लाजिम्पाटको व्यस्त सडकमा आइतबार दिउँसो जमिम शाहको हत्या गरेर अपराधीहरूले राजधानीको सुरक्षा व्यवस्थालाई ठाडो चुनौती दिए। सफल सञ्चारउद्यमी उनी असफल सञ्चारकर्मी थिए। २०५० सालमा संसारकै टेलिभिजन नेपालमा फैलाउने सञ्जाल स्पेसटाइम सञ्चालन गरेर उनी केही वर्षमै अरबपति भएका थिए। यसै क्रममा उनलाई पाकिस्तानको गुप्तचर संस्था आइएसआई र अन्तर्राष्ट्रिय आतंककारी दाउद इब्राहिमसँग जोडेर चर्चा गरियो जसको उनले निरन्तर खण्डन गरिरहे। सायद त्यही खण्डनलाई बलियो बनाउन भक्तपुरका धनाढ्य बहादुरकृष्ण ताम्रकारसँग मिलेर उनले २०५७ सालमा स्पेसटाइम र केही समयपछि अंग्रेजी दैनिक स्पेसटाइम टुडे चलाए। २०५८ मा उनले नेपालकै पहिलो स्याटेलाइट टेलिभिजन च्यानल नेपाल चलाए। त्यस क्रममा सरकारले उनलाई खुबै सास्ती दियो। बदलामा उनले पनि सरकारी अधिकारीले घुस मागेको टेप सार्वजनिक गरे जुन 'ब्रेकफास्ट प्रकरण'का रूपमा चर्चित भयो। नेपालबाट सञ्चालन गर्न स्वीकृति नपाएपछि ५२ देशमा देख्न सकिने च्यानल नेपालको सञ्चालन उनले बैँककबाट गराए, जुन अत्यन्तै महँगो थियो। सायद यसकै कारण उनी अरबपतिबाट करोडपति र करोडपतिबाट सामान्य मध्यमवर्गमा झरेका थिए।
अभ्यास समयदेखि झण्डै अन्त्यसम्म म स्पेसटाइम दैनिकमा संलग्न रहेँ। सुरुमा बजार लिने राम्रै संकेत देखिएको त्यस दैनिकको ओरालो यात्रा जमिमलाई दुःख दिने तत्कालीन सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई एकोहोरो खेद्न थालेपछि सुरु भयो। गुप्तालाई ध्वस्त पार्न हरेक दिनजसो पूरै मुखपृष्ठ दुरुपयोग गरियो। देशमा मिडिया क्रान्तिसँगै पत्रकारितामा चलाख, चापलुस एउटा वर्ग उदाइरहेको थियो जसले जमिमलाई व्यावसायिक बाटो पक्रने सुझाव कहिल्यै दिएनन्। बरु उनको प्रतिशोधको आगोमा घिउ थपिरहे। तीमध्ये कति पत्रकारको भेषमा, कति सहयोगीका भेषमा उनको वरिपरि घुमिरहेका थिए। प्रेसको आन्तरिक नीति निर्माण र व्यवस्थापनमा यही वर्गको प्रभुत्व थियो। तिनकै उक्साहटमा श्री आचार्यलाई बर्खास्त गरी योगेश उपाध्यायलाई सम्पादक बनाइयो।
त्यस्तो वातावरणमा हामी काम गरिरहेका थियौँ, जहाँ थोपै आशा थिएन। शीर्षकसमेत लेख्न नजान्ने गणेशपन्थी पत्रकारहरू जमिमलाई सुमेरु पर्वत मानेर निरन्तर परिक्रमा गरिरहेका थिए र अखबारको आन्तरिक सत्ता जितिरहेका थिए। कुमारपन्थीसँग दुई विकल्प थिए। एक, तलब लिएर बिदा हुनु। दुई, कुनै दिन त पाइएला भनेर तलब नलिई निरन्तर जागिर खानु। मान्छे स्वभावतः आशावादी हुन्छ। हाम्रो आशावाद चार्ली च्याप्लिनको फिल्म 'लाइमलाइट'की नायिकाले 'भोलि अवश्य घाम लाग्नेछ' भनेजस्तै थियो। यसैबीच देवप्रकाश त्रिपाठी सम्पादक बनाइए र उपाध्याय प्रबन्ध सम्पादक। त्रिपाठी पनि धेरै नटिकेपछि उपाध्यायकै पुनःस्थापना भयो।
२०५९ असोज १८ मा राजाले 'कु' गरेपछि स्पेसटाइम स्वयं राजाभन्दा बढी राजावादी भयो। त्यसमा नियमित स्तम्भ लेख्नेमा म पनि थिएँ। विचारपृष्ठमै कार्यरत हुँदासमेत मेरा पचास प्रतिशतभन्दा बढी स्तम्भ अस्वीकृत हुन्थे। त्यसको एउटै कारण 'मठाधीश' केही पत्रकार थिए जो जमिमलाई के मनपर्छ, के मन पर्दैन भन्ने आफ्नै तरिकाले व्याख्या गर्थे। जमिमलाई रिझाउन उनीहरू साप्ताहिक परिशिष्टमा कहिले पूरा पृष्ठ लक्ष्मीको तस्बिर छाप्थे त कहिले पारश शाहको विरुदावलि। अखबार क्रमशः घाटामा गइरहेको थियो। पाँच महिना बित्दा पनि तलब पाइँदैनथ्यो। यसै क्रममा अंग्रेजी दैनिक बन्द भयो। २०६१ भदौ १५ मा इराकमा १२ नेपाली मारिए। त्यसको विरोधमा भोलिपल्ट उठेको भिडले आक्रमण गरेर क्षति गराएपछि स्थगित स्पेसटाइम दैनिकको प्रकाशन फेरि हुन सकेन।
जमिम मुसलमान थिए। सायद यही उनको दुर्भाग्य थियो जसका कारण उनलाई पाकिस्तानसँग जोडेर चर्चा गरियो। आरोप सायद सत्य थिएन। हुँदो हो त कुनै समय तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संकेत गरेको 'टाइकुन' टाट पल्टने स्थिति हुँदैनथ्यो। प्रहरी अधिकारीको संकेतअनुसार अन्ततः त्यसैले उनको हत्या निम्त्यायो। आरोप खण्डन गर्न उनले अखबारलाई सुनपानी छर्कने माध्यम बनाउन खोजेका थिए। कतिसम्म भने स्पेसटाइम बन्द भएपछि थुप्रै कर्मचारी र पत्रकारले छ महिनादेखिको बाँकी तलब पाएनन्। च्यानल नेपाल शान्तिनगरस्थित एउटा ठूलो भवनबाट झण्डै मीनभवनको सानो कटेरामा सर्ने थिएन। शुल्क तिर्न नसकेकै कारण बारम्बार नेटवर्क बन्द हुने थिएन। जमिमले पत्रकारिताको संवेदना र व्यावसायिकतालाई स्वीकारेनन् फलतः उनको व्यवसाय ह्रासोन्मुख भयो। तथापि नेपालको टेलिभिजन र सञ्चार विकासमा उनको योगदान स्मरणीय रहनेछ।
जमिमको ह्रासोन्मुख स्थिति सञ्चारउद्यमीका लागि पाठ बन्ला?