कुनै पनि व्यक्तिको व्यक्तित्व र चरित्र निर्माणमा उसले ग्रहण गरेको विचार र सिद्धान्तको महत्वपूर्ण भूमिका हुन्छ। व्यक्तिको चेतनामा खास किसिमका विचार एवम् सिद्धान्तको प्रवेशपछि नै उसको व्यक्तित्व निर्माण हुन थाल्छ। मानिसको मस्तिष्कमा बाल्यकालदेखि नै उसका वरिपरिको भौतिक वातावरण या वस्तुगत परिस्थितिले प्रभाव पार्न थाल्छ र त्यसैअनुरूप उसको चेतना निर्माण हुन थाल्छ। त्यसैले कुनै पनि मानिसको व्यक्तित्व निर्माणमा समाज, परिवार र वातावरणको महत्वपूर्ण भूमिका हुन्छ।मनमोहन अधिकारीको बाल्यकाल, किशोरावस्था र युवास्था एउटा विशिष्ट परिस्थितिमा बितेको थियो। उहाँ किशोर अवस्थामा प्रवेश गर्दा भारतमा अंग्रेज साम्राज्यविरुद्ध स्वतन्त्रता आन्दोलन चलिरहेको थियो। त्यतिबेला नेपालमा पनि एकतन्त्रीय जहानियाँ राणाशासनविरुद्धको आन्दोलनले गति लिन थालिसकेको थियो। अर्कातिर संसार दोस्रो विश्वयुद्धमा होमिँदै पनि गएकोे थियो। त्यही समयमतिर चीन, कोरिया, भियतनामलगायतका मुलुकमा पनि राष्ट्रिय मुक्ति आन्दोलनहरू चलिरहेका थिए। मनमोहन अधिकारी भारतको जुन ठाउँमा बसेर अध्ययन गरिरहनुभएको थियो, त्यहाँ तीव्ररूपमा राजनीतिक एवम् वैचारिक बहस हुने गर्थ्याे। वि.सं. १९९३ पश्चात भारतमा वामपन्थी विचारधारासम्बन्धी जुनखालका राजनीतिक गतिविधि भएका थिए त्यसप्रति क्रमशः चासो बढ्दै गएको थियो। बनारस हिन्दु विश्वविद्यालयमा भारतका धेरैजसो प्रान्तबाट आएका विद्यार्थी अध्ययन गर्थे। उक्त विश्वविद्यालय सैद्धान्तिक एवं वैचारिक बहस, छलफल र विचार आदानप्रदान गर्ने एउटा केन्द्र नै बनेको थियो। वास्तवमा त्यो भारतको एउटा राष्ट्रिय विश्वविद्यालय जस्तै थियो। मनमोहन अधिकारी त्यही विश्वविद्यालमा अध्ययन गर्ने र राजनीतिमा पनि चासो भएका कारण त्यसको प्रभाव क्रमशः थपिँदै गयो। त्यहीँ अध्ययन गरेका अर्का नेपाली राजनीतिज्ञ कृष्णप्रसाद भट्टराईले उक्त विश्वविद्यालयलार्र्र्ई 'स्वतन्त्रता र चेतनाको प्रतीक' भनी उल्लेख गर्नुभएको छ।
मनमोहन अधिकारी अध्ययनका सिलसिलामा बनारस रहेका बेला नेपालबाट राणा शासकद्वारा धपाइएका र अन्य विविध कारणले पनि मानिस बनारसमा बस्न पुगेका थिए। त्यसरी जम्मा भएका नेपालीका बीचमा भारतमा चलिरहेको अङ्ग्रेज विरोधी आन्दोलन र नेपालका बारेमा व्यापक चर्चा र बहस हुने गर्थ्याे। बनारसमा रहेर त्यस किसिमको भूमिका निर्वाह गर्नेमध्ये विश्वेश्वरप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको परिवार, मनमोहन अधिकारीका पिता रामचन्द्र अधिकारीको परिवार, दमननाथ ढुंगानाका पिता केदारनाथ ढुंगानाको परिवार, देवीप्रसाद सापकोटाको परिवार आदि थिए।
मनमोहन अधिकारीले बनारसमा अध्ययन गरिरहेको समयतिर भारतमा भारतीय राष्ट्रिय कांग्रेसको एउटा राजनीतिक धार र भारतीय कम्युनिस्ट पार्टीको अर्को राजनीतिक धार गरी दुई किसिमका मुख्य राजनीतिक विचारधारा चलिरहेका थिए। त्यतिबेला समाजवादी विचार राख्ने जयप्रकाश नारायणलगायतका नेता र भारतीय कांग्रेसको चिन्तनलार्र्र्ई ठीक ठान्ने केही नेपाली मिलेर 'नेपाली कांग्रेस' नामको पार्टी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएका थिए। त्यसैगरी भारतीय कम्युनिस्ट पार्टी र तत्कालीन सोभियत सङ्घको सोच एवम् विचारबाट प्रभावित केही युवा नेपालमा कम्युनिस्ट विचारधारा स्थापित गर्ने दिशामा अघि बढेका थिए भन्ने कुरा मनमोहन अधिकारीले विभिन्न ठाउमा उल्लेख गरेको पाइन्छ। त्यही विषयमा बिपी कोइरालाको भनाइ पनि समान छ। यहाँसम्म कि बिपी कोइरालासमेत त्यतिबेला केही समय साम्यवादी र समाजवादी विचारमध्ये कुन ठीक भन्ने द्विविधाको अवस्थामा रहनुभएको थियो। जुन कुरा 'त्यसबेला भारतमा दुई तीनवटा राजनीतिक धारा रहेका थिए र ती सबै प्रवृत्ति सम्बन्धमा नेपाली युवाबीच छलफल हुन्थ्यो' भनी आत्मवृतान्तमा पनि उल्लेख छ।
त्यस सम्बन्धमा मनमोहन अधिकारीले पनि आफ्ना पिताजी र कृष्णप्रसाद कोइराला आफू केटाकेटी हुँदै भारततिर जानुभएको उल्लेख गर्नुभएको छ। यसै क्रममा भारतमा उसबेला उठ्दै गरेको अङ्ग्रेज विरोधी आन्दोलनको प्रभाव उहाँहरूमा पनि पर्योन। गान्धी र नेहरूले नेतृत्व गरेको त्यो आन्दोलन र त्यहाँको समाज सुधार अभियान एवम् आर्य समाजको गतिविधिले एकखालको नयाँ लहर उत्पन्न भइसकेको थियो। त्यसको प्रभाव मनमोहनको पितामा पनि पर्योो। परिवारको मूल मान्छेका कारण त्यो परिवारमा राजनीतिक बहस, विभिन्न व्यक्तिसँगको भेटघाट र कुराकानीको असर पर्ने नै भयो। उहाँको घरमा रूसको क्रान्ति, चीनको आन्दोलन र सनयात्सेन आदिबारे छलफल चलिरहन्थ्यो। ती कुरालार्र्र्ई मनमोहन अधिकारीले अति सुक्ष्म किसिमले बुझ्दै जानुभयो।
मनमोहन अधिकारीको परिवारमा उहाँका पितामात्र होइन, माताहरू समेत राजनीतिकरूपमा सक्रिय हुनुहुन्थ्यो। नेपालको पूर्वी तराईमा पहिलो पटक नेपाली महिला पनि राजनीतिकरूपले सङ्गठित हुनुभएको थियो। उहाँहरूले त्यहाँ एक 'महिला समिति' नामको सङ्गठन नै स्थापना गर्नुभएको थियो। त्यसरी सङ्गठित हुनेमा मनमोहन अधिकारीकी आमा पूर्णकुमारी अधिकारी पनि हुनुहुन्थ्यो जसले त्यस सङ्गठनको उपसचिव भएर काम गर्नुभएको थियो। उहाँको घर परिवार नै राजनीतिकरूपमा सचेत थिए। घरायसी वातावरण नै राजनीतिकरूपमा मनमोहन अधिकारीलाई प्रभाव पार्ने पहिलो आधार बनेको थियो।
मनमोहन अधिकारी करिव २१ वर्षको उमेरदेखि सक्रिय राजनीतिमा प्रवेश गरेको पाइन्छ। उहाँको राजनीतिक यात्राको प्रारम्भ भने भारतीय स्वतन्त्रता आन्दोलनकै क्रममा भएको थियो। 'भारत छोडो' आन्दोलनमा सहभागी भएर कारागार पर्दा दुई जना भारतीय कम्युनिस्ट पार्टीका नेता शिवपुजन त्रिपाठी र शिवदानसिंह चौहान पनि सँगै हुनुहुन्थ्यो। उहाँहरु दुवै नेताले कारागारमा रहेका विद्यार्थीका लागि राजनीतिक प्रशिक्षण सञ्चालन गर्नुभएको थियो। त्यहीँ नै उहाँले मार्क्सवादको कक्षा लिनुभएको थियो जुन कक्षाबाट मार्क्सवादबारे मौलिक ज्ञान पाएर त्यसैप्रति समर्पित हुन पुग्नुभयो।
मनमोहन अधिकारीको राजनीतिक जीवनको सुरुवात उहाँको आफ्नै घर र पारिवारिक परिेवेशबाटै भएको थियो। घरमा भइरहने राजनीतिक कुरा त्यसबाट उत्पन्न भएका जिज्ञासाले गर्दा नै उहाँको राजनीतितर्फ चासो बढेको थियो। हुन त उहाँको राजनीतिक शिक्षाको पहिलो पाठशाला र राजनीतिप्रतिको आकर्षण त्यस बेलाको राष्ट्रिय/अन्तर्राष्ट्रिय वातावरणभन्दा पनि परिवार प्रमुखरूपमा रहेको देखिन्छ। तर उहाँको परिवारले जुन राजनीति बु‰यो, त्यो वातावरण भने तत्कालीन देश/विदेशका घटनाले सिर्जना गरेको थियो। त्यसैले मनमोहन अधिकारीको राजनीतिमा प्रवेशको पहिलो प्रेरणादायी स्रोत उहाँको परिवार र त्यो परिवारका लागिचाहिँ देशभित्रको तत्कालीन राजनीतिले सिर्जना गरेको अवस्था नै थियो।