स्कुलमा अनुसन्धान
२९ चैत्र २०७२
•
१७ मिनेट पाठ
स्कुलमा अनुसन्धान
केही महिनाअघि त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक रामेश्वर अधिकारीद्वारा प्रयोगात्मक विज्ञान शिक्षालाई कसरी माध्यमिक तहसम्म पुर्यायउन सकिन्छ भन्ने विषयमा सुझाव मागिएको थियो।त्यसै क्रममा ठूलै संख्यामा देशका विभिन्न भागका विज्ञान शिक्षकलाई राजधानीमा भेला गरी अन्तरक्रिया पनि राखियो। प्रवल इच्छा र सशरीर उपस्थित हुन भ्याए केही व्यावहारिक अनुभव साटासाट गर्न सकिन्छ भन्ने विश्वास हुँदाहुँदै पनि विविध कठिनाइका कारण उक्त कार्यक्रममा सहभागी हुन काठमाडौं जान सक्ने अबस्था रहेन। उक्त अभियानमा केही सहयोग गर्न सकिन्छ कि भन्ने आशाका साथ डा. अधिकारीलाई वाचा गरेमुताविक कस्तो किसिमका वैज्ञानिक अनुसन्धान स्कुल तहमा गर्न सकिएला भन्ने विषयमा केन्द्रित रही यो आलेख तयार गरिएको हो।




यस पंक्तिकारले अमेरिकाको क्यालिफोर्निया राज्यको करिब एक दशक बसाइका क्रममा क्यालिफोर्निया राज्यको विज्ञान महोत्सवलाई सल्लाहकार कमिटीको सदस्य, साइन्स मेलाको निर्णायक तथा निर्णायक सल्लाहकार परिषद्लगायतका दायित्व सम्हाल्ने अवसर पाएको थियो। त्यसका अतिरिक्त इन्टेल अन्तर्राष्ट्रिय साइन्स फेयरको बायोकेमेस्ट्री डिभिजनको अध्यक्ष तथा निर्णायक मण्डलीको सदस्यका हैसियतले हासिल गरेको अनुभवका आधारमा नेपाली स्कुले शिक्षामा के/कस्ता प्रयोगात्मक विज्ञान समाहित गर्न सकिएला भन्ने प्रक्षेपण गर्नु नै यस लेखको प्रमुख उद्देश्य रह्यो।

सामान्यतः वैज्ञानिक अनुसन्धानलाई दुई भागमा बाँड्न सकिन्छ। आधुनिक प्रविधिमा आधारित रिसर्च र स्थानिय स्रोत तथा साधनमा निर्भर अनुसन्धान। राष्ट्रिय बजेटको आकार हेर्दा आफ्नै लगानीमा नेपालमा आधुनिक तहको अनुसन्धान सम्भव देखिन्न। करोडौँ डलरको लागतमा आधुनिक उपकरणसहितको प्रयोगशाला खोल्न सक्ने अवस्था नहुँदा अन्य विकल्पका सम्बन्धमा वैज्ञानिक समूह खुला रहनुपर्छ। आम्दानी बढाउनका लागि औषधि उत्पादक कम्पनीहरुले खर्चिलो जीवनयापन तथा जटिल कानुनी प्रावधान भएका मुलुकबाट सस्ता तथा अनुसन्धानमैत्री मुलुकहरुमा रिसर्च ल्याब सार्ने क्रम बढ्दो देखिन्छ। त्यस्तै नीतिअनुरूप अघिल्लो दशकमा जीवनयापन खर्च कम रहेको भारतलगायत विभिन्न मुलुकमा धेरै फर्मास्विटिकल कम्पनीले अनुसन्धान ल्याब खोले। त्यस्तो लगानीलाई नेपालमा आकर्षित गर्न सके देशमा आधुनिक तहको प्रयोगशाला खोल्न सक्नुका अतिरिक्त धेरै वैज्ञानिकले रोजगार पाउने भएकाले नीति निर्माताले त्यता ध्यान दिनुपर्ने देखिन्छ। बाह्य पक्षको लगानीमा स्तरीय ल्याब खोल्ने नीतिलाई खुला राख्दै स्वदेशी लगानीमा गरिने अनुसन्धानलाई भने कम जोखिमपूर्ण र मितव्ययी बनाउनुपर्ने हुन्छ। त्यसका लागि स्थानीय स्रोत तथा साधनको प्रयोग हुने प्रकृतिको अनुसन्धान रोज्नुपर्ने हुन्छ।

अब सर्वप्रथम स्कुलमा गरिने विज्ञान अनुसन्धानको स्वरूप र लक्ष्यका सम्बन्धमा चर्चा गरौँ। सामान्य त स्कुले विद्यार्थी आफ्ना पाठ्यक्रममा व्यस्त रहनुपर्ने भएकाले उनीहरुसँग गरिने अनुसन्धानात्मक अपेक्षा सीमित रहन्छ। उनीहरुले रिसर्चमा खर्चन सक्ने समय भनेको वर्षे बिदाको करिव ३ महिनाको समय भएकाले समयको पावन्दीलाई ध्यान दिइन्छ। छोटा प्रोजेक्टमा मात्र उनीहरुलाई सहभागी गराइन्छ।

संयुक्त राज्य अमेरिकालगायत अन्यत्र विकसित देशमा विज्ञानमा रुचि हुने विद्यार्थीले बाह्य सहयोगबिना आफँैले लेखेको मौलिकतासहितको ३ अनुसन्धानका खाका विज्ञान शिक्षकसमक्ष प्रस्तुत गर्छन्। विषयगत शिक्षकले अनुसन्धान प्रारूप तयार गर्न प्रत्यक्ष सहयोग भने गर्दैनन् तर सन्दर्भ पाठ्यसामग्री भने विद्यार्थीलाई उपलब्ध गराउँछन्। प्रस्तुत गरिएकामध्येबाट सम्भाव्यता भएको एउटा प्रोजेक्ट अनुसन्धानका लागि छनोट हुन्छ। त्यसका लागि चाहिने आर्थिक सहयोग विभिन्न सामाजिक संस्थाले उपलब्ध गराउँछन्। यद्यपि उक्त रकम भने धेरै हँुदैन। यसरी विद्यार्थीले आआफ्ना योजनालाई स्कुलकै शिक्षक अथवा बाह्य स्थानीय वैज्ञानिकको सहयोगमा तोकिएको मितिमा समाप्त गर्छन्।

योजना समाप्तिपछि विद्यार्थीले हासिल गरेको वैज्ञानिक अनुसन्धानको नतिजा स्कुल, जिल्ला तथा राज्य तहमा निर्णयार्थ प्रस्तुत गर्छन् तर तल्लो तहमा उत्कृष्ठ ठहर भएको रिसर्चले मात्र उपल्लो तहको प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्छ। स्कुल तहका उत्कृष्ठ प्रोजेक्ट जिल्लामा पुग्छ अनि जिल्लामा अब्बल देखिएका अनुसन्धानले मात्र राज्यस्तरको प्रतियोगितामा सहभागिता पाउँछ। तसर्थ, राज्य स्तरमा छानिएर आएका अनुसन्धान निकै प्रतिस्पर्धी हुन्छन्। स्कुल लेबलमा भएका कुनै कुनै अनुसन्धान सरल तर पिएचडी लेभलको अनुसन्धानभन्दा पनि गहकिला हुन्छन्। उदाहरणका लागि सन् २०१३ मा १५ वर्षीय ज्याक एन्डरकाले पाचन थैलीमा हुने क्यान्सर पत्ता लगाउने मेसिन बनाए अनि अर्की छात्राले ३० सेकेन्डमै टेलिफोन पूर्णरूपले चार्ज हुने चार्जर बनाइन्। उक्त दुवै अनुसन्धान प्याटेन्ट भएर बाहिर आउने क्रममा भएकाले कुनै पनि समय बजारमा आउन सक्छ।

त्यस्तै, राज्य स्तरमा उत्कृष्ठ ठहर भएका योजनामात्र अन्तर्राष्ट्रिय साइन्स फेयरमा प्रतिस्पर्धी हुन्छन्। कम्प्युटरको चिप उत्पादन गर्ने कम्पनी इन्टेलले प्रायोजन गर्ने भएकाले यसलाई इन्टेल साइन्स फेयर पनि भनिन्छ। प्रत्येक वर्ष हुने उक्त विज्ञान मेलामा अमेरिकाको मात्र होइन, विश्वका झण्डै ८० देशका करिब १५०० स्कुले विद्यार्थी सहभागी हुन्छन्। साउथ एसियन मुलुकमा भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्सलगायत मुलुकको सहभागिता भए पनि नेपालको सहभागिता भने हालसम्म देखिएन। प्रतिस्पर्धीको सम्पूर्ण खर्च आयोजक संस्थाले बेहोर्छ। यसरी नेपालसरहका देशका स्कुले विद्यार्थीले प्रतिस्पर्धा गरेको देख्दा हाम्रा भाइबहिनाले समेत भाग लिन सकून् भन्ने इच्छा हुनु अन्यथा भएन।

इन्टेल विश्व विज्ञान मेलामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीले झण्डै एक लाख अमेरिकी डलरको पुरस्कार पाउँछन्। र, त्यहाँका सफलतम प्रतियोगीलाई अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा स्वागत गर्छन्। त्यतिमात्र होइन, भेलामा छनोट भएका तीन विद्यार्थीले स्वेडेनको स्टकहोममा हुने नोबल पुरस्कार वितरण समारोहमा सहभागी हुने अवसरसमेत पाउँछन्। स्कुले विद्यार्थीलाई नोबल पुरस्कार वितरण समारोहमा सहभागी हुने अवसर दिलाउने यो मेलाको अन्तर्राष्ट्रिय महत्व सहजै अन्दाज गर्न सकिन्छ।

कस्तो किसिमको साइन्स प्रोजेक्टले अन्तर्राष्ट्रिय विज्ञान भेलामा भाग लिन पाउँछन् त भन्ने प्रश्न उठ्नु अन्यथा होइन। यस्तै किसिमको वैज्ञानिक अनुसन्धानले अन्तर्राष्ट्रिय सहभागिता पाउँछ भन्ने निश्चित नभए पनि नमुनाका लागि केही प्रोजेक्ट प्रस्तुत गर्छु। नेपाललाई केन्द्रमा राखेर हेर्दा त्यहाँ छनोट भएका २ वटा अनुसन्धानको चर्चा सान्दर्भिक होला। प्रथम प्रोजेक्ट सूर्यको प्रकाश उपयोग गरेर कसरी पानीलाई कीटाणुरहित बनाउने? सूर्यको प्रकाश ७ रङको समिश्रण हो र उक्त सप्तरंगी किरणमध्येबाट एउटा समान्य रंगिन प्लास्टिक उपयोग गरेर आफूले चाहेको किरण सजिलै पाउन सकिन्छ। यसरी उत्पादित सातमध्ये एउटा किरणले पानीमा रहेको कीटाणु मारेर जल पिउन उपयुक्त बनाउने उक्त अनुसन्धानको निचोड थियो। करिब करिब सित्तैमा हुने यस्ता अनुसन्धानले अन्तर्राष्ट्रिय सहभागिता र पुरस्कार जित्नुमात्र होइन, काठमाडौंमा पिउने पानीको समस्या समाधानमा सहायकसमेत हुन सक्ने थियो।

अर्को अनुसन्धान कृषिसँग सम्बन्धित थियो। नेपालको पूर्वी तराईमा बेथवा भन्ने झारले सताउँछ बालीनालीलाई। त्यस्तै किसिमको झारले ब्राजिलमा कृषि उत्पादन नास गर्दोरहेछ। उखेले पनि छुटेको सानो जराबाट फेरि पलाउने भएकाले ठूलो कृषि समस्याका रूपमा रहेको देखियो उक्त झार। तर उक्त जटिल समस्याको समाधान एउटा स्कुले विद्यार्थीले निकाल्यो। उक्त झार निर्मूलनका लागि मौरीको मह अचुक औषधि रहेको पत्ता लगायो उक्त अनुसन्धानले। नमुनाका रूपमा विगतको विज्ञान भेलाबाट लिइएका उल्लिखित दुई अनुसन्धान हेर्दा अन्तर्राष्ट्रिय विज्ञान सम्मेलनमा भाग लिन कुनै ठूलो लगानी आवश्यक पर्दैन भन्ने बुझ्न पर्याप्त छ तर वैज्ञानिक निष्कर्ष मौलिक सिर्जना तथा समाज उपयोगी भने हुनुपर्योू।

अहिलेको युग विज्ञानको हो। समुन्नत बन्न वैज्ञानिक उत्खनन् आवश्यक हुन्छ। स्थानीय वस्तु उपयोग गरेर गर्न सकिने वैज्ञानिक अनुसन्धानहरु हाम्रो समाजमा धेरै छन् तर अन्वेषण गर्न सक्नुपर्छ। स्थानीय समस्यालाई केन्द्रमा राखेर गरिने अनुसन्धानहरु कम खर्चिलो हुनुका अतिरिक्त मैलिक हुन्छन्। त्यस्तो लगानीले बच्चालाई वैज्ञानिक हिसाबबाट सोच्न सक्ने क्षमतासमेत दिन्छ। विद्यार्थीमा कुनै कुरा गर्नेभन्दा पनि केका लागि गर्ने भन्ने प्रतिप्रश्न गर्ने क्षमताका लागि पनि वैज्ञानिक अनुसन्धान आवश्यक देखिन्छ। अभिभावक, शिक्षक, नीति निर्माता सबैमा विज्ञान प्राथमिकतामा परे अर्को वर्षको अन्तर्राष्ट्रिय विज्ञान महोत्सवमा नेपालको पनि सहभागिता देख्न सकिने सम्भावना रहन्छ।

लगानीको सम्भाव्यतालाई मध्यनजर राख्दा नेपालले औषधि विज्ञान तथा अन्य अत्याधुनिक वैज्ञानिक अनुसन्धानमा हात हाल्ने अवस्था रहेन तर रिसर्चबिना देशको विकास सम्भव पनि देखिन्न। तुलनात्मकरूपले कम खर्चिलो स्थानीय उत्पादन तथा ग्रामीण स्रोत/साधनकेन्द्रित अनुसन्धानमा ध्यान दिनुपर्ने देखिन्छ। देशमा उपलब्ध अवसरहरुलाई ध्यान दिँदा पश्चिमी हिमाली भेगमा पाइने यार्चागुम्बालाई केन्द्रमा राखेर गरिने अनुसन्धान उच्च लाभप्रद् हुने देखियो। अन्तर्राष्ट्रिय बजारमा मागभन्दा निकै कम अनुपातमा उत्पादन हुने र सुनभन्दा पनि अत्यधिक महँगो वनस्पतीको उत्पादन बढाउन सके आर्थिक समृद्धि हुन्थ्यो नै। प्राकृतिकरूपमा उत्पादित यार्चागुम्बालाई व्यापारिकरूपमा खेती गर्न सक्ने हो परिस्थिति बेग्लै हुन्थ्यो। अन्तर्राष्ट्रिय अदालतमार्फत वास्मती चामलको व्यापारिक उत्पादनमा भारतले हासिल गरेको एकाधिकारको नजिर तथा अन्तर्राष्ट्रिय प्रचलन र कानुनसमेतलाई हेर्दा यार्चागुम्बा हाम्रो स्थानीय उत्पादन भएकाले त्यसको पेटेन्ट गर्ने प्रथम अधिकार नेपालको नै हो। बजार मूल्य हेर्दा जंगली वनस्पति यार्चागुम्बाको उत्पादन बढाउन सके देश विकासका लागि सहायक हुन सक्छ। त्यसका लागि यार्चागुम्बाकेन्द्रित अनुसन्धान जरुरी देखिन्छ। हजाराँै वर्षअघि धान पनि जंगली अन्न नै थियो तर वर्षौंको अनुसन्धानले स्थानीय बालीका रूपमा विकास भयो धान। तसर्थ, हालको जंगली वनस्पतीको अध्ययन/अनुसन्धानमा लगानी गर्ने हो भने भविष्यमा यार्चागुम्बाको व्यावसायिक खेती गर्न नसकिने होइन। तसर्थ, देश विकासका लागि स्थानीय उत्पादन तथा आवश्यकतालाई मध्यनजर राख्दै वैज्ञानिक अनुसन्धानमा लगानी गर्न आवश्यक देखिन्छ।
अर्को समाचार
एपीएफ स्कुलमा ११ करोड हिनामिना गर्ने लेखा अधिकृतलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
२२ असार २०८३
•
१ मिनेट पाठ
एपीएफ स्कुलमा ११ करोड हिनामिना गर्ने लेखा अधिकृतलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
कीर्तिपुरस्थित एपीएफ स्कुलमा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा पक्राउ परेकी सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित एपीएफ स्कुलकी लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका सहयोगी टासी भन्ने लीलाबहादुर लामामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।




सशस्त्र प्रहरी बलका डीआईजी युवराज अर्यालको संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसका आधारमा प्रहरीले उनीहरूलाई शनिबार साँझ पक्राउ गरेको थियो। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूमाथि ठगी तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा इन्स्पेक्टर गुरुङले एपीएफ स्कुलको आम्दानी सशस्त्र प्रहरीको केन्द्रीय कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम आफ्ना साथी लीलाबहादुर लामाको बैंक खातामा स्थानान्तरण गरेको आरोप लागेको छ। उनीमाथि करिब ११ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ।

प्रहरी स्रोतका अनुसार गुरुङले कनेक्ट आईपीएसमार्फत रकम स्थानान्तरण गर्ने क्रममा स्कुलका तत्कालीन समादेशक एसएसपी (हाल डीआईजी) दिग्विजय सुवेदीको नक्कली हस्ताक्षरसमेत प्रयोग गरेकी थिइन्।

अनुसन्धानबाट कनेक्ट आईपीएस प्रयोग गरी लीलाबहादुर लामा सञ्चालक रहेका तीन कम्पनीको खातामा रकम पठाइएको खुलेको छ। ती कम्पनीमा एमडी एडभेन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकट प्रालि र एमडी होलिडे प्रालि रहेका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस