हाम्रो विकास मोडल
०८ चैत्र २०७२
•
१८ मिनेट पाठ
हाम्रो विकास मोडल
चैतको पहिलो साता विराटनगर विमानस्थलमा उत्रँदा मन खल्लो भयो। यहाँका नेताहरूले विराटनगरलाई माया गरेको भए यतिखेर यो विमानस्थल पनि पोखरा र भैरवहाको जस्तै अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माणमा धमाधम जुटिरहेको हुन्थ्यो। विराटनगरको नागरिक समाजमा विकासप्रति चेतना हुँदो हो त राजधानी काठमाडौँबाट गुडेर ४ घन्टामा पुगिने सर्कलभित्र ४ वटा अन्तर्राष्ट्रिय हवाइमार्ग किन बनाउनुपर्योौ? विराटनगरमा किन नहुने भनी नीतिनिर्माणकर्ताहरूविरुद्ध यहाँ आन्दोलन हुन्थ्यो होला भनी पनि एकछिन गम खाएँ।८० वर्षअगाडि राधाकिशन चमरिया र एस नारायण सिंघानियाले विराटनगरमा अपार आर्थिक सम्भावना देखे। तिनले आधुनिक मिलहरू खोलेर विराटनगरलाई औद्योगिक नगरी बनाए। त्यही औद्योगिक नगरीको जगमा विराटनगर नेपालको औद्योगिक र राजनीतिक राजधानी भयो। तर, किन हो यी दुई विदेशी मारवाडीजतिको दूरदृष्टि पनि यो सहरका नेता र नीतिनिर्माताहरूले नदेखाएका होलान् भनी मन खिन्न भयो। मेरा एकजना स्विडिस मित्रले म दुई दशकअघि विकासे कार्यकर्ता हुँदा भनेको सम्भि्कएँ र चित्त बुझाएँ। उनी भन्थे– 'विराटनगर एउटा स्वतन्त्र र राजधानी काठमाडौँसँग निर्भर नहुने देश'हुने सम्भावना बोकेको ठाउँ हो।'

विराटनगर विमानस्थलबाहिर कम्पाउन्डमा आँपका रुखहरूमा टन्न 'मजुर'लागेको देखेर मन प्रसन्न भयो। विमानस्थलका ढकमक्क रुखहरूबाट निस्कने कोइलीको 'कुहुकुहु'को मधुर ध्वनिले वसन्तको आगमनलाई मनमोहक बनाएको थियो। विराटनगर सुन्दर छ भन्ने झलक दिन्थे यी प्राकृतिक छटाहरूले। मजुरबाट निस्केका आँपका टिकुलाहरूलाई पश्चिमबाट बग्ने तातो हुरीबतासले झारेन भने 'यो पटक आँप बम्पर हुनेछ' ग्राहक पर्खेर बसेका रिक्सा र ट्याक्सीवालाहरूको कुराकानी चलिरहेको थियो। विमानस्थलबाट बाहिर विराटनगररूधरान राजमार्ग विस्तारित गर्ने काम अगाडि बढिरहेको देख्दा मन दंग भयो। अब विराटनगरले काँचुली फेर्नेछ। निर्माणाधीन चौँडा बाटो, ढल र नाला कोसेढुंगा होला विराटनगरको विकासमा, सोच्न थालँे। तराईका सहरहरू मृतसहर (डेड सिटी)हुने क्रममा छन्, जनकपुर र विराटनगरको गौरवशाली विगत र दुखद आगतबारे कुराकानी गर्दै पूर्वराष्ट्रपति रामवरण यादवसँग हवाइजहाजभित्र समय बितेको मलाई थाहै भएन। जनकपुरजतिको विराटनगर अनाकर्षक छैन, मैले जनकपुरलाई अत्यन्त माया गर्ने पूर्वराष्ट्रपतिलाई भनेँ।

विराटनगरका सडकहरू चौँडा र ढल आधुनिक बन्ने काम भारतीय नाकाबन्दीले केही महिना सुस्ताएको थियो। अहिले तीव्र गतिमा अगाडि बढ्न थालेको देख्ता देशको पुँजीगत खर्चले अब गति लिन थाल्नेछ। अर्थमन्त्रालयका कर्मचारीहरूलाई विदेशीसामु लज्जाबोध हुने छैन भन्ने अनुमान लगाएँ। अब चाँडै सार्क स्तरीय भेला पोखरामा झैँ विराटनगरमा पनि गर्न सकियो भने पोखराजस्तै विराटनगरको पनि अन्तर्राष्ट्रिय छवि स्थापित हुनेछ भनी मनमनै खुसी पनि भएँ। विराटनगर विमानस्थलबाट घरतिर जाँदा सहर पूरै धुलोमा लपेटिएको देख्दा त म तिनछक परेँ। एकैछिनअगाडिको स्वच्छ र सुन्दर विराटनगरलाई पछाडि छाड्दै आफ्नो घरअगाडि पुग्दा पूरै टोल नैै धुलाम्मे भएको देख्दा पत्याउनै गाह्रो पर्योर। घरअगाडि केही महिला हप्तौँदेखि धारामा पानी नआएका कारण बीच सडकमा टाउकोमा हात राखी बसेको भेटेँ। गृहणीको प्रयत्नपछि खानेपानीबाट एकजना प्राविधिक आएर अस्थायी पाइपबाट पानी वितरण गर्ने व्यवस्था मिलाइदिने आश्वासन दिइरहेका थिए। सबै गृहणीले पछ्यौराले मुख छोपेका थिए। सडकमा हिँडिरहेका अधिकांश विराटनगरबासीले मुखमा मास्क लगाएको देखँे र सोचेँ विकास के हो? यस्तैमा एउटा निलो प्लेटको गाडी हुइँकिँदै आयो। मैले रोकँे र सोधेँ– 'किन यस्तो धुलाम्मे भएको यो सहर यतिखेर?' गाडी भित्रबाट एकजना हाकिमले विराटनगरमा 'मझौला सहरको वातावरण सुधार परियोजना'चल्दैछ नि भनी दिव्य जानकारी दिए।

मझौला सहरको वातावरण सुधार परियोजनाले मलाई सडकमा उभिनै नसक्ने गरी सास्ती दिइरहेको थियो। पूरा शरीर धुलोले पुरिएको झैँ भयो एकैछिनमा। विकास निर्माणको काम अगाडि बढाउँदा नागरिकले केही कष्ट सहनुपर्छ भन्ने भनाइ केही विकासविज्ञको मैले सुनेको–पढेको थिएँ। चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको प्रसिद्ध भनाइ नै छ– 'विनास नै सृजनाको सुरुवात हो।' आजको चीन माओको विनाशलीलाबाट महाशक्ति राष्ट्र हुने क्रममा पनि छ। अहिलेको विराटनगरमा त्यही भैरहेको होला भनी चित्त बुझाएँ। तर, नेपालमा विकासको नाममा नागरिकलाई सधँै हिँड्न, सास फेर्न र घरबाटै निस्कन गाह्रो पर्ने अवस्था आइरहेकाले नेपालको विकास मोडलप्रति चित्त बुझाउन सकिनँ। माओ विचारसँग लोकतन्त्रवादी भएकोले होला सहमत हुन सकिनँ।

नेपालमा विकास निर्माण गर्दा नागरिकको वर्तमानलाई नर्क नबनाए अगाडि बढाउन सम्भव छ कि छैन भनी धुलाम्मे शरीर लिएर म एकछिन घोरिएँ। र, यही क्रममा नेपालमा विकास निर्माणका विविध पक्ष यही परियोजनाबाट बुझ्नुपर्यो भन्ने विचार मेरो दिमागमा आयो। नेपालमा विकास निर्माणका ३ पक्ष छन्। पहिलो पक्ष दाता हो। दाताको पैसाले विकास अगाडि बढ्छ भन्ने मानसिकता हामी नेपालीमा छ। तर, त्यो अर्धयथार्थलाई हामी दैवीय वाणी भनी विश्वास गर्छौं, किनकि राज्यले हामीलाई त्यही सिकाएको छ। जस्तो अहिलेको विराटनगरमा एसियाली विकास बैंकको ऋण सहयोगमा विकास परियोजना अगाडि बढ्दैछ भनी हामी जान्दछौँ।

स्थानीय स्वायत्त शासन ऐनको प्रावधानअनुसार विराटनगर उपमहानगरपालिकालाई परियोजना कार्यान्वयनको जिम्मेवारी छ। सम्भवतः विराटनगरबासीले प्रत्यक्ष मतदानबाट आफ्ना प्रतिनिधि चुन्नेछन् र यस्ता परियोजना नगरबासीका लागि पारदर्शी र जनसहभागिताबाट अगाडि बढ्नेछ भन्ने उद्देश्य यो ऐनको थियो होला। तर, जनप्रतिनिधिको निर्वाचन नभएको दुई दशक भयो। यसैकारण कर्मचारीहरूलाई जनताको प्रतिनिधि मान्नुपरेको छ। विकास निर्माणमा तिनैलाई सर्वाधिकार सम्पन्न निकाय बनाइएको रहेछ। फेरि स्थानीय निकायमा राजनीतिकरूपले कर्मचारी भर्ना हुने भएकाले त्यहाँको जनशक्तिले कुनै पनि विकास कार्य सम्भव होला भनी ठान्नु असम्भव झैँ भएको छ, विराटनगर अपवाद छैन। स्थानीय निकायसँग देशभरि नै दक्ष र योग्य प्राविधिक तथा व्यवस्थापक नभएर 'जय नेपाल र लालसलामले' दीक्षित कर्मचारीहरूमात्र छन्।

अब दोस्रो पक्ष भनेको कन्सल्ट्यान्ट हो। जसले परियोजनाको डिजाइन र सुपरभिजन गर्छ। अहिले विराटनगरमा चलिरहेको परियोजनाको कल्सन्ट्यान्ट पक्ष भनेको अस्ट्रेलियाको 'स्मेक इन्टरनेसनल' हो। तर, यो संस्था र यसका दक्ष भनिने प्राविधिक विराटनगर सहरको डिजाइनमा कति संलग्न भए शंका छ, अहिले कतै भेटिँदैनन्। डिजाइनमा कैयन् फल्ट प्रष्टै देखिन्छन्, त्यसतर्फ तत्काल सुधारको जरुरत छ। विदेशीले नेपाली काउन्टरपार्टलाई कन्सलट्यान्ट जिम्मेवारी दिएर स्मेक अस्ट्रेलियातिरै बसेर आफ्नो दायित्वबाट पन्छिन कहाँ मिल्छ र!

र, तेस्रो पक्ष भनेको कन्ट्रयाक्टर हो। विराटनगरमा यतिखेर चाइनाको कुनै कम्पनी र नेपालको सर्वश्रेष्ठ भनिने कालिका कन्स्ट्रक्सनले यो परियोजनाको काम ज्वाइन्टभेन्चरमा अगाडि बढाएका छन्। कालिकाले विराटनगरमा सानासाना ठेकेदारलाई जोसँग सस्तो जनशक्ति छ उसलाई पेटीकन्ट्रयाक्टमा काम वितरण गर्छ, गरिरहेको छ। यस्ता साना ठेकेदारहरूसँग सस्तो जनशक्ति भए पनि निर्माण सामग्रीको अभावमा कैयौँ दिन खनिएका खाल्डाहरू विगतमा भरिएनन्। यसैकारण नागरिकले सास्ती पाए। विराटनगरमा तोडफोड गरी बनाउने भनिएको चौँडा सडकमा अहिलेदेखि पसलहरू धमाधम खुल्दैछन्। मोटरसाइकल वर्कसप र ठेलागाडी व्यापार सुरु भएको छ। अब पेटीमा नागरिकले कसरी हिँड्ने? अब प्रश्न छ, विदेशीको संलग्नता विकासको प्रत्येक तहमा किन छ नेपालमा? पैसा दिनेदेखि निर्माण कार्य सम्पन्न गर्ने तहसम्म पनि के विदेशी विज्ञ र तिनको कम्पनीको पुछन्डी झुन्ड्याउन आवश्यक छ ? छ भने तिनको उपस्थिति कहाँ र के प्रयोजनका लागि छ नेपालको विकास मोडलमा? छैन भने विकासको नाममा ऋणसहयोग भनी आएको पैसा कमिसनको रूपमा खान छुट किन तिनलाई दिने?

यहाँ अधिकांश नेपाली मध्यमवर्गको अज्ञानता पनि उल्लेख गर्नुपर्ने छ, जसलाई आफूले तिरेको करबाट नै आफ्नो विकास हुँदैछ भन्ने सामान्य ज्ञानसमेत छैन। मलाई एकजना मध्यमवर्गीय मित्रले विदेशीले सहयोग गरी बनाइरहेको विराटनगरको विकासमा हामीले किन टाउको दुखाउनु? हाम्रो केही गएको छैन भने। मैले तिमी चढ्ने यो मोटरसाइकल कतिमा किन्यौँ भनी सोधेँ। उसले दुईलाख भन्यो। मैले जोगबनीमा एकलाख पर्छ तिमीले एकलाख सरकारलाई राजस्व तिरेका छौ भनेँ। नागरिकले दिने राजस्वबाट सरकारकले एडीबीलाई प्रत्येक वर्ष ऋण तिर्छ, यो काममा खटिएका कर्मचारी तिनै तिम्रो–मेरो करबाट तलब खान्छन् भनी सम्झाएँ। बढो विचित्र छ नेपालको विकास मोडलको रूप, जसले कर तिरेर विकासमा सहयोग पुर्याेइरहेको छ उसैलाई पानी खान, सास फेर्न अनि घरबाट बाहिर निस्कन सास्ती हुने यो कस्तो विकास मोडल हो? यसतर्फ परियोजना डिजाइन गर्ने र निश्चितरूपमा केही सोच्ने र मापदण्ड बनाउन जरुरी छ। आखिर नगरबासीको स्वास्थ्यमा सरकारी निकाय कसरी उदासिन हुनसक्छ होला र?

विराटनगरको विकास गर्न भनी झण्डै ३ वर्षअगाडि नै एसियाली विकास बैंकसँग २ अर्ब ३९ करोडको अनुबन्ध भयो। यही परियोजनाअन्तर्गत गैरसरकारी संस्थामार्फत् विराटनगरका विपन्न परिवारलाई सेवा दिने भनी झण्डै ४० करोड विनियोजित रकम पनि छ, जुन धेरै कमको चासोको विषय भयो। तर, विराटनगरबासीले निश्चितरूपमा यत्रो रकम कहाँ–कसरी, के काममा खर्च भैरहेको छ भनी जान्नुपर्छ। त्यसको प्रतिफलबारे छलफल हुनुपर्छ। यो काम भने पटक्कै हुन सकेको देखिँदैन। देशको राजनीतिक परिस्थिति प्रतिकूल भएका कारण अबको २ महिनामा सकिनुपर्ने यो परियोजना अझै ३ वर्ष लम्बिने सम्भावना छ। अर्थात् ६ महिनाको भारतीय नाकाबन्दीले विकास निर्माणको कामलाई ३ वर्ष पछाडि धकेलेको निष्कर्ष निस्कन्छ। त्यस्तो होइन भने यो परियोजनाको डिजाइन गर्दा नै समयतालिका मिलाउन नसकेको भनी स्वीकार्नुपर्नेछ। अब नेपालमा विदेशी सहयोग र ऋणबाट विकास कस्तो भैरहेको छ? समयमा किन हुन सकिरहेको छैन भनी स्नातकोत्तरका विद्यार्थीलाई एउटा केसस्टडी गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने देखियो। यस्तो अध्ययन नेपाली भाषामा गरिने अनिवार्य व्यवस्था होस्।

विराटनगरको विकासमा मझौला सहरको वातावरणीय सुधारबाट धेरै अपेक्षा छ र भैरहेको काम प्रशंसित पनि छ। तर, यसको केसस्टडी गरेर विराटनगरबासीलाई यो परियोजनाको समग्र पक्षबारे सूचित गर्ने अवसर युवाको काँधमा छ। वास्तवमा विराटनगरको यो परियोजनालाई यहाँ दृष्टान्तको रूपमा मात्र अगाडि सारिएको हो। देशमा भैरहेका अनेक राष्ट्रिय गौरव र प्राथमिकतामा परेका यस्ता परियोजनाको प्रगति उत्साहजनक छैन। त्यसको पछाडिका कारण, परिणाम र भविष्यमा गर्न सकिने सुधार अब विदेशीले र कर्मचारीले होइन, नेपाली युवाले बुझ्न जरुरी छ। योे अवसर हुनसक्छ राष्ट्रिय निर्माणमा युवा सहभागिताको।

अन्त्यमा, राजनीति सबै कुरासँग जोडिन आउँछ। विराटनगरबाट जनताका तीनैजना प्रतिनिधि नेपाली कांग्रेसका छन्। यी सक्षम र योग्य पनि छन्। तिनले पनि समग्र विराटनगरको विकासबारे केही बोल्छन कि? अब त विराटनगर प्रदेश नम्बर एकको राजधानी पनि त होला!
अर्को समाचार
जब आइफोनको पहिलो मोडल हरायो...
२६ पौष २०७३
•
२ मिनेट पाठ
जब आइफोनको पहिलो मोडल हरायो...
स्टिव जब्सले भनेका थिए, 'यो कुरा एकदम गोप्य हुनु पर्छ र जसले बाहिर लैजान्छ उसले जागिरबाट हात धुनु पर्ने छ।' यो आइफोनको मोडल विकास गर्ने दिन ताकाको कुरा थियो। तर टोनी फेडेलका साथबाट आइफोनको प्रोटोटाइप हराएको थियो। यो दश बर्ष अघिको घटना हो। र यो आइफोनको पहिलो मोडल लन्च गर्ने समयको घटना थियो।

टोनी फेडेल हवाइ यात्रमा रहेका बेला आइफोनको पहिलो मोडल हराएको थियो। जब उनी विमानबाट ओर्लीएर पकेटमा हात हाले उनको होस गुम्यो, बीबीसीमा भनिएको छ, ' टोनी फेडेलको पकेटमा फोनको प्रोटोटाइप थिएन।'

उनले सोचिरहेका थिए अब स्टिवलाई के जवाफ दिने?

टोनी फेडेललाई आइप्याडको गडफादर मान्ने गरिन्छ। उनले नै यसलाई विशिष्टकृत गरेका थिए। टोनीको पकेटबाट फोनको पहिलो मोडल जहाजमानै खसेको थियो। पछि त्यो जहाजका दुई सिटकोबीचमा भेटियो जहाँ उनी बसेका थिए।

आइफोन बनाउने समयमा फोनमा किबोर्ड राख्ने कि नराख्ने भन्नेबारेमा समेत विवाद भएको टोनी फेडेलले बताएका छन्। स्टिवले आइफोन टचस्क्रीन बनाउन चाहन्थे तर बाँकी टिम यसको विरुद्धमा थियो। तर एक दिन स्टिवले भने, 'जो टचस्क्रिनसँग सहमत छैन उनीहरुले जागिर छोड।' आइफोनको मोडल कस्तो बनाउने भन्नेबारे पनि सुरुमा विवाद भएको टोनी फेडेलले बताएका छन्।

अब स्टिवले ९ जनवरी २००७ मा आइफोन सार्वजनिक गरे त्यो बेला उनलाई मानिसहरुले हाँसोमा उडाएका थिए। त्यो बेला केही मानिसले यसलाई 'एसुको फोन' सम्म भने। त्यो दिन देखि जनवरी २०१७ सम्म एक अरब आइफोनको बिक्री भैसकेको छ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस