बुटवलबाट प्रेस चौतारी नेपालको अधिवेशन सकेर फर्किंदै गर्दा बाटोमै स्पेसटाइम नेटवर्क तथा च्यानल नेपालका अध्यक्ष जमिम साहको हत्याको खबर सुन्नुपर्यो। सञ्चार क्षेत्रको सुरक्षाको चिन्ता गर्दै अधिवेशनबाट फर्किएका पत्रकारका लागि त्यो अप्रत्याशित खबर थियो। सञ्चारगृहस"गै सम्बद्ध व्यक्तिको दिउँसै गोली हानी हत्या हुनुले फेरि एकपटक यस क्षेत्रलाई सशंकित र त्रस्त बनाएको छ। राजधानीकै संवेदनशील ठाउँमा चाहेको बेला गोली हानेर मार्नसक्ने अवस्थाले समग्र देशको सुरक्षा व्यवस्था र आपराधिक सञ्जालका बारेमा ठूलो प्रश्न खडा गरेको छ। घटनाका पछाडि अनेक पृष्ठभूमि होलान् तर, टेलिभिजन च्यानल चलाइरहेको एकजना व्यवासायीको जुनरूपमा हत्या भएको छ, यसबाट पत्रकारिता व्यवसायलाई नकारात्मक प्रभाव पार्ने निश्चित् छ।
देशभरबाट भेला भएका पाँच सयभन्दा बढी पत्रकारले बुटवलमा पत्रकारिताको वर्तमान अवस्था, व्यक्तिगत तथा पेसागत सुरक्षाजस्ता विषयमा दुई दिनसम्म खुलेर छलफल गरे। तिनका कुरा सुन्दा लाग्थ्यो- ख्यालख्यालमै रहरले पत्रकारितामा लागेर आफूले गरेको गल्ती यिनले अहिले सार्वजनिक गरिरहेका छन्! एक त यस क्षेत्रमा रोजगारीका अवसर नै कम छ। दोस्रो- 'रोजगारी' पाएकालाई पनि त्यहीँबाट जीविका चलाउन मुस्किल छ। तेस्रो- समाचार लेखेका आधारमा पाइने धम्कीबाट उनीहरू आजित छन्। चौथो- सहकर्मीले मृत्युवरण गर्नुपरेका घटनाबाट उनीहरूमा गहिरो मनोवैज्ञानिक असर परेको छ।
यति हु"दाहु"दै पनि पत्रकारिता क्षेत्रमा युवाको प्रवेश उत्साहप्रद छ। उनीहरू मूलतः समुदायसम्म फैलिएका एफएम रेडियो र स्थानीय स्तरमा सञ्चालन भइरहेका साना पत्रपत्रिका कारण यस पेसामा आएका हुन्। एफएममा काम गर्ने युवा सामान्य बोलीचालीमा पनि बान्की मिलाएर बोल्छन्। लाग्छ - कतै बसेर तिनका श्र्रोताले सुनिरहेका छन्! यस क्षेत्रमा लाग्दै गर्दा उनीहरूले आ"खामा सुन्दर सपना सा"चेका छन् र आफ्नो पारिवारिक र सामाजिक दायित्व यही पेसाबाट पूरा गर्ने आकांक्षा पनि राखेका छन्। तर, जब मसान्तमा तलब थाप्नुपर्ने बेला आउ"छ, अनि उनीहरू निराश हुन्छन्। कतिपयले 'स्वयंसेवक' को पदवी पाएका छन् भने कतिपयले ठीक्क तलबमा सही गरेर नगन्य रकम बुझ्ने अवसर पाएका छन्। चौतारीको अधिवेशनमा उनीहरुले आफ्ना यस्तै कथाव्यथा सुनाए।
लोकतान्त्रिक गणतन्त्रमा पनि नेपाली प्रेस असुरक्षित छ। राज्यभन्दा गैरराज्य पक्षबाट पत्रकारमाथि ज्यादती भइरहेको छ। आफ्नो पक्षमा समाचार लेख्न दबाब दिने, नलेखेमा धम्की दिने, मनोवैज्ञानिकरूपमा आतंकित बनाउने र अन्त्यमा ज्यानै लिने जस्ता कार्य पटकपटक भएका छन्। धेरै अघिको कुरा छोडौ", लोकतन्त्र आएपछि बाराका पत्रकार वीरेन्द्रकुमार साह र जनकपुरकी पत्रकार उमा सिंहले भोग्नुपरेको नियति पत्रकारहरूको मानसपटलमा आतंकको बिम्ब बनेर बसेको छ। कैलालीका पत्रकार जेपी जोशीको हत्या अझै रहस्यमै छ। भर्खरै रुकुमकी पत्रकार टीका विष्टमाथि भएको सांघातिक हमलाले झन् धेरै असुरक्षाको भावना बढाएको छ। विगतमा द्वन्द्वका बेला मारिएका डेकेन्द्रराज थापा, ज्ञानेन्द्र खड्का जस्ता पत्रकारका परिवारको कन्तकिजोगले पनि उनीहरूलाई लखेटिरहेकै छ। यी घटनाका केही अभियुक्त पक्राउ परेका छन्, तर मुख्य अपरनधीहरू अहिले पनि कानुनको कठघराबाट टाढै छन्। विशेषगरी माओवादीका तर्फबाट भएका अपराध राजनीतिक बलका आधारमा कानुनभन्दा बाहिरै रहने गरेका छन्।
तराईका पत्रकार बढी असुरक्षित छन्। कथित भूमिगत समूहहरूले आतंक फैलाएर चन्दा असुली, अपहरणजस्ता क्रियाकलापमा सञ्चारमाध्यम र पत्रकारलाई संलग्न गराउने प्रयास गरिरहेका छन्। आफ्नो आपराधिक कामको प्रचार मिडियामार्फत् गराउने र त्यही आधारमा आतंक फैलाएर चन्दा असुल्ने संस्कृति उनीहरूले बसाल्न खोजेका छन्। यसबाट पत्रकारिता पेसा थप जोखिममा परेको छ।
पत्रकारिता क्षेत्रमा लगानी सुरक्षित छ र यसबाट नाफा कमाउन सकिन्छ भन्ने विश्वास दिलाउन नसक्दासम्म यस क्षेत्रमा लगानी भित्रि"दैन। सानो होस् वा ठूलो, कसैले पनि लगानी डुबाउन चाह"दैन। मजदुरलाई उचालेर सम्पादकीय नीतिमा प्रभाव पार्ने र लगानीकर्तालाई 'ठीक ठाउ"मा ल्याउने' उद्देश्यका साथ बेलाबेलामा हुने आन्दोलन समग्र पत्रकारका लागि प्रत्युत्पादक साबित हुने गरेका छन्।
पत्रकारिता क्षेत्रको विकासका लागि राज्यको भूमिकाका बारेमा पनि बहस हुने गरेका छन्। नेपालमा प्रायः सबै क्षेत्रमा राज्यको भूमिकाको अपेक्षा गरिन्छ। तर, हामीले यस व्यवसायलाई सा"च्चै स्वतन्त्र, निष्पक्ष र व्यावसायिक बनाउने हो भने राज्यको भूमिका क्रमशः घटाउ"दै लैजानुपर्छ। राज्यमाथिको निर्भरता घट्नेबित्तिकै प्रेसको आलोचनात्मक नैतिक बल स्वतः बढ्दछ। त्यसका लागि सबभन्दा पहिला सञ्चारमाध्यमले आफूलाई बढी प्रतिस्पर्धी र योग्य बनाउनुपर्छ। अनि यसैस"ग जोडिएर दक्ष जनशक्तिको प्रसंग आउ"छ। हामीले योग्य, दक्ष र व्यावसायिक पत्रकार उत्पादन गर्न सक्यौ" भने सञ्चारगृहकै लागि फाइदा हुन्छ।
यदाकदा नेपाली पत्रकारिताको गुणस्तरका बारेमा पनि प्रश्न हुने गरेका छन्। पत्रकारिता पनि समाजकै एउटा अङ्ग हो। जस्तो राजनीति छ, जस्ता नेता छन् र जस्तो समाज छ, त्यसकै प्रतिविम्ब पत्रकारितामा पर्छ। अघिल्लो दिन आफै"ले बोलेको जस्ताको तस्तै प्रसारण/प्रकाशन हु"दा पनि 'मेरो आशय त्यस्तो थिएन, यो पीतपत्रकारिता हो' भन्ने राजनीतिकर्मी रहुन्जेल हाम्रो पत्रकारिताको स्तरका बारेमा बहस गर्नु निरर्थक हुनेछ। व्यावासायिक पत्रकारिताको इतिहास त्यति लामो नभएको हाम्रो जस्तो मुलुकमा यसलाई व्यासायिक र मर्यादित बनाउनका लागि अझै केही समय पनि लाग्नेछ। तर, अहिले पत्रकारितामा छिर्दै गरेको शिक्षित, मिहिनेती र उत्साही युवा जमात देख्दा लाग्छ - त्यसका लागि धेरै पर्खिनुपर्ने छैन।