मधेस विद्रोहको उपलब्धि
०४ माघ २०७१
•
१३ मिनेट पाठ
मधेस विद्रोहको उपलब्धि
ठीक ८ वर्षअघि मधेस विद्रोहमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा माघ ५ लाई सहिद दिवस मानिन्छ। माघ ५ को बलिदानी दिवस मधेसका लागि एउटा अविस्मरणीय क्षण हो। तर, अझै पनि सहिदको सपना साकार भएको छैन। आन्दोलनको एजेन्डा र सहिदको सपना साकार भएमात्रै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। 
मधेसवादी दल र नेताहरूले मधेस आन्दोलनको स्मरण गर्दै माघ ५ गते सिरहाको लहानस्थित सहिद रमेश चोकमा बलिदानी दिवस मनाउन थालेको ८ वर्ष भएको छ। तर आन्दोलनमा घाइते भएकाहरूका लागि अहिलेसम्म पनि न त राम्रोसँग उपचार हुन सकेको छ, न क्षतिपूर्ति नै पाएका छन्। आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिदको उपमा पनि दिइएको छैन।

आन्दोलनपछि बनेका हरेक सरकारमा मधेसी दलको सहभागिता रह्यो, तर मधेस आन्दोलनका सहिदलाई उपेक्षा गरियो। मधेसी दलहरूका लागि बलिदानी दिवस भए पनि सहिद परिवारका लागि त्यो एउटा दुःखद, पीडादायी र कहालीलाग्दो दिन सावित हुँदै आएको छ। मधेसी दलहरूको सत्तामोहले आन्दोलनका क्रममा सहादत प्राप्त गरेका परिवारको गुनासो बढ्दो छ। माघ ५ गते मधेसवादी दलहरूले राजधानीलगायत तराईका विभिन्न जिल्लामा धुमधामका साथ बलिदानी दिवस मनाउने गरेका छन्। तर सहिद परिवारले मधेसीको अधिकार प्राप्त नभएकोमा दुखमनाउ गर्दैछन्। त्यतिबेला चिसो शीतलहरमा पनि मधेसभूमिमा आन्दोलनको राप थियो। जनता सडकमा थिए। ५४ जना मधेसी सहिद भए, सयौँ घाइते भए। यो ८ वर्षको अवधिमा दुई वटा नयाँ शक्तिको उदय भयो। जयप्रकाश गुप्ता र सीके राउत। अधिकारसम्पन्न मधेस प्रदेशको पक्षमा रहेका गुप्तालाई विद्रोही स्वभावका मातृका यादवले साथ दिइरहेका छन् भने स्वतन्त्र मधेस अभियानका राउतको पक्षमा पनि मधेसमा आकर्षण बढ्दो छ। एमाओवादी, मधेसी र आदिवासी जनजाति नेतृत्वको ३० दलीय मोर्चाको छुट्टै आन्दोलनले सडक तताउन थालेको छ।

आठ वर्षअघि जागेको मधेस अहिलेसम्म पनि निश्चिन्त सुत्न पाएको छैन। विगतकै असन्तुष्टि, निराशा र आक्रोस देखिन्छ मधेसभरि। आठ वर्षअघिको मधेस र हालको मधेसमा कुनै तात्िवक अन्तर छैन, कुनै परिवर्तन देखिएन। मधेसका एजेण्डाहरू ज्यूँकात्यँू छन्। सरकार, राज्य, प्रहरी प्रशासन र शासक वर्गको रवैया पुरानै छ। केपी ओलीलाई मधेस र मधेसीको कुनै अर्थ छैन। भारतको युपी/बिहार र नेपालको मधेस उनलाई उस्तै लाग्छ। अग्लो ठाउँमा उभिएर होला, सतहको मधेस देखानपरेको! अथवा फेरि महेन्द्रवादको चश्माले मधेस कहाँ छ, त्यो ठम्याउन नसकेका हुन्। महेन्द्रको प्रेतले ओलीलाई मधेसी, आदिवासी जनजाति, महिला, मुस्लिम, उत्पीडित, उपेक्षित र सीमान्तकृत वर्गको आवाज सुन्न दिइरहेको छैन।

मधेस विद्रोहले स्थापित गरेको मूल्यमान्यता कायमै छ। एजेण्डा कमजोर छैन। बरू मधेसी नेतृत्व लाचार, कमजोर र विभाजित छ। मधेस विद्रोहताका अघि सारिएका एजेण्डा अहिले धरापमा छन्। कार्यान्वयन हुने त परको कुरा हो, झन् ती एजेण्डा नै गुम्ने खतरा बढेको छ। कतिपय मुद्दा स्थापित भए, तर कार्यान्वयन हुनसकेन।

मधेसीको स्वतन्त्र पहिचानले भावनात्मक बल पाए पनि राष्ट्रिय राजनीतिमा स्थान पाउन सकेन, न त कानुनीरूपमा नै स्थापित हुनसक्यो। अघिल्लो संविधान सभा विघटनसँगै मधेसको उपलब्धि पनि गुम्यो। भावी संविधानका लागि ती मर्म र भावना अन्तरिम संविधानमा समेटिए पनि अहिले तिनै एजेण्डा कार्यान्वयनका लागि महाभारत हुँदैछ। जनसंख्याको आधारमा प्रतिनिधित्वको सवालले पनि खासै महत्व पाएको देखिँदैन। समावेशीकरण त झन् ...देखाउने दाँत' भइसक्यो। पहिलो र दोस्रो संविधान सभाको निर्वाचनताका सबै मधेसकेन्द्रित दलले आफ्नो घोषणापत्रमा ...आत्मनिर्णय र पहिचानमा आधारित समग्र मधेस एक स्वायत्त प्रदेश' लाई प्रमुख एजेण्डा बनाएका थिए। दोस्रो संविधान सभामा कमजोर सावित भएका मधेसी दल त्यो मागबाट चिप्लिसके, उपेन्द्र यादवबाहेक।

संघीयता र समावेशीकरणको सवाल स्थापित भइसकेका छन्। भलै तिनको कार्यान्वयन चुनौतीपूर्ण छ। मधेस विद्रोहले नै मधेसी पहिचानलाई स्थापित गराउन सफल भयो। मधेसीले अब गर्वले आफूलाई मधेसी भन्नसक्ने अवस्था बनेको छ। राष्ट्रिय राजनीतिमा मधेसी समुदायको प्रतिनिधित्व र पहँुच बढाएको छ। हालै नेकपा एमालेले लालबाबु यादवलाई सभासद् चयन गर्न बाध्य भयो। मधेस विद्रोहको प्रमुख उपलब्धिको रूपमा रहेको आदिवासी जनजाति, मुस्लिम, महिला, पिछडावर्ग, अल्पसंख्यक, सीमान्तकृत, दलितलगायतले थुप्रै अवसर पाएका छन्। साविक समावेशी र प्रतिनिधित्व पर्याप्त नभए पनि निराश हुनु पर्दैन। नेपालमा संघीयता, लोकतन्त्र र गणतन्त्र, पहिचान, समावेशिता मधेस विद्रोहकै देन हो।

मुलुक अहिले नयाँ संविधान निर्माण प्रक्रियामा छ। तर नयाँ संविधानमा आफ्ना माग र एजेण्डा सम्बोधन गराउन मधेसी समुदायका लागि चुनौती छ। यसका लागि चौतर्फी दबाब सिर्जना हुँदैछ। अब बन्ने नयाँ संविधानमा मुलुकमा सबै वर्ग, जात, धर्म, समुदायको साझा पहिचान, अधिकार र माग स्थापित हुनुपर्ने आवाज उठिरहेको छ। मधेसको प्रमुख माग संघीयता र पहिचान हो। अर्थात् पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान। संघीय ढाँचामा नजाँदासम्म मधेसमात्रै होइन, देशकै विकास नहुने स्पष्ट भइसकेको छ।

आत्मनिर्णयको अधिकार मानवअधिकारको विश्व घोषणापत्र, राजनीतिक एवं नागरिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र तथा आर्थिक–सामाजिक–सा"स्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रमा समाविष्ट रहेका अधिकारहरू

हुन्। आत्मनिर्णयको अधिकार भनेको आन्तरिक स्वायत्तता हो। तर राज्यद्वारा कुनै जातीय समुदायलाई चरम विभेद तथा संहारको स्थितिमा पुर्यािइँदा आत्मनिर्णयको अधिकार दमनकारी राज्यबाट छुट्टिने अधिकार पनि हो।

सम्पूर्ण मधेसका पूर्व मेचीदेखि पश्चिम महाकाली तथा उत्तर भित्री मधेसदेखि दक्षिणमा भारतको सीमासँग जोडिएको क्षेत्रलाई अविभाजित रूपमा क्षेत्रीय स्वायत्तता प्रदान गरी एकिकृत मधेस प्रदेशको मान्यता दिइनुपर्छ। मुलुकमा प्रदेश गठनका केही आधारभूत मान्यता हुने गर्दछन्। जस्तै : भौगोलिक एकरूपता, सांस्कृतिक एवं लोक संस्कृतिको समानता, भाषिक समानता वा समान भाषिक सूत्रको सम्भावना, समान आर्थिक आधार तथा स्रोत र त्यसको उपयोगको सम्भावना। अवसर र पहुँचको अभाव र राज्यको मूलप्रवाहबाट बञ्चित भएकाले मधेस क्षेत्रका अधिकांश युवा बेरोजगार छन्। मधेसी युवालाई राज्यको स्रोतसाधनबाट जोडिनु आवश्यक छ। त्यस्तै, मधेसी समुदायमा चरम गरिबीको अवस्था

छ। स्रोतसाधनको अभावले कृषि, सिंचाई, अन्नबालीको अवस्था नाजुक छ। मधेसमा क्षेत्रीय प्रादेशिक स्वायत्तता उपयुक्त हुन्छ। बसाईसराई, रोजगारी तथा तीव्रतर यातायातको विकासले गर्दा नेपालमा निरपेक्ष जनसांख्यिक बाहुल्यताका जातीय प्रदेशहरू छुट्याउन गार्हो् छ। जातीय प्रदेशको नामकरण गरिए पनि त्यस्ता प्रदेशमा जनसांख्यिक हिसाबले ऐतिहिासिक आवादीका जातिहरू अल्पसंख्यामा पर्न जाने हुन्छ।

लोकतन्त्रका दुईवटा ढा"चा विश्वव्यवहारमा छ : बहुमतीय ढा"चा र सहमतीय ढा"चा। बहुमतीय ढा"चा विगतको संसदीय प्रयोगबाट उपयुक्त छैन भन्ने कुरा सावित भइसकेको छ। सहमतीय लोकतन्त्रको ढा"चा अनेकाँै मुलुकमा सफल देखिएको छ। दक्षिण अफ्रिकामा यही मोडेल अवलम्बन गरिएको हो। यसमा अल्पसंख्यक दलहरू पनि सरकारमा सामेल हुन्छन्। यसमा सबै राजनीतिक दललाई सत्तामा समानुपातिक हिस्सा प्राप्त हुन्छ। मधेसको जल, जंगल तथा जमिन त्यहीँको मधेसी समुदायको हो। पहिलो अधिकार उनीहरूकै हो। नेपालको समग्र विकासको नाममा मधेस क्षेत्रको प्राकृतिक सम्पदाको दोहन गर्दा आजसम्म मधेसको आर्थिक हितलाई नजरअन्दाज गरिएको छ। मधेस क्षेत्रको प्राकृतिक स्रोतको हालसम्म भएको भारत वा अन्यसँगको बहुपक्षीय उपयोगको सन्धिसम्झौतालाई मधेसको रैथाने हक, वातावरणीय अधिकारको आधारमा गुमेको हकको प्रतिस्थापन र प्राप्ति हुनुपर्छ।

सहिदको रगतबाट जन्मिएको संघीयता आज धरापमा छ। कांग्रेस र एमाले संघीयताप्रति इमानदार देखिँदैनन्। मधेसी दल र एमाओवादीको आधार नै संघीयता हो। संघीयताको सवाल छाडे उनीहरू आफै सिद्धिने खतरा छ। संविधान सभामा कमजोर देखिए पनि संविधान जारी हुने तिथि नजिकिँदै गर्दा उनीहरू तातेका छन्।
अर्को समाचार
मधेसले के पायो? के गुमायो?
१७ माघ २०६९
•
११ मिनेट पाठ
मधेसले के पायो? के गुमायो?
मधेस विद्रोहको छ वर्ष पूरा भएको छ। हरेक वर्ष माघमा विद्रोहको चर्चा हुने गर्छ। विद्रोहपछि मधेस राजनीतिका उपलब्धि र चुनौतीको पनि चर्चा हुने गर्छ। २०६२/६३ सालताका नेपाल मूलभूतरूपमा सहमतीय राजनीतिको बाटोबाट गुज्रेको थियो। पूरै राजनीतिको कमाण्ड गिरिजाप्रसाद कोइरालाको हातमा थियो। राणा शासन, प्रथम प्रजातान्त्रिक काल, पञ्चायती काल, दोस्रो प्रजातान्त्रिक काल सबैको परीक्षण भइसकेको थियो तर गणतान्त्रिक कालको परीक्षण बाँकी थियो। आन्दोलनहरू नेताबाट मात्र फेरिँदो रहेछ, नीति होइन भन्ने बुझाई आममधेसीमा पलाउन थालेको थियो।
यसका बाबजुद पनि विद्रोह भड्किनुका तात्कालिक दुइटा कारण थिए- पहिलो, माओवादीसहितको सहमतिमा आएको अन्तरिम संविधान २०६३ मा सङ्घीयताको उल्लेख नभएको। दोस्रो, मधेसी जनअधिकार फोरमद्वारा घोषित आन्दोलनका क्रममा लहानमा माओवादी कार्यकर्ताको गोलीबाट रमेश महतोको हत्या हुन पुगेको। तर, उल्लिखित तत्कालीन कारणहरूबाहेक ऐतिहासिक कारणचाहिँ नेपाली राज्य प्रणाली र शासन प्रणाली सञ्चालनकर्ताहरूको मधेसी समुदायप्रतिको विभेदपूर्ण नीति र नियत थियो। त्यसकारण विद्रोह केही हदसम्म पर्वते शासक समुदायको विरोधमा पनि थियो तर धेरै हदसम्म राज्यप्रणाली र प्रशासनको विरोधमा नै केन्द्रित थियो।
मधेस विद्रोहले केही तात्कालिक र केही दीर्घकालीन उपलब्धि दिलायो मधेसी समाजलाई। फोरमको आह्वानमा सुरु भए पनि आन्दोलन जब विद्रोहमा परिणत भयो, तब कसैको नियन्त्रणमा रहेन। त्यसैले त्यसको अवतरण पनि कसैसँग वार्ता गरेर भएन, बरु प्रधानमन्त्रीको सम्बोधन मात्रले भयो। प्रधानमन्त्रीको सम्बोधनमा मूलभूतरूपमा चार महत्त्वपूर्ण पक्ष थिए- पहिलो, यो देशमा मधेस र मधेसी समुदाय पनि छ। दोस्रो, अब उप्रान्त यो देशमा सङ्घीय शासन प्रणाली अपनाइनेछ। तेस्रो, यहाँको राज्य प्रणाली र शासन प्रणालीलाई समानुपातिकरूपमा समावेशी बनाइनेछ। र चौथो, निर्वाचन प्रणाली संशोधन गरेर जनसङ्ख्याका आधारमा मधेसीहरूको समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गराइनेछ।
मधेस विद्रोहको प्रभाव बहुआयामिक रह्यो। सामाजिक र राजनीतिक प्रभावहरू ऐतिहासिक प्रकारका रहे। सबैभन्दा महत्त्वपूर्ण नेपाली समाजमा मधेसीहरूको मनोबल वृद्धि भयो। पर्वते समुदायमा मधेसीलाई हेर्ने दृष्टिकोण फेरियो। मधेसीहरूको सामाजिक स्वीकार्यता वृद्धि भयो। पहिचानले संवैधानिकता पाएपछि मधेसीहरूको भेषभूषा, भाषा, संस्कृति, लवाइ-खवाइ, पहिरन, व्यवहार र संस्कार सबैले स्वीकार्यता पाउनु सर्वाधिक र दीर्घकालिक महत्त्वको विषय रह्यो।
विद्रोहपश्चात् मधेस राजनीतिले नयाँ उचाई प्राप्त गर्योृ। अन्य पार्टीमा रहेका मधेसी नेताले कि आफै मधेसवादी दल खोले वा त्यस्ता दलमा समाहित भए। राष्ट्रिय राजनीतिमा मधेसी एजेण्डाहरूबारे नयाँ प्रकारले बहस प्रारम्भ भयो। नयाँ राजनीतिक शक्तिका रूपमा मधेसी जनअधिकार फोरमको उदय भयो। फोरमको उदयले पुरातन शैलीले मधेस राजनीति गर्न अभ्यस्त सद्भावना पार्टीहरूलाई लगभग मधेसबाट विस्थापित गराइदियो भने मधेस राजनीतिमा केवल कुलीन जात एवं परिवारका सदस्यहरूलाई पनि नेतृत्वबाट विस्थापनको प्रयास गर्योे। मधेस राजनीतिमा अहिले पनि दलित र महिलाको उपस्थिति नाममात्रको छ, जुन आगामी दिनमा ठूलो बहसको एजेण्डा बन्ने निश्चितप्रायः छ। भाग्यवादी राजनीतिको ठाउँमा जुझारु र उग्र शैलीका गतिविधि सुरु भए।
विद्रोहपश्चात् आममधेसी र नेतृत्वको आत्मबल यतिविध्न बढ्यो कि २०६३ माघमा तीन दर्जन आन्दोलनकारीको शहादतबाट पाएको आश्वासन पूरा नहुँदा २०६४ फागुनमै अर्को आन्दोलन घोषणा भयो। थप डेढ दर्जन आन्दोलनकारीको वलिदानीपश्चात् मधेसी राजनीति आफ्नो अनुकूलको निर्वाचन प्रणाली संशोधन गराउन सफल भयो। नेपाली सेनामा मधेसीहरूको सामूहिक प्रवेश हुने सरकारी प्रतिबद्धता लिन पनि सफल भयो। मधेसीहरूकै कारण अवरुद्ध रहेको संविधान सभाको निर्वाचन नयाँ सहमतिपछि सम्भव भयो, जुन कालान्तरमा गएर सबैभन्दा बढी मात्रामा मधेसीहरूका लागि उपलब्धिमूलक भयो। संविधान सभामा ६०१ मध्ये लगभग २०० मधेसीको उपस्थितिले गर्दा नेपाली राजनीतिमा आमूल परिवर्तन देखियो। सधैँभरि कृपापात्रका रूपमा पछि पारिएका मधेसीहरूले नेपाली राजनीतिमा चालकको भूमिका पाए। संविधान सभाको निर्वाचनपछि मधेसी राजनीतिले जे चाहेको छ, त्यही नै भएको छ नेपाली राजनीतिमा। राष्ट्रपतिको निर्वाचनमा रामवरण यादवको विजय, कटुवाल प्रकरणमा प्रधानमन्त्रीबाट पुष्पकमल दाहालको राजीनामा, माधव नेपालको प्रधानमन्त्रीमा चयन, बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा छनौट र निरन्तरता जस्ता राम्रा/नराम्रा जे/जस्ता कार्य भएका छन्, केवल मधेसवादी दलहरूका कारण सम्भव भएका हुन्।
केन्द्रीय राजनीतिमा मधेसीहरूको वर्चस्व स्थापित भएपछि शासन प्रणालीमा कुनै न कुनै प्रकारले मधेसी मन्त्रीहरूको उपस्थिति बढेको छ। तर, नेपालको राज्य प्रणाली अहिले पनि मधेसीमैत्री हुन सकेको छैन। थालिएको समावेशीकरणको प्रक्रियामा अवरोध थपिँदो छ। नेपाली समाज, राज्य, शासन र प्रशासनमा मधेसीको पहुँच एवं प्रतिनिधित्व बढ्दै गएपछि अन्तराष्ट्रिय समुदायको चासो पनि फेरिएको छ। मधेसलाई तीनै तिरबाट खुला सिमानाले घेरेको समृद्ध शक्तिशाली भारतको दृष्टिकोण र रणनीति दुवै फेरिएको छ। चासो जस्तो भए पनि मधेस विद्रोहले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सम्बद्ध परम्परागत अवधारणामा पुनर्विचार गर्न बाध्य पारेकै हो।
मधेस विद्रोहपछिको विस्तारित आकारको मधेसी राजनीतिले सबै कुरा पाएकामात्र छैनन्, केही गुमाएको पनि छ। राजनीतिमा चार पक्ष महत्त्वपूर्ण हुन्छन्। एजेण्डा, संगठन, नेता र तीनै पक्षको समिश्रणबाट हुने गतिविधि। मधेसी राजनीतिको इतिहास पुरानै भए पनि यो अहिलेसम्म परिपक्व भइसकेको छैन। मधेसमा धेरै नेता मसिहा बन्न आए तर तिनमा दूरदर्शिता र संगठन निर्माणको अभाव देखियो। त्यसकारण बलियो राजनीतिक संगठन निर्माण हुनै सकेन। विद्रोहपछि परिदृश्यमा आएका तीन दल आज १३ टुक्रामा विभाजित छन्।
२०६४ को संविधान सभाको निर्वाचनपछिका गतिविधि विश्लेषण गर्दा स्थिति निराशाजनक रह्यो। संविधान सभाको निर्वाचनपश्चात् नेपाली राजनीतिको मुख्य कार्यभार नयाँ संविधान निर्माण, शान्ति प्रक्रिया टुङ्गयाउनुका साथसाथै शासन प्रणालीमा शक्तिको उचित बाँडफाँट हुनुपर्ने थियो। शान्ति प्रक्रियामा मधेसी राजनीतिको महत्त्वपूर्ण भुमिका थिएन। यो मुलभूतरूपमा माओवादी र काँगे्रस-एमालेबीचको मुद्दा थियो। तर संविधान निर्माणमा मधेसी दल र नेताहरू कहिल्यै गम्भीर देखिएनन्। उनीहरूले सङ्घीयताको सवालमा केवल एक मधेसको रट लगाई बसेे भने शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्यायपालिकासम्बन्धी विवादमा कहिल्यै कुनै खास प्रकारको मत निर्माण गरेर अग्रसरता लिएनन्/लिन सकेनन्। यस अवधिमा मधेसवादी दलहरूले केवल सत्ता राजनीतिमा आफूलाई सक्रिय बनाइराखे।
आज मधेसीहरू नै भन्न थालेका छन्- ५० भन्दा बढी आन्दोलनकारीको शहादतबाट निर्माण भएको मधेस राजनीतिमा कुनै पनि मधेसी नेताको नियन्त्रण छैन। दुर्भाग्यवस, जसको नियन्त्रणमा मधेस राजनीति कैद हुन पुगेको छ, तिनको प्राथमिकतामा मधेसका एजेण्डा पर्दै परेन। त्यसकारण राष्ट्रिय राजनीति र समग्र नेपाली समाजमा मधेसी नेता र राजनीतिको साख गिरेको छ। ६ वर्षमा मधेसी राजनीतिले गुमाएको सबैभन्दा महत्त्वपूर्ण पक्ष यही हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस