खै, राष्ट्रको परिभाषा?
०९ पौष २०७२
•
१३ मिनेट पाठ
खै, राष्ट्रको परिभाषा?
पत्रिकाहरुमा अन्तरजातीय वा अन्तरसमुदाय संघर्षबारे धेरै लेखिन्छन्। साहित्यमा पनि अन्तरजातीय र अन्तरसमुदाय सम्बन्धका जटिलताले प्रशस्त ठाउँ पाएका हुन्छन् तर जीवनको यथार्थमा भने शान्तिपूर्ण तथा आपसी सहयोगमा आधारित सम्बन्ध नै मानवीय सम्बन्धको मूल प्रवृत्ति रहने गरेको छ।यो तथ्य जनसाधारणका नाङ्गा आँखाले देख्ने कुरामात्र नभएर यसका बारेमा समाज विज्ञानका ज्ञाताहरुले समेत बारम्बार बताउँदै आएका छन्। त्यसो नहुँदो हो त मानव जाति आन्तरिक द्वन्द्वका कारण उहिल्यै ध्वस्त भइसकेको हुँदो हो। विभिन्न जाति र समुदायका बीचमा समान हितका आधारहरु आपसी सद्भावमा अनुदित हुँदै जाँदा नै सभ्यताको विकास हुँदै गयो। मानिसका विभिन्न समूहले प्राकृतिक कठिनाइबीच बाँच्न एकअर्काबाट सिक्दै गए। जीवनको रक्षा गर्ने, जीवनलाई सहज र सुन्दर बनाउने ज्ञान र सिप साझा हुने क्रम बढ्दै गयो। आ–आफ्ना सौन्दर्यचेत साटासाट गर्ने क्रममा नै नयाँ सौन्दर्यचेत, जीवनप्रतिको विश्वास, मानव हुनुको गौरव हुर्किंदै गयो। सभ्यताको वर्तमान स्तर र स्वरूपलाई विश्वव्यापीकरणका सकारात्मक पक्षहरुले दर्शाइरहेका छन्, जातीय सद्भाव, जातीय अन्तरघुलन र आपसी परिपूरण (कम्प्लिमेन्ट) नहुँदो हो त यो सम्भव हुने थिएन।

मानव समाजलाई यसरी बाँधेर राख्ने यही तत्व आपसी सद्भाव र समान हितलाई मलजल गर्ने करुणा र प्रेमलगायतका मानवीय गुणहरुमाथिको विश्वास नै अहिले देशले भोगिरहेको पीडाको औषधि हो। तर यो सरल सत्यमा भन्दा बढी हाम्रो ध्यान जीवनको अँधेरो पाटोमा जान्छ। सुन्दर सम्भावनाहरुले जन्माउने सुखद् सपनाभन्दा बढी दुस्वप्नमा रात बित्छ। विविधताका बीचमा समानताको खोजीमा भन्दा आफूइतरका सबैको दानवीकरण गर्न रमाउनेहरुको बाहुल्य देखिन्छ।

हो, भिन्नता नहुने भए मानिसका यति धेरै समुदाय बन्ने नै थिएनन्। यी विभिन्नतामा आधारित भएर जुनसुकै जातजातिका मानिसभित्र पनि केहीले विभेद सिर्जना गर्ने प्रयत्न इतिहासका हरेक कालखण्डमा गर्दै आएका छन्, यो पनि सत्य हो। कुनै बेला यस्ता विभेदका विरुद्ध र कहिले भने यस्ता विभेदलाई कायम राख्नका निम्ति विभिन्न हिंसात्मक वा हिंसाउन्मुख गतिविधि पनि भइरहेकै छन् तर धेरै समाजशास्त्रीय अनुसन्धाता भन्छन्– प्रायः यस्ता गतिविधि कुनै पनि समुदायका सम्भ्रान्त (एलिट) हरुबाट नै निर्देशत हुने गर्छ। तृणमूल जनता (भुइँमान्छे) तिनै सम्भ्रान्तलाई पछ्याउन बाध्य हुन्छन्। यो बाध्यताका पछाडि धेरै त्रास र थोरै विपन्नताजन्य आशा र लोभ हुन्छ। जनतालाई कुनै न कुनै निहुँमा हिंसामा झोसिदिनु थरिथरीका सम्भ्रान्तहरुहरुको पुरानो खेल हो। एकचोटि हिंसाको खेलमा झोसिदिइसकेपछि त्योसँग जोडिएर आउने प्रतिहिंसाले जुन कुचक्रको सुरुआत हुन्छ, त्यो 'स्वचालित' र 'स्वविकसित' हुन थाल्छ। यति भएपछि जबर्जस्ती उर्दीका कारण हिंसाको खेलमा प्रवेश गरेका जनता 'आफ्नो आन्दोलन' ठान्न थाल्छन्। सुरुआत जसले जे उद्देश्य पूर्तिका निम्ति गरेको भए तापनि एकचोटि हिंसाको आगोमा पसिसकेपछि त्यसबाट निस्किन गाह्रो हुन्छ। ज्यान जनताकै गइरहन्छ। दुःख जनता नै पाइरहन्छन्। निर्वोध बच्चाहरु समेत हिंसाको त्यो खेलमा उपयोग हुन्छन्। आ–आफ्ना आर्थिक, राजनीतिक, सामाजिक, कूटनीतिक, देशभित्र र बाहिरका सुरक्षित किल्लामा रहेर विरोधी खेमाका सम्भ्रान्तहरु भने आफ्नो खेल खेलिरहन्छन्।

यो देश अहिले नै ठूलो अन्तरजातीय हिंसामा फसिसकेको छैन तर त्यसको सम्भावना पटक्कै छँदै छैन भन्न सकिन्न। चलिरहेको मधेस आन्दोलनको रूप र त्यसका विरुद्ध राज्यको असन्तुलित प्रतिक्रिया तथा दुवैतिर देखिने अवधारणात्मक अस्पष्टता हेर्दा आमनेपालीका दुस्वप्नहरु निराधार लाग्दैनन्। जे भइरहेको छ, त्यसबाट पनि दुःख त भुइँमान्छेले नै पाइरहेका छन्। आ–आफ्ना स्वार्थरक्षाका निम्ति खेल खेलिरहेका एलिटहरु भने सुरक्षाकवचभित्र छन् र उनीहरु तिनै पुरातन, कर्मकाण्डीय र कृत्रिम सैद्धान्तिक अस्त्रहरु सहजताका साथ प्रयोग गरिरहेका छन्। सबभन्दा पछाडि पारिएका, मानवीयताको कुनै मापदण्डले स्वीकृति दिन नसक्ने, दलितहरुमाथिको विभेद भने अझै ओझेलमै परिरहेको छ। बोक्सीका आरोपदेखि लिएर महिला, बालबालिकामाथिका अनेक जघन्य हिंसाबारे कुरा हुनै छाडेका छन्। बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट प्रताडित तृण मूल जनताका दुःखको भने बेवास्ता नै भइरहेको छ। के पहाड, के मधेस, के उपत्यका? जताततै बेवास्ताको छायाँमा परेका यी समस्या यथावत् छन्।

जतिसुकै नमीठो लागे पनि आजको कटुसत्य हो– पहाडे र मधेसीका बीचमा कृत्रिम खाडल खनिएको छ र त्यो फराकिलो हुँदै जाने खतरा छ। आन्दोलनका केही माग हेर्दा वर्तमानको यथार्थमा टेकेरभन्दा हिजोको पुस्ताका शासक र तिनका कृपापात्रहरुमाथि बदला लिने निहुँलाई भावनात्मक अस्त्रका रूपमा प्रयोग गरेको देखिन्छ। अर्कोतिर आन्दोलनका विरुद्ध राज्यको रवैया हेर्दा भने 'राष्ट्रियता' रक्षाको निहुँलाई अस्त्र बनाएर हुन सक्ने समाधानतर्फ पनि नलाग्ने छनक देखिन्छ। सबै समुदाय, सबै जातजातिका समान हितको कुरामा केन्›ित हुनेभन्दा स्वाभाविक भिन्नतालाई कृत्रिमतापूर्वक फराकिलो बनाइदिएर, विभेद सिर्जना गर्ने वा विभेदका रूपमा व्याख्या गर्ने काम भइरहेको छ।

अहिले नै राष्ट्रको, देशभक्तिको आवश्यकताबारे अति सिद्धान्तवादी भएर गफिनु हास्यास्पद मूर्खता होला। हामी पृथ्वीका बासी, किन राष्ट्रहरुमा विभाजित हुने? भनेर प्रश्न गर्ने बेला सम्भवतः केही सहस्राब्दीपछि मात्र आउला। सामाजिक न्याय र मानव अधिकारका विभिन्न आयाममा हामी केही शताब्दीयता निकै अघि बढिसकेको भए तापनि 'पृथ्वीका नागरिक' बन्न अझै धेरै पर्खनुपर्नेछ। कम्तीमा पनि निर्धा देशमाथि बलियाले आफ्ना निर्णय थोपर्ने र जबर्जस्ती गर्ने विश्वव्यवस्था रहुन्जेल त्यो दिन आउँदैन। त्यसको अर्थ हो– 'राष्ट्र'को धारणालाई अहिले बेवास्ता गर्दा मानव अधिकार, सामाजिक न्याय र लोकतन्त्र अझ अप्ठेरोमा पर्न जान्छन् तर अहिलेको जस्तो हाम्रो देशको विशिष्ट ऐतिहासिक स्थितिमा राष्ट्र, राष्ट्रियता, देशप्रेम जस्ता धारणालाई कसरी बु‰ने? यसमाथि हुनुपर्ने जति छलफल भएकै छैन। यो अस्पष्टताका कारण अनेक किसिमका अतिवाद रोक्न हामीसँग कुनै सैद्धान्तिक अस्त्र नभएको जस्तो हुन्छ। गणतन्त्रमा पनि 'राष्ट्र' र 'राष्ट्रियता' को अवधारणा राजतन्त्रमा झैं कुनै श्रीपेचमा झुण्डिएर बस्दैन। एउटा बहुजातीय, बहुसाम्प्रदायिक, लोकतान्त्रिक कलिलो गणतन्त्रको राष्ट्रियताको जग र खम्बाहरु के के हुन् भन्नेबारे धेरै कुरा सुनिँदैनन्।

भर्खरै मधेस घुमेर आएका एक जना मित्रले सीमा क्षेत्रकी एउटी किशोरीको कथा सुनाएका थिए। एसएलसी दिन तयार ती किशोरीको बिहेको कुरा चलिरहेको रहेछ। आफ्नो सम्भाव्य विवाहका कारण ती अत्यन्त दुःखी थिइन् रे। अलिकति कुरा कोट्याउनेबित्तिकै ती घ्वाँ घ्वाँ रुन थालिन् रे। कारण अनेक थिए। उनलाई अझै पढ्ने मन हुनु, उमेर पुगेपछि मात्रै विवाह गर्ने चाहना हुनु आदि आफ्नो ठाउँमा थियो। तर मूल कारण थियो– विवाह गरेर उनी सीमापारि जाँदै थिइन्। र, उनको चिन्ता थियो– सीमापारि उनलाई यताको जस्तो स्वतन्त्रता हुने छैन। पाइन्ट लगाएर साइकल चढेर हिँड्ने स्वतन्त्रता मात्रै हैन, पढ्न रोक्नुपर्ने मात्रै पनि हैन, घुम्टोमा छोपिएर, घरमै बन्दी हुनुपर्ने त्रास थियो। र, यो त्रास त्यत्तिकै आएको थिएन। गाउँका धेरै दिदीहरु, फुपूहरु उता गएका थिए र उनीहरु फर्केका बेला धेरै कुरा सुनाउँथे। भाउजू, काकी र माइजूहरु उताबाट आएका थिए र उनीहरु पनि धेरै कुरा सुनाउँथे।

भारतसँग लामो सिमाना छ हाम्रो। सीमाका धेरै खण्डमा सीमापारि ठूला सडक बनेका होलान् तर सीमावारि सामाजिक परिवर्तनको गति पारिभन्दा तीव्र पनि छ। माथि उल्लिखित किशोरीको कथा साँच्चै हो भने सामाजिक अग्रगमन सबै नेपालीका साझा एजेन्डा हुन सक्ने रहेछ भन्ने बुझिन्छ। सामाजिक न्याय र लोकतन्त्रसहितको तीव्र आर्थिक विकास हुन थाल्ने हो भने राष्ट्रियताको अर्को खम्बा त्यो हुन सक्ला। जनताको जीवन सहज, सुन्दर र समृद्ध हुन थाल्ने हो भने पहिचानका कुरा सांस्कृतिक सौन्दर्यबोधका रूपमा जगमगाउन थाल्नेछन्, राष्ट्रिय गर्वका विषय बन्न सक्नेछन्। र, राजनीतिक कलहका विषय बन्न छाड्ने छन्। धेरै होलान् जनताका बीच समान हितका यस्ता तत्व। यसबारे गम्भीरताको अभाव भने नराम्ररी दुख्छ।

विगतको चिहान खोतल्ने भन्दा वर्तमानमा अवस्थित भएर राष्ट्रियताको नयाँ परिभाषासहित साँच्चैको समृद्ध लोकतान्त्रिक गणतन्त्र निर्माण गर्ने सकौं! हामी सबैको भलो होस्!
अर्को समाचार
वृद्धि र समानता सँगसँगै लाने सर्त
१३ जेष्ठ २०७६
•
१४ मिनेट पाठ
वृद्धि र समानता सँगसँगै लाने सर्त
दधि अधिकारी

अर्थमन्त्री आगामी आर्थिक वर्षको बजेट निर्माणमा तल्लीन हुनुहुन्छ। बजेटमार्फत उहाँले एकातर्फ जनताका असीमित आकांक्षा पूरा गर्नु छ भने अर्कोतर्फ संवैधानिक दायित्व पनि पूरा गर्नु छ। संविधानले नेपाललाई समाजवादी राष्ट्रको रूपमा परिकल्पना गरेको छ। समाजवादका विभिन्न परिभाषा र प्रारूपहरू छन्। तर पनि समाजवादको एउटा साझा गुण के हो भने यसले समतामूलक समाजको परिकल्पना गर्दछ। एउटा समतामूलक समाजमा वञ्चित वर्गको संरक्षण गर्नु सरकारको दायित्व हुन्छ। यसका लागि सरकारले विभिन्न माध्यमबाट संकलित राजस्व कल्याणकारी क्षेत्रहरू जस्तै निःशुल्क स्वास्थ्य, शिक्षा, भत्ता जस्ता कुरामा खर्च गर्नुपर्दछ।

अल्पविकसित देशहरूमा समाजवादी लक्ष्यअनुरूप कल्याणकारी योजनाहरू लागू गर्ने हो भने सरकारले निकै ठूलो रकम त्यस क्षेत्रमा लगाउनुपर्ने हुन्छ। कल्याणकारी क्षेत्रमा गरिने खर्चको जोहो निजी क्षेत्रलाई कर लगाएर गरिन्छ। निजी क्षेत्रलाई धेरै कर लगाउँदा एकातिर उनीहरूले उत्पादनशील क्षेत्रमा गर्ने लगानी घट्न जान्छ भने अर्कोतिर निजी क्षेत्रबाट करको माध्यमद्वारा सार्वजनिक क्षेत्रमा रकम जाँदा केही रकम हराएर जान्छ। यसरी रकम हराउने घटनालाई अर्थशास्त्रीहरूले ‘चुहिने बाल्टिन प्रभाव’ (लिकी बकेट इफेक्ट) भन्दछन्। लिकी बकेट इफेक्ट र करको कारणले घट्ने निजी लगानीले गर्दा देशको आर्थिक वृद्धि तथा दक्षता (इफिसिएन्सी) घट्न जान्छ। यसरी समानतालाई बढाउँदा वृद्धि र दक्षतामा नकारात्मक असर पर्दछ। यो मान्यताले अर्थशास्त्री र राजनीतिज्ञहरूमा विश्वभरि नै जरो गाडेर बसेको छ र अकुन नामक अर्थशास्त्रीले यसलाई अर्थशास्त्रको सबैभन्दा ठूलो ‘ट्रेड अफ’ मानेका छन्।

विश्वका विभिन्न देशले आर्थिक वृद्धि र समानता सँगसँगै लगेका उदाहरण छन्। एसियाली बाघ भनेर चिनिने देशहरू (हङकङ, सिंगापुर, दक्षिण कोरिया, ताइवान) तथा केही ल्याटिन अमेरिकी र क्यारिबियन देशहरूका उदाहरणले आर्थिक वृद्धि र समानता सँगसँगै जान सक्ने देखाएका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता प्रदीप गिरीले केही दिनअघि संसद्मा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै निकै स्पष्ट रूपमा वृद्धि र समानता सँगसँगै जान सक्दैैनन् त्यसैले सरकारले वृद्धिको सपना छोड्नुपर्ने सल्लाह दिनुभयो। केही समयअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि वृद्धि र समानता सँगै जान सक्दैनन् भन्नुभएको थियो। देउवा र गिरीहरूले मात्र होइन, संसारका धेरै अर्थशास्त्रीहरूले पनि यो कुरा भन्ने गरेका छन्। बेलाबेलामा पत्रपत्रिकाहरूमा कांग्रेसले राजस्व संकलन गर्छ, कम्युनिस्टहरूले बाँड्छन् भन्ने लेखेको देखिन्छ। यो भनाइमा पनि कहीँ कतै वृद्धि र समानताको कुरा लुकेको छ। सामान्यतया जनमानसमा के छाप पारिएको छ भने नेपाली कांग्रेसले वृद्धिलाई जोड दिन्छ भने कम्युनिस्ट पार्टीहरू वितरणलाई जोड दिन्छन् (नेपाली कांग्रेसको सन्दर्भमा प्रदीप गिरीको मान्यता अलि फरक देखिन्छ)। तर के साँच्चै वृद्धि र समानता सँगसँगै जानै सक्दैनन् त ? यदि सक्दैनन् भने पहिले कुन कुरालाई महत्व दिनुपर्दछ ? यदि सक्छन् भने यी दुई कुरालाई सँगै लैजान के गर्नुपर्ला ? अहिले बजेट निर्माणको घडीमा यी कुराहरू महत्वपूर्ण हुन सक्छन्।

आर्थिक वृद्धि÷दक्षता र समानताबीचको उल्टो सम्बन्ध ( आर्थिक वृद्धि उच्च हुँदा असमानता बढ्ने र असमानता घट्दा आर्थिक वृद्धि कम हुने) धारणा वा बहस कुजनेट नामक अर्थशास्त्रीले सुरु गरेका हुन्। कुजनेटका अनुसार वृद्धि र समानताबीच उल्टो सम्बन्ध हुन्छ। यही धारणामा आधारित भएर ‘तल चुहिने प्रभाव’ (ट्रिकल डाउन इफेक्ट)को अवधारणा आएको हो। ट्रिकल डाउन इफेक्टमा आधारित विकासका प्रारूप केही समयसम्म निकै चर्चित रह्यो। तर अन्त्यमा यसले काम गर्न सक्दैन भन्ने लगभग प्रमाणित भयो। अहिले पनि ट्रिकल डाउन इफेक्टमा विश्वास गर्ने धेरै मानिस विश्वभरि नै छन्। ट्रिकल डाउन इफेक्टमा विश्वास गर्ने मानिसको भनाइ के छ भने वृद्धि र समानता सँगसँगै जान नसक्ने भएकाले पहिले वृद्धि गर्नुपर्छ अनि मात्र वितरणमा ध्यान दिनुपर्दछ। तर, विश्वका विभिन्न देशहरूले आर्थिक वृद्धि र समानता सँगसँगै लगेका उदाहरण छन्। एसियाली बाघहरू भनेर चिनिने देशहरू (हङकङ, सिंगापुर, दक्षिण कोरिया, ताइवान) तथा केही ल्याटिन अमेरिकी र क्यारिबियन देशहरूका उदाहरणले आर्थिक वृद्धि र समानता सँगसँगै जान सक्ने देखाएका छन्। यी दुई कुरा सँगसँगै जान सक्ने भए पनि यो त्यति सजिलो भने छैन।

आर्थिक वृद्धि र समानतालाई सँगसँगै लैजान सफल देशका अनुभवहरूले के देखाएका छन् भने देशमा सामान्यस्तरको आर्थिक सन्तुलन, मानवीय स्रोतको विकासमा लगानी, उत्पादनशील रोजगारीको सिर्जना तथा प्रविधिको आधुनिकीकरणले यो लक्ष्य अर्थात् वृद्धि र समानतालाई सँगसँगै लैजाने लक्ष्य प्राप्त गर्न सकिन्छ। यो लक्ष्य प्राप्त गर्न के–के गर्नुपर्छ भन्नेबारेमा ल्याटिन अमेरिकी तथा क्यारिबियन देशहरूको आर्थिक आयोगले (इसिएलएसी–इक्ल्याक) एउटा प्रारूप नै तयार पारेको छ। उक्त प्रारूप र अन्य देशहरूको अनुभवका आधारमा आगामी बजेटले के कुरामा जोड दिनुपर्छ भन्नेबारेमा निकै संक्षिप्त रूपमा निम्न कुराहरू भन्न सकिन्छ।

आर्थिक सन्तुलन निर्माणका लागि बजेटले मुख्यरूपमा चालू खाता घाटालाई कम गर्ने उपाय ल्याउनु आवश्यक छ। यसका लागि मितव्ययिता अपनाउने, स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने तथा विलासिताका सामानहरूको उपभोगलाई निरुत्साहित गर्ने अल्पकालीन कार्यक्रमहरू उपयोगी हुन सक्छन्। दीर्घकालीन कार्यक्रमहरूमा आयात प्रतिस्थापन गर्ने उद्योग, निर्यातमुखी उद्योग तथा पर्यटन उद्योगहरूको प्रवद्र्धन गर्नु आवश्यक छ। यदि चालू खाता घाटा यहीअनुरूप बढिराखेमा देश टाट पल्टिने अवस्थामा पुग्न सक्छ। त्यसैले बजेट यो कुरामा गम्भीर हुनु आवश्यक छ।

बजेटले निजी तथा सार्वजनिक बचत बढाउने उपायहरू ल्याउनुपर्दछ। यसका लागि करका दायरा फराकिलो पार्ने र कर छली कम गनेतर्फ ध्यान दिनु आवश्यक छ। गत तीन वर्षमा देशको वृद्धि दर ६ प्रतिशतभन्दा माथि रहेको सन्दर्भमा बजेटले वृद्धि भएको क्षेत्र पहिचान गरी सोहीअनुसारको कर संकलन गर्नु राम्रो हुन्छ। सार्वजनिक बचत निर्माणका लागि आयातीत सवारी साधनमा कर लगाउन सकिन्छ। यस्तै निजी बचत वृद्धिका लागि बाध्यकारी बचतका योजना तथा बचत गर्न प्रोत्साहित गर्ने विभिन्न किसिमका योजना ल्याउन सकिन्छ। यसरी परिचालन गरिएको बचत साना तथा मझ्यौला खालका उद्योगहरूमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ।

बजेटले गर्नुपर्ने अर्को आवश्यक कुरा निजी क्षेत्रलाई मानव विकासको क्षेत्रमा लगानी गर्न प्रेरित गर्नु हो। निजी क्षेत्रले पनि गुणस्तरीय शिक्षामा लगानी गर्ने वातावरण बनाउने, सबैका लागि त्यस्तो शिक्षा उपल्ब्ध हुने सुनिश्चितता प्रदान गर्ने तथा विद्यार्थीलाई बैंकमार्फत आवश्यक शैक्षिक ऋण उपलब्ध हुने व्यवस्था गरिनुपर्छ। बैंकहरूले दिएको यस्तो ऋण विद्यार्थीले काम पाइसकेपछि मात्र उसको तलबबाट कट्टि गर्नुपर्ने व्यवस्था गरिनुपर्छ।

बजेटले रोजगारी सिर्जनाका कार्यक्रम ल्याउनुपर्दछ। तर, त्यसरी सिर्जना गरिएका रोजगारी उत्पादनमूलक हुनु आवश्यक छ। ट्र्याक्टरले जोतिरहेको खेतलाई रोजगारी सिर्जना गर्ने भनेर श्रमिक लगाएर जोत्दा वृद्धि र समानताको लक्ष्य प्राप्त हुन सक्दैन। यसका लागि ती श्रमिकलाई कुनै नयाँ र उत्पादनमूलक क्षेत्रमा रोजगारी दिनुपर्छ। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पैसा खर्च गर्दा यो कुरालाई ध्यान दिनु आवश्यक छ।

बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै बजार विस्तारको रणनीति लिनु आवश्यक छ। नेपालका आफ्नै विशेषता भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तुहरूको निर्यात बढाउने किसिमका कार्यक्रम ल्याउनुपर्दछ। यसबाहेक हाम्रा उद्योग, व्यवसाय र उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्दछ। निजी क्षेत्रको सहभागिताबिना वृद्धि र समानता प्राप्त गर्न सम्भव छैन।

बजेटले प्रविधिको प्रयोगमा जोड दिनुपर्दछ। देशभित्रै प्रविधिको विकास गर्न उत्प्रेरित गर्ने, विदेशबाट प्रविधिको आयात गर्ने, वैदेशिक लगानी आकर्षित गर्ने जस्ता कार्यक्रमले प्रविधिको विकास हुन्छ। सूचना प्रविधिको प्रयोगले एकातर्फ पारदर्शिता बढाउँछ भने अर्कोतर्फ उत्पादनका साधनहरूको दक्षता पनि बढाउँछ। २१औं शताब्दीमा सूचना प्रविधिलाई विकासको पूर्वाधारको रूपमा विकास गरिनुपर्दछ।

निष्कर्षमा, वृद्धि र समानता सँगसँगै जान सक्दैनन् भन्ने अर्थशास्त्रीय मान्यता पुरानो भइसकेको छ। यदि इमानदारीपूर्वक र रचनात्मकरूपले नीति निर्माण गरेर लागू गर्ने हो भने यी दुवै सँगसँगै जान सक्छन्। अहिले हाम्रो देशको आवश्यकता पनि यी दुवैलाई सँगसँगै त्यो पनि कछुवाको चालमा नभएर खरायोको चालमा लैजाने हो। यसको सुरुवात आउँदो बजेटबाट नै गर्नु आवश्यक छ। हाम्रो संविधानको परिकल्पना पनि वृद्धि र समानता सँगसँगै लैजाने नै हो। यी दुई कुरा सँगसँगै लैजान सकिएन भने देशमा द्वन्द्व बढ्ने सम्भावना रहन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस