यहरू एकै ठाउमा बसेर चोखो खाना खाएर निराहार व्रत बसेर खुसीसाथ मनाउँछौं,’ सुनिलाले भनिन्, ‘मलाई त छठ पर्व पारिवारिक मिलनको पर्व लाग्छ ।’ उनले थपिन्, ‘पूजालाई आवश्यक पर्ने मुख्य प्रसाद ठेकुवा, पुरी, कसार, भुसुवा मेरो श्रीमान् र ससुराले पनि पकाउन सहयोग गर्नुहुन्छ। उहाँहरू पनि शुद्धतामा निकै सजग हुनुहुन्छ। व्रतालु मात्र नभएर सबै सदस्यहरू चोखो हुन्छौं। छठ मात्र यस्तो पर्व हो जुन पहाडी, मधेशी, हिन्दु, मुस्लिम सबैले व्रत बसी मनाउँछन्।’

पौराणिक मान्यता अनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुका साथै उनीहरूलाई स्वास्थ्य र दीर्घायु बनाउँन्छिन्। यस अवसरमा सूर्यदेवका श्रीमतीहरू उषा र प्रत्यूषालाई पनि अर्घ दिएर प्रसन्न बनाइन्छ।

सृष्टिको सुरुवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेका बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको अग्नि पुराणमा उल्लेख गरिएको छ। यो पर्व गरे कुष्ठरोग, चर्म रोगलगायतका विभिन्न रोगव्याधिहरू निको हुने धार्मिक मान्यता छ। 
अर्को समाचार
छठमय मिथिला: उल्लासमय वातावरण
०१ मंसिर २०८०
•
५ मिनेट पाठ
छठमय मिथिला: उल्लासमय वातावरण
छठ पर्वले मधेसका महोत्तरीसहितको मिथिला क्षेत्र अहिले धपक्क बलेको छ। यहाँका सहर र गाउँबस्ती सजिएका छन्। जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ। विभिन्न रङका कलात्मक बिजुलीको उज्यालोले मिथिला क्षेत्र जगमगाएको छ।

मिथिलाका बासिन्दा सडक, ढल सफा गर्न जुटेका छन्। गाउँ बस्तीका कच्ची घर पनि अहिले नयाँ माटोले लिपपोत गरिएपछि टिलिक्क भएका छन्। विपन्न वर्गमा दुःख भए पनि अहिलेलाई त्यो लुकेको छ। गाउँका गरिब अभाव, दुःख र अन्य पीडा बिर्सेर खुसी साटी रहेका देखिन्छन्।

भगवान् सूर्य र षष्ठी देवीको उपासना गरिने यो पर्वका लागि अहिले पवित्र जलाशयमा सुन्दर घाट बनाइएका  छन्। जलाशयमा कम्मरसम्म डुब्ने पानीमा आसन जमाएर सूर्यलाई अघ्र्य दिइने परम्पराको यो पर्वमा घाटस्थलहरु अहिले बेहुली झैं सिङ्गारिएका छन्। हिजो बिहीबार  कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबाअरबाइन’ विधिबाट पर्वको तयारी थालेका बर्तालुले शुक्रबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधि गरेका छन्। ‘नहाय–खाय’ विधि व्रत सङ्कल्पका लागि पवित्र स्नान गरेर चोखोनीतो खाएर व्रतको पूर्वतयारीसँग जोडिने यहाँका पाका मैथिल बताउँछन्।

पर्वको तयारीले मिथिला क्षेत्रका गाउँ नगर बस्तीमा भगवान् सूर्य र छठी माताको भक्तहरुप्रति करुणा वर्षिएको भावका गीत लगातार गुञ्जीरहेका छन्। पर्व सुरु भएसँगै यस भेगका सबै दैनिक गतिविधि पनि छठ केन्द्रित भएका छन्। यसले सम्पूर्ण परिवेश नै छठमय बनेको छ।

पर्वविशेषले सूर्यलाई अघ्र्य दिदा देखाइने ठकुवा, भुसुवालगायत परिकार पकाउन आवश्यक सामग्रीको जोहोमा बर्तालु परिवार व्यस्त छन् । पर्वका लागि आवश्यक सामग्रीको जोहो हुँदैछ। पर्वको मुख्य दिन निराहार व्रत गरिने षष्ठी तिथि भएपनि त्यसपूर्व नै मिथिलाको सम्पूर्ण परिवेश छठमय बनेको छ। पर्वको तयारीमा रहेका बर्तालुु मात्र नभएर मैथिल जनजीवनका सबैजसो गतिविधि पर्वकै तयारीमा केन्द्रित छन्।  

छठपर्वमा उखु, केरा, अदुवा, बेसार, ज्यामिर, भोगटेसहितका कृषि उपज पूजा सामग्री मानिदै आएका छन्। यसले थोरै जग्गा भएका गरिबले करेसाबारीमै उब्जाएका यी फसलले राम्रो बजार पाउने गरेका छन्। पर्वका अन्य आवश्यकता आफ्नो करेसाबारीका यिनै उपज बेचेर सजिलै पूरा गरिएको आफैँ पनि छठ व्रत गरेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी हेमकली थारु बताउँछन्। 

काम गर्न टाढा पुगेका परिवारजन पर्वका लागि घर आएका छन्। पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ। यसअघिका जीवनमा भोगिएका सबै अभाव र दुःख बिर्सेर गरिब पनि आफ्नो क्षमताअनुसार पर्व मनाउन जुटेका छन्। छठको अर्को विशेषता घर परिवेशको स्वच्छता एवं शुद्धता रहेको यस भेगका बुढापाका बताउँछन्। 'आर्थिक रुपमा कोही सम्पन्न वा कोही गरिब हुन सक्छन्म' होत्तरीको भङ्गाहा नगरपालिका–६ हतिसर्वा सङ्ग्रामपुरका बासिन्दा ६५ वर्षीय राजकिशोर यादव भन्छन्, 'तर घर परिवेशको स्वच्छता र सरसफाइमा सबैले ध्यान दिएका छन्।'

पर्वको अर्को सामाजिक विशेषता आपसी मनोमालिन्य हट्नु र प्रेमभाव देखिनु रहेको छठ तयारीलाई नजिकबाट नियालेका अन्य फरक धर्मावलम्बीको बुझाइ छ। 'एक ठाउँमा बसेपछि गृहस्थ जीवनमा ठाकठुक त कहिलेकाँही पर्छ'जिल्लाको बलवा नगरपालिकाको रौजाका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता इस्लाम धर्मावलम्बी मन्सुल कवारी भन्छन्, 'तर छठ पर्वको तयारी सुरु भएपछि बोल्न छाडेका छिमेकी पनि विनम्र भएर कुराकानी गर्ने गर्छन्।' पर्वमा शुद्धता, स्वच्छता, श्रद्धा र निष्ठाको मूलभाव रहने भएकाले नै छठ पर्वभरि सामाजिक किचलो र झैझगडा पनि कम देखिने, सुनिने गरिएको महोत्तरीकै जलेश्वर–६ बखरी बस्तीका बासिन्दा यस क्षेत्रका प्रसिद्ध साहित्यकार ८४ वर्षीय पूर्वप्रशासक महेश्वर रायको ठम्म्याइ छ। खासगरी मिथिलामा छठ पर्व नजिकिएसँगै सामाजिक, सांस्कृतिक र पारिवारिक परिवेश नै सङ्गीतमय र भक्तिमय बन्ने गरेको छ।

विधिको गणनाले कात्तिक शुक्ल तृतीयादेखि सप्तमीसम्म पाँच दिनको हुने यो पर्वमा क्रमशः अरबाअरबाइन, नहाय–खाय, खरना, सझुका अरख र भोरका अरख मुख्य विधि मानिन्छन्। तृतीयाका दिन बर्तालुले उसिना चामल, माछामासु, कोदो, लसुन–प्याज खान छाड्छन्। यसलाई ‘अरबाअरबाइन’ भनिन्छ। चौथीका दिन बर्तालुले हात गोडाका नङ काटेर स्नान गरेर व्रत सङ्कल्प गर्दै चोखो खान्छन्। यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ। त्यसैगरी पञ्चमी तिथिमा राती एकछाकमात्र अलिनो खानेकुरा खाएर व्रतालुले ‘खरना’ विधि गर्दछन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिने ‘सझुका अरख’ सम्पन्न गरिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिने ‘भोरका अरख’ विधि भएपछि  पर्व समापन गरिने परम्परा छ। 

नेपाली समाजमा अझै निर्मूल हुन बाँकी जातीय छुवाछुत र उचनिचको भेदभाव पनि यो पर्वमा सबैका निम्ति समान छ। 'छठ घाटमा फरक जाति समुदायका व्रतालु आआफ्ना पूजा र प्रसाद सामग्री फिजाएर बस्छन्, यो बेला को छुत को अछुत भन्ने कसैले वास्ता गर्दैनन्', भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहाल भन्छन्, 'छठ पर्वमा देखिने यो अति नै सुन्दर पक्ष लाग्छ।' दाहाल अगाडि भन्छन्, 'न्य बेला उचोनिचो भनेर नाक खुम्च्याउने पनि सप्तमीका दिन बिहान घाटमा पर्व सम्पन्न गरेपछि दलित समुदायका बर्तालुले कथित उपल्लो जाति समुदायका भनिने दर्शकलाई प्रसाद स्वरुप ठकुवा, भुसुवा दिने र पाउनेले खुशीसाथ ग्रहण गरेका देखिन्छ।'

षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिनसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेलसम्म बर्तालुले सूर्य र छठी देवीको महत्ता झल्कने गीत गाएर आआफ्ना मनोकाङ्क्षा पूरा गरी दिन पुकारा गर्छन्। उपासकको इच्छित माग पूर्ति गर्ने भगवान सूर्यको उपासनाले सन्तान सुख र रोगव्याधी नलाग्ने हिन्दू मैथिल जनविश्वास रहेको छ। केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्वीले मनाउन थालेपछि छठ पर्व साझा बनेको यस क्षेत्रका वुद्घिजीवीको भनाइ छ। इस्लाम धर्मावलम्वीले भाकल गरेर अघ्र्य र प्रसाद सामग्री सूर्यलाई देखाइ दिन बर्तालु हिन्दूलाई अराएका बाक्लै देखिन्छ। अब छठ पर्व मुलुकको राजधानीसहित विभिन्न भेगमा धुमधामसँग मनाउन थालिएसँगै राष्ट्रिय पर्व बनेको आम मैथिल गर्वसाथ बताउँछन्। गोपालप्रसाद बराल/रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस