'चरित्रहीन' चेलीको योग्यता
१४ कार्तिक २०७२
•
१५ मिनेट पाठ
'चरित्रहीन' चेलीको योग्यता
म्याडम क्युरीलाई रेडियम र पालोनियमको आविष्कार गरेवापत् सन् १९११ मा दोस्रो पटक नोबेल पुरस्कार विजेता घोषित गरियो । पुरस्कार लिन स्विडेन जाने मिति नजिकिँदै गर्दा उनको चरित्रमाथि प्रश्न उठाइयो । विवाहित पुरूषसँगको प्रेमसम्बन्ध प्रोपोगान्डाको शैलीमा छापिनुले झन् विवाद बढायो । रूढीवादीहरू 'चरित्रहीन चेली' स्विडेनका राजासँग हातेमालो गर्न अयोग्य हुने तर्क गर्न थाले। क्युरीले गतिलो जवाफ दिइन्– मैले गरेको आविष्कार र कसैसँगको व्यक्तिगत सम्बन्धबीच के सम्बन्ध ? पुरस्कार थाप्न फ्रान्सबाट स्विडेन आउने निम्तो दिने–नदिनेबारे वैज्ञानिक वृत्तमा बहसको विषय बनिरहँदा अल्बर्ट आइन्स्टाइनले नियोजितरूपमा फैलाइएको हल्लाको आधारमा क्युरीको स्विडेन यात्रा रोकिन नहुने बताए । अन्त्यमाः क्युरीको पक्षमा निर्णय भयो र स्विडेन नै आएर पुरस्कार थापिन् । संसारमा कुनै महिलाले प्रगतिपथमा लम्किँदा होस् या उचाई ग्रहण गर्दा नै किन नहोस् उनको चरित्रबारे बेतुकको हल्ला वा चर्चा फैलाएर निरुत्साहित पार्नेदेखि हासिल गरेको उपलब्धिलाई नै ओझेलमा पार्ने परम्परा नियमित चलिरहेको छ ।

क्युरीले रेडियम आविष्कारका लागि जीवन जोखिममा पारेर पु¥याएको महान् योगदानलाई नै ओझेलमा पार्ने प्रयास भयो । उनी साहसी थिइन् र त सामना गरिन् । तर, कैयौँ क्षमतावान् महिलालाई निरुत्साहित पार्ने शैलीमा पितृसत्तात्मक समाजले षड्यन्त्र ग¥यो । आधुनिक र सभ्य भनिएका देशमा हुन् या हाम्रोजस्तो रूढीवादी हावी भएको देशमा नै किन नहोस् उचाईमा पुगिरहेका महिलाको चरित्रबारे अनावश्यक हल्ला फैलाएर उपलब्धिलाई छायाँमा पार्नेहरू निरन्तर क्रियाशील छन् । पित्तृसत्तात्मक समाजमा महिलाको चरित्रमाथि प्रश्न उठाएर प्रगतिपथमा लम्कन खोज्ने बाँकी महिलालाई निरुत्साहित बनाउने चालबाजी भइरहन्छ । पुरूषकै आडमा महिलाले पद हासिल गरेको भन्दै खुबै प्रचार गरिन्छ ।

नेपालको राजनीतिक, प्रशासनिक, विज्ञान, वकालत, व्यावसायिक र लेखनक्षेत्रमा पुरूषको तुलनामा महिलाको सहभागिता निकै कम छ । थोरै महिलाले नीतिनिर्माण तहमा उचाई हासिल गरेका छन् । आफ्नै बलिबुताले प्रगतिको शिखर चुम्नेको संख्या बढ्दै छ । तर, तीमध्ये धेरैका चरित्रमाथि औँला ठड्याउने वा अनर्गल प्रचार गर्ने प्रवृत्ति हावी छ । महिलाको प्रगतिबाट इष्र्या गर्नेहरूले केही सीप नलागेर चरित्रको प्रसंग उठाउँछन् । ठूला भनाउँदाहरू नै यस्तो क्रियाकलापमा सक्रिय छन् । कुनै बेला शैलजा आचार्यको चरित्रबारे नकारात्मक चर्चा चलाउनेहरूमध्ये सत्ताको स्वाद चाखिरहने ठालुहरू नै बढी थिए । प्रथम महिला राष्ट्रपति भएकी विद्या भण्डारीको चरित्रबारे प्रश्न उठाउन खोज्ने ठालुहरूको यहाँ कमी छैन । कुनै बेला कांग्रेस नेतृ सुजाता कोइरालाको चरित्रबारे नियोजितरूपमा नकारात्मक प्रचारहरू गरिए । समाजको अन्य क्षेत्रमा प्रगति हासिल गरेकाहरू छद्म शैलीको नियोजित आक्रमणको सिकार बन्दै आएका छन् । अगाडि बढ्न खोज्ने महिलालाई कुनै न कुनै पुरूषसँग जोडेर बदनाम गराउन खोज्ने परिपाटी बलियो छ । चुलाचौकामा सीमित पार्ने अतिवादी पितृसत्तात्मक सोच हावी भएको देशमा यस्तो चलन बलियो हुन्छ ।

कुनै पनि महिला पुरूषको आशिर्वादले मात्र सफलताको चुलीमा पुगेको एकोहोरो रटान लगाइन्छ । विद्या भण्डारी मदन भण्डारीको लोगो बोकेर राजनीतिक प्रगति हासिल गर्दै राष्ट्रपतिजस्तो उच्च तहमा पुग्न सकेको बुझाइ अधिकांशमा छ । उनले राजनीतिक सफलता हासिल गर्न व्यक्तिगतरूपमा गरेको संघर्षलाई सधैँ ओझेलमा पार्न खोजिएको छ । मदनको निधनपछि विद्याले विरासत थामेकीमात्र होइनन् भन्ने प्रमाण उनको संघर्ष र सफलताले प्रमाणित गरिसक्दा पनि विरासतलाई नै जोड दिनेहरू पितृसत्तात्मक सोचलाई हावी गराउने शैलीमा प्रस्तुत भइरहेका छन् । ओनसरी घर्ती सभामुख हुनुमा पति वर्षमान पुनको राजनीतिक प्रभावलाई कारण मान्नेहरू पनि कम छैनन् । एउटी महिलाको व्यक्तिगत संघर्ष र सामथ्र्य ओझेलमा पार्ने प्रवृत्ति हो यो ।

सुजाता कोइराला गिरिजाप्रसादको निधनपछि पनि राजनीतिमा प्रभावशाली नै छिन् । कांग्रेस विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै अन्तर्राष्ट्रिय फोरमहरूमा उभिँदै उनी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को सहअध्यक्ष चुनिएकी छन् । प्रारम्भमा गिरिजाप्रसादको विरासत थाम्न खोजेको देखिए पनि अहिले उनी आफ्नै सामथ्र्यमा संघर्षरत देखिन्छिन् । अडान र निडर शैलीले प्रभाव देखाउन खोज्दैछिन् । हिसिला यमीको सफलतामा डा. बाबुराम भट्टराईको 'ब्याकिङ' देख्नेहरू पनि उत्तिकै छन् । हिसिलाको संघर्ष र सामथ्र्य बाबुरामको भन्दा फरक होला, तर उनी बाबुरामकै कारण राजनीतिक उचाईमा पुगेको भन्नु पूर्वाग्रही सोच र महिलाको सामथ्र्यमा कमजोरी देख्नुको परिणाम हो । महिलाहरू राजनीतिक सफलता हासिल गर्न पुग्नुमा पुरूषको देन देख्नेहरूले पुरूषहरू सफल बन्नुमा चााहिँ महिलाको देन कहिल्यै देखेनन् ! पित्तृसत्तात्मक समाजका अधिकाशंको सोच र शैली यस्तै हुनेगर्छ । महिला बाल्यकालमा बाबुको, जवानीमा पतिको बृद्धावस्थामा छोराछोरीको आश्रयमा रहनुपर्छ भन्ने पित्तृसत्तात्मक समाजको नीति हो । यही सोचले ग्रसितहरूले सफलताको पाइला टेक्ने महिलालाई पुरूषआश्रित वा आशिर्वादको परिणाम देख्छन् ।

राष्ट्रपति विद्या, उपप्रधान मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी सुजातादेखि प्रभावशाली मन्त्रालय सम्हालिसकेकी हिसिलालाई त पुरूषको विरासत वा आश्रय–प्रश्रयबाट सफल भएको देख्ने समाजमा तल्लो तह वा निकायमा काम गर्ने महिलाहरूप्रतिको दृष्टिकोण कस्तो होला ? पुरूषको नामको छायाँमा रहन बाध्य पारिन्छन् वा कुनै पनि सफलताको कारण पुरूष नै हो भनी देखाइन्छ । अर्कोतर्फ घरमा सीमित नभई जागिर वा व्यवसाय गर्ने महिलालाई घरमा बसीबसी औँला ठड्याउनेहरू उत्तिकै छन् । चोक र गल्लीमा दिन काटेर बस्नेहरू कामकाजी महिलाको कुरा काट्ने र चरित्रबारे अनर्गल चर्चा गरिबस्ने प्रवृत्ति व्याप्त छ । पछिल्लो समय महिलाहरूको नीतिनिर्माण तह, व्यापार–व्यवसायका अतिरिक्त महŒवपूर्ण क्षेत्रहरूमा उल्लेख्य सहभागिता हुनुुले परिस्थिति बदलिँदैछ । चुलाचौकामा सीमित महिलाहरू विदेशी भूमिमा रोजगारीका लागि पुगेर देशको अर्थतन्त्रमा योगदान पु¥याइरहेका छन् । पारिवारको विकासमा मुख्य भूमिका निर्वाह गरिरहेका छन् । तर, ती महिलाको चरित्रमाथि प्रश्न उठाएर योगदानलाई ओझेलमा पार्न खोज्नेहरू जताततै देखिन्छन् । समाजको तल्लो निकायदेखि माथिल्लोसम्म महिलाको बढ्दो सहभागिता र प्रभावशाली उपस्थितिलाई निरुत्साहित पार्ने शैलीमा यस्ता गतिविधि भइआएका छन् ।

समाजका विभिन्न तह र तप्कामा उचाई हासिल गर्दै गएका महिलाको चरित्रमाथि प्रश्न उठाउनेमा नाम चलेका लेखक, साहित्यकारदेखि आफूलाई प्रतिष्ठित दाबी गर्नेहरू पनि हुनु विडम्बना हो । यिनले नाम चलेका महिलाको चरित्रबारे अनौपचारिक बहसमा लामो समय बिताउँछन् । अर्कोतर्फ राजनीति वा सामाजिक क्षेत्रमा उचाई हासिल गरिरहेकी महिलाको चरित्रबारे सार्वजनिकरूपमै लेखेर पाठक बढाउने चेष्टा गर्ने सस्तो शैली अपनाउनेको खुराफात अझै चलिरहेछ । विद्या राष्ट्रपति हुँदा नाम चलेका लेखकहरूले उनको चरित्रबारे प्रश्न उठाएर फेसबुक वालमा लेख्नुजत्तिको लज्जास्पद कार्य के हुनसक्छ ! विवेक गुमाउने बौद्धिक वृत्तले समाजलाई प्रदूषित पारिरहेका छन् । सस्तो लोकप्रियताका लागि कुनै पनि महिलाको चरित्रबारे सस्तो शैलीमा प्रश्न उठाउनेहरूलाई निरुत्साहित गर्नुपर्छ । यस्ता गतिविधिका पछाडि जरो गाडेको पितृसत्तात्मक सोच जिम्मेवार छ ।

नेपाली समाजमा घरदेखि राज्यको नीतिनिर्माण तहसम्म विभेदको सिकार बनेका महिला राज्यको उपल्लो निकायमा पुग्नुजत्तिको शोभनीय अवस्था अरु के हुनसक्छ ? लोकतन्त्रको सौन्दर्य हो यो, जसले महिलालाई अवसर र उचाईमा पु¥यायो । तैपनि महिलाको चरित्रमाथि प्रश्न उठाएर भावी पिँढीलाई राज्यको विशिष्ट पद वा नीतिनिर्माण तहको उपल्लो निकायसम्म पुग्नबाट निरुत्साहित गर्नेहरूबाट सचेत हुनुपर्छ । कुनै पनि व्यक्तिको चरित्रको मापन उसको विपरीत वा समान लिंगसँगको हिमचिम वा सम्बन्धहरूबाट होइन, उसले समाजका लागि दिएको योगदान र निरन्तरको संघर्षबाट प्राप्त गरेको उपलब्धिबाट हुनुपर्छ । चरित्रहीन चेलीको आरोप, प्रत्यारोप वा कुनै प्रकारको हल्लाबाट महिला निरुत्साहित हुनुहुन्न । बरू निडर भएर समाज परिवर्तन र लैंगिक समानताका लागि संघर्ष जारी राख्नुपर्छ । राज्यको प्रथम नागरिक महिला भएरमात्र पुग्दैन, घरघरमा समानता, अधिकार र मुक्तिको सुनिश्चितताको आधार तयार हुनुपर्छ । त्यसका लागि महिलाले चुनौतीमाझ डटेर पाइला चाल्नुपर्छ ।

तसलिमा नसरिन उचाई हासिल गर्न चाहने साहसी नारी कसैले चरित्रबारे प्रश्न उठाउँदैमा रोकिइनन् । बरु यसको जवाफमा 'चरित्र' शीर्षकको कवितामार्फत् लेख्छिन्ः

तिमी नारी हौ

त्यसैले, जब तिमी घरको ढोकाबाट निस्कन्छौ

पुरूषहरू शंकाको नजरले हेर्नेछन्

तिमी निरन्तर पाइला सार्दै गल्लीतर्फ बढ्दा

पुरूषहरू पछि लाग्ने र सिठ्ठी फुक्नेछन्

गल्ली पार गर्दै मुख्य सडकमा पुगेपछि

पुरूषहरूले चरित्रहीन भन्दै धिक्कार्नेछन्

चरित्रहीन हौ भने

पाइला पछाडि सार्नेछौ

चरित्रवान हौ भने

निरन्तर अगाडि बढ्नेछौ

निरन्तर अगाडि बढ्नेछौ
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस