राष्ट्रिय कार्यभार
०६ चैत्र २०७२
•
१४ मिनेट पाठ
राष्ट्रिय कार्यभार
नेपाली कांग्रेसको महाधिवेशनमार्फत् नवनिर्वाचित सभापतिले आफ्नो अधिकार प्रयोग गर्दै ७ जनालाई मनोनित गरेका छन्। यो महाधिवेशन ऐतिहासिक बन्न पुगेको छ। विद्यार्थी संगठन नेविसंघको नेतृत्वबाट आएका नेताले पार्टीको जिम्मेवारी पाएका छन्।०१७ सालपछिको राजनीतिमा संलग्न हुँदै आफ्नो राजनीतिक पहिचान बनाएको पुस्ताको हातमा पार्टी नेतृत्व पुगेको छ। पुस्ता हस्तान्तरणको क्रमको सुरुवातका रूपमा पनि यो महाधिवेशलाई लिन सकिन्छ। यो क्रमले आउँदा महाधिवेशनमा निरन्तरता पाउने र पछिल्लो पुस्ता क्रमशः पार्टीको नेतृत्वमा जाने सम्भावना बलियो बनेको छ। १३औँ महाधिवेशनको महत्वपूर्ण सन्देश भनेको यही पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको देखिनु नै हो।

शेरबहादुर देउवा पुस्ता हस्तान्तरणको संक्रमणकालमा आफूलाई सभापतिको रूपमा उभ्याउन सफल भएका छन्। अब उनको पुस्ताभन्दा पुरानो पुस्ता पार्टीको मुख्य नेतृत्वमा आउने सम्भावना छैन। उनीसँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी महाधिवेशनबाट पार्टीको मुख्य नेतृत्व लिन सकेका खण्डमा पनि नयाँ पुस्ताका लागि केन्द्रीय समितिलाई सहज एवं आकर्षक बनाउने काम गर्ने दायित्व वर्तमान सभापतिकै हुन्छ। यसअर्थमा उनको कार्यकाल पुस्ता हस्तान्तरणका दृष्टिले संक्रमणकालीन हो भन्न सकिन्छ।

त्यसो त पुस्ता हस्तान्तरणमात्र पार्टी पद्धतिका लागि ठूलो कुरा होइन। पार्टीको परम्परा, गौरवशाली इतिहास र पार्टीलाई समयानुकूल हिसाबले हाँक्न सक्ने सामर्थ्य सबैभन्दा ठूलो कुरा हो। नयाँ पुस्ताको उपस्थितिले मात्र हौसिनुको अर्थ रहन्न, नयाँ पुस्ताका क्षमतवान्हरू नेतृत्वमा आउन सके कि सकेनन् भन्ने कुरा प्रमुख हो। कांग्रेसका तत्कालीन प्राथमिकताहरू निर्धारण गरेर अगाडि बढ्ने क्षमता देखाउन सक्छन् कि सक्दैनन् भन्ने कुराको छिनोफानोले मात्र नेतृत्व कस्तो रह्यो भन्ने कुराको मूल्यांकन हुने हो। कुन उमेरका कति जना छन् भन्ने सन्दर्भले एउटा सकारात्मक सन्देश त देला, तर त्यही नै सम्पूर्ण सुन्दरताको आधार हुन सक्दैन। अहिलेको सन्दर्भमा नेपाली कांग्रेसले नै नेतृत्व गरेर प्राप्त भएका उपलब्धिको रक्षा गर्नका लागि बनेको संविधानको लाभ जनताले महसुस गर्ने बनाउनु हो। नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रका माध्यमले समृद्ध मुलुक बनाउने विषयलाई कसरी कार्यान्वयनमा लैजान्छन् भन्ने आधारमा वर्तमान नेतृत्व (शेरबहादुर¬)को सफलताको मापन हुनेछ। विभिन्न विचारका थुप्रै पार्टीको प्रभुत्व रहेको हाम्रोजस्तो सानो मुलुकमा सबै पार्टीसँग सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध कायम गर्दै सबै राजनीतिक दललाई व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठ्न अभिप्रेरित गर्दै नेतृत्वदायी भूमिका खेल्ने कामलाई देउवाले कसरी अगाडि बढाउँछन् भन्ने कुराले उनको सफलताको मापन हुनेछ।

संघीयताको नवीन अभ्यासको थालनी गर्दैगर्दा त्यसका नकारात्मक प्रभाव आउन नदिन नेतृत्व कत्तिको जिम्मेवार र गम्भीर बन्न सक्छ भन्ने पनि मूल्यांकनको आधार हुनेछ। शदियौँदेखि भाइचाराको सम्बन्ध राखेर हुर्किएका विभिन्न जातजाति, धर्म, सम्प्रदाय, संस्कृतिका जनतालाई नेपाल र नेपालीको समृद्धिमा एकजुट गराइ कतै कुनै कोणबाट पनि विभक्त हुन नदिइ हिमाल, पहाड र तराईबीच सुमधुर सम्बन्ध कायम हुने वातावरणको सृजना गर्ने काम सबैभन्दा महत्वपूर्ण हो। यी कुराले नै नेतृत्व हस्तान्तरणसँगै पार्टीको गौरवशाली भूमिकाको निरन्तरताको महसुस गर्न सकिनेछ। नेपाली कांग्रेसको इतिहास हेर्दा देखिन्छ, यो पार्टीको नेतृत्वमा पुगेकाहरूले देशलाई चमत्कारिक नेतृत्व दिएर पार्टीको छविलाई हिमालयको उचाईभन्दा माथि पुर्याछइदिएका छन्। यो परम्पराको निरन्तरता अहिलेको आवश्यकता हो। कांग्रेसका पूर्व सभापति बीपी कोइरालादेखि सुशीलसम्मले आफूलाई कांग्रेसको नेतामात्र हैन, राष्ट्रिकै नेताका रूपमा योगदान दिए। कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत पनि देशका स्मरणीय नेता बन्न सके। बीपी, सुवर्ण, गणेशमान सिंहको नामबिना नेपालको आधुनिक इतिहास नै पूर्ण हुन सक्दैन। कृष्णप्रसाद, गिरिजाप्रसाद, सुशीलले समयमै निर्वाचन गराएर अथवा शान्तिप्रक्रियाको प्रारम्भ गरेर होस् वा संविधान सभाबाट संविधान बनाउने ऐतिहासिक कार्यभार पूरा गरेर होस् हामी सबैले महसुस गर्ने गरी देशलाई अतुलनीय गुन लगाएका छन्। नेपाली इतिहासमा कांग्रेसका सभापतिहरूको नाम लिपिबद्ध हुँदै आएको छ। यो क्रमलाई निरन्तरता दिनु नै शेरबहादुरका सामु उपस्थित सबैभन्दा ठूलो चुनौती हो। तर, यो चुनौतीको सामना गर्नका लागि उनीसँग अवसर पनि प्रशस्त छन्। त्यो अवसरको सदुपयोग गर्दै पार्टी र आफ्नो छवि अझ उजिल्याउन उनको स्वभावमा केही परिवर्तन हुनु जरुरी छ। कुनैबेला कम्युनिस्टप्रति अनुदार मानिने गिरिजाप्रसादले पछि तिनैसँग सहकार्य गरेरै मुलुकलाई ठूलै गुन लगाएका थिए। त्यस्तै सन्दर्भ अहिले देखापरेको छ।

अहिले कांग्रेसका लागि दुईवटा बाटा छन्। एउटा, सत्तामा जाने। अर्को, संविधान कार्यान्वयनका लागि नेतृत्व गर्ने। सत्तामा गएर पनि संविधान कार्यान्वयनमा भूमिका खेल्न त सकिएला, तर त्यसरी भूमिका खेल्दा जसभन्दा अपसज बढी आउने खतरा रहन्छ। संविधान निर्माणको नेतृत्व गरेको पार्टीले त्यसको सहज कार्यान्वयनका लागि पनि नेतृत्वदायी भूमिका खेल्न आवश्यक छ। के हो त संविधानको कार्यान्वयन भन्ने सवाल पनि उठ्न सक्छ। त्यसका लागि बुँदागत छलफल गर्दा सहज होला।

१) असन्तुष्ट समुदायको सम्बोधनः संविधान निर्माणसँगै मधेसमा देखिएको असन्तुष्टि, आदिवासी, जनजाति, थारुहरूको चित्तदुखाइलगायतलाई सम्बोधन गर्नु संविधान कार्यान्वयनका सन्दर्भको सबैभन्दा पहिलो कदम हुनेछ। कांग्रेसको वर्तमान नेतृत्वले यो विषयलाई बुझ्न सक्नुपर्छ।

२) सीमांकन : संविधान कार्यान्वयनको सबैभन्दा जटिल पक्ष भनेको सीमांकनलाई टुंगो लगाएर संघीयतको कार्यान्वयन गर्नु हो। सीमांकनका वैज्ञानिक आधारहरू पहिल्याउँदै देश व्यावहारिकरूपमा संघीयतामा प्रवेश गरेको सन्देश दिँदै संघीय संरचनाहरूको निर्माणका लागि पनि कांग्रेस नेतृत्वले नेतृत्वदायी भूमिका खेल्न सक्छ। यो पनि उसका लागि उपस्थित एउटा अवसर हो।

३) स्थानीय निर्वाचन : यो काम पनि संविधानसँग जोडिएको महरूवपूर्ण पक्ष हो। लोकतान्त्रिकीकरणको अभियानलाई निरन्तरता दिनु र लोकतन्त्रको अनुभूति तल्लो तहका नागरिकसमेतलाई गराउनु जरुरी छ। त्यसका लागि स्थानीय निकाय अनिवार्य हुन्छ। कांग्रेसले अगुवाई गर्दै स्थानीय निकायको निर्वाचनको वातावरण बनायो भने त्यो अर्को ठूलो उपलब्धि हुनेछ र संविधान क्रमशः आफै क्रियाशील हुँदै जानेछ। स्थानीय निर्वाचन नहुँदा विपद्का बखत काम गर्न अप्ठ्यारो परेको सबैले महसुस गरिरहेका छन्। तसर्थ स्थानीय चुनाव जनताको चाहना पनि हो र लोकतान्त्रिकीकरणको एउटा महायात्रा पनि हो। यो सवाल पनि कांग्रेस नेतृत्वसामु अवसरका रूपमा स्थापित छ।

४) संघीयताको अम्यासको थालनी : संघीयतामा मुलुक प्रवेश गरे तापनि संघीयताको मानसिकता अझै विकास हुन सकेको छैन। संघीय संरचनाबाट राज्य प्रदत्त सेवा–सुविधा नलिँदासम्म र प्रान्तीय नेतृत्वका लागि मतदान नगरेसम्म संघीय मानसिकताको विकास हुन सक्दैन। यो मानसिकता नबन्दासम्म संघीय अभ्यासको थालनी भएको मान्न सकिँदैन। तसर्थ संघीय अभ्यासलाई अगाडि बढाउनका लागि संघीय संरचनाको निर्माण र प्रान्तीय निर्वाचन अनिवार्य छ। यो कुराको अगुवाई गर्ने अवसर पनि कांग्रेस नेतृत्वसामु छ।

यी सवाललाई कार्यान्वयन गर्नका लागि बृहद् राष्ट्रिय सहमति अनिवार्य हुन जान्छ। त्यो राष्ट्रिय सहमतिको नेतृत्व चारित्रिक दृष्टिबाट पनि नेपाली कांग्रेसले मात्रै गर्न सक्छ। तर, यसका लागि नेतृत्व उदार भएर प्रस्तुत हुन सक्नुपर्छ। सत्तालाई प्राथमिकता दिने मानसिकतामा परिवर्तन ल्याउँदै नेतृत्व राष्ट्रिय जिम्मेवारी बहन गर्न उत्प्रेरित हुन सक्नुपर्छ। चुनौती र अवसरहरूको पहिचान गर्दै त्यसबाट उत्प्रेरित हुने नेतृत्वमात्र आफ्नो लक्ष्यमा सफल हुन सक्छ। शेरबहादुरको सफलता किन पनि अनिवार्य छ भने, उनको सफलताले कांग्रेसका सभापतिहरूको राष्ट्रिय व्यक्तित्व निर्माण हुने शृंखलाले निरन्तरता पाउनेछ। यो सबै कांग्रेसजनका लागि सुखद अवस्था हुनेछ। उल्लिखित चारवटा कुरा सम्पादन हुन सके भने संघीय नेपालको वास्तविक अनुभूति पनि सिंगो देशलाई हुनेछ। राष्ट्रलाई नयाँ अनुभूति दिलाउँदै राजनीतिका प्राविधिक तगाराहरूबाट पार लगाइ समृद्धिको मार्गमा हिँडाउनु चानचुने कुरा होइन। यो असामान्य कुरालाई फत्ते गर्न सक्यो भने नवनिर्वाचित नेतृत्वले सफलता चुमेको मानिनेछ भने पुस्ता हस्तान्तरणको संक्रमणमा पनि सफलताका साथ पार्टीका स्थापित परम्परा र गौरवशाली इतिहासलाई निरन्तरता दिइ संक्रमणकालको सहज अवतरण गरेको मानिनेछ।
अर्को समाचार
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री दाहाल
११ असोज २०८०
•
२ मिनेट पाठ
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री दाहाल
फाइल तस्बिर
प्रधानमन्त्री पुष्पकमल दाहालले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन्।

इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको बताए।

‘देशको यही विविधतालाई आत्मसात् गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात् गरेको छ। यो हामी सबैका लागि गौरवको कुरा हो’, उनले शुभकामनामा भनेका छन्।

नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये इन्द्रजात्रा सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ। मुख्यतः काठमाडौँ उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक सांस्कृतिक पर्व हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारले समुदायले यसजात्रा लिङ्गो ९ध्वजा० स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्मसहित धुमधामपूर्वक मनाउने गरेका छन्  

प्रधानमन्त्री दाहालले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेवार समुदायलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको कामना गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस