जनआन्दोलन-२ पछि २०६३ माघमा भएको मधेस विद्रोहको पाँच वर्ष पूरा हुन लागेको छ। योबीचमा मधेस मुद्दामा के/कति उपलब्धि भयो भन्ने कुराको समीक्षा आवश्यक छ। वास्तवमा भन्ने हो भने मधेस विद्रोहले तत्कालीन स्थितिमा युगौंदेखि दोस्रो दर्जाको नागरिकसरह जीवन बिताउन बाध्य मधेसीका लागि आन्दोलनले पूर्ण नागरिकका रूपमा नयाँ जन्म नै दियो। तर मधेस विद्रोहको उपलब्धि पाँच वर्ष नपुग्दै परालको आगोको रापसरह सावित हुँदैछ। जसरी परालको आगोले एकछिन अत्याधिक ताप दिन्छ तर एकैछिनमा चिसो खरानी भइदिन्छ, मधेस विद्रोहको ऊर्जाको हविगत पनि त्यस्तै भएको छ।
सतहीरुपमा मधेसको उपलब्धि धेरै देखिन्छ। राष्ट्रपति र उपराष्ट्रपति म्ाधेसी नागरिक हुनु, संसदमा अर्थपूर्ण सहभागिता हुनु, मधेसीलाई समावेश गराउन सबै दलमा दबाब बढ्नु, मधेसीको हक अधिकारका सन्दर्भमा व्यापक चर्चा हुनुलाई ठूलो उपलब्धिका रूपमा लिइँदैछ, जुन अस्वाभाविक होइन। तर, मधेसले चाहेको वास्तविक उपलब्धि भने ओझेल पर्दै गएको छ। गहिरिएर विश्लेषण गर्दा मधेसी मुद्दा उकालो नै लाग्न नसनेगरी दलदलमा भासिँदै गएको देखिन्छ। मधेसका प्रायः दल सरकारमा रहे पनि पा"च बर्षको अवधिमा समावेशी विधेयकसमेत पारित हुन सकेको छैन। मधेसीलाई दिने २२ प्रतिशत आरक्षण कोटाको पनि पूर्णरूपले कार्यान्वयन हुन सकिरहेको छैन।
सेना, प्रहरीलगायत् राष्ट्रको शक्तिमा यद्यपि मधेसीको उपस्थिति मधेस विद्रोह पूर्वकै अवस्थामा छ। एक लाखको हाराहरीमा रहेको सेनामा तल्लो दर्जामा ६ हजारभन्दा बढी छैन भने ५६ हजार नेपाल प्रहरी र ३१ ह्जार सशस्त्रमा पनि मधेसीको संख्या न्युन नै छ। कर्मचारी संयन्त्रमा पनि त्यस्तै छ। राज्यको सामावेशी नीति नियमअनुसार पूरा हुने पद संख्याको ५५ प्रतिशत खुल्ला प्रतिस्पर्धाबाहेक ४५ प्रतिशलाई शतप्रतिशत मानी २२ प्रतिशत मधेसीलाई आरक्षण दिनुपर्ने अधिकृत स्तरको कतिपय विज्ञापनमा त्यो पनि भएको देखिन्न। स्वीकृत दरबन्दीले एकाध आरक्ष पाउने देखिए पनि टुक्राटुक्रामा विज्ञापन गरी त्यो पनि सखाप पार्ने रणनीति देखिएको छ। देखावटीरूपमा मधेसलाई अधिकार दिने कुरा गरिए पनि आन्तरिकरूपमा मधेसको ऊर्जा सखाप पार्ने काम नै भएको देखिन्छ। मधेसको ऊर्जा कम हुँदै जानु मधेसको ठूलो नोक्सानी हो।
मधेस भूभागमा रहेको हरेक जातजातिको एकीकृत ऊर्जाले नै विद्रोह उचाईमा पुगेको थियो र उपलब्धि संस्थागत गर्न पनि एकीकृत ऊर्जा आवश्यक थियो र छ पनि। तर यतिखेर मधेसी भनेर मधेसका यादव कुर्मीलगायत्को दुई चार जातमात्र देखिँदैछन्। कोही आफूलाई आदीवासी भनेर अलग गर्दैछन् भने कोही अल्पसंख्यकको नामले त कोही दलितको नामले अनि कोही पिछडिएको वर्गको नामले छुट्टाभिन्न हुँदैछन्। आ-आफना पहिचानका निम्ति आफ्नो स्थान रोज्नुलाई अन्यथा मान्न सकिँदैन तर यसले समग्र मधेसको ऊर्जालाई छिन्नभिन्नचाहिँ अवश्य गरेको छ। सानो टुक्रामा विभाजित भएर अधिकार खोज्दा जति उपलब्धि मिल्छ, त्योभन्दा कैयौं गुणा बढी उपलब्धि एकताबद्ध भएर मिल्छ भन्ने सोचाई मधेसबाट पलायन भइसकेको छ। मधेसमा यतिखेर जातीय ध्रुवीकरणको राप पनि त्यत्तिकै बढेको छ। यसले विभाजित ऊर्जालाई झन् विभाजत गर्दैछ।
म्ाधेसीको हैसियतले उपप्रधानमन्त्रीसहित गृह र रक्षासमेत लिएका विजय गच्छदारले गत वर्षको माघे संक्रान्तिको अवसरमा कुनै थारूलाई प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका थिए। यसले थोरै भए पनि जातीय ध्रुवीकरणलाई मलजल दिँदैन भन्न सकिन्न। मधेसको ऊर्जा छिन्नभिन्न हुनुमा मधेस विरोधीको रणनीतिलाई पूरै नकार्ने स्थान त छैन्ा तर त्योभन्दा बढी मधेसी नेताहरुको व्यक्तिगत स्वार्थ र सत्तामोह नै कारक छ। मधेसले ऊर्जा गुमाइरहँदा पनि नेतृत्व हरेक दृष्टिले उपलब्धिमा नेै छन्। कांग्रेस, एमाले, राप्रपा, सद्भावनालगायत् दलमा मझौला नेताको हिसावले काम गरेका नेताहरु प्रायः यतिखेर मधेसवादी पार्टीमा शीर्षस्थानमा छन्। राष्ट्रिय पार्टीका केन्द्रीय सदस्यसम्म बन्न नसक्नेहरु थोरै अवधिमा मधेसी दलबाट मन्त्री बन्न सफल भएका छन्। एउटै लक्ष्य बोकेका दर्जनौं नेताहरु व्यक्तिगत उन्नति गर्दै जानु र लक्ष्य ओझेलमा पर्दै जानुले मधेस मुद्दालाई ओझेलमा पारी निजी स्वार्थमा डुबेका छैनन् भन्ने मान्न सकिन्न।
थारू, म्ुासलमानलगायत् अधिकांस जातका नेता मधेसी नेताको हैसियतले आफूलाई स्थापित गरेका छन् तर ती जाति नै मधेसबाट अलग हँुदै जाँदा रोक्ने प्रयाससम्म गरेको देखिन्न। त्यस्ता जात अलग हँुदै जानुले मधेस र ती समुदायको ऊर्जामा ह्रास आउने गरेको छ। तसर्थ मधेसका सबै नागरिक एक ढिक्का हुन आवश्यक छ। स्मरणीय कुरा के छ भने आज जुनसुकै समुदायको नामले अधिकार प्राप्त भइरहे पनि त्यो मधेस आन्दोलनकै उपलब्धि बुझ्नुपर्छ। मधेसी नेता जस्तै बौद्धिक वर्ग र अधिकारकर्मीमा पनि एक्यबद्धता अभाव छ। एउटा अधिकारकर्मीलाई कुनै दाताले सहयोग गर्दा अर्कोले अवरोध गरेको पनि दृष्टान्त नदेखिएको होइन। यही भएर हुन सक्छ, मधेसीले नेतृत्व गरेको एकाध संघ/संस्थाले बाहेक मधेसमा कार्यक्रम गर्न सकेका छैनन्।
यतिखेर मधेसको ऊर्जा विभाजित भएरमात्र कमजोर छैन। मधेस दोहोरो चेपुवामा पनि पर्दै गएको छ। वास्तविक मधेसी आन्तरिक विस्थापनमा पर्ने अवस्था छ। नागरिकता वितरणको अदूरदर्शी निर्णयले तीसांै लाख विदेशी नवनागरिकका रूपमा मधेसमा वर्चस्व जमाएका छन् भने अझ बीसौं लाखलाई वितरण गर्न नेतागण गृहकार्यमा जुटेको सुनिन्छ। गैरमधेसीको सराई पनि त्यत्तिकै बढेको छ। २०६८ को राष्ट्रिय जनगणनाले कुल जनसंख्याको पचास प्रतिशतभन्दा बढी जनसंख्या मधेसमा देखाएको छ। यसले उत्तरबाट दक्षिण बसाई सरेको पुष्टि गर्छ। पूर्व-पश्चिम राजमार्गको छेउछाउको लहान र चन्द्रौटा मात्र दुई स्थान छन्, जहा" गैरमधेसीको बाहुल्यता पातलो छ। त्यसबाहेक पूर्वदेखि पश्चिमसम्म राजमार्गमा मधेसी अल्पमतमा मात्र छैनन्, नाममात्रका छन्।
प्रस्तावित चौध प्रदेशको खाका हेर्दा मधेसीलाई अल्पमतमा राख्ने हिसाबले मात्र गरिएको देखिन्न। मधेसको मुटु नै अलग पारिएको अवस्था छ। चितवन जिल्ला तराई मधेसकै जिल्लाभित्रको सदियौंदेखि देखिए पनि यतिखेर तराई मधेसबाट अलग राखिएको छ। यसले मधेसको मुटु नै खोसिएको भन्न सकिन्छ। मिथिला-भोजपुरा-मधेस-कोच भने एउटा प्रदेश नामाकरण गरिएको छ। जसको कुल जनसंख्यामा बाहुल्य जाति भएको ११ प्रतिशत यादव, १० प्रतिशत मुसलमान र १२ प्रतिशत गैरमधेसी बाहुन क्षत्री छन्। बाहुन क्षत्री र मुसलमान मात्र मिल्यो भने पनि यसमा मधेसी अल्पमतमा पर्छन् र आफ्नो अधिकार सुरक्षित गर्न सक्दैनन्। अहिले उत्तर दक्षिण प्रान्त गठनको अवाज उठ्दैछ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री भएको शासकीय स्वरूपको कुरा आएको छ। यस्तो शासकीय स्वरूप भयो भने मधेसले अहिले पाएको राष्ट्रपति, उपराष्ट्रपति जस्ता आलंकारी पदसहितको उपलब्धि पनि पाउने छैन। किनभने मधेसी आफैंमा ३२.५ प्रतिशतमात्र छन्। कुल जनसंख्याका ३२.५ को मतले निर्वाचित हुने अवस्थै हुँदैन।