बन्द–हड्तालको सामना गर्ने बानी परेका नेपालीलाई अचेल भुइँचालोको कम्पनले पनि हल्लाउन छाडेको छ। लोडसेडिङले नेपालीलाई अँध्यारोमा बाँच्न बाध्य पारेपछि विकल्पबारे सोच्ने क्षमतामा वृद्धि ल्यायो।सरकारी तहबाट तदारुकता नदेखिए पनि जनताको तहमा वैकल्पिक ऊर्जाको जोहो गर्ने जोस बढेको छ । तर, जति तदारुकताका साथ हुनुपर्ने हो त्यति हुन सकेको छैन । अधिकांश नेपाली औधी गर्मी न औधी जाडोको सामान्य तापक्रममा जीवन गुजारिरहेकाले पनि विकल्पबारे खासै चिन्ता गर्दैनन् । काठमाडौँ प्राकृतिकरूपमा एसीजडितजस्तै छ । घरहरू धेरै निर्माण हुनु र मौसम परिवर्तनका कारण अचेल काठमाडौँमा पनि एसी जडानको फेसन चलेको हो । जब पर्छ तब मान्छेले गर्छ । भूकम्प र नाकाबन्दीले पार्नुसम्मको पिर पा¥यो । हजुरबा–हजुरआमाले बनाएको घरमा बसेकाहरू घर भत्किएसँगै विकल्प खोज्न बाध्य भइसके । सरकारी तहको सुस्त पुनर्निर्माणको आशा गर्नेभन्दा आफै बनाउन ती जुटे । उग्र नै किन नहोस् नाकाबन्दीलाई सहेर राष्ट्रवादको बिल्ला भिर्नेहरूका सबैजसो गल्तीलाई नेपाली जनताले सहेनन्मात्र ढाकछोप नै गरिदिए ! नेपाली जनताले राष्ट्रियताका लागि अभाव र कालोबजारीको गह्रौँ भारी बोकिदिए ।
गएको वर्ष नेपाल र नेपालीका लागि शुभ रहेन । वर्षको सुरूमै महाभूकम्पको सामना गर्नुप¥यो । पराकम्पनले निरन्तर त्रास सृजना ग¥यो । सत्ता ढाल्ने खेलमा होमिन लागेका दलहरूलाई भूकम्पले नयाँ सहमतिका लागि आधार दियो । लाग्छ, नेपालमा भएका ठूला परिवर्तन र विकास हावाहुरीजस्तै अकस्मात र अनायासै हुने गरेका छन् । कुनै ठोस योजना र व्यवस्थापकीय शैलीले खासै भूमिका खेलेको देखिएन । महाभूकम्प नआउँदो हो त संविधान जारी नहुन पनि सक्थ्यो । नेपालीले आफूमाथि विपत्ति पर्दासमेत राहत र सहयोगका नाममा विदेशीहरूको रणनीतिक स्वार्थ टड्कारै देखे । भूकम्पले भवनहरूमात्र भत्काएन भ्रमका पर्दाहरू पनि च्यातिदियो । नेपालको आन्तरिक राजनीतिका अतिरिक्त बाह्य भूमिकाका यथार्थहरू छर्लंग पारिदियो । विश्वले आफूलाई गर्ने व्यवहार र आफ्नो सामथ्र्यसमेतको बोध गराइदियो । नेपाली समाज उभिएको दरिलो मूल्य र मान्यताको आधार अझै बाँकी रहेछ । भूकम्प र नाकाबन्दीपछिका घटनाले समाजभित्र अझै सहयोगी र एकताभाव रहेको प्रमाण देखियो । नैतिकता बिर्सेर समस्या र संकटमा मालामाल हुन खोज्ने अनैतिक र नाफाखोर जगतको जुनसुकै कुनामा भइहाल्छन् । नेपालको सन्दर्भमा भूकम्पपछि अन्योल र अस्तव्यस्तता रहँदासमेत लुटपाटका घटना भएनन् । नेपाली समाजले विश्वलाई सामाजिक मूल्य–मान्यताको उदाहरण दिन सक्यो । नेपालभित्र सामाजिक नियन्त्रणका एकाईका साथै मूल्य–मान्यताका आत्माहरू अझै जागृत छन् भन्ने सन्देश हो यो । नाकाबन्दीभित्र नेपालीका धेरै कथाव्यथा छन् । आन्तरिक समस्यासँगै बाह्य भूमिकाको बेवास्ता गर्न मिल्दैन । भूकम्पले पहाड चर्कंदा तराईमा जातीय विभाजन बढाउने नियतले क्रियाकलापहरू भए । जुन समय तराईका जनता हिमाल र पहाडका भूकम्पपीडितका लागि सहयोगी हात बढाउँदै थिए त्यही समय क्षेत्रीयता र जातीयताका आधारमा विभाजनको आगो बालियो । यतिसम्म कि पृथकवादीहरू मौलाउन खोजे । संकटको लाभ लिन खोज्नेहरू भित्र र बाहिर दुवैतर्फका थिए । तिनको नियत र षड्यन्त्रलाई बहकिएका जनताले समेत बुझ्दै गएका छन् ।
२०७२ सालले नेपालीलाई महŒवपूर्ण पाठ सिकाएको छ । हामीले आन्तरिक समस्या समाधानको विषयलाई प्राथमिकतामा राख्नुपर्छ । देशभित्र लामो समयदेखि पछाडि पारिएका लिंग, जाति, क्षेत्र, भाषी र समुदायका जनताको स्तरवृद्धि नगरी समग्र देशको उन्नति र प्रगतिको आशा राख्न सकिन्न । देशभित्रको सामाजिक र आर्थिक समस्यालाई उच्च महŒव दिएर समाधानमा पाइला सार्नुपर्छ । ताकि, कुनै पनि बाह्य शक्तिले आन्तरिक समस्यालाई बहाना बनाएर नेपालभित्र चलखेल गर्ने ठाउँ नपाओस् । यमन, सिरियादेखि रूवान्डासम्मका घटनाबाट सिक्नैपर्छ । रूवान्डामा हिंस्रक शासक इदी अमिन जन्माउनेदेखि सिरियामा हजारौँको कत्लेआम गरी सत्ता टिकाउने बसर अल असदलाई आडभरोसा दिने बलिया देशहरूको रणनीतिबारे सचेत हुन सक्नुपर्छ । यमनमा जातीय द्वन्द्व बढाएर जनतालाई बरू देश विभाजित भए शान्तिको स्वास फेर्न पाइन्छ कि भन्ने सोच जाग्ने अवस्था निर्माण गर्न सक्नेहरूलाई चिन्नुपर्छ । इस्लामिक स्टेट (आईएस)को उदय र अत्याचारका पछाडि कोको संलग्न छन् भन्ने इतिहासकारहरूले खोजी गर्लान् । सुडानको विभाजित र निरन्तरको द्वन्द्वपछाडिको तेलको राजनीति कसैबाट छिपेको छैन । इथियोपिया र इरिट्रियाको विभाजनमा इथियोपियालाई भूपरिवेष्टित बनाउने रणनीतिले मुख्य भूमिका खेल्यो । प्राकृतिक स्रोत भएका कमजोर देशहरूले ठूलो मूल्य चुकाउनुपरेका घटना धेरै छन् । अँध्यारो युगको समाप्ति त्यस्ता देशहरूको सबैभन्दा ठूलो चुनौती हो । आफूसँग भएर पनि उपभोग गर्न नपाउनु र हुनु नै अभिषापजस्तै बन्नु ती देशका पीडा हुन् ।
नेपाल प्राकृतिक स्रोतले सम्पन्न भइकन आर्थिकरूपमा विपन्न भई परिनिर्भरताले छटपटिएको छ । जुन देशमा जलविद्युत्को ठूलो सम्भावना छ त्यो देशमा छिमेकी देशबाट विद्युत् आयात गर्नुपर्छ ! हामीले हाम्रा सम्भावनालाई आफै बन्द गरेका छौँ । कृषियोग्य भूमिमा मरुभूमिकरण व्याप्त छ । नाकाबन्दी नहुँदो हो त सामान्य नेपाली जनताले आफूसँग भएका प्राकृतिक स्रोत–साधनबारे यथेष्ट जानकारी पाउँदैनथे । काठमाडौँ उपत्यकाको जमिनमुनि रहेको जैविक ग्यासको चर्चा बढी चलाउन नाकाबन्दीले भूमिका खेल्यो । नेपालभित्र रहेको पेट्रोललगायत ऊर्जाका अनेक सम्भावनाका चर्चा चले । धेरै सम्भावनाबारे ज्ञात भएपछि जोसैजोसमा प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा ग्यास पाइपलाइनको भाषण ठोकिदिए । आफ्नै खोल्छाबाट बग्ने पानीमा समेत आफ्नो पर्याप्त अधिकार स्थापित गर्न नसकेको अवस्थामा अन्य स्रोतको प्रयोग पत्याइहाल्न कठिन छ । लाइसेन्स कब्जा गर्दै बन्न नदिने चलखेल जलविद्युत्मा मात्र छैन फोहोरबाट बिजुली र मल निकाल्नेदेखि बधशालासम्म फैलिएको छ । बनाउँछु भन्ने तर नबनाउनेको कमी छैन । तर, बनाउँछु भन्दै बन्न नदिने हावी हुनु दुर्भाग्य हो । नेतृत्वको कूटनीतिक चार्तुयले मात्र हाम्रोजस्तो देशले स्रोतको उपयोग गर्न सक्छ । बरू प्राकृतिक स्रोत नभएको सिंगापुरले ली क्वानको चतुर कूटनीतिका बलमा समृद्धि हासिल गर्नसक्यो ।
हामीसँग पूर्वाधार विकासका लागि अवरोध धेरै छन्, तर ऊर्जा कम । नीतिहरू लागु होइन, लादिन्छन् । यसरी लादिन्छन् कि विकासका काम अगाडि बढ्नै सक्दैन । नत्र पुनर्निर्माण प्राधिकरणले खै माखो मारेको ? विकासका लागि बनेका कतिपय 'प्राधिकरण'लाई जनताले व्यंग्य कस्दै 'अपराधीकरण' भन्छन् । जनताको भनाइमा अर्थपूर्ण तुक भेटिन्छ । जनताको विकासको चाहना पूरा गर्ने धेरै निकायले लक्ष्य हासिल गर्नु त कहाँ हो कहाँ उल्टो जनतालाई निराश बनाएका छन् । नेपालको पहिलो र मुख्य स्रोत भनेको नेपाली जनता हुन् । आफ्नै जनताको विश्वास लिएर जनताको साथबाट उठ्न नखोजेसम्म जस्तोसुकै करिस्मामयी नेतृत्वले पनि देशलाई समृद्धितर्फ लैजान सक्दैन । जनताको असन्तुष्टि अन्त्य गर्न ठोस कदम अनिवार्य छ । तत्काल असन्तुष्टि अन्त्य गर्न नसके पनि आश्वस्त पार्न सक्नुपर्छ । कुनै आशाबिना जनताले नेतृत्वलाई साथ दिनसक्दैन । नेपालमा अहिलेसम्म जेजति मुद्दा उठे, ती सामाजिक समस्याको हल गर्ने नियतले समेत उठ्नु गम्भीर विषय हो । त्यस्ता मुद्दाले राजनीतिक स्थिरता हासिल गर्ने उद्देश्य लिएका छैनन् । आर्थिक समृद्धि त टाढाको विषय हो । साम्यवादको सपना देखाउनेले राजनीतिक अस्थिरता बढाएका थिए । देशको आर्थिक विकासलाई पछाडि धकेलेका थिए । सामाजिक समस्या देखाएमात्र, समाधानमा रचनात्मक भूमिका खेल्न सकेनन् । पछिल्लो समय धर्म र राजसंस्था फर्काउने मुद्दा साम्यवादको सपना देखाउनेभन्दा सैद्धान्तिकरूपमा भिन्न भए पनि नियत उस्तै देखिन्छ । तिनले पुराना 'सुन्दर क्षणहरू' को सपना देखाएर देशलाई अर्को ध्वंशमा पुर्याउनेबाहेक केही गर्ने छैनन् ।
देशले अहिले खोजेको राजनीतिक स्थायित्व, व्यवस्थित सामाजिक परिवर्तन र नवनिर्माणसहितको आर्थिक समृद्धि हो । पुराना सुन्दर क्षणहरूको ललिपप देखाएर देशलाई पछाडि धकेल्ने र असम्भव 'युटोपियन सोसाइटी' को सपना देखाएर उग्रवादी गतिविधितर्फ नयाँ पिँढीलाई दिग्भ्रमित पार्न खोज्ने तत्व देशका लागि घातक छन् । लैंगिक, जातीय, क्षेत्रीय, भाषिकमात्र नभई धर्मसंस्कृतिको मुद्दा उठ्नुपर्छ । तर, ती मुद्दा समाजलाई अग्रगमनतर्फ लाने उद्देश्यसहितको हुनुपर्छ । अब विकास मुख्य मुद्दा हुनुपर्छ । सामाजिक, आर्थिक र राजनीतिक विकासले गति लिएमात्र देशले समृद्धि हासिल गर्छ । समृद्धिले मात्र देश उज्यालो युगतर्फ लम्कन्छ । लामो समयदेखि नेपाली जनता अँध्यारो भोग्न बाध्य छन् । २०७२ साल प्राकृतिक प्रकोपदेखि बाह्य र आन्तरिक दुवै कारणले समस्याग्रस्त बन्यो । नेतृत्वको अक्षमता र अपरिपक्वताका बीच जनताले भूकम्प र नाकाबन्दीको पीडा सहेरै भए पनि नेपाललाई असफल राष्ट्र हुनबाट जोगाए । हिंसात्मक द्वन्द्वपछि शान्ति र संविधानको आशा गर्दागर्दै भूकम्प अनि नाकाबन्दीको भोगाइ अविस्मरणीय र इखालु प्रकृतिको रह्यो । यसले जनता आत्मसम्मानका लागि पीडाको भारी बोक्न तयार रहेको प्रष्ट पार्यो । राष्ट्रप्रेमी नेपाली जनताको शक्तिलाई मनन गरेर नेतृत्वले देशभित्रको मानवस्रोतको उचित व्यवस्थापन गर्न सके छोटो समयमा देशको कायापलट हुन्छ।