नयाँ शक्ति (हरू)
२४ मंसिर २०७२
•
१३ मिनेट पाठ
नयाँ शक्ति (हरू)
अचेल सबैतिर कुराकानीको नयाँ विषय बनेको छ 'नयाँ शक्ति'। आफ्नो रूचिअनुरूप प्रियपात्रले बोलिरहेका छन् कि रूचिविपरीत अप्रिय मानिसले बोलिरहेका छन् भन्ने आधारमा यो नयाँ थेगोबारे विचार बनाउनु मानव स्वभाव हो। तर, यसरी यति धेरैका मुखबाट 'नयाँ शक्ति'का बारेमा कुरा हुन थाल्नुले भने अब यो गफकै मात्र विषय नभएर एउटा नयाँ प्रवृत्तिकै विकास भइरहेको हो कि जस्तो लाग्छ।लोकतन्त्रका जुनसुकै संस्करणमा पनि समान विचार राख्ने मानिसका समूहहरू नै कर्ता मानिन्छन्। राजनीतिक दलका रूपमा देखापर्ने यिनै समूहका बीचमा प्रतिस्पर्धा हुने गर्छ। आफ्ना विचारले तय गरेको दिशामा देशलाई उन्मुख गराउनका निम्ति सरकार बनाउने हो वा प्रतिपक्षमा रहने हो। अर्थात् सत्ता साधन हो, साध्य त जनताको समृद्धि, खुसी, आत्मसम्मान, स्वतन्त्रता, सुरक्षा र सुस्वास्थ्य जस्ता कुरा हुन्। दुर्भाग्यबस हामीकहाँ सबै राजनीतिक दलले राज्यसत्तालाई साधन हैन साध्यका रूपमा हेर्ने चलन बस्यो। हरेक राजनीतिक दलका 'नेता'को परम् अभीष्ट नै सत्तामा टिकिरहने हुन पुग्यो। यसले गर्दा विभिन्न पार्टीबीचको वैचारिक भिन्नताको कुनै अर्थ रहन छोड्यो। सबै पार्टी क्लबजस्ता भए। र, आआफ्नो क्लबको 'जित'का निम्ति चारवटा अस्त्रको सबैले प्रयोग गरे– आफूबाहेकका अन्यको दानवीकरण, भारतीयलगायत विदेशी शासकहरूलाई रिझाउने काममा प्रतिस्पर्धा, 'लोकरिझ्याइँ'लगायत थरीथरीका झूटको खेती र 'भोट किन्ने' काम! यी सबै अस्त्रको निकृष्टता र यिनले ल्याउने दुर्गतिका बारेमा केही भनिरहनु पर्दैन। तर, सत्ता नै अन्तिम अभीष्ट भएपछि यसका लागि जे गर्न पनि पार्टीहरू– बिनाअपवाद सबैसबै पार्टी तयार भए।




देशमा भएभरका सबै पार्टीले उस्तै नकाम गर्न थालेपछि, सामान्य नागरिकका निम्ति कसलाई किन छान्ने भन्ने कुरा दिशाबोधमा आधारित हुन छोड्यो। बेलाबेलामा हुने चुनाव देशको दिशा निर्धारणको अमूल्य अवसर हैन, सत्ता–क्लबहरूबीच हुने निरर्थक महँगा खेलमा परिणत भयो। चुनावका बेला पार्टीहरूले अपनाउने 'रणनीति', तिनले गर्ने खर्च, त्यो खर्च प्राप्त गर्ने तरिकाहरू आदि अकल्पनीय हुन्छन्।

यी त्रासद यथार्थका बीचमा एकातिर नागरिकका आवश्यकता र चाहना झन्झन् बढ्दै जाने र अर्कोतिर ती आवश्यकतापूर्तिको सम्भावना झन्झन् टाढिने हुन थाल्यो। एकातिर लोकतन्त्रको चेत र तृष्णा बढ्दै जाने र अर्कोतिर हरेक दलमा अपराधीहरूको प्रभाव बढ्दै जाने हुन थाल्यो। सरकारका निर्णयमा विदेशीहरूका एजेन्डाले झन्झन् प्रवेश पाउन थाले र हेपाइ झन्झन् बढ्न थाल्यो। नागरिकका मनमा निराशाले झन्झन् जरो गाड्न थाल्यो। शिक्षितहरू विदेश पलायन हुने क्रम बढ्यो। र, कम शिक्षित परिवारको आर्थिक आवश्यकता पूरा गर्न चरम् हेपाइ सहेर र अनेक जोखिम मोलेर विदेशमा सस्तो श्रमबजारममा आफूलाई बेच्न थाले। अलिकति स्वाभिमान भएका नेपाली आफ्नो पासपोर्टका कारण खप्नुपर्ने हेपाइका सम्भावनाले गर्दा विदेश भ्रमण गर्न पनि हिच्किचाउन थाले।

परम्परागत चरित्रका कुनै पनि पार्टीहरूले अब जनताको मन जित्न सक्ने स्थिति छैन। राजाका शासनका विरुद्धमा जनताको आन्दोलन भइरहेकै बेला पनि आन्दोलनकारी नागरिक एउटा अचम्मको धर्मसंकटमा थिए। राजतन्त्र झन्झन् अस्वीकार्य भइरहेको स्थिति एकातिर टड्कारो थियो, अर्कोतिर त्यो बेला नै सबै राजनीतिक दल जनताका बीचमा अप्रिय भइसकेका थिए। राजनीतिक दलहरूका आकर्षणका कारण हैन राजतन्त्रप्रतिको विकर्षणका कारण त्यो 'तन्त्र' ढलेको थियो। परम्परागत राजनीतिक पार्टीहरूलाई स्वीकार्नु एउटा बाध्यता बनेको थियो। जनता जताततै आशाको खोजीमा भएको बेला सपनाहरूको व्यापार गरेर आएको तत्कालीन माओवादीको चरम हिंसाप्रियतालाई समेत जनताले क्षमा गरेका थिए। तर, त्यति महँगो 'क्रान्ति' गरेर सहर पसेको माओवादी केही समयसम्म सहरमै पनि हिंसाको धङ्धङीमा रहेर आखिर परम्परागत राजनीतिका 'पार्टी' नामधारी तिनै 'क्लब'हरूमध्येको एउटामा परिणत भयो।

यो यथार्थका बीच जनताका मनमा नयाँ किसिमको राजनीतिक शक्तिको तृष्णा जाग्नु अत्यन्त स्वाभाविक हो। यथास्थितीप्रति तीव्र असन्तुष्टि भएका, विश्वपरिस्थितिबारे जानकार, शिक्षित मध्यमवर्गीय युवाको बाहुल्य रहेको 'विवेकशील' देखि लिएर परम्परागत हिंसात्मक तथा भूमिगत आन्दोलनबाट आएका र अनेक सामर्थ्य भएका बाबुराम भट्टराईको नेतृत्वमा रहेका जमातसम्म, यथास्थितिप्रति तिव्र असन्तुष्टि ओकल्ने र देशका निम्ति केही गरौँ भनेर चर्चामा रहेका रवीन्द्र मिश्रको जमातदेखि लिएर ख्यातिप्राप्त बौद्धिक व्यवसायीहरूसम्म, राष्ट्रियतालाई केन्द्रमा राख्ने गरेका व्यवसायी र पुराना उच्चपदस्थ हाकिमहरूदेखि लिएर परम्परागत मार्क्सवादी धारमा उल्लेख्य परिमार्जनको आवश्यकता देख्ने वामपन्थी बुद्धिजीविसम्म... अति फरक पृष्ठभूमि भएका मानिसका समूहहरू यतिबेला नयाँ शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्न खोज्दैछन्। अझै नयाँ समूहहरू जन्मिन सक्छन्। यसरी देशमा एउटा नयाँ तरंग सृजना भइरहेको छ।

यो स्वाभाविक हो। समयको मागले जन्माएको नयाँ गतिशीलता हो। यतिबेला देखिएका यी विविध जमात साँच्चिकै नयाँ शक्तिका रूपमा रहलान् कि नरहलान्? तिनले उल्लेख्य परिवर्तन ल्याउलान् देशमा कि पानीको फोकाझैँ हराएर जालान्? परम्परागत राजनीतिकै कुसंस्कारले ती सबैलाई निल्देला कि यिनले परम्परागत राजनीतिको युगकै समाप्ति गर्लान्? यो त समयले नै देखाउला। तर, यतिबेला 'नयाँ शक्ति'को जुन नयाँ तरंग देखा पर्दैछ, जुन आवाज सुनिँदैछ, त्यो भने निश्चय नै मानिसको यथास्थितिप्रतिको असन्तोषको जमिनमा हुर्केको आवाज हो। यतिबेला देखिएका पात्रहरूको विगत र पृष्ठभूमि, तिनका थेगो र लबज, तिनका बानीव्यहोरा आदिका कारण शंका गर्ने, कुम उचाल्ने, ओठ लेप्य्राउने, नाम राखिदिने, उडाउने आदि त चली नै रहन्छ। तर, हामी नागरिकका लागि त्यो भन्दा धेरै महŒवपूर्ण कुरा भने अहिलेसम्ममा देखापरिसकेका यी सम्भावित पात्रमा रहेका सबल पक्ष र कमजोरीका बारेमा सजग रहनु हो।

'नयाँ शक्ति'का रूपमा उदाउने आकांक्षा भएका यी विभिन्न समूहका अभिव्यक्तिमा केही सकारात्मक समानता छ। यी सबै नै राष्ट्रको द्रुत आर्थिक विकासका पक्षधर देखिएका छन्। यस्तो आर्थिक विकास सामाजिक न्याय र लोकतन्त्रसहितको हुनुपर्छ भन्नेमा नै देखिन्छन्। तर, परम्परागत राजनीतिका केही दुर्गुणबाट यी मुक्त हुन सक्लान् कि नसक्लान्, त्यो भने हेर्न बाँकी नै छ। आफूइतरका अन्यको दानवीकरण गर्ने शैली त्याग्न, सत्तालाई साध्य हैन साधनका रूपमा मात्र लिइरहन यी तयार होलान् कि नहोलान्? सत्ताबाहिरै रहेर पनि नयाँ शक्तिका रूपमा देशलाई नयाँ दिशा प्रदान गर्ने अभियानको नेतृत्व सम्भव छ भन्ने कुरा पचाउन सकेका होलान् कि नहोलान्? देशको यस्तो बेहाल हुनुको कारण केही नेता वा पार्टीविशेषको राष्ट्रघात, भ्रष्टाचार, अकर्मण्यता, आलस्यजस्ता घातक विकृतिमात्रै नभई परम्परागत सत्ताउन्मुख विकृत राजनीतिको केन्द्रमै रहेका कमजोरीहरूको कारण पनि हो भन्ने कुरालाई यिनले आत्मसात गर्छन् कि गर्दैनन्? यी 'नयाँ शक्ति'हरू खस्न सक्ने खाल्डो यिनै प्रश्नहरूको छेउछाउमै छ। नयाँ शक्तिका रूपमा स्थापित हुन चाहनेहरूले परम्परागत राजनीतिका केही विशेषताबाट आफूलाई अलग गर्नै पर्छ।

परम्परागत राजनीतिले जनताका बीचमा रहेका थरीथरीका विभिन्नतालाई नै अझ फराकिलो पार्ने र त्यसबाट प्राप्त क्षेत्रमा आफ्ना स्वार्थहरूको खेती गर्ने काम गर्छ। देशले र समयले खोजेको नयाँ नेतृत्व भने त्यो हो जसले जनताका बीच अवस्थित भिन्नताहरूका बीचमा तिनलाई मेट्ने समानताका सम्भावना पहिल्याउन सकोस्। समान हितका क्षेत्रलाई बलियो र फराकिलो बनाउँदै त्यसको जगमा राष्ट्र र राष्ट्रियतालाई उभ्याउन सकोस्। सामाजिक न्याय र लोकतन्त्रसहितको द्रुत आर्थिक विकासलाई सुनिश्चित गर्न सकोस्।

हिजो पञ्चायताका बेलामा हुने गरेको पञ्चहरूको प्रतिस्पर्धालाई बहुदलीय व्यवस्थामा पार्टीहरूबीचको प्रतिस्पर्धाले विस्थापित गरेजस्तै, अहिलेको परम्परागत पार्टीहरूबीचको प्रतिस्पर्धालाई 'नयाँ शक्ति'हरूबीचको प्रतिस्पर्धाले विस्थापित पनि गर्न सक्ला। हिजो पञ्चहरूको जमात पनि पार्टीमा परिणत भएजस्तै अहिलेका परम्परागत पार्टीहरू पनि परिमार्जित भएर नयाँ शक्ति नै बन्न सक्लान्। तर, पुरानो मानसिकता र प्रचलनलाई नछाड्ने हो भने जुनसुकै 'नयाँ शक्ति' पनि यथार्थमा पुरानै रहने छ।

देशले खोजेजस्तै साँच्चैका नयाँ शक्तिहरू जन्मियुन्, स्थापित पार्टीहरूमा आत्मनिरिक्षण र अनुशीलनको नयाँ सिलसिला सुरु होस्, शुभकामना!
अर्को समाचार
सपनाको स्वास्थ्य शक्ति
२५ जेष्ठ २०७८
•
७ मिनेट पाठ
सपनाको स्वास्थ्य शक्ति
सामान्य आयु भएको मानिसले आफ्नो जीवनकालको करिब २६ वर्ष सुतेर बिताउँछ। अनि २६ वर्षको सुताइ अवधिमध्ये झण्डै ६ वर्ष मानिसले सपना देख्छ। प्रत्येक रात स्वस्थ मानिसले सपनाको ५ चक्र पूरा गर्छ भन्छ अध्ययनले। यसरी मानिसले आफ्नो जीवनको लामो अवधि सुत्नमा बिताएको पाइन्छ, सपना देख्छ। सुत्न मानिसले खर्चिने लामो समय उत्पादनशील काममा लगाउन सके उत्पादकत्व बढथ्यो, उन्नति/प्रगति हुन्थ्यो भन्ने सोच हुनु अन्यथा होइन। प्राचीनकालदेखि नै निदाउनुलाई थकान मेटाउने कार्य मानियो अनि धेरै अध्ययनले सुत्दा विभिन्न किसिमको शारीरिक फाइदा हुने, प्रतिरोधात्मक क्षमता बढ्ने देखाएको छ। तर सपनाले यथार्थमा के गर्छ त भनी लामो समयसम्म खासै जानकारी थिएन। केही समुदायले सपनालाई भविष्यवाणीका रूपमा हेर्ने गरेका भए पनि त्यसको वैज्ञानिक कारणको अध्ययन गर्न भने लामो समय कुर्नुपर्‍यो। सपनाका सम्बन्धमा भएका अध्ययनको जानकारी गराउनु यो लेखको उद्देश्य हो। 




निदाउनु शारीरिक स्वास्थ्यका लागि आवश्यक छ भने सपनासहितको सुताइ मानसिक तथा ‘फिजिकल हेल्थ’ दुवैका लागि लाभप्रद् देखिएको छ। 
मानव शरीरमा झण्डै ९० अरब स्नायु (न्युरोन) कोस हुन्छन्। जीवनको विभिन्न चरणमा हाम्रा साथी बन्ने र टाढिने क्रम निरन्तर चलेझैं स्नायु प्रणालीका अरबौँ कोस एकअर्कासँग जुटने र छुट्टिने क्रम चलिरहन्छ। कुनै मित्रता दीर्घकालीन अनि कुनै क्षणिक भएझैं स्नायु कोसका समागमसमेत कुनै कमजोर अनि कुनै स्थायी प्रकृतिका हुन्छन्। न्युरोनका कमजोर संसर्गले सूक्ष्म स्मरण शक्ति दिन्छ भने दह्रो बन्धनले दीर्घ स्मरण राख्छ। ब्रेनका कोसहरू एकापसमा जुट्ने र छुट्टिने प्रक्रियालाई वैज्ञानिक भाषामा ‘ब्रेन प्लास्टिसिटी’ भनिन्छ। ‘ब्रेन प्लास्टिसिटी’ का कारण स्मरण क्षमता अस्तित्वमा आउने हो। कुनै निश्चित घटना स्मरणका खातिर जुटेका न्युरोन पछिल्ला दिनमा छुट्टिँदा उक्त परिदृश्य हाम्रो दिमागबाट हराउँछ। तर महत्वपूर्ण घटना स्मरणका लागि जुटेका न्युरोनका बन्धन जिग्री दोस्तको सम्बन्ध जस्तो बलियो हुन्छ अनि त्यस्ता परिदृश्य हाम्रो दिमागमा चिरस्थायी हुन्छ।  

समाजमा जन्मँदै आँखा नदेख्ने मानिसको समेत स्मरण क्षमता राम्रो देखिन्छ। एक पल्ट सुनेको कुरा लामो समयसम्म उसको स्मरणमा रहन्छ। आखिरमा त्यस्तो किन हुन्छ त ? सहजै भेटियोस् भन्नाका लागि घरायसी सामान भवनको विभिन्न भागमा भण्डारण गरेझैँ हामीले देखेका, सुनेका, भोगेका र पढेका कुराहरूसमेत मस्तिष्कको भिन्न–भिन्न भागमा ‘स्टोर’ हुन्छन्। भण्डारणका कारण आवश्यकताअनुसारको सामान घरायसी प्रयोजनका लागि सहजै निकाल्न सकिएझैं विगतको अनुभव हाम्रो मस्तिष्कबाट अविलम्ब निस्कन्छ।  

अन्धो मानिसले आफ्नो नजिकको चिजबिजलाई ‘इकोलोकेसन’ मार्पmत पहिल्याउँछ। ‘इकोलोकेसन’ विधिमा व्यक्तिले निकाल्ने सुस्केरा नजिकको वस्तुमा ठोक्किँदा पैदा हुने प्रतिध्वनिका आधारमा मानिसले चौतर्फी चिजबिज ठम्याउने हो। आवाज कुनै पनि वस्तुमा ठोक्किँदा पदार्थको चरित्रका आधारमा फरक फरक प्रतिध्वनि निस्कने भएकाले सुरदासले खाली बाटो, बस, कार तथा अन्य जीव ठम्याउँछ। ‘इकोलोकेसन’ विधिमा दृष्टिबिहीन मानिसले केबल वस्तुको पहिचानमात्र होइन बरु चिज कति टाढा छ भनी ठम्याउँछ। धेरै वर्षअघिदेखि नै आँखा नभएका व्यक्तिले कसरी मनको नजरले हेर्छ भन्ने ठहर भए पनि कसरी अन्धो मानिसले त्यस्तो शक्ति प्राप्त गर्छ त भन्ने प्रश्नको उत्तर भने सहज छैन।  

हाम्रो आखाले देखेका कुरा स्मरणका लागि मस्तिष्कको ‘भिज्युयल कर्टेक्स’ मा स्टोर हुन्छ। त्यसैले जन्मँदै आँखा नदेख्ने मानिसको ‘भिज्युयल कर्टेक्स’ खाली हुनुपर्ने हो। तर वैज्ञानिक उत्खननमा त्यसो देखिएन। जन्मै आँखा नदेख्ने व्यक्तिको समेत ‘भिज्युयल कर्टेक्स’ भागमा ‘मेमोरी’ ‘स्टोर’ भएको पाइयो। आखिर त्यसो किन हुन्छ त भनी अध्ययन गरियो। 

सपना देखेका बखत न्युरोनहरू थप क्रियाशील भइ दिमागी तागत बढ्नेमात्र देखाएन, बरु त्यही बेला दिमागमा जम्मा भएका अनावश्यक ‘मेमोरी’ हरू मस्तिष्कले ‘क्लिन’ गर्छन्। मस्तिष्कमा जम्मा भएका ‘जंक’ सफाइमा समेत सपनाले सहयोग गर्छ।   
वैज्ञानिक उत्खननका लागि स्वस्थ स्वयमसेवकहरू छनोट गरियो। अनि, सहभागीहरूलाई दुई भागमा विभक्त गरियो। एक समूहका सहभागीहरूको महाभारतकी गान्धारीझैं कालो कपडाले आँखा छोपियो भने अर्को समूहलाई यथास्थितिमा राखियो। अनि, दुवै पक्षलाई अन्धाको ‘ब्रेल भाषा’ पढाइयो। ब्रेल अध्ययनका क्रममा आँखा छोपिएका समूह अर्को पक्ष भन्दा अबल देखिए, जाँचमा राम्रो गरे। आँखामा पट्टी बाँध्ने शिष्यलाई अधिक चलाख देख्दा अनुसन्धानकर्ता चकित परे अनि ‘बायोलोजिकल’ कारण खोजियो। ब्रेल सिकाइका क्रममा गान्धारी ढाँचाका सहभागीको दिमागको क्रियाकलाप अध्ययन गर्दा हेराइले मात्र क्रियाशील हुने ‘भिज्युयल कर्टेक्स’ अर्को समूहको भन्दा अधिक सक्रिय देखियो। खुला आँखा भएका व्यक्ति भन्दा आँखामा पट्टी बाँधेका व्यक्ति ‘ब्रेल लिपि’ अध्ययनका क्रममा अधिक सफल देखिएको परिदृश्यलाई ‘भिज्युयल कर्टेक्स’ को अस्वाभाविक क्रियाशीलताले एकीन गर्‍यो। ‘बायोलोजिक स्टडी’ ले आँखा बन्द हुँदासमेत दिमागी आँखा क्रियाशील हुन्छ भन्ने पुष्टि गर्‍यो।  

उल्लिखित अध्ययनमा ‘भिज्युयल कर्टेक्स’ को क्रियाशीलताले दिमागी दृष्टिका लागि बाहिरी आँखा खुला हुन आवश्यक छैन भन्ने मान्यता स्थापित भयो। थप उत्खननका लागि सुताइ र सपनीका बखत मस्तिष्कमा के÷कस्तो परिवर्तन आउँछ त भनी एकीन गर्न वैज्ञानिकहरू अनुसन्धानमा लागे। अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका ‘न्युयोलोजी’ का प्राध्यापक डेभिड इगलम्यानको विचारमा सपना देख्दा ‘भिज्युयल कर्टेक्स’ अत्यधिक क्रियाशील हुन्छ र उक्त प्रक्रिया दिमागी स्वास्थ्यका लागि अति आवश्यक छ। सुतेका बखत सपना नदेख्ने हो भने ‘भिज्युयल कर्टेक्स’ लामो समयसम्म निष्क्रिय हुने अनि त्यसले ‘ब्रेन प्लास्टिसिटी’ मा नकारात्मक असर पार्ने ठान्छन् डा. इगलम्यान। देखेको सपना जागा भएपछि स्मरणमा नआउने भए पनि सबै स्वस्थ व्यक्तिले अनवरतरूपले सपना देख्छन् र उक्त विधि मानसिक स्वास्थ्यका लागि आवश्यक छ भन्ने कुरा धेरै अध्ययनले पुष्टि गरे। त्यसैले सपना देख्नुलाई ‘डिफेन्सिभ ब्रेन एक्टिभिटी’ भनिन्छ।  

सुतेका बखत प्रत्येक ९० मिनेटमा मानिसको आँखा अत्यधिक चलायमान (र्‍यापिड आइ मोभमेन्ट) हुन्छ अनि त्यसबेला व्यक्तिले सपनी देख्छ। र्‍यापिड आइ मोभमेन्ट र सपनाका बीच प्रत्यक्ष सम्बन्ध देखिएको थियो। सपना देखेका बखत स्नायु प्रणालीका विशिष्ट कोसलगायत ‘भिज्युयल कर्टेक्स’ समेत क्रियाशील हुने भएकाले सुत्दासमेत आन्तरिक आँखा खुला हुन्छ। ‘भिज्युयल कर्टेक्स’ को क्रियाशीलता ‘ब्रेन हेल्थ’ का लागि अत्यावश्यक हुने भएकाले सपनी देख्नु प्रकृतिको बवरदान मान्छन् युनिभर्सिटी अफ् क्यालिफोर्निया लस एन्जलसका वैज्ञानिक डा. डान भाउन। उमेरको बढोत्तरीसगै ‘र्‍यापिड आइ मोभमेन्ट’ चक्र कमजोर हुँदै जान्छ। परिणामस्वरूप वृद्धावस्थामा सपना कम देख्ने अनि अन्ततः दिमागी शक्ति कमजोर हुँदै जाने ठान्छन् अनुसन्धानकर्ताहरू।  

प्राध्यापक इगलम्यानलगायतका वैज्ञानिक समूहले मस्तिष्कको विकास र सपनाबीच कुनै सम्बन्ध भए/नभएको ठम्याउन बाँदरका २५ जातिलाई जन्मदेखि मृत्युसम्म अध्ययन गरे। ‘र्‍यापिड आइ मोभमेन्ट’ का बखत सपनी देख्ने भएकाले उक्त प्रक्रियालाई अध्ययनको मुख्य आधार बनाइयो। बाँदरमा गरिएको अध्ययनले अत्यधिक सपना देख्ने प्रजातिका जन्तु बौद्धिकरूपले चलाख पाइए। बाँदर र मानव धेरै हिसाबले समान भएको ‘प्राइमेट्स’ मा गरिएको उक्त अध्ययन सार्थक देखियो।  

जन्मै अन्धो व्यक्तिको ‘ड्रिम (सपनी) सर्किट’ सकुशल हुँदैन। त्यसैले आजन्म आँखा नदेख्ने व्यक्तिले सामान्य व्यक्तिको जस्तो ‘मुभी’ प्रकृतिको सपना देख्दैन बरु अन्य ज्ञानेन्द्रिय अनुभूति दर्शाउने ‘ड्रिम’ देख्ने हो। सूरदाशमा कानले सुनेका तथा स्पर्शमा आधारित सपनीको चरित्र हुनु अस्वाभाविक भएन। तर बायोलोजिक उत्खनन गर्दा अन्धोले देख्ने विशेष प्रकृतिको सपनाले समेत आँखाको ज्योतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने दिमागको ‘भिज्युयल कर्टेक्स’ लाई नै क्रियाशील गर्ने भएकाले आजन्म अन्धो व्यक्तिको समेत दिव्य दृष्टि भने सकुशल रहन्छ भन्ने मान्यतालाई थप बल दियो।  

सुत्नु स्वास्थ्यका लागि अत्यावश्यक छ। दैनिकरूपले ६ देखि ८ घण्टा निदाउने व्यक्ति मानसिक तथा शारीरिकरूपले स्वस्थ हुन्छ भनी धेरै अध्ययनले देखायो। निदाउनु शारीरिक स्वास्थ्यका लागि आवश्यक छ भने सपनासहितको सुताइ मानसिक तथा ‘फिजिकल हेल्थ’ दुवैका लागि लाभप्रद् देखियो। सपना देखेका बखत न्युरोनहरू थप क्रियाशील भइ दिमागी तागत बढ्नेमात्र देखाएन, बरु त्यही बेला दिमागमा जम्मा भएका अनावश्यक ‘मेमोरी’ हरू मस्तिष्कले ‘क्लिन’ गर्छन्। मस्तिष्कमा जम्मा भएका ‘जंक’ सफाइमा समेत सपनाले सहयोग गरेको छ। स्वस्थ शरीर तथा दिमागका लागि पर्याप्त निद्रा र सपना आवश्यक देखिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस