‘सिन्डिकेट अन्त्यपछिको व्यवस्थापन अपेक्षाबमोजिम गर्न सकिएन’
१६ पौष २०७५
•
८ मिनेट पाठ
‘सिन्डिकेट अन्त्यपछिको व्यवस्थापन अपेक्षाबमोजिम गर्न सकिएन’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको सिन्डिकेट अन्त्यपछि अपेक्षाअनुसार  व्यवस्थापन गर्न नसकिएको स्विकारेका छन्। मन्त्रालयको प्रथम चौमासिकको प्रतिवेदन सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सिन्डिकेट अन्त्यपछि यसको व्यवस्थापन अपेक्षाअनुसार नभएको स्वीकारे।

‘हामीले  सिन्डिकेट अन्त्यको घोषणा जसरी सोचेका थियौ। त्यसरी व्यवस्थापन गर्न सकेनौं,’ उनले भने, ‘२५ वर्षदेखि चल्दै आएको सिस्टमलाई केही महिनामा नै परिवर्तन गर्न नसकिने रहेछ।’ मन्त्री महासेठले संघ÷समिति मातहत रहेका यातायात व्यवसायीले सडक नै कब्जा गर्ने परिपाटीको अन्त्य भएको बताए। ‘पुराना यातायात व्यवसायीले राजमार्ग नै कब्जा गर्दै आइरहेका थिए। तर, हामीले सिन्डिकेट अन्त्य गरेसँगै  सडक कब्जा गर्ने प्रवृत्ति हट्यो।’ 

मन्त्री महासेठले संघ÷समिति मातहत रहेका यातायात व्यवसायी कम्पनी ऐनको प्रावधानकै कारणले कम्पनीमा दर्ता हुन नसकेको दाबी गरे। ‘कम्पनी ऐन अनुसार एक सय एक भन्दा धेरै सेयरहोल्डर हुन नपाउने प्रावधानले पुराना यातायात व्यवसायी कम्पनी ऐनमा दर्ता हुन नआएका हुन्,’ मन्त्री महासेठले भने, ‘उद्योग मन्त्रालयसँग समन्वय गरेर कम्पनी ऐनको प्रावधान संशोधन गर्ने तयारीमा जुटेका छौं।’ संघ÷समिति मातहत रहेका यातायात व्यवसायीहरूले लिखितरूपमा तीन महिनाको अवधि माग गरेकाले समय थप गरिएको मन्त्री महासेठले जिकिर गरे।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि ल्याएको ९ महिना बित्दा समेत पुराना संघ÷संस्थामार्फत् सञ्चालन हुँदै आएका यातायात व्यवसायी कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन आएका छैनन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मातहत देशभर दुई सय ९७ भन्दा धेरै यातायात संघ÷समिति छन्। तीमध्ये सीमित यातायात संघ÷समिति मात्रै कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकृत भएका छन्। यातायात व्यवस्था विभागका अनुसार हालसम्म करिब १५ सय कम्पनी दर्ता भएका छन्। 

जसमा करिब ९ हजार सार्वजनिक साधन छन्। तर, मुलुकमा करिब तीन लाख सार्वजनिक सवारीसाधन सञ्चालनमा छन्। यातायात व्यवसायीले भने यातायात व्यवसायी संघ÷समितिले कम्पनीमा दर्ता हुन कम्पनी ऐनकै प्रावधानकै कारणले जटिलता देखिएको बताउँदै आइरहेका छन्। कम्पनी ऐन, २०६३ को दफा ९ (१) मा ‘प्राइभेट कम्पनीको सेयरधनीहरूको संख्या एक सय एकभन्दा बढी हुनु हुँदैन’ भन्ने व्यवस्था छ। 

मन्त्री महासेठले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठनको प्रक्रिया अघि बढेको बताएका छन्। ‘सरकार र निजी क्षेत्रको सहकार्यमा यातायात प्राधिकरण गठनको प्रक्रिया अघि सारेका छौं,’ उनले भने, ‘हामीले यातायात क्षेत्रको सबै समस्या यातायात प्राधिकरणमार्फत्  सल्टाउन खोजेका छौं।’ मन्त्री महासेठका अनुसार प्राधिकरण गठनसम्बन्धी आवश्यक अध्ययन भइरहेको बताए। ‘प्राधिकरणले यातायात क्षेत्रको सञ्चालन, कन्ट्रोल लगायतका कार्य गर्नेछ,’ उनले भने, ‘यातायात प्राधिकरणले आगामी वैशाखबाटै कार्यान्वयनमा ल्याउनेछ ।’ 

मन्त्री महासेठले प्राधिकरण सञ्चालनमा ल्याएसँगै अहिले यातायात क्षेत्रमा देखिएको अस्तव्यस्तता र भद्रगोल हट्ने दाबी गरे।  विभागले यातायात सम्बन्धी आवश्यक पर्ने नीति नियम तर्जुमा गर्नेछ। मन्त्री महासेठले सहरी सडक यातायातलाई व्यवस्थित गर्ने अवधारणापत्र मन्त्रिपरिषद्बाट स्वीकृति भइसकेको बताए। 

‘प्राधिकरणको अवधारणा मन्त्रीपरिषद्बाट स्वीकृत भइसक्यो। अहिले मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राधिकरणको ढाँचा र आवश्यक पर्ने कानुनी प्रक्रियाबारे अध्ययन गरिरहेका छौं,’ मन्त्री महासेठले भने, ‘अध्ययनले दिएको सुझावको आधारमा तत्कालै प्राधिकरण गठन गर्नेछौं।’ 

प्राधिकरणको क्षेत्राधिकारभित्र रेल र सडकलाई नछुने गरी व्यवस्थापन गरिनेछ। मन्त्रालयले प्राधिकरण गठनको लागि गत पुस २ गते अवधारणापत्र मन्त्रिपरिषद्मा पेश गरेको छ। मन्त्री महासेठले चौमासिकको अवधिमा यातायात क्षेत्रतर्फ सन्तोषजनक काम भएको दाबी गरेका छन्। उनले मन्त्रालयले चौमासिकमा थुप्रै सुधारको काम भएको दाबी गरेका छन्। मन्त्री महासेठले यातायात प्राधिकरणभित्र कुनै पनि हालतमा सिन्डिकेट हाबी नहुने बताएका छन्। ‘सरकार र निजी क्षेत्रको सहकार्यमा प्राधिकरण सञ्चालनमा ल्याउन लागेका हौं,’ उनले भने, ‘प्राधिकरणमा सिन्डिकेटको कुनै गुञ्जायस हुँदैन।’

भौतिक पूर्वाधार मन्त्रालयको चौमासिक रिपोर्ट

–नेपाल सरकारबाट तीन सय वटा विद्युतीय बस खरिद गर्ने नीतिगत निर्णय गरिएको। 

–यातायात व्यवस्था कार्यालयहरू प्रदेशमा हस्तान्तरण भएका छन्। 

–सहरी सडक यातायातलाई व्यवस्थित गर्ने अवधारणापत्र मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ।

–गत भदौं १ गतेदेखि काठमाडौं उपत्यका र सबै महानगरपालिका, उपमहानगरपालिकामा प्रदूषण जाँचपास नभएका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

–मास प्रिन्टर र १० लाख स्मार्ट कार्ड खरिदका लागि बोलपत्र आह्वान गरी बोलपत्र मूल्यांकन भइरहेको छ। 

–प्रदेश अनुसार सवारीदर्ताको लागि सफ्टवेयरमा संसोधन गरिएको छ। प्रदेश अनुसार नै सवारीसाधनको नम्बर प्लेटको व्यवस्था गरिएको छ।

– सवारीचालक  अनुमतिपत्रको ब्याक लक क्लियर गर्न मालिका इन्कर्पाेरेट प्रालिलाई आउटसोर्सिङ गरी दुई लाख कार्ड छापिएको छ।

–विभागले खरिद गरेका स्मार्ट कार्डलाई तेस्रो मुलुकमा जाँच गर्न पठाइएको छ। 
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस