सिन्डिकेट कि दल?
२४ माघ २०७२
•
१६ मिनेट पाठ
सिन्डिकेट कि दल?
आज नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनका क्रममा देशभर जिल्ला अधिवेशन भइरहेका छन्। बितेको साता नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनहरू भए। यी भेलालाई अधिवेशनको नाम दिइए पनि यथार्थमा सम्बन्धित तहको निर्वाचनबाहेक अरू केही भएन। र निर्वाचन पनि नितान्त व्यक्तिको अनुहारका आधारमा भयो। तनहुँको संसदीय निर्वाचन क्षेत्र १ को क्षेत्रीय अधिवेशन पनि फरक थिएन। निर्वाचन परिणाम पनि देशभरकै जस्तो भयो। अपेक्षित तर अव्याख्येय!




प्रतिनिधिहरूको उत्साह भने लोभलाग्दै थियो। राजनीतिमा संलग्न रहँदाका पुराना साथी पनि भेटिने लोभले केही घन्टा अधिवेशन स्थलमा पुगेको थिएँ। धेरै साथी भेटिए पनि। कतिलाई मैले चिनेर बोलाएँ। कतिले मलाई चिनेर बोलाए। केहीले फर्कीफर्की हेरेर राम्रैसँग खुट्याएपछि बोलाए। जनमत संग्रहताका २०३६ सालमा बहुदलका पक्षमा संगठन गर्दा मुस्किलले समिति बनाएका गाउँमा समेत अहिले चिनेका प्रतिनिधि एकाध जनामात्र बाँकी रहेछन्। अहिले आएका कतिपय प्रतिनिधि पुराना साथीकै छोराछोरी रहेछन्। छिम्केश्वरी गाउँ विकास समितिमा त बाबुछोरा दुवै जना प्रतिनिधि भएर आएका रहेछन्।

कांग्रेसमा केही त आकर्षण छ। नत्र यसरी एउटै परिवारका दोस्रो तेस्रो पुस्ताका सदस्यहरू पार्टीमा सक्रिय भइरहने थिएनन्। नेपाली कांग्रेसका नेताहरूले यस अवसरलाई व्यक्तिगत लाभहानि र चालबाजीभन्दा माथि उठेर पार्टीको संगठन विस्तारमा प्रयोग गरेको भए संख्यासँगै गुणस्तर पनि बढ्ने थियो। प्रतिनिधि चुनिएका एक जना साथीले भने पनि— कांग्रेसको संगठन विस्तारको ठूलो मौका हुन्थ्यो यो महाधिवेशन तयारी। पार्टीमा ३ दशकभन्दा बढी संलग्न भइसकेका यी मित्रलाई अझै भ्रम छ उनको पार्टीका नेता सिद्धान्तप्रति निष्ठावान् छन् भन्ने। भुइँचालो र नाकाबन्दीले जीवन त यिनको पनि कष्टकर भएकै होला तर अचम्मको उत्साह देखिन्थ्यो उनीहरूमा। लोकतन्त्रका नाममा समर्पित यस्ता कार्यकर्ताको पाप त लाग्छ कांग्रेसका अहिलेका नेतालाई!

नीतिविहीन नेतृत्व चयन
कांग्रेस महाधिवेशनपछि राष्ट्रिय राजनीतिले कोल्टो फेर्ने लगभग निश्चित छ। कांग्रेसको नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि क्षेत्रीय अधिवेशनबाट चुनिएका छन्। यस अर्थमा गएको माघ २२, २०७२ ले नेपालको राजनीतिलाई निर्देश गरिसकेको छ। कांग्रेसका नेतृत्व चयन नीतिका आधारमा हुनेगर्दैन। व्यक्तिको छनोटमा सीमित हुँदै आएको महाधिवेशन यसपटक पनि फरक हुने लक्षण भने छैन। व्यक्ति चयनमा पनि उमेरअनुसारको रोलक्रम निर्धारण गरिएजस्तो लाग्ने नेतृत्व चयनमा खासै चमत्कार हुने लक्षण छैन। त्यसैले महाधिवेशनपछि हुने परिवर्तनले पनि देशलाई खासै गति र दिशा दिनसक्छ भनेर विश्वास गर्ने आधारचाहिँ देखिँदैन।

सजिला छैनन् मतदाता
निर्वाचनमा उमेदवारी समूहगत भए पनि मतदाताले विवेक प्रयोग गरेको देखियो। गाउँ अधिवेशनमा जति समूहगत मतदान सायद क्षेत्रीय अधिवेशनमा भएन। जिल्लामा अपेक्षाकृत समूहगत मतदान बढी हुनसक्छ। तर महाधिवेशन प्रतिनिधिहरू निर्वाचित हुँदाकै समूहमा रहिरहन्छन् भन्ने ठानेर अहिले यता र उताको भागबन्डा गर्नेहरू मतदानपछि जिल्लिने सम्भावना उत्तिकै बलियो छ। पार्टीसँग भविष्य गाँसिएका तरुणहरू पार्टीलाई सधैँ गुटको समूह बनाइराख्न प्रयोग हुन्छन् भन्ने ठान्नु मूर्खता हुन्छ। यसैले महाधिवेशन प्रतिनिधिलाई 'ह्याकुलाले मिच्ने काम' नगरे बेस!

चरित्रविपरीतको संरचना
नेपाली कांग्रेसको संरचना २००७—२०१७ को जति पनि पार्टीको चरित्र र प्रवृत्तिअनुरूपको छैन। कांग्रेस कार्यकर्तामा आधारित पार्टी हैन। लामो समय प्रतिबन्धित रहँदा र सशस्त्र विद्रोह गर्दा पार्टी कार्यकर्तामा आधारितजस्तो हुन पुगेको थियो। तर २०४६ पछि पनि पार्टीको संरचना र कार्यशैली उदार जनाधारित राजनीतिक दलको जस्तो बनाउन खोजिएन। बरु कम्युनिस्टहरूको सिको गर्न थाले कांग्रेसका प्रभावशाली भनिने नेताहरूले। त्यसको फल अहिले पार्टीले भोग्दैछ। पूर्णकालीन वा वृत्तिभोगी कार्यकर्ता पद्धतिले नेपाली कांग्रेसलाई 'सिन्डिकेट' बन्ने बाटामा डोर्या्एको छ। कार्यकर्ता पाल्न पैसा जुटाउनै पर्ने बाध्यता देखाएर नेताहरू भ्रष्टाचारको औचित्य सिद्ध गर्ने प्रयास गर्दैछन्।

चुनाव हारे पनि भाग खोज्ने प्रवृत्ति कांग्रेसको संगठनका लागि घातक रोग हुन पुगेको छ। एकल नेतृत्व भए पार्टीभित्र भागबन्डाको रोग त अन्त्य हुन्छ नै सभापतिले जिम्मेवारी पनि लिनुपर्छ। अझ संसदीय दलको नेता नै पार्टी सभापति हुने व्यवस्था भए जनताले दुत्कारेका व्यक्तिले दलको नेतृत्व गर्ने परम्परा पनि समाप्त हुनेछ।

उदार लोकतान्त्रिक दलमा जसरी नेतृत्व चयन गर्ने हो भने महाधिवेशन नेपाली कांग्रेसलाई नयाँ दिशा र गति दिने अवसर बन्नसक्थ्यो। विडम्बना, अहिलेसम्म त्यस्तो संकेत देखिएको छैन। बिपी, गणेशमान र महेन्द्रनारायणका छोराहरूले संयुक्तरूपमा आँट गरे भने अहिलेको रोलवाला शैली भत्काउन सक्छन्। दुर्भाग्य, पार्टीको आत्मा जोगाएरै युग सुहाउँदो बनाउन यिनीहरू मिलेर अगाडि सर्ने संकेत देखिएको छैन। केही दिन पहिले प्रकाशमान सिंह पनि सभापति पदमा निर्वाचन लड्न इच्छुक भएको समाचार सार्वजनिक भएको थियो। सिंह नेतृत्वका लागि अगाडि सरेका हुन् भने यो सकारात्मक पक्ष हो। उनी वा उनीजस्तै जनताबाट चुनिएका, कांग्रेसभित्र साख पनि भएका व्यक्तिले कांग्रेसलाई युगसापेक्ष बनाउन नेतृत्व गर्न सक्छन्।

जनाधारित संरचना
कांग्रेसको नेतृत्वमा मात्र हैन संगठनको संरचना र नीतिमा पनि जनाधारित उदार लोकतान्त्रिक दलअनुरूप हुने गरी परिवर्तन गर्नु आवश्यक छ। अहिले नेपाली कांग्रेस चरित्र र इतिहासका दृष्टिले उदार लोकतान्त्रिक दल, नीतिका आधारमा बजारमुखी पुँजीवादी, नेतृत्वका दृष्टिबाट अनुदार परम्परावादी र संगठनात्मक संरचनाका आधारबाट कम्युनिस्ट पार्टीजस्तो देखिन्छ। सिद्धान्त र संरचना नमिले कृत्रिम अंगले लामो समय काम नगरेजस्तै धेरै दिन चल्दैन। विधान संशोधनका क्रममा कांग्रेसजनले यसको हेक्का राख्नुपर्छ। नेपाली कांग्रेसले पार्टीको संरचना बनाउँदा २०१७ सालभन्दा पहिलेको विधान हेरेर परिमार्जन गरे पनि हुन्छ। जनाधारित र संसदीय पद्धति स्वीकार गर्ने पार्टीमा एकल नेतृत्व हुन्छ। नेतृत्वमा पुग्ने मौका क्षमताका आधारमा सबैले पाउँछन्। कम्युनिस्टहरूको सिको र संगत गर्न छाडेर दायाँबायाँमात्र हैन पछाडि पनि फर्केर हेर्दै अगाडि बढ्ने (सिंहावलोकन) कार्यशैली अपनाउने हो भने नेपाली कांग्रेसले पुनः मुलुकको नेतृत्व गर्नेछ। कम्युनिस्टहरूको संगतमा गर्नुपर्ने र गर्नै नहुने सबै काम त गिरिजाबाबुकै पालामा भइसकेको छ। बाँकी सुशील कोइरालाको नेतृत्वमा सम्पन्न भएको छ। इतिहासले मूल्यांकन गर्नेछ। अब कांग्रेसजनले आफ्नै इतिहास र यथार्थ सम्झे भने पार्टी र मुलुक दुवैको हित हुनेछ।

उदार लोकतान्त्रिक दल सुहाउँदो संरचना बनाउने हो भने त्यसमा देशको जनसांख्यिक संरचना प्रतिविम्बित हुनुपर्छ। उमेरअनुसार सबैभन्दा ठूलो समूहको सबैभन्दा धेरै प्रतिनिधित्व होस्। जनसंख्यामा १८ देखि ५५ वर्षको उमेर समूह ५० प्रतिशत जति छ। यस्तै ५१ प्रतिशत महिला छन्। सन् २०१४ मा सबैभन्दा ठूलो समूह १५—१९ र २०—२४ वर्षको थियो। आदर्श र उदार संरचना जातिमात्र हैन उमेर र लिंगमा पनि समानुपातिक हुन सक्नुपर्छ।

नीतिगत मार्गदर्शन
नीतिका लागि पनि कांग्रेसजनले धेरै दुःख गर्नुपर्दैन। विश्वेश्वरप्रसाद कोइरालाका पहिलेका विचार सारमा कालजयी छन्। तर, २०३३ पछिका विचारलाई सूत्र मानेर प्रयोग गर्ने हो भने अहिलेका लागि पनि उत्तिकै सान्दर्भिक र उपयोगी देखिन्छन्। यस लेखको विषय बिपीका पछिल्ला चरणका विचार र धारणाका समयमा विस्तारमा चर्चा गर्नु होइन। तर, उनका मानवतावादी उदार लोकतान्त्रिक विचार आज पनि उत्तिकै सान्दर्भिक छन्। व्यक्ति सबै विचार र नीतिको केन्द्रमा हुनुपर्छ र व्यक्ति 'असल बन्ने' वातावरण बन्नुपर्छ भन्ने नै त हो बीपीको पछिल्लो मान्यता। त्यसैका लागि आर्थिक सामाजिक न्याय र समानता आवश्यक हुने हो। बिपीका अनन्य सहयोद्धा गणेशमान सिंहले अहिलेको समानुपातिक र सामाजिक न्यायका पक्षमा गम्भीर धारणा सार्वजनिक गरेका थिए। प्रत्येक व्यक्तिलाई उत्तिकै सक्षम हुने वातावरण निर्माण गर्न आवश्यक सामाजिक न्याय कायम गर्न सिंहले २०४६ पछि अगाडि सारेका मान्यतालाई पनि कांगे्रसले मार्गदर्शक सिद्धान्त बनाउन सक्छ। बिपी र गणेशमानलाई तिनले भनेकै शब्दमा भन्दा पनि सजिलोसँग बुझ्न र बुझाउन सकिन्छ। तर कांग्रेसका नेताहरूले संस्थागतरूपमा यस्तो प्रयासै गरेनन्।

नेतृत्वका लागि तयारी
अहिलेको संविधान संयुक्त सरकार अनिवार्य हुनेगरी बनाइएको छ। यही संविधानअनुसार एकलौटी सरकार बनाउन सकिने सम्भावना अत्यन्त न्यून छ। उदार लोकतन्त्रको सेरोफेरोभित्र 'मध्य दक्षिण' वा 'मध्य वाम' पन्थी नीति र कार्यक्रमभन्दा कुनै दल पनि धेरै टाढा जानसक्ने अवस्था छैन। कांग्रेसलाई नेपाली जनताले चारपटक पहिलो र दुई पटक दोस्रो दल बनाएका छन्। कांग्रेस अहिलेसम्म तेस्रो दल हुनुपरेको छैन। यसैले आउने दिनहरूमा पनि नेपाली कांग्रेसले जनताको विश्वास पाउने र संयुक्त सरकारको नेतृत्व लिने सम्भावना अरू पार्टीको भन्दा धेरै छ भन्नु अन्यथा हुँदैन। त्यस अवस्थामा आफ्नो सिद्धान्त नछाडी विपरीत विचार हुनेसँग पनि सम्झौता र सहकार्य गर्नसक्ने क्षमता कांग्रेसमा विकास हुनुपर्छ। नैतिक र राजनीतिक कौशल यसका पहिला आधार हुन्। यसका लागि पार्टी र नेतृत्व दुवैको साख आवश्यक हुन्छ। इमानदार तर उदार छवि आवश्यक हुन्छ। नेतृत्व दोष लिन, कमजोरी स्वीकार्न गर्न तथा र जस बाँड्न तयार हुनुपर्छ। जनचाहना बुझ्न र त्यसलाई शासनको मन्त्र बनाउन तयार र सक्षम हुनुपर्छ।

र अन्त्यमा,
भन्न त, नेकपा (एमाले)ले पनि आफूलाई राजनीतिक दल नै भन्दै आएको छ। तर त्यसको संरचना र कार्यशैली हेर्दा राजनीतिक सिद्धान्तका आधारमा संगठित समूहभन्दा कारोबारका लागि एकत्रित 'सिन्डिकेट'जस्तो लाग्छ। सिद्धान्त, संरचना र कार्यशैलीमा पूरै परिवर्तन नगर्ने हो भने नेपाली कांग्रेस पनि अर्को 'सिन्डिकेट'मा परिणत हुने निश्चित् छ। त्यस अवस्थामा कांग्रेसमा क्रियाशील अहिलेका धेरैको उपादेयता समाप्त हुनसक्छ भने आकर्षणको कारण पनि बदलिनेछ।

निर्वाचनपछि भए पनि कांग्रेसका युवा प्रतिनिधिहरू देशप्रति गम्भीर हुने अपेक्षा राख्नु अर्घेल्याइँ त नहोला नि!
अर्को समाचार
‘सरकार! सिन्डिकेट खारेजीको महुसस भएन’
१८ जेष्ठ २०७५
•
१० मिनेट पाठ
‘सरकार! सिन्डिकेट खारेजीको महुसस भएन’
काठमाडौं – ‘यातायातमा सिन्डिकेट खारेज भयो’ माधव थापाले पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा धेरै समाचार पढे। समाचार पढेपछि थापालाई लागेको थियो, ‘सिन्डिकेट खारेज भएछ। अब उपत्यकामा आवतजावत गर्न सहज हुने भयो।’ भक्तपुरका थापा काठमाडौंमा एक बहुद्देश्यी सहकारीमा काम गर्थे। उनी दिनहुँँ सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतामा थिए। सिन्डिकेट अन्त्य भएको समाचार पढेपछि उनी खुसीले गद्गद् भए– सहज तथा सुलभ यात्रा गर्न पाइने भयो भनेर।




सिन्डिकेट अन्त्य भएको समाचार पढेको एक–दुई दिन हुँदै महिना दिन पुग्नै लाग्यो। तर, थापाको यात्रामा भने सिन्डिकेट तोडिएको समाचार पढ्नुअघिभन्दा कुनै भिन्नता आएको छैन। ‘हिजो जसरी कठिन यात्रा गर्दै आएको थिएँ आज पनि त्यसैगरी कार्यालय जानेआउने गर्दैछु,’ उनले भने, ‘सिन्डिकेट तोडियो भनेर मक्ख परियो, खोइ कहाँ तोडियो भेउ नै पाइएन।’

यात्रामा सहजता नआएपछि थापाले सिन्डिकेट अन्त्य घोषणालाई सरकार लोकप्रिय हुन कागजमा गरेको काममात्रै रहेछ भनेर बुझेका छन्। ‘सिन्डिकेट अन्त्य घोषणा त सरकारले लोकप्रिय हुन गरेको काममात्र रहेछ, बल्ल पो बुझियो,’ थापाले भने, ‘सार्वजनिक यातायातमा सास्ती उस्तै छ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैशाख २४ गते यातायातमा सिन्डिकेट अन्त्य भएको घोषणा गरेका थिए। मन्त्री महासेठले घोषणा गरेको २० दिन बितिसक्दा समेत जनताले सिन्डिकेट अन्त्य भएको महुसस गर्न पाएका छैनन्। मन्त्रालयले सार्वजनिक यातायात सुधार्न सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरे पनि हालसम्म त्यस्तो हुन सकेको छैन।

थापा मात्रै होइन सबैको गुनासो उस्तै छ। सिन्डिकेट तोडिएको महसस नभएको बताउँछन सबै सर्वसाधारण। काठमाडौं जोरपाटीका अशोक खड्का पनि दैनिक न्युरोड आवतजावत गर्छन्। उनले पनि सिन्डिकेट तोडिएको महसुस गरेका छैनन् । ‘सिन्डिकेट तोडियो भनेको सुनेको छु तर कहाँ तोडियो त्योचाहिँ थाहा छैन,’ उनले भने, ‘हामीले सहज यात्राको अनुभव गर्न पाएका छैनौं, यसलाई तोडिएको भनौं वा नतोडिएको त्यो सरकारले नै बुझोस्।’ जोरपाटी–सुन्धाराको दूरी आठ किलोमिटर मात्र हो। तर, कार्यालय समयमा यो दूरी पार गर्न सार्वजनिक सवारीलाई डेढदेखि दुई घन्टासम्म लाग्छ।

उपत्यकामा सुन्धारा, गोंगबु, जोरपाटी, कीर्तिपुर, भक्तपुर, पाटन, बूढानीलकण्ठ, टोखालगायत रुटमा धेरै जाम हुन्छ। यी रुटमा चल्ने अधिकांश सवारीसाधनले बिहान साढे आठदेखि साढे ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म लामो जाम सामना गर्नुपर्छ। कार्यालय समयमा सार्वजनिक यातायातमा यात्रु ठेलमठेल गर्दै यात्रा गर्न बाध्य छन्।

काठमाडौं अनामनगर बस्ने आयुष्मा शर्मा महाराजगन्जमा काम गर्छिन्। उनी दैनिक नेपाल यातायात चढेर महाराजगन्जसम्मको यात्रा गर्छिन्। ‘सरकारले सिन्डिकेट खारेज गरेको भनसँगै सहज यात्रा गर्न पाइएला भन्ने लागेको थियो तर केही सुधार भएको महसुस नै भएको छैन,’ उनले भनिन्, ‘पहिला पनि कोचिएर नै यात्रा गर्दै आएकी थिएँ। अहिले पनि कोचिएर नै यात्रा गरिरहेकी छुँ। सिटमा बसेर न पहिला अफिस जान पाइयो न त अहिले जान पाइएको छ। त्यसैले सिन्डिकेट खारेजी त केवल हल्लामात्रै रहेछ।’

वातावरणविद् तथा यातायात अभियन्ता भूषण तुलाधार सरकारले सिन्डिकेट अन्त्य भएको घोषणा गरेरमात्रै सार्वजनिक यातायातमा सुधार नआउने बताउँछन्। ‘सरकारले सिन्डिकेट अन्त्य घोषणा मात्रै ग-यो। सिन्डिकेट अन्त्य घोषणासँगै व्यवस्थापनमा ध्यानै दिएन्। जसका कारणले जनताले सिन्डिकेट अन्त्य भएको महसुुस गर्नै पाएका छैनन्,’ उनले भने, ‘सरकारले सिन्डिकेन्ट अन्त्य भएको घोषणा गरेरमात्रै पुग्दैन। त्यसका लागि आवश्यक पर्ने व्यवस्थापकीय जिम्मेवारी बहन गर्नुपथ्र्याे। सरकार उल्टै कर्मचारी हेरफेरमा मात्रै केन्द्रित भयो। जसका कारण सकारात्मक परिणाम आउन सकेन।’ उनका अनुसार सरकार सिन्डिकेट अन्त्य घोषणा गरेसँगै सवारी रुट व्यवस्थापन र सार्वजनिक यातायात सुधार्नेतर्फ लाग्नुपथ्र्याे। ‘सरकार सार्वजनिक यातायात रुट व्यवस्था र कस्ता सवारी गुडाउने निर्णय गरेर सुधार्ने प्रयत्न गर्नुपर्ने बेलामा कर्मचारी सरुवामा केन्द्रित भयो,’ उनले भने, ‘सार्वजनिक सवारीसाधनको मापदण्ड, बसको सीट क्षमता, बसस्टतलगायत मापदण्ड तोेकेर तत्कालै सुधार्नुपथ्र्याे,’ उनले भने, ‘सार्वजनिक यातायात नसुधारेसम्म जनताले परिवर्तनको महसुस गर्न सक्ने छैनन्।’

रत्नपार्क–ठिमी रुटका माइक्रोबस चालक संगम प्रधानले सरकारले सिन्डिकेट अन्त्य गरेको घोषणा गरे पनि रुट व्यवस्थापन गर्न नसकेको बताए। ‘यसअघि समितिले व्यवस्थित ढंगले क्युसिस्टम लागू गरेका हुन्थे,’ उनले भने, ‘अहिले त जतिबेला मन लाग्यो। त्यतिबेला सवारीसाधन चलाउँदै आएका छौं। जसले भद्रगोल र अस्तव्यस्त भएको छ।’

उपत्यकामा साना सवारीसाधन हटाएर ठूला बस चलाउनुपर्ने यातायात क्षेत्रका विज्ञले सुझाव दिँदै आएका छन्। ‘साना सवारीसाधन कम गर्दै ठूला सवारी चलाउन सके जाम कम हुने र सार्वजनिक यात्रा सहज हुन्थ्यो,’ ट्राफिक इन्जिनियर आशिष गजुरेलले भने, ‘जबसम्म सार्वजनिक यातायातको अस्तव्यस्त र भद्रगोल शैली फेरिँदैन तबसम्म यात्रुले सहज रुपमा यात्रा गर्न पाउँदैनन्।’ उनका अनुसार सरकारले सार्वजनिक यातायातलाई सुधारेर निजी सवारी आयातमा निरुत्साहित गर्ने नीति लिनुपर्ने देखिन्छ। ठूलाठूला बस चलाउनुपर्छ। साझा यातायातसहित केही निजी कम्पनीले हाल यस्ता सवारीसाधन चलाउन सुरु गरे पनि ती पर्याप्त छैनन्।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले वर्षाैदेखि कायम सिन्डिकेट अन्त्यको महसुस गर्न अझै केही समय लाग्ने बताए।

‘पहिला सिन्डिकेटधारी यातायात व्यवसायीले नयाँँ व्यवसायीलाई आउनै रोक्थे। अहिले त्यस्तो वातावरण छैन। कम्पनीमार्फत नयाँ व्यवसायी आउने बाटो खुलेको छ,’ उनले भने, ‘जनताले सोचेअनुसार सार्वजनिक यातायात अझै पनि सुलभ र सुरक्षित हुन नसकेको सत्य हो। त्यसैले विभागले सार्वजनिक यातायातलाई सुधार्न विभिन्न योजना बनाइरहेको छ।’ विभागका अनुसार नागढुंगा–चक्रपथ– बनेपा रुटमा सार्वजनिक यातायातमा केही सुधार आएको छ। ‘महानिर्देशक सरुवा कारणले पनि केही काम हुन सकिरहेको छैन’, उनले भने, ‘अब छिट्टै जनताले सार्वजनिक यातायात फेरिएको महसुस गर्नेछन्।’ विभागका अनुसार अहिले पञ्जीकरण हुने यातायात कम्पनीको संख्या १ सय ७० पुगेको छ। ‘उपत्यकामा मास ट्रान्सपोर्टको व्यवस्था नगरेसम्म सुधार हुने देखिन्न,’ उनले भने, ‘त्यसैले मास ट्रान्सपोर्टको नीतिमा जाने तयारी छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस