'सुगौली सन्धि नेपाल र बेलायतबीच भएको हो, अब हामी त्यो सन्धि मान्दैनौ, त्यसबाट गुमेको पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्मको भू भाग भारतले नेपाललाई फिर्ता गर्नुपर्छ' भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो भनाइले नेपाल-भारत सम्बन्धमा नयाँ विवाद सिर्जना गरेको छ। प्रचण्ड यतिखेर भूमिगत विद्रोही नेता नभएर व्यवस्थापिका संसद्को सबभन्दा ठूलो दलको नेता तथा पूर्वप्रधानमन्त्री हुन्। अतः उनका अभिव्यक्तिलाई भारतले हल्का रूपमा लेला भनेर सोच्नु अपरिपक्वता हुनेछ। भारत हामीभन्दा धेरै शक्तिशाली मात्र होइन, उदीयमान क्षेत्रीय शक्ति राष्ट्र पनि भएकोले तत्काल यसमा प्रतिक्रिया नजनाए पनि सहजरूपमा लिने छ भनेर ठान्नु मूर्खता हो।
तत्कालीन प्रधान सेनापति रुक्माङगद कटवाल हटाउने माओवादीको निर्णयलाई राष्ट्रपतिले उल्टाइ दिँदा 'नागरिक सर्वोच्चता' हनन भयो भनी आन्दोलनमा उत्रिएको माओवादीले तीन चरणको आन्दोलनपछि चौथोमा प्रारंम्भ गर्दा राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न हुने र अब वार्ता नोकरसंँग होइन मालिक (भारत)सँंग गर्ने सार्वजनिक घोषणा पनि दाहालले गरेका थिए। हालै नेपाल आएका भारतीय विदेश मन्त्री एसएम कृष्णासंँग आफूलाई पुनः सत्तामा जान अवरोध खडा नगर्न गरेको अनुरोधप्रति भारत सकारात्मक नभई भारतविरुद्ध आफूले घोषणा गरेको आन्दोलन नगर्न भनेपछि दाहाल भारतविरुद्ध खनिएको घटनाक्रमबाट देखिएको छ। विदेश मन्त्री कृष्णासंँग संसद्को सबभन्दा ठूलो दल माओवादीलाई सत्तामा जान रोक्नु भएन भन्ने दाहालको आग्रहविपरीत भारतीय विदेश मन्त्रीको भ्रमणको अन्त्यमा जारी संयुक्त विज्ञप्तिमा 'आतंकवाद र उग्रवाद नेपाल र भारत दुवै देशको शान्ति र स्थिरताका लागि खतरा' भन्ने उल्लेख भएपछि माओवादी भारतविरुद्ध उग्र रूपमा प्रस्तुत भएको हो।
विज्ञप्तिमा परेको 'उग्रवाद' भन्ने शब्द भनी नेपाल र भारतका माओवादीप्रति लक्षित भएको निष्कर्ष माओवादीले निकालेको देखिन्छ। अब १० वर्षमा ८ वर्ष चाहिँ भारतमा बसेर नेपालमा सशस्त्र विद्रोह गरेका माओवादी अध्यक्षको भारतप्रति मोहभंग भएको हो त? उनका बोलीमा कुनै अडान नभएको र सशस्त्र युद्धका बेला भारतलाई विस्तारवादी भन्ने तर उसैको शरणमा रहने, अबको लडाईं भारतसँंग हो भन्दै पहाडका दूरदराजका गाउँ ठाउँमा बंकर खन्न लगाएको केही समयमै भारत कै अग्रसरतामा दलहरूसंग समझदारी गरी संविधानसभाको चुनावमा भाग लिएर ९ महिनासम्म सत्ताको नेतृत्व गरेको माओवादी भारतविरुद्ध निर्णायकरूपमा प्रस्तुत हुन्छ भन्नेमा स्वतन्त्र विश्लेषकहरू विश्वस्त हुन सत्तै्कनन्।
अहिलेसम्म धम्क्याएकै भरमा र अरूलाई बेवकूफ बनाएर फाइदा लिन सफल माओवादीले त्यही रणनीतिअनुरूप भारतविरुद्ध आन्दोलन चलाएको हो भने उसले भारतको सद्भावना आर्जन गर्न ठूलै मूल्य चुकाउनु पर्ने हुनसक्छ। उसले चुकाउने मूल्यमा नेपाली जनताले पनि क्षति व्यहोर्नुपर्ने हुनसक्छ। भारत र नेपालबीच सीमाना विवाद र सन् १९५०को सन्धि र त्यसलाई हेर्ने दृष्टिकोणमा भिन्नता छन्। तर, तिनको समाधान कूटनीतिक माध्यमबाट हुनुपर्छ। सत्तामा रहँदा र सत्ताबाहिर हुँदा बेग्लाबेग्लै व्याख्या गर्ने र विवादका विषयलाई सत्तामा जाने 'बार्गेनिङ्ग'का रूपमा प्रयोग गर्ने प्रवृत्ति घातक हुन्छ। यसबाट समस्या समाधान हुँदैन थपिन्छ। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका परराष्ट्र मन्त्री उपेन्द्र यादवको भारत भ्रमणमा नेपाल भारतबीचको सीमा विवाद ९८ प्रतिशत मिलिसकेकोे सार्वजनिक भएको थियो। यसै आधारमा २ प्रतिशत बाँकी राखेर ९८ प्रतिशतमा संझौता गरौँं भनी भारतले पटक पटक प्रस्ताव राख्ने गरेको छ। आफ्ना परराष्ट्र मन्त्रीले गरेको सहमतिमा दाहालले सत्तामा बसुन्जेल असन्तोष र असहमति जनाएनन्। अहिले कालापानी टनकपुरदेखि सुस्ता र इलामसम्म भारतले सीमा अतिक्रमण गरी नेपाली भूमि कब्जा गरेको छ भनी विरोध प्रदर्शन गर्नुलाई भारतले सत्ताका लागि प्रयोग गरिएको अश्त्र ठानेमा विवादित क्षेत्रको समस्या समाधान हुन्छ त?
सीमा विवाद वा दुई देशबीचका समस्या तीध्रा ठटाएर, ठूल ठूलो स्वरमा चिच्याएर समाधान हुँदैन। राष्ट्रिय सहमतिका आधारमा कूटनीतिक माध्यमबाट समाधान खोजिनुपर्छ। तर, माओवादीमा आफूबाहेक अरू सबैलाई नोकर देख्ने महासामन्ती संस्कार रहुन्जेल राष्ट्रिय सहमति बन्न सक्दैन। सन् १९५० को सन्धि, असमान सन्धि हो र त्यसलाई खारेज गर्नुपर्छ भन्ने भनाइप्रति माओवादी आफूै गम्भीर नभएको त स्वयं दाहालको भारत भ्रमणमा जारी संयुक्त विज्ञप्तिमा 'सन्धि खारेज होइन परिमार्जन गर्न सहमत भएको' उल्लेख भएबाट स्पष्ट हुन्छ। यस्तो द्वैध चरित्रले भारतसंँगको सम्बन्धमा जटिलता थप्नेछ।
वी.पी. कोइरालाले गरेको सन् १९५० को सन्धिको व्याख्यालाई भारतका तर्फबाट अनुमोदन गरिएको थियो। त्यसलाई यहाँ उल्लेख गर्न चाहन्छु। सन् १९५९मा चीनले तिब्बतको प्रशासन आफ्नो हातमा लिएपछि सन् १९६०मा दलाई लामा आफ्ना केही सहयोगीसहित नेपाल हुँदै भारतमा शरण लिन गए। दलाई लामाले देश छाडेपछि हजारौं तिब्बती भागेर नेपाल आए र तीमध्ये २०-३० हजार अहिले पनि नेपालमा छन्। केही तिब्बती शरणार्थीले (खम्पा) मुस्ताङ्गमा बसेर तिब्बतमा अशान्ति मच्चाउन थाले भन्ने रिर्पोटको आधारमा चीनियाँ सेनाले सीमानको गस्ती गर्न थाल्यो। त्यति बेला कुनै अप्रिय रोक्न भनी नेपाल सरकारले पनि मुस्ताङ्गमा सेना परिचालन गरेको थियो। सीमानामा देखिएका नेपाली सैनिकलाई खम्पा विद्रोही भएको आशंकामा चिनिया सेनाले हानेको गोली लागेर नेपाली सेनाका जमदार बमप्रसाद बास्कोटाको घटनास्थलमै मृत्यु भयो। इन्डोनेसियाको बाङडुङमा भएको एसियाली सम्मेलनपछि भारत र चीनबीच शीत युद्धले चर्कोरूप लिइसकेको थियो। चीनियाँ सेनाको गोलीले नेपाली सैनिक मारिएको समाचारले नेपालभित्र र अन्य मुलुकमा प्रतिक्रिया व्यक्त भयो। स्वभाविकरूपमा नेपाली जनमानसमा चीनप्रति आक्रोश उत्पन्न भयो। तरुण दलले विशाल विरोध प्रदर्शन गर्यो र सरकारको ध्यानाकर्षण गरायो। त्यतिबेला नेपाल र भारत दुवै देशमा संसदको अधिवेशन चलिरहेको थियो। पत्रपत्रिकामा यो घटना छापिएपछि भारतको संसद्मा उठेको मुस्ताङ्ग काण्डसम्बन्धी प्रश्नको जवाफमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले सन् १९५० को नेपाल-भारत सन्धिको दुहाइ दिँदै "नेपालमाथिको चीनको आक्रमण भारतमाथि पनि हो, त्यसकारण भारतले उचित माध्यमबाट यसको जवाफ दिनेछ" भन्ने जवाफ दिए। नेहरुको भनाइले नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा प्रश्न चिन्ह खडा भएको र भारतका अतिरिक्त अमेरिकाले समेत चासो देखाउन थालेपछि शक्ति राष्ट्रहरूको क्रीडा भूमि नेपाल बन्ने खतरा पैदा भएको हुँदा संसद्मा नेपाल कम्यूनिष्ट पार्टी र तत्कालिन प्रमुख प्रतिपक्ष दल गोरखा परिषद्को तर्फबाट मुस्ताङ्ग काण्ड र नेहरुले भारतीय संसदमा दिएको वक्तव्यसमबन्धमा नेपाल सरकारको आधिकारिक धारणा माग भयो। त्यसको जवाफमा प्रधानमन्त्री वी.पी. कोइरालाले "मुस्ताङ्ग काण्ड दुःखद घटना हो, यस सम्बन्धमा नेपाल सरकारको तर्फबाट चीनसंँग कडा विरोध जनाइसकेको छ, जहाँसम्म नेहरुजीले सन् १९५०को सन्धि उल्लेख गरेर वक्तव्य दिनु भएको छ, नेहरुजीले गरेको १९५०को सन्धिको व्याख्या ठीक होइन, १९५० को सन्धिअनुसार सम्बन्धित सरकारले आफैँले गर्न नसकेका कुरामा मात्र अर्को पक्ष गुहार्ने हो, यसमा मैले चीनका प्रधानमन्त्री समक्ष विरोध जनाइसकेको छु। यो नेपाल र चीनबीचको समस्या हो, प्रधानमन्त्री चाउ एन लाइले मुस्ताङ्ग काण्ड गलत सूचना र आवश्यक सतर्कताबिना भएको घटना हुँदा चीन सरकारको तर्फबाट नेपाली जनता र सरकारसंँग क्षमा माग्छु भनी पत्र लेखेको हुँदा उक्त काण्डलाई लिएर चीनसँंग उत्पन्न विवाद सल्टाउन नेपाल सरकार आफैँ सक्षम छ।' भन्ने जबाफ दिनु भयो।
सरकारमा हुँदा एउटा र सत्ताबाट बाहिर आएपछि अर्को कुरा गर्ने माओवादी स्वभाव महेन्द्रीय प्रवृत्ति हो। ०१७ सालपछि महेन्द्रले बाहिर भारतको विरोध गर्ने तर कालापानीमा भारतीय सेना राख्न सहमति जनाएको पीडा नेपाली जनताले अहिलेसम्म अनुभव गरिरहेका छन्। सत्तामा जान भारत अनुकूल नदेखिना साथ सुगौलीलगायत सन् १९५०को सन्धि खारेज हुनुपर्ने र राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको लागि भारतसँंग लड्नुपर्ने माओवादीको पछिल्लो भनाइले संविधान समयमा नबन्ने र मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा फसेर वाह्य हस्तक्षेप निम्तिने खतरा बढाएको छ। सुगौली सन्धिको बारेमा दाहालको भनाइको आशय अर्कै हो भनेे स्पष्ट पार्नु जरुरी छ। प्रचण्डबाट कुनै स्पष्टीकरण आउँदैन भने नेपाली जनताले प्रचण्डपथ महेन्द्रपथ कै नयाँ संस्करणको रूपमा बु‰नु पर्नेछ।