काठमाडौँ, फागुन १३- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले संविधान बन्दैन कि भनेर कल्पनासमेत गर्न नहुने बताएका छन्। उनले उच्चस्तरीय संयन्त्रले पाएको कार्यभार पूरा नगरे उसलाई जनताले नछाड्ने चेतावनी पनि दिए।
अन्तरङ साप्ताहिकको यहाँ लोकार्पण गर्दै उनले राजनीतिक दलहरु इमानदार भएर लागेमा तीन महिनाभित्र संविधान बन्ने बताए।
अध्यक्ष जबराले उच्चस्तरीय राजनीतिक संयन्त्र समावेशी हुन नसकेकोमा आलोचना गरे र भने- संयन्त्रले नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने एकलौटी जिम्मा लिएको छ, त्यो कार्यभार पूरा नगरेमा तीन दललाई जनताले छाड्ने छैनन्।
उनले माओवादीलाई इङि्गत गर्दै भने- शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन लागिपरेका छौं भन्ने पार्टीहरु हतियारसहित लडाकु साथमा लिएर बसेका छन्, त्यसकारण अझै पनि हत्या, हिंसा र त्रासको वातावरण नेपाली जनताले भोग्न बाध्य छन्।
- रासस