२०६२/६३ को आन्दोलनपछि नेपालमा करिव दुई सय वर्षदेखि कायम राजतन्त्रको अन्त्य, दश वर्षदेखि सशस्त्र युद्धका नाममा १७ हजार नागरिकलाई वलि चढाएको शक्ति शान्तिपूर्ण बाटोमा आउन प्रयास गर्दै गरेको, अन्तरिम संविधानले मुलुक चलेको जस्ता घटनाले स्पष्ट हुन्छ– नेपालको इतिहासमा सम्भवत राजनीतिक हिसावले यति कठिन अवस्था कमै आएको थियो। देशको यस्तो संक्रमणकालीन अवस्थामा धमिलो पानीमा माछा मार्ने उद्देश्यले विदेशी हस्तक्षेप नाङ्गोरूपमा देखिन थाल्यो।करिव पन्चानब्बे प्रतिशतद्वारा संविधान सभाबाट पारित भएको संविधानलाई अपुरो भन्दै भारतले अस्थिरता कायम नै राख्न खोज्यो। तराईमा रहेका क्षेत्रीय पार्टीका हरुवा नेताहरु उसैका गोटी बने। उसैको निर्देशनमा संविधान जलाए। संविधान बनाइसकेपछि त्यसलाई कार्यान्वयन गर्न लाग्नुपर्ने नेपाली कांग्रेस सत्ताको लोभमा संविधान लजाउनेहरुसँग घाँटी जोड्न पुग्यो। फलतः संविधान निर्माणपछि राजनीतिक संक्रमण घट्नुको सट्टा झन् बढ्दै गयो।
नेपालीले आफ्ना लागि आफँै संविधान बनाउँदा त्यसप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगायो। जुन कुरा स्वीकार्न नेपाली जनता तयार थिएनन्। सरकारको नेतृत्व गरेको नेकाले भारतले लगाएको नाकाबन्दीलाई नाकाबन्दीसम्म भन्न सकेन। सरकार भारतको लाचार छायाँ बन्यो। नेका र भारत पर्यायवाची जस्ता भए जुन कुरा जनतालाई सह्य भएन। जब केपी ओली संसद्बाट बहुमतका साथ प्रधान मन्त्रीमा चयन भए जनता उनीप्रति पूर्ण आशावादी बने। त्यसैले ६, ६ महिना नाकावन्दीको मार बेहोर्नुपर्दासमेत सरकारविरुद्ध कुनै आवाज उठाएनन्। ग्यास, मट्टितेल, खाद्यान्न केही मागेनन बरु आफ्ना समस्या आफँै हल गरे। विगतमा शासकहरु भारत भ्रमणमा जाँदा सत्ता लम्ब्याउने उद्देश्यले गर्न हुने/नहुने सम्झौता गरेर आउने गरेका थिए। त्यसखालका सम्झौता विशेषगरी नेका सत्तामा रहेका बेला हुने गरेका थिए। यतिसम्म कि गिरिजाप्रसाद कोइरालाले त सन्धि गरेर सम्झौतामात्र गरेको भन्नसम्म भ्याएका थिए।
कतै केपी ओलीले पनि भारतलाई खुसी पार्न कुनै सम्झौता पो गरिहाल्छन् कि भन्ने डर जनतामा थियो। स्वयम् ओलीलाई खुसी पार्न रातो कार्पेट बिछ्याउने, राष्ट्रपति निवासमा सुताउनेदेखि अहिलेसम्म अरुले नपाएको सम्मान दिएको भनेर निकै गड्डी हाँक्यो। तर ती कुनै कुराले उनलाई प्रभाव पार्न सकेन बरु भारतका जिम्मेवार नेतागणका अगाडि 'नेपालको संविधानमा कहाँ के कमजोरी छन् हामीलाई बताइदिनूस् भन्दै' सबैसामु गर्वका साथ आफ्ना भनाइ राखे। फलतः ती भनाइपछि विगतदेखिको परम्परा तोड्दै भ्रमणपछि संयुक्तरूपमा आउने गरेको विज्ञप्तिसमेत निकाल्न भारत तयार भएन। यसबाट प्रष्ट हुन्छ, भारत सरकार नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको व्यवहार गर्न तयार देखिँदैन। त्यसैले त मोदी विदेशी राष्ट्रको भ्रमणमा जाँदा नेपाबारे भ्रम सिर्जना गर्न सक्रिय रहेका छन्। पछिल्लो पटक भारत–इयु संयुक्त वक्तव्य त्यसैको ज्वलन्त प्रमाण हो।
नेपाली कांग्रेसको हालै सम्पन्न तेह्रौं महाधिवेशनमा प्रमुख नारा नै 'सुशीलको नेतृत्वमा बनायौँ संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान' थियो। संविधान आफ्नो नेतृत्वमा बनाएको भनेर सगौरव प्रचार गरेको थियो तर त्यही संविधानलाई विषय बनाएर सार्वभौम मुलुकमाथि नाङ्गो हस्तक्षेप गर्दा किन चुइँक्क बोल्ने हिम्मत गर्दैन कांग्रेस? कुनै बेला उपप्रधान मन्त्री चित्रबहादुर केसीले देशमाथि नाकाबन्दी लगाउने कुरामा कांगे्रस पनि कुनै न कुनै रूपमा संलग्न थियो भनेका थिए। उक्त कुरालाई नेकाको व्यवहारले सिद्ध गर्दैछ। त्यसैगरी भारत–इयु संयुक्त वक्तव्यसँग कतै उसको साँठगाँठ त छैन? अर्को शङ्का थपिँदै गएको छ। नेकाले कि राष्ट्रियताका सवालमा सरकारले बोलेका र गरेका व्यवहारको विरोध गर्दै आन्दोलन गरोस् होइन भने उक्त वक्तव्यको विरोध गर्ने हिम्मत गरोस्। अब कांग्रेस कुन कित्तामा रहने हो भन्ने स्पष्ट पार्न आवश्यक छ। कांग्रेसकै कारण कुनै बेला माओवादी विद्रोह र पछिल्लो समय तराई आन्दोलन भएको हो। अब कस्तो आन्दोलन गराउन खोज्दैछ? उसको व्यवहार त्यतैतिर लक्षित देखिँदैछ।
राष्ट्रियतामाथि विदेशी हस्तक्षेप हँुदा सरकारमात्र होइन, प्रत्येक नागरिक त्यसका विरुद्धमा जुट्नुपर्छ। राष्ट्रियता पार्टीभन्दा माथि हुनुपर्छ। आफ्नो मातृभूमिभन्दा विदेशी शक्तिलाई प्यारो ठान्नेहरुसँग आशा राख्नु बेकार छ। मधेसवादी क्षेत्रीय दलका केही नेता विदेशीको इसारामा आन्दोलनको धम्की दिँदैछन्। प्रमुख विपक्षी दल त्यही आन्दोलनको भर्या्ङ चढेर सत्तामा पुग्ने उद्देश्यले सरकारलाई कमजोर बनाउन सक्रिय छ। जनता मधेसको आन्दोलनबाट वाक्क छन्, कांग्रेसको व्यवहारबाट निराश छन्। कांग्रेस र मधेसी दलले गति छाडे। त्यसैले जनता आफ्ना समस्यासँग आफँै जुध्दै सरकारलाई काम गर्ने बाटो खुला राखिदिएका छन्। तर सरकार जनताको पक्षमा फटाफट काम गर्न भने चुकिरहेको छ। देशको आर्थिक वृद्धि दर दक्षिण एसियामै सबैभन्दा कम छ। भूकम्पपीडितले एक वर्ष बित्दा पनि टाउको छोप्ने छाप्रो बनाउन सकेका छैनन्। दैनिक उपभोग्यका वस्तु कालोबजारीका नियन्त्रणमा छन्। भ्रष्टाचार दिन दुईगुना, रात चौगुना बढेको छ। आयल निगमका कार्यकारी प्रमुखकै प्रत्यक्ष संलग्नतामा इन्धनको खुल्लमखुला कालो बजारी भइरहेको छ। तिनैका कारण जनता चरम अभाव खेप्न बाध्य भएका छन्।
तर सरकार योजना बनाउनमा व्यस्त छ। हावाबाट बिजुली निकाल्ने, घर–घरमा ग्यासका पाइप जोड्ने काम तपाईँ गर्दै गर्नुहोला तर कम्तीमा अहिले देशभित्र आइरहेको ग्यास, इन्धन कहाँ गइरहेको छ? जनताले किन पाइरहेका छैनन्? यत्ति त खोजियोस्। अब वर्षा लाग्न थाल्यो भूकम्पपीडितका लागि केही त व्यवस्था होस्। सत्ताको वागडोर समाएको मान्छेले म यसो गर्छु भन्ने कुराले कुनै महत्व राख्दैन। जनता सरकारका कामको परिणाम खोजिरहेका छन्। 'कुराले चिउरा भिज्दैन' भनेजस्तै गफ धेरै भए। योजना धेरै सुनिए। सरकार गठन भएको पनि करिव छ महिना भएको छ। योबीचमा सरकारले जनताका पक्षमा के काम गर्योर?जनता निराश हुँदैछन्। एक पटक आफै मूल्यांकन गर्ने कि?