'म्याच फिक्सिङ'को जालो
२८ असोज २०७२
•
१५ मिनेट पाठ
'म्याच फिक्सिङ'को जालो
दिनेश अधिकारी 'चरी' डिल्लीबजार कारागारमा थुनामा पर्दा राष्ट्रिय खेलाडीहरूसमेत भेट्न पुग्थे। जसमध्ये हाल फुटबलको खेल मिलेमतोका अभियुक्त पनि हुन्थे। जेल र अपराधबारेको शोधकर्ता भएकाले पंक्तिकारले भेटघाटप्रति नकारात्मक दृष्टिकोण राख्न चाहेन।जेलमा परेका साथीभाइ वा आफन्तलाई भेट्न जानु सामान्य हो। तर, चरीलाई बारम्बार भेट्न आउनेमा राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूदेखि अन्य क्षेत्रका खेलाडीसमेत देखिन्थे, त्यो पनि फरकफरक सुन्दर युवतीका साथ। यस्तो गतिविधिका कारण शंका उब्जनु स्वाभाविक बन्यो। चरीमात्र होइन डिल्लीबजारमै थुनामा रहेका दीपक मनाङे, भद्र बन्दीगृहमा थुनिएका चक्रे मिलन, राजु गोर्खाली, कुमार घैँटेलाई भेट्नेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिती लोकप्रियता बटुलेका खेलाडीहरू पनि हुन्थे। खेल क्षेत्रमा डनहरूको बलियो प्रभाव र सम्बन्धले यो हदसम्मको वातावरण विकास गरेको थियो। नेपालको खेल क्षेत्रमा आपराधिक गतिविधिमा लाग्नेको प्रभावका कारण खेलाडीहरू डनका अड्डामा धाउँथे। यो अवस्था अझै सुधि्रएको छैन, बरू खेल क्षेत्रमा माफियाकरण बढेको छ। नेपाल प्रहरीले फुटबलमा माफियाकरणको एउटा पाटो पत्ता लगाएर वर्तमान र पूर्व राष्ट्रिय खेलाडीलाई कारबाहीको दायरामा ल्याएपछि खेलमा अपराधीकरणको तथ्य खुलेको छ।




देशको झण्डामुनि खेलेर पैसाको लोभमा राष्ट्रिय टोलीलाई हराउन भूमिका खेल्ने खेलाडीहरू पक्राउले खलबली मच्चिएको छ। नेपालको इतिहासमा खेल क्षेत्रमा यो हदसम्मको कारबाही सम्भवतः पहिलोपटक अगाडि बढाइएको हो। अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको साहसलाई प्रशंसामात्र होइन सिंगो देशले साथ दिनुपर्छ। खनालले डनदेखि माफियाको जालो तोड्दै देशघाती खेलाडीदेखि खेल पदाधिकारीसमेतलाई कारबाहीको दायरामा ल्याउने जोखिम मोल्नु सामान्य काम होइन। देशलाई सम्झेर खेल्नुपर्ने खेलाडीहरू केही हजार डलरका लागि उल्टो देशको अस्मिता बेच्न तम्सिन्छन् भने यो जत्तिको घृणित कार्य के हुनसक्छ। देशको प्रतिष्ठामा दाग लगाउनेलाई कसैको दबाब वा संरक्षणका भरमा उन्मुक्ति दिनु भनेको दाग बढाउनुसरह हो। केही हजार वा लाख डलरमा पौने ३ करोड नेपालीको आत्मा बेचेका छन् खेल माफियामा संलग्न नेपालका खेलाडी र खेल पदाधिकरीहरूले। राजनीति गर्ने नेतादेखि व्यापारी बिक्दा जनताको मनमा खासै ठेस पुग्दैन, तर खेलाडी बिकेको सुन्दा आमनेपालीको मनमा ठेस पुगेको छ। यो घटना सुन्दामात्र पनि हरेक देशभक्त नेपालीको रगत उम्लिएर आउँछ। देशको झण्डामुनि गोलबद्ध भएर खेल्ने खेलाडीको सफलताको कामना गर्ने हरेक नेपालीको चित्त यतिखेर अधिक दुःखेको छ। त्यसैले दोषीले कुनै हालतमा उन्मुक्ति पाउनु हुँदैन। साथै खेलाडीहरूलाई देशघाती कार्यका लागि प्रेरित वा बाध्य पार्ने मुख्य अभियुक्त फुत्कनु हुँदैन। नेपालको अपराध अनुसन्धानमा सानालाई ऐन ठूलालाई चैनको परम्परा बस्दै आएको छ। अब यस्तो परम्पराको अन्त्य हुनुपर्छ। खेलमिलेमतो भएकै हो भने राष्ट्रिय टोलीका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्रीका साथै अञ्जन केसीमात्र संलग्न हुन् भन्ने कसैले पत्याउन सक्दैन। यसमा देशभित्रका खेल पदाधिकारीदेखि उनीहरूलाई प्रभावित पार्ने विदेशी एजेन्टसमेतको संलग्नताबारे छानविन हुनुपर्छ।

खेलाडीलाई खेल मिलेमतोमा प्रेरित गर्नेमध्येमा नेपाली खेल क्षेत्रकै उच्च पदाधिकारीहरूको संलग्नताबारे अपुष्ट खबर आइरहेको छ। प्रहरीले त्यसबारे अनुसन्धान बढाइरहेको होला। नेपालको खेल क्षेत्रलाई गहिरोसँग केलाउने हो भने यसभित्र अपराधीकरणले जरो गाडेको छ। खेल क्षेत्रलाई भ्रष्टाचारको अखडा बनाइएको छ। खेलेमै जीवन बिताएका क्षमतावान् व्यक्ति सायदै खेल पदाधिकारी हुन सकेका छन्! पैसा र बाहुबलको भरमा शक्ति आर्जन गरेकाहरू खेल क्षेत्रका मसिहा दाबी गर्दै हिँड्छन्। सपरिवार विदेश सयर गर्छन्, आफ्नालाई खेलसम्बद्ध संघसंगठनमा भर्ती गर्छन्, खेलाडीहरूलाई राजनीतिक वा अन्य गलत प्रयोजनमा दुरूपयोग गर्छन्। पञ्चायतकालमा बहुदलका समर्थकलाई तह लगाउन खेलाडीको दुरूपयोग हुनेगरेको इतिहास साक्षी छ। खेलाडी हुन गुण्डा हुनुपर्ने र गुण्डामात्र खेलाडी हुनसक्ने पद्धतिको विकास भएको थियो त्यसबेला। यस्तो अवस्थामा केही परिवर्तन भए पनि खासै सुधार भएको छैन। कतिपय खेल पदाधिकारीको विगत र वर्तमान केलाउने हो भने उनीहरूको आपराधिक पृष्ठभूमि भेटिन्छ। आर्थिक अनियमितताको आरोप तिनले निरन्तर खेपिरहेका पनि भेटिन्छन्। यस्तै व्यक्तिहरू खेल क्षेत्रमा हावी हुनाका कारण क्षमतावान खेलाडी पाखा लगाइन्छन्। खेल पदाधिकारीको गलत व्यवहारको विरोध गर्दा बक्सिङका सम्भावना बोकेका खेलाडी म्याक्स बस्नेतलाई अनुशासनको कारबाही भन्दै गतवर्ष अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित गरिएको थियो। खेल माफियाहरूले राम्रा खेलाडीलाई अनुशासन सिकाउने र कारबाही गर्ने पद्धति विकास हुनु देशको दुर्भाग्य हो। नेपालको सन्दर्भमा कतिपय खेल नै अपराधी उत्पादनको थलो बन्ने गरेको तीतो यथार्थ छ। मार्सल आर्ट र बक्सिङका खेलाडीहरू अपराधीबाट दुरूपयोग हुने गर्छन्। कराँते, तेक्वान्दो, जुडो, फुटबललगायतका खेलमा अपराधीकरण हुँदै आएको पाइन्छ। मार्सल आर्टका खेलाडीहरू त निर्माण व्यवसायी र राजनीतिक दलका नेताको स्वार्थका गोटी बनाइए। खेलेरमात्र जीविकोपार्जन हुननसक्ने कारण पनि यो अवस्था आइपर्योत। अर्कोतर्फ खेलाडीलाई पलायन हुन बाध्य पार्ने, गलत गतिविधिमा लाग्न प्रेरित गर्ने खेल पदाधिकारी जिम्मेवार छन्। उनीहरूले कहिल्यै यस्ता घटनाप्रति जिम्मेवारीबोध वा दायित्वबोध गरेनन्। आपराधिक पृष्ठभूमिका, बहुराष्ट्रिय कम्पनीका एजेन्ट, ठूला बिचौलिया र राजनीतिक दलका नेता–कार्यकर्ता खेल पदाधिकारी बन्ने अनि देशको नाम उच्च राखेका पूर्व खेलाडीहरू भोकै सडकमा हिँड्नुपर्ने, रोगको उपचार हुन नसकी चाँडै ज्यान गुमाउनुपर्ने अवस्था छ। यो परिवेशमा चलिरहेको खेल क्षेत्रबाट पदकको आशा गर्नु व्यर्थ हो। लगानी र आर्थिक विपन्नताले खेल क्षेत्र पछाडि परेको नभई गलत व्यक्तिहरू हावी हुनु र तिनको आपराधिक मानसिकताले खेलाडीहरू बहकिनु वा अन्यायमा पर्नुले पनि नतिजा नराम्रो आउने गरेको हो।

खेलमा माफियाकरणले जरो गाडेको छ। कतिपय अवस्थामा नेपाली खेलाडीहरूको कमजोर प्रदर्शनका पछाडि यिनै माफियाको भूमिका रहन्छ। माफियाका नाइकेहरू पर्दाभित्रबाट गोटी चलाउँछन्। त्यस्ताको पहिचान गर्न सहज छैन। ह्वाइट कलर क्राइममा जस्तै अपराधीका नाइकेहरू प्रतिष्ठित पद वा व्यवसायको मुखुण्डो ओढेर सक्रिय हुन्छन्। उनीहरूलाई समाजले प्रतिष्ठित व्यक्तिका रूपमा देखिरहेको हुन्छ भने भित्री क्रियाकलापचाहिँ समाजविरोधी र देशविरोधी हुन्छ। पछिल्लो समय फुटबलमा देशघातबारे खुलेको घटनामा पनि ह्वाइट कलर क्राइमको शैलीमा गोटी चलाइएको हुनसक्नेबारे अनुसन्धान हुन जरूरी छ। केही खेलाडीलाई पक्राउ गरेर मुख्य दोषीले उन्मुक्ति पाउनु हुँदैन। विदेशी पैसा ओइरिने गरेको फुटबलमा किन अपेक्षाकृत प्रगति हुन सकेन सिंगो देशले प्रश्न गर्दै आएको लामो समय भइसकेको छ। यसबारे मतलबी राजनीतिक नेतृत्व र नीतिनिर्माणकर्ताहरूले कानमा तेल हालेर बसे। अहिले आएर नेपाल प्रहरीले घटनाको गम्भीरतालाई दृष्टिगत गरी कारबाही बढाएको छ। कारबाही कदापि रोकिनु हुन्न। आइजीपी उपेन्द्रकान्त अर्यालदेखि घटनाको अनुसन्धानमा प्रत्यक्ष संलग्न सर्वेन्द्र खनालले खुट्टा कमाउनु हुन्न। अनुसन्धानलाई प्रभावित पार्न देश र विदेशबाट समेत दबाब आउनसक्छ। देशको प्रतिष्ठासँग जोडिएको विषयमा कसैबाट सम्झौता नहोस्। प्रहरी निकाय प्रभावित नहोस्। देशघात गर्नेहरूलाई कानुनबमोजिम कारबाही होस्।

खेल क्षेत्रमा माफियाकरण संसारभरकै समस्या हो। भारतमा क्रिकेटको मिलेमतो र आर्थिक घोटालामा इन्डियन प्रिमियर लिगका तत्कालीन अध्यक्ष ललित मोदीको संलग्नता खुल्दा उनको ऐयासी जीवनको छोपिएको पर्दा च्यातियो। निजी विमानमा सयर गर्नेदेखि चर्चित सुन्दरीहरूसँग रम्ने बानी पर्दाफास भयो। अनियमितताबारे कारबाही अगाडि बढ्दा उनी भागेर बेलायत पुगे। बेलायत पुग्न सहयोगी भूमिका खेलेकोमा वर्तमान विदेशमन्त्री सुषमा स्वराजदेखि राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजे सिन्धियाको नाम मुछिएपछि त्यहाँको संसद्मा हंगामा मच्चियो। सिल्भियो बुर्लोस्कोनीले इटालीका माफियासँग सम्बन्ध राखेर खेल क्षेत्रमा समेत प्रभाव जमाएको खुल्यो। चार कार्यकाल इटालीको प्रधानमन्त्री चलाएका बुर्लोस्कोनी कम उमेरकी मोरक्कोकी युवतीसँगको यौनसम्बन्धमा दोषी ठहरिँदै कारबाहीमा परे। इटालीको फुटबलमा बाजी लगाउनेदेखि मिलेमतो गराउनेसम्मको भूमिकामा बुर्लोस्कोनी संलग्न थिए। खेल क्षेत्रलाई आफ्नो मोजमज्जाको माध्यम बनाउने ठालुहरूको कमी छैन। फिफाको भ्रष्टाचारले फुटबलको अन्धकार पक्ष उजागर गरिसक्यो। खेल क्षेत्रमा सबै खेलाडी र खेल पदाधिकारी खराब भन्न खोजिएको होइन। यसमा व्यापक सुधार र सफाइको खाँचो छ। त्यसमाथि पनि नेपालको खेल क्षेत्र निकै प्रदूषित छ। यसको सफाइमा ढिलाई गर्नुहुन्न। गुण्डा, काला कारोबारीदेखि खेल नबुझेका दलका नेता–कार्यकर्ताको रगरगी–चकचकी भएसम्म खेलमा कुनै सुधारको अपेक्षा नगरे हुन्छ। उनीहरूको दासता स्वीकार नगर्ने खेलाडी र प्रशिक्षक पाखा लगाइन्छ। खेल क्षेत्रमा विद्यमान अपराधीकरणले देशको प्रतिष्ठामा निरन्तर आँच आइरहेछ। यसमाथि तत्काल विचार नपुर्याेए पदकको आशा त परै जाओस् खेल क्षेत्रमा बचेखुचेको अन्तर्राष्ट्रिय प्रतिष्ठासमेत गुम्छ। नेपालको खेल क्षेत्र ह्वाइट कलर क्रिमिनलको आधारक्षेत्र हुनाको साथै गुण्डा उत्पादनको कारखाना बन्ने खतरा बढ्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस