एक्काइसौं शताब्दीमा विश्वका अधिकांश मुलुक प्रगति र सुशासनका लागि प्रतिस्पर्धामा छन्। नेपालको छिमेकी मुलुक भारत र चीनले आर्थिक उन्नतिकै लागि सारा ध्यान केन्द्रित गरेका छन्। तर विडम्बना नै मान्नुपर्छ, यिनै दुईवटा मुलुकको बीचमा रहेको नेपाललाई अधोगतितर्फ लान र जान यहाँका शासक प्रतिस्पर्धा गरिरहेका छन्।पटकपटक जनताका नाममा राजनीतिक परिवर्तन भए तर सीमित व्यक्तिलाई मात्र सुनौलो अवसर बन्यो। सङ्घर्ष गर्नुपर्दा जनता सबैलाई आह्वान गर्ने तर राज्यका अङ्गमा नियुक्ति गर्नुपर्दा आफ्ना खोज्ने नयाँ सोच विकास भयो।
आन्दोलनको सुरुवात आफ्नै घरका तमसुक च्यातेर गर्नेहरु पनि शासक बन्न पाएपछि नयाँ तमसुक लेख्न पुगे। तिनको एकमात्र लक्ष्य सम्पति जोड्ने, सन्तान दरसन्तानलाई सुखसयलमा राख्ने हुन पुग्यो। त्यसैले जनताका नाममा आन्दोलन गर्दाको बोली र शक्तिमा पुगेपछिको व्यवहारमा तुलना नै गर्न नमिल्ने गरी बदलिए। केही अपवाद छाडेर हेर्ने हो भने पार्टीका नाम जे राखून्, ती सबैको जीवनशैली, व्यवहार र सोचमा तात्विक अन्तर देखिएन। जब कुनै कुरामा फरक पाइँदैन भने जो सत्तामा गए पनि जनता एकैखालको नियति भोग्न बाध्य छन्। राज्यका विभिन्न ओहोदामा नेताका श्रीमती, भाई, बुहारी, सालासाली, ज्वाइँ, जेठान, सम्धी/सम्धिनी त्यसपछि गुटकाले अवसर पाउने गरेका छन्। राज्य दोहन गर्नकै लागि आफ्नालाई छानीछानी नियुक्ति गरिने गरिएको छ। त्यसरी नियुक्ति गर्नु भनेको तिम्रा संरक्षक हामी छौँ कति सक्छौ कमाउ भन्नु नै हो।
अहिले जसरी भारतले सिङ्गो नेपाल र नेपालीसँग सुमधुर सम्बन्ध नराखी तराईका केही नेतालाई मात्र साथ दिएर शताब्दियौदेखिको सम्बन्धमा दरार ल्याउने काम गर्यो । त्यसैगरी आफूलाई दलका ठूलो नेता ठान्नेहरु परिवार र गुटको घेराभन्दा बाहिर आउन सकेनन्। समग्र राष्ट्रको नेता बन्न नसक्दा जनता कोही भौतिकरूपमा मारिएका छन् भने कोही बाँचेर पनि मरेतुल्य छन्। राज्य, राज्यका रूपमा नभइदिँदा आङमा एकसरो कपडा र बिरामी हुँदा एक ट्याब्लेट सिटामोल नपाइकन इहलीला समाप्त भएको छ। जनता कुनै न कुनै दललाई भोट दिन बाध्य छन्। त्यही बाध्यताको फाइदा कहिलेसम्म उठाउँदै जाने हो? आखिर एक दिन त सबैले यो संसार छाड्नैपर्छ। जति लुटे पनि मरेर जाने नाङ्गै हो। दिन उमेरमा राज्य लुटेको पैसाको बिटो बोकाएर सन्तानलाई विदेशी बनाउँदा सुख अनुभूति भएको होला। तर स्वयम्ले बुढेसकालमा पानी खुवाउने सन्तान नपाउने अवस्था देखिँदैछ। मरेपछि जलाउने आर्यघाट यहीँ छ। त्यतिबेला धनको बिटो बोकाएर विदेश पठाएको सन्तानले होइन, कुनै एउटा गरिबले आगो लगाउनेछ भन्नेसम्म कहिल्यै सोचे आउन सकेन।
नेताको व्यवहारलाई दुनियाँले जसरी हेरेको भए तापनि नेपाली जनताले सराप्नेबाहेक अरु काम गरेको पाइँदैन। समय घर्केपछि न्यानो कपडा किन्न भनेर दिएको रकम कात्रो किन्नमा खर्चनुपरेको छ तर प्रधान मन्त्री रेल र ग्यास पाइपका कुरा गरेर नांगो आङ र भोको पेटलाई कुरीकुरी भनेर गिज्याउँदैछन्। चेलीबेटी बेचबिखनको क्षेत्रमा काम गरेकी अनुराधा कोइरालाले र बालबालिकाको क्षेत्रमा काम गरेकी पुष्पा बस्नेतले सिएनएन हिरोको उपाधि जित्दा नेपाली साराले गर्व अनुभूत गरे। बेचबिखनमा परेका महिलाको उद्धारमा काम गरेकी चरिमाया तामाङले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाउँदा नेपाली जनताको शीर ठाडो भयो। तर पटकपटक अर्थ मन्त्री बनेका रामशरण महत जसका नीतिले देश आज यो दुर्गतिमा पुग्यो। भूकम्प जस्तो विपत्तिका बेला आएको राहत घोटालामा स्वयम् मुछिए। तिनै व्यक्ति राम्रा अर्थ मन्त्री भनेर पुरस्कार पाउँदा उनको सान त बढ्यो होला तर नेपाली जनताको शिर भने निहुरिएको छ।
पछिल्लो पटक ट्रान्स परेन्सी इन्टरनेसनलले प्रकाशित गरेको तथ्याङ्कमा नेपाल भ्रष्टाचार बढी हुने मुलुकमध्ये विगत वर्षभन्दा पनि चार स्थान माथि उक्लिएको छ। यो सब राजनीतिले ल्याएको विकृति हो। राज्यका विभिन्न तहमा राम्रा होइन, हाम्रा मान्छे नियुक्त गर्नुको कारण नै उसले कमाओस् भन्नका लागि हो भने त्यस्ता व्यक्तिले दिने परिणाम यस्तै हो। यस्तै परम्परालाई निरन्तरता दिँदै जाने हो भने नेपाल छिट्टै पहिलो नम्बरमै उक्लनेमा कुनै शंका छैन।
उपप्रा, रत्नराज्यलक्ष्मी क्याम्पस