विराटनगर उपमहानगरपालिकासँग जोडिएको बिहार राज्यको जोगबनी बजारमा नेपालीको घुइँचो देखिन्छ हिजोआज । विगतमा पनि यो बजार पूर्वी पहाड र तराईका मध्यमवर्गीय परिवारलाई मात्र होइन, राजधानीबाट आउने कर्मचारीका निम्ति पनि आकर्षणको केन्द्र रह्यो ।चाडबाड र विवाह–व्रतबन्धमा जोगबनी गएर सामान नकिनी कुनै काम सम्पन्न नहुने संस्कार पूर्वका नेपाली मध्यमवर्गमा विकसित छ । तर, यो पटक दसैँ–तिहारको अवसरमा जोगबनीमा जाने मध्यमवर्गको खरिदारी अनौठो छ, अचम्मको जस्तै छ ।
जोगबनीमा भान्छाका सामान पाउने केही पसल छन् । अहिले ती पसलमा नेपालीको ताँती छ खाना पकाउने बिजुलीको चुलो किन्न । चुलोसँगै सेट मिलाउन किन्नैपर्ने अरु समानको बिक्री पनि उत्तिकै छ । जोगबनीमा चुलो बेच्ने एकजना व्यापारी भन्दै थिए, 'आसपास र पटना बजारसम्मको बिजुलको चुलो अब बाँकी छैन, नेपालीले किनिसके ।' ५ हजारदेखि १० हजारसम्म पर्ने यी बिजुलीको चुलो सेट खरिदकर्ता झन्डै १२ घन्टा लोडसेडिङ हुने देशमा बस्छन् भनी जोगबनी बजार घुम्दा पत्याउन सकिन्न ।
बिजुलीको चुलो किन्न म पनि जोगबनी बजार गएँ । भान्छाको भाँडाकुँडा पाउने पसलभित्र ४ जना र पसलबाहिर ४ जना बसेको देखेँ । यी आठै जना अनेक ब्रान्डका बिजुली चुलो देखाउने, बाँध्ने र पैसा लिने कार्यमा व्यस्त थिए । पसले बेफुर्सदी देखेर कैयौँ नेपाली खिन्न र दिक्दारी प्रकट गरिरहेका थिए । एकजना नेपाली र हिन्दी दुवै भाषा जान्ने पसले भन्दै थिए, 'अहिले कमाउन दिनुहोस् सामानको मूल्य एकपैसा घट्दैन ।' 'नेपालीलाई बिजुलीको चुलो दिएर बाँच्ने आधार वितरण गरेको र यस्तो जीवनदायी वस्तु दिँदा पनि मोलतोल गर्ने' भन्ने पसलेको बोलीबाट यस्ता भाव कैयौँ पटक प्रकट हुन्थ्यो । इन्धन र ग्यास नपाएका नेपाली बिजुलीको चुलो किन्न जोगबनी बजारमा लामबद्ध छन् ।
यता पसलका टेलिभिजनमा बिहार एसेम्ब्लीको चुनावी परिणाम आइरहेको थियो । मैले कुनै पसलेलाई टाउको उठाएर चुनावी परिणाम हेर्ने फुर्सद भएको देखिनँ । तर, समान खरिद गर्न गएका नेपाली भने भारतका प्रधान मन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी बिहार विधान सभामा लज्जास्पद पराजय भोगिरहेको खबरले प्रसन्न थिए । बिहारमा मोदीले हारे, अब भारतीय नाकाबन्दी खुल्नेछ भन्ने अभिव्यक्ति नेपालीबीच जोगबनी बजारमा साटासाट भैरहेको थियो । नेपाली मध्यमवर्ग 'हिन्दुराष्ट्र'राख्नुपर्छ भन्ने मत राख्छन्, तर भारतीय जनता पार्टीको पराजयमा दंग पर्छन् ! राजनीतिको रमाइलो यही छ । राजनीति र धर्मनीतिभन्दा भान्छा नीति ठूलो भएको जोगबनी बजारमा प्रष्टै देखिन्थ्यो । झन् इन्धन र ग्यासको आपूर्ति असहज हुँदा नेपाली राष्ट्रवाद जोगबनी बजारमा लम्पसार परेको देख्दा मलाई उदेक लाग्यो ।
जोगबनी मूलबजारको समानान्तर उत्तर–दक्षिण फैलिएको अर्को बजार छ, जसलाई नेपालीको 'ड्रग सेन्टर' भनी चिनिँदो रहेछ । भीडभाड कम भएकाले त्यही बाटोबाट म विराटनगर भन्सार प्रवेश गर्न भनी हिँडेँ । बाटोको दायाँबायाँ नेपाली युवा तन्नेरी लामबद्धरूपमा देखिए । भर्खर युवा उमेरमा प्रवेश गरेका यी केटाकेटीलाई कसैले 'ट्यापे' कसैले 'ड्रगिस्ट' भन्दा रहेछन् । लागु औषधि खाने, सुइ लिने र सुङ्ने पदार्थप्रति तिनको आकर्षण किन र कसरी भयो होला भनी एकछिन बुझ्न मन लाग्यो र त्यतै तिनैसँग अलमलिएँ । धरान, इनरुवा, दमक, उर्लाबारी, विराटनगर, इटहरी सबैतिरका युवा त्यहाँ भेटिन्छन् । कोही खेल्दाखेल्दै पढाइ बिग्रेर फ्रस्टे«सनमा जोगबनी आउने बानी लाग्यो भन्छन् । कोही पढाइ बिगारेर, कोही साथीभाइको संगतले र कोही पारिवारिक विभाजनले आएको भन्थे ।
धेरै युवा आफ्ना अविभावक विदेश गएको र त्यतैबाट पठाएको पैसाले जोगबनी ड्रगसेन्टर गुल्जार गर्दारहेछन् । यी ट्यापे र ड्रगिस्ट भनी चिनिएका युवाप्रति राज्यको कुनै दायित्व छ कि छैन, बुझिन्न । यिनकै अभिभावकले विदेशवाट पठाएको पैसाले देशमा आधा दर्जन उपप्रधान र कैयौँ मन्त्री तथा सरकारी कर्मचारीले तलब खान पाएका छन् । नेताहरू विदेशमा उपचार र सैरसपाटा पनि गर्छन् । नेपालको भावी पुस्ता यसरी लागुपदार्थको लतमा फसिरहँदा केही गैरसरकारी संस्थाले नियन्त्रण र सुधार गृह चलाएर झारा टारेका देखिन्छ, तर राज्य भने चुपचाप तमासे बनेको छ । विश्वमा युवाप्रति गरिने उपेक्षाभावको सर्वेक्षण गर्ने हो भने नेपाल नम्बर एकमा पर्ने निश्चित छ । यहाँका युवा बृद्ध र रोगी नेताहरूवाट पाएको उपेक्षाभावले नै कुलततर्फ लाग्न बाध्य भएका हुन् । विगतमा लाहुरे संस्कृतिमा ड्रग संस्कृति छिरेकामा चिन्ता प्रकट गरिन्थ्यो, अहिले नेपाली समाजको सबै सांस्कृतिक समूहका युवालाई लागुपदार्थले नराम्ररी फसाएको छ ।
जोगबनी बजार गुल्जार छ भने विराटनगर बजार हिँडिसक्नु छैन । घरहरू टुटिरहेका र भत्किरहेका छन् । टाउको बचाएर बजारमा हिँड्नुपर्ने स्थिति छ । राजमार्गमा चल्ने बसभित्र हेलमेट लगाएर हिँड्नुपर्ने अवस्था भएझैँ विराटनगरमा पनि हेल्मेटबिना हिँड्न जोखिम नै देखिन्छ । सडकहरू चौँडा र आधुनिक बनाउन तोडफोड गरिएको छ, खनेर अलपत्र पारिएको छ । एउटा गाडी हिँड्दा विराटनगरको सडकबाट निस्कने धुलोले सडक छेउका सबै घरलाई धुलो उपहारमा प्राप्त हुन आउँछ । सडक ठेकेदारलाई नाकाबन्दीले काम गर्नुनपर्ने बहाना मिलेको छ । विराटनगर बजारमा निस्कने मधेसी मोर्चाको १०–२० जनाको तथाकथित जुलुसले सहरको ३ पटक परिक्रमा गर्छ, परिणामस्वरूप बजार झन्डै ३ महिनादेखि अर्धबन्द छ । विराटनगरमा हुने गरेको मधेस आन्दोलनले आन्दोलनको परिभाषा पाउँछ भने अब भविष्यमा कुनै पनि आन्दोलनले राज्यलाई झुकाउन सक्नेछैन, यति चै निश्चित भन्न सकिन्छ ।
मधेसलाई राजधानीले कहिले बुझेन भनी कैयौँ पटक भनियो, लेखियो । यसोभन्दा समग्र मधेसमाथि राजधानीले अन्याय गरेको कुरा बुझाउन खोजिएको थियो । राजधानीमाथिको निर्भरतालाई समाप्त गर्ने उपायको खोजी थियो । त्यहाँ मधेसीको मात्र कुरा थिएन र छैन । मेरो र मजस्ता धेरैको पनि कुरा थियो र छ । हो, मधेसमा बस्ने मधेसीका पहिचान र अधिकारका कुरा थिए जसलाई राज्यले सधैँ सम्बोधन नगरी बस्यो, अझै पनि आलटाल गर्दैछ । तर, अब बेला आएको छ मधेसीले पनि आफैलाई कहिले नबुझ्ने रहेछन् भनी भन्नुपर्ने ।
मधेसको समस्या पहिचान र अवसरको मात्र थिएन, स्वतन्त्रताको पनि थियो । स्वतन्त्रता भन्नाले पृथक राष्ट्रको अर्थात् अलगाववादको कल्पना थिएन र छैन । तर, राजधानीसँगको निर्भरतालाई क्रमशः कम गर्दै मधेस आफैमा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकरूपले स्वतन्त्र निकाय बन्ने दिशातर्फ जानुपर्छ भन्ने चाहना त्यसमा अन्तर्निहित थियो र छ । मधेस भूगोलबाट मात्र स्वतन्त्र निकाय हो आजसम्म नेपालको नक्सामा । अब मधेसको सामाजिक र आर्थिक विकास नीति पनि स्वतन्त्र रहनु आवश्यक छ । पछाडि फर्केर हेरौँ त, राजधानीमा तयार गरिएका अनेकौँ देशी–विदेशी विकास मोडल कसरी सबै मधेसमा असफल भएका छन् विगतमा । एकीकृत विकास परियोजनादेखि औद्योगिक विकास केन्द्रहरूसमेत धराशायी भएका उदाहरण हाम्रा आँखासामु छ ।
नेपालका तराईका सहर र गाउँहरू उजाड छन् र आर्थिक गतिविधिको लागि निराशापूर्ण अवस्था छ अहिले । जोगबनी बजारसँगको नेपाली मध्यमवर्गको निर्भरता र विराटनगरको उदेक लाग्दो सहरीकरण तथा यहाँ भैरहेको कर्मकाण्डी मधेस आन्दोलनपछि मोरङको पुरानो राजधानी रंगेली हेर्न गएँ । रंगेलीले मधेसीको साम्प्रदायिक भावना बोकेको धेरै पहिलेदेखि हो । धनकुटाबाट चाहनाअनुसार राजस्व नउठे पछि रंगेलीलाई पूर्वको सदरमुकाम बनाइयो सम्भवतः राणा प्रधान मन्त्री वीर शमशेरको पालामा । सम्भ्रान्तहरूद्वारा रचिने रंगेलीका अनेक रंगिन रात धेरैपछिसम्म पनि पूर्वमा चर्चाको विषय थियो । त्यही रंगेली अहिले भुताहा सहरझैँ भएको छ । कुनै पनि सम्भावना नबोकेकोझैँ देखिने यो सहर राजधानीसँगको परनिर्भरतालाई समाप्त गरी फेरि आफ्नै खुट्टामा उभिन सनपाट खेती र कृषिजन्य उद्योगमा नफर्की रंगिला बन्न सम्भव छैन ।
कृषि खेती अहिले नेपालमा रुग्ण अवस्थामा छ । कृषि पेशामा लाग्ने परिवार पनि अहिले रुग्ण अवस्थामै छन् । रेमिटेन्सले किसान परिवारको जीवन धानेको छ । अहिले धान काटिसकेको खेतमा केही पनि नलगाएको देखेर मैले तोरी वा गहँु खेती गर्नेतिर सुरसार देखिन्न भनी एकजना किसानलाई सोधँे । किसानले घाटा छ यी दुवै खेती गर्न सकिन्न भने । काठमाडौँमा कृषिविज्ञ धेरै छन् । योजना आयोगदेखि कृषि मन्त्रालयमा पनि किसान हितका अनेक ठेली होलान । तर, किसानको बीचमा गएर बुझिन्छ कसैले ६ प्रतिशत सहुलियत कृषि ऋण अहिलेसम्म सुनेका मात्र छन्, पाएका छैनन् । मधेसमा खेती अब सम्मानयोग्य पेशा पनि रहेन र त्यसमा लागेर जीवन निर्वाह हुने अवस्था पनि छैन भनी सवै कृषिबाट पलायन भइरहेका छन् । यही क्रममा गाउँघर खाली हुँदैछ ।
अब म माथिका दृष्टान्तहरूलाई अहिलेको भारतीय नाकाबन्दी, मधेस आन्दोलन र नेपालको परनिर्भरतालाई जोडेर केही शब्दमात्र लेख्छु ।
पहिलो समस्या काठमाडौँबाहेक नेपालमा बजार छैन । तराईमा बजार भनेको भारतीय सीमाक्षेत्रमा खोज्न जानुपर्छ । यसर्थ जब हामी उदार अर्थतन्त्रको कुरा गर्छौं तब देशभित्रै बजार निर्माणको कल्पना पनि सँगै आउन जरुरी छ । आखिर भारतीय नाकाबन्दीले ग्यास नआउँदा नेपालको मध्यमवर्ग बिजुली चुलो किन्न पनि जोगबनी बजार जान बाध्य छ, यो अवस्था अन्त्य हुन भारत–नेपालबीच भन्सारको आवश्यक छैन । मानिसझैँ वस्तु र सेवाको पनि निर्वाध आवतजावत चल्न दिनुपर्छ वा सीमाको खुला आवागमन बन्द गर्नुपर्छ ।
दोस्रो, नेपाली युवा कि पलायन भएका छन् कि निराशामा डुबेर लागुपदार्थमा आकर्षित भएका छन् । युवालाई आकर्षण गर्ने राजनीति नेपालमा अगाडि बढाउनुपर्छ । केही मध्यमवर्गले आफ्नो सन्तान विदेश पठाएर आफू यहाँ प्रधान मन्त्री, उपप्रम, मन्त्री र कर्मचारी भएर बस्ने सुविधा पाएका छन् । तिनले नेपालका भावी पुस्ताप्रति किमार्थ न्याय गर्न सक्तैनन् । तसर्थ जसका सन्तान नेपालमै संघर्षरत छन् तिनले मात्र नेपालको रोजगारी नीति निर्माण गर्ने व्यवस्था गर्नुपर्छ ।
तेस्रो, विदेशी सहयोगमा वा आफ्नै स्रोतसाधनले भए पनि सडक आधुनिक र चौडा पार्ने परियोजनाले बसिरहेको बस्तीमा वर्षौं धुलो, धुवाँ, खाल्डोजस्ता असुविधा पार्न कानुनले बन्देज लगाउनुपर्छ । सडक चौडा पार्ने नाममा लाखौँ सहरबासीको स्वास्थ्यमा पर्ने प्रतिकूल अवस्था आधुनिकताको नाममा आउन दिनु हुँदैन । नयाँ ठाउँमा नयाँ ढंगले सहर विस्तार गर्न सकिन्छ । र, भैरहेको सहरलाई पुरानै अवस्थामा राख्ने तर आधुनिक ढंगमा सफा पार्न सके त्यसको इतिहास र गरिमा पनि जोगिनेछ ।
चौथो, कृषि मन्त्रालयको काम काठमाडौँमा छैन । वीरगन्जमा केही मन्त्रालय र विभाग सार्न सकिन्छ । जस्तोः भन्सार विभाग र कृषि मन्त्रालय । तराईको कृषिमा अब विज्ञ र सचिवको पनि काम देखिँदैन । सरकारी प्रणाली सरल र सुविधायुक्त भए सबै किसान अब विज्ञ छन् र विविधतायुक्त खेतीबारे जानकारी राख्छन् । सरकारले कृषिलाई जोगाउन यसको क्रूर नोकरशाहीतन्त्रको पन्जाबाट यो क्षेत्रलाई मुक्त राख्न जरुरी छ ।
अन्त्यमा, मधेसले ढिलो–चाँडो स्वतन्त्रताको नयाँ पहल सुरु गर्नेछ । र, त्यसको आयाम आर्थिक, सामाजिक रूपान्तरणमा परनिर्भरताको अन्त्य गर्ने सोचबाट अगाडि बढ्ने छ भन्ने आशा गरौँ ।