नेपाल नामको यो देश यतिबेला जनताका गुनासाको घना र विशाल जंगल बनेको छ। सम्भावनाका सुन्दर बिरुवाहरू अजंगका असन्तुष्टिीवृक्षको छायामा हराएका छन्। नेपाली जनताका असन्तुष्टि, निराशा र आक्रोशका सयौँ कारण छन् : भ्रष्टाचार बढेको बढ्यै छ, सामाजिक न्याय हराएको हरायै छ, मानव अधिकारको रक्षा भएको छैन, विकास त झन् हुँदै भएन, शिक्षा र स्वास्थ्यमा जनताको पहुँच पुगेन, वातावरण विनाश भइरहेको छ, वायु–जल–थल सबैको प्रदुषण बढिरहेको छ। विपत्तिसँग जुध्ने कुनै तयारी छैन, राष्ट्रियता अझै कमजोर भइरहेको छ, जनता पहिचानविहीन भएका छन्, सद्भाव बिथोलिएको छ, देश अक्षम–कृतघ्न–अल्छी–माग्नेहरूको थलोका रूपमा चिनिन थालेको छ।
यी अन्धकार पक्षलाई मात्र गनिरहने हो भने अत्यासै लाग्नेगरी लम्बिँदै जाने छ, जनताका पीडाको यो सूची। आफूलाई विकसित ठान्ने समुद्रपारका धनी, घमण्डी मानिसहरूको जमातले 'असफल राज्य' भनी अझै घोषणा नगरेको भए पनि, यथार्थमा यो राज्य असफल नै छ यतिबेला।
यो असफलताका निम्ति, भोग्नुपरेको यो अपमान र बेइज्जतीका निम्ति कसलाई मात्रै दोष दिने? कवि श्रवण मुकारुङले 'युगौँदेखि छ चिसो...' भनेर कवितामा लेखेजस्तै सत्तामुखी राजनीतिले सृजना गरेको विकृतिहरूको जरा गहिरो छ। राज्यमाथि भरोसा हराएको छ। यस्तोबेलामा जो जहाँ उभिएको छ, त्यहीँबाट उज्यालोतर्फको अभियान सुरु नगरी केही उपलब्धि हुने छैन। आफू उभिएको भूमिमै उज्यालोको खेती नगरी अन्धकारलाई सराप्दैमा त्यो भाग्ने हैन।
यसरी उज्यालोको खेती गर्ने असल मानिसहरूकै कारणमात्र यो समाजमा अझै मानवताको थोरै तातो बाँकी छ। यी असल मानिसका प्रयत्न पनि बारम्बार असफल हुन्छन्– भएका छन्। कतिपय अवस्थामा सैतानले तिनका सदाशयता, सद्भाव, सद्वचन र सुन्दर सपनाकै समेत अपहरण गरेर कुरूप, फोहोर र बेकम्मा बनाएर फ्याँकिदिन्छन्। तैपनि, उज्यालोका खेती गर्ने ती मान्छेहरू भने निरन्तर लागिरहन्छन्!
गोविन्द केसी यस्तै असल मानिस हुन्। ती बुद्ध हैनन्, त्यसैले बेलाबेलामा आक्रोशित पनि हुन्छन्। कुनैबेला सबै कुरामा उत्तिकै विचार नपुग्ला पनि। तर, ती कर्मयोगी हुन्, त्यसैले ती आफ्नै ठाउँमा उभिएर आफ्नो अभियानमा निरन्तर लागिरहन्छन्। उनको लडाइँ आफ्नै क्षेत्रको अन्धकारसँग छ– त्यहाँ ती बत्ती बाल्न चाहन्छन्। जबजब आफ्नो क्षेत्रदेखि बाहिरबाट पनि दुर्गन्धित हावा आएर त्यो बत्त िनिभाइदिन्छ वा निभाउन खोज्छ, अन्धकारविरुद्धको लडाइँको जटिलता देखेर उनी विस्मित हुन्छन् र आफ्नो क्षेत्रबाहिर पनि चियाउन पुग्छन्। यसरी तिनको अभियानले भ्रष्टाचारविरुद्धको अभियानको रूप पनि लिइसकेको छ। सुशानबहालीका निम्ति अभियानको रूप लिइसकेको छ।
नेपालमा 'स्नातकोत्तर चिकित्सा शिक्षा'लाई निःशुल्क बनाउने अभियान यही अभियानको एउटा सानो, तर महत्वपूर्ण अंश हो, जो 'सैतानको अपहरण'मा परेर यतिबेला निकम्माजस्तो बनिसकेको छ। स्वास्थ्य मन्त्रालयले सरकारी स्वामित्व भएका केही संस्थानमा स्नातकोत्तर चिकित्सा शिक्षा निःशुल्क गरेको भए तापनि सुनिन्छ, त्यहाँ भर्ना हुनका निम्ति चिकित्सकहरू इच्छुक देखिएका छैनन् रे! थुप्रै सिट यस वर्षखेरै जानसक्ने सम्भावना पनि छ रे! अनि अर्कोतिर करोडभन्दा माथि शुल्क तिर्नुपर्ने सम्भावनासमेत भएका निजी कलेजमै जान बरु डाक्टरहरू पर्खिरहेका छन् रे! सरकारी स्वामित्वमै भएका केही शिक्षण संस्थान कुण्ठित हुन पुगेका छन् एकातिर, अर्कोतिर निजी संस्थाका निम्ति भने अस्वस्थ व्यापारीकरणको ढोका झन् खुलेको छ।
यो गरिब देशमा स्नातकोत्तर चिकित्सा शिक्षाका निम्ति यथेष्ट अवसर नभएको स्थितिमा किन यस्तो ताज्जुब लाग्ने कुरा भइरहेको छ? यसले के कुरालाई मलजल गरिरहेको छ? कसलाई फाइदा पुगिरहेको छ? को दोषी देखिन्छन् यसका निम्ति? र, वास्तवमै दोषीचाहिँ को हुन्? यी प्रश्नहरूको सतही उत्तर आआफ्ना निहित स्वार्थअनुरूप फरक मानिसले फरकरूपमा दिन सक्छन्। तर, अलि गहिरिएर हेर्ने हो भने, फेरि पनि शिक्षा र स्वास्थ्य किनबेचको वस्तु भइरहनु हुन्छ कि हुँदैन भन्ने बिन्दुसम्म नपुगी सुख छैन। त्यत्तिकै महत्वपूर्ण अर्को प्रश्न हो– हामीले हाम्रो चिकित्सा शिक्षाको स्तर निर्धारण गर्दा मापकका रूपमा कुनै एउटा देशको अन्धाधुन्ध नक्कल गरिरहने हो कि आफ्नो आवश्यकता र देश तथा विश्वको वर्तमान यथार्थका आधारमा तय गर्ने हो? यो विषयमा पनि हुनुपर्ने जति छलफल अझै भएको छैन।
महँगो चिकित्सा शिक्षाले गर्दा मध्यमवर्गबाट आएका अधिकांश डाक्टरका परिवार ऋणमा हुन सक्छन् भन्ने कुरा जसले पनि अनुमान गर्नसक्छ। स्वास्थ्यसेवा नै किनबेचको वस्तु भइरहेको स्थितिमा बिरामीलाई नै त्यो सेवा 'बेचेर' परिवारले बोकेको ऋण तिर्नुपर्ने बाध्यता पनि बुझ्न सकिने कुरा हो। स्वास्थ्यसेवालाई 'सेवामुखी उद्योग' (सर्भिस इन्डस्ट्री)का रूपमा हेर्दा यो 'इन्डस्ट्री' जहिले पनि चलिरहन सक्ने व्यापारका रूपमा देखा पर्न सक्छ। देशका थोरै अर्बपतिसम्मले पनि अस्पताललाई परोपकार (च्यारिटी)का रूपमा हैन, बरु महँगो 'स्तरीय सेवा'को रूपमा प्रस्तुत गर्नुले बुझाइको अर्को पाटोलाई पनि दर्शाइरहेको छ। यसरी हेर्दा स्वास्थ्यसेवाको विनिमयकरण मध्यमवर्गीयको 'बाध्यता' मात्र नभई धनाढ्यकै सुगम व्यापारका रूपमा समेत देखापर्छ। निम्नवर्गका जनताका छोराछोरीले चिकित्सा शिक्षा पाउन भनेर गरिएका र राज्यस्तरबाटै वा राज्यको संलग्नतामै भएका विभिन्न सत्प्रयास विस्तारैविस्तारै धराशायी भइरहेका छन्। यी सबै यथार्थले बारम्बार एउटै प्रश्न तेस्याईरहेका हुन्छन्– यो नयाँ गणतन्त्र साँच्चिकै सामाजिक न्यायसहितको लोकतन्त्र हुने हो भने स्वास्थ्य र शिक्षालाई पनि उदार अर्थतन्त्रकै झोलामा हाल्नु हुन्छ कि हुँदैन? यो प्रवृत्तिले जन्माएको दुष्चक्र (भिसियस सर्कल)बाट बाहिर निस्कन अर्को कुनै बाटो छैन, यही प्रवृत्तिमाथि नै प्रश्न नगरी हुन्न।
कवि आभासले लेखेका र गाएका पनि छन्– '...अँध्यारोमा हिँड्ने एउटा ज्युँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो आफै फेरिएछ...!' ठूलो मूल्य तिरेर र जनातालाई अझै ठूलो मूल्य तिराएर सत्तामा पुगेका समाजवादको गफ दिनेहरू यतिबेला आभासले गीतमा भनेजसरी नै फेरिएका छन्। सामाजिक न्याय र प्रगतिसँग जोडिएका स्वास्थ्यसेवा र चिकित्सा शिक्षाभित्रका अनेक गम्भीर प्रश्नमा गहिरिन उनीहरूलाई कुनै चाहना छैन। अत्यन्त सस्तो स्वार्थपूर्तिका निम्ति ती उज्यालोतर्फको यात्रा छाडेर अन्धकारतर्फ मोडिएका छन्।
चिकित्सा शिक्षामा 'स्नातकोत्तर अध्ययन'का रूपमा बुझिने विशेषज्ञता तथा विशिष्टता गर्ने प्रशिक्षार्थीहरू सामान्य विद्यार्थी हुँदैनन्। अग्रज गुरुहरूको सान्निध्यमा प्रत्यक्ष कामै गरेर, सेवा नै गरेर आफ्नो ज्ञान र सीपको स्तर उठाइरहेका प्रमाणपत्र प्राप्त चिकित्सक हुन्छन्। निश्चित सैद्धान्तिक तथा व्यावहारिक परीक्षाका माध्यमबाट आफ्नो श्रेष्ठता प्रमाणित गरेर तिनले आफ्नो विधाको विशेषज्ञका रूपमा मान्यता प्राप्त गर्छन्। यस्ता स्नातकोत्तर प्रशिक्षार्थीका उपस्थिति र कर्मका कारण उनीहरूले काम गरिरहेको विभागमा जुन प्राज्ञिक वातावरण बन्छ, जस्तो वैज्ञानिक गतिविधिको अवस्था बन्छ, त्यसकै आधारमा अस्पताल र बिरामी दुवै लाभान्वित भइरहेका हुन्छन्। त्यसैले प्रत्यक्ष स्वास्थ्यसेवासित जोडिएका 'क्लिनिकल' विधाका स्नातकोत्तर प्रशिक्षार्थीहरूसित दसौँ लाखदेखि करोड माथिसम्मको शुल्क लिनु भनेको अत्यन्त दुःखद र मूर्खतापूर्ण कुरा हो।
निजी शिक्षण अस्पतालबाट नै निःशुल्क स्नातकोत्तर अध्ययनको सुरुवात नगरेर सरकारी स्वामित्वका चिकित्सा शिक्षा संस्थानबाट चर्को शर्तसहित यो 'निःशुल्कता'को निर्णय गर्नुमा बुद्धि नपुगेको मात्रै हो कि परोक्ष (तर प्रभावकारी) रूपमा निजी क्षेत्रको तात्कालिक स्वार्थलाई सेवा गर्नका निम्ति सुविचारित रणनीति लिइएको हो, त्यो बुझ्न भने राज्यले अब लिँदै जाने निर्णय हेर्नुपर्ने छ।
गोविन्द फेरि पनि अनशन बस्छु भनिरहेका छन्। उनले सरकारलाई दिएको म्याद सकिनै लागेको छ। कतिलाई यी अभियन्ताको आग्रह अनावश्यक हठजस्तो पनि लाग्न सक्छ। राज्यले, राज्य संयन्त्रमा रहेका निर्णायकहरूले, यिनका चासो र चिन्ताहरूलाई, प्रगति र सामाजिक न्यायउन्मुख आग्रहहरूलाई गम्भीरतापूर्वक र सकारात्मकरूपमा लिँदा सबैको भलो हुने छ। देशले सामना गर्नुपर्ने चुनौतीका पहाडहरू नाघ्ने यसैगरी बिस्तारै अघि बढेरै हो।

प्रतिपरिवार ४–४ कोठा पुग्ने गरी आलेगाउँमा २६ र भुवालेपानीमा २९ घरका २ बस्ती बनेका छन् । जिल्लाको विकट गाउँका विस्थापित भूकम्पपीडितले घर निर्माणमा श्रमदान गरे । दुवै बस्तीका ३ सय १० भूकम्पपीडित नमुना बस्तीमा छन्।
उनले भूकम्पपीडितलाई पुनर्बास दिएर, राहत पुर्याएर पीडितका घाउमा मलम लगाइदिएका छन् । त्यसो त उनले यसअघि पनि सामाजिक कार्यमा लगानी नगरेका होइनन् । आफ्नै पहलमा विभिन्न दाता खोजेर विकट गाउँमा स्वास्थ्य शिविर चलाए उनले । दिनेशको पहलमा गाउँमा एउटा हेल्थपोस्ट पनि सञ्चालन भएको छ भने २ वटा स्कुलका भवन निर्माण गरिएको छ । १५ वर्षदेखि दिनेश मानवीय सेवामा छन्।