गुजरातबाट २२ वर्षीय हार्दिक पटेल नेतृत्वको आन्दोलन उठेपछि भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी निकै अप्ठ्यारोमा छन् । हार्दिकले लाखौँ पटिदार समुदायका नागरिकलाई सडकमा ल्याएका मात्र होइन, १२ अक्टोबरदेखि ५ सेप्टेम्बरसम्म ५ चरणमा हुन लागिरहेको बिहार विधान सभा चुनावतर्फ संकेत गर्दै 'खेल बिगार्र्ने' धम्की दिइसके ।धम्की सामान्य होइन, किनभने बिगार्नेको अर्थ हो– जातीय मुद्दाको बलमा भारतीय जनता पार्टीलाई बिहार चुनावमा हराउन भूमिका खेल्ने । संवेदनशील सामाजिक मुद्दाहरूमा टेकेर रातारात उदाएका हार्दिकजस्ता करिश्मामयी युवाले जातीय पहिचानको आन्दोलनको नाममा मोदीजस्ता राजनीतिमा खारिएका पाका नेतालाई समेत आच्छुआच्छु पारिरहेछन् । विपक्षीहरूको चौतर्फी चुनौती झेलिरहेका मोदीका लागि बिहार चुनाव अग्निपरीक्षा बनिरहँदा एकाएक गृहजिल्लाबाटै पलाएको पटिदार जातिको चुनौतीले असर पार्ने लक्षण देखापर्दैछ ।
हार्दिक नेतृत्वको आन्दोलनलाई विपक्षीहरूको प्रत्यक्ष–अप्रत्यक्ष सहयोग होला नै । बहुमतप्राप्त पार्टीका प्रधान मन्त्री मोदीसँगको राजनीतिक प्रतिष्पर्धामा प्रभावशाली हुन भारतको राजनीतिमा विपक्षीहरूले अपत्यारिला मेलमिलाप र समर्थन देखाइसके । बिहारका मुख्यमन्त्री समेत रहेका नितिशकुमारले हार्दिकको खुलेर प्रशंसा गरिसके । यसमा पनि राजनीतिक स्वार्थ गाँसिएकै होला । नितिश मोदीका मुख्य राजनीतिक प्रतिष्पर्धीमध्येका एक हुन् । कुनै बेला एउटै मोर्चामा थिए यी दुई । भाजपाले मोदीलाई प्रधान मन्त्रीको उम्मेदवार घोषणा गरेदेखि नै दुवैबीच पार्टीतहमा रहेको मोर्चा टुटेको थियो । टुट कटुतामा परिणत हुँदै बिहार विधान सभा चुनाव नजिक आइपुग्दा व्यक्तिगत आरोप–प्रत्यारोपसम्म पुगेको छ । भारतको आन्तरिक राजनीतिमा मोदीविरूद्धको समीकरण र मोर्चाबन्दीले बृहत् रूप लिँदैछ । हार्दिकले नितिशकुमारलाई आफ्नो समुदायको भनी समर्थनको संकेत गरिसके । नितिश पाटिदार समुदायका हुनुले पनि हार्दिकसँग उनको समीकरणको विषय उठिरहेको छ ।
जातिवाद/नश्लवादको राजनीति
भारतको राजनीतिमा जातीयता र नश्लवाद झन् हावी हुँदैछ । हार्दिक नेतृत्वको आन्दोलनको उचाईं बढ्नु र त्यसलाई अन्य पक्षले राजनीतिक लाभ लिने अस्त्रका रूपमा प्रयोग गर्न खोज्नुले त्यही देखाउँछ । जातीय राजनीतिका विरोधी मोदीलाई आफ्नै गृहजिल्लादेखि भाजपाको पकड रहेको राज्यमा समेत जातीयताले पिरोलिसक्यो । आरक्षणको मुद्दा लिएर गुजरातको सडकमा ओर्लिएका पटिदारहरूको आन्दोलन उनका निम्ति महँगो पर्ने देखिन्छ । बिहार विधान सभाको चुनावमा जातीयताको मुद्दाले महŒव पाउँदै जानुले हिन्दुवादी दलको परिचय बनाएको भाजपालाई समस्या आउनसक्छ । बिहार चुनावमा भाजपाको हार वा जितको निर्धारण जातीय र नश्लवादी सेन्टिमेन्टमा निर्भर हुँदै गएको छ । मोदीको करिश्माको प्रभावसँग प्रतिष्पर्धामा वजन बढाउन कुनैबेलाका राजनीतिक प्रतिद्वन्द्वी लालु यादव र नितिशकुमारसमेत एउटै मोर्चामा उभिएका छन् । बिहारमा विकासको मुद्दाभन्दा नश्लवादी, जातीयता र क्षेत्रीयताको मुद्दाले प्रभाव बढाउँदै गएको छ । त्यसैले होला बिहारका लागि एक लाख २५ हजार करोड विशेष प्याकेज केन्द्र सरकारले दिने मोदीको घोषणालाई 'डिएनए प्रकरण' ले ओझेलमा पार्नसक्यो । मोदीले नेपालनजिकैको मुजफ्फरपुरको चुनावी सभामा बोल्ने क्रममा नितिशकुमारको नाम नै तोकेर भनेका थिए, 'नितिशको राजनीतिक डिएनएमा केही समस्या छ ।' विगतमा भाजपासँग एउटै मोर्चामा रहेर अलग भएका नितिशमाथि उक्त अभिव्यक्तिले राजनीतिक मुद्दाको रूप लियो । प्रत्युत्तरमा नितिशले आफू बिहारको पुत्र भएकाले आफ्नो डिएनए बिहारका नागरिकको जस्तै भएको भन्दै मोदीले सम्पूर्ण बिहारी जनताको अपमान गरेको अरोप लगाए । यसलाई नश्लवादी घृणाका रूपमा अथ्र्याउन खोजियो । बिहारमा डिएनएका लागि भन्दै नङ र रौँ संकलनको अभियान नै चलाइयो । ५० लाख डिएनए संकलन गरी मोदीलाई पठाउने योजनासहितको कार्य चर्चित बन्यो । बिहारमा भाजपालाई अलोकप्रिय बनाउने र क्षेत्रीय तथा जातीय पहिचानका बलमा चुनाव जित्ने उद्देश्यअनुरूपका रणनीतिको प्रभावकारिता चुनावी नतिजाले देखाउला । तत्कालचाहिँ बिहार विधान सभा चुनाव नजिकिँदै गर्दा त्यहाँ बढ्दो नश्लवादी तथा जातीय राजनीतिका खेलहरूको असरको निक्र्यौल गर्न जरूरी छ । यस्ता खेलको असर नेपाली राजनीतिमा समेत पर्छ । चुनावका लागि दिल्लीदेखि पटनासम्म भएका चालवाजीहरूको सीधा असर पूर्वी र मध्यतराईको राजनीतिमा परेको छ ।
मधेसमा असर
भारतसँग सीमा जोडिएका तराईका २० जिल्लामध्ये १३ जिल्ला बिहारसँग जोडिएका छन् । बिनापासपोर्ट र भीसा दुवैतर्फ आवागमन गर्न सकिने भएकाले नेपाल–भारत सीमालाई सामान्यतयाः 'खुल्ला सीमा' भनिन्छ । सामाजिक अन्तर्सम्बन्धका साथै आर्थिक सम्बन्ध उत्तिकै प्रगाढ छ । राजनीतिक घटनाक्रमले एकातर्फको प्रभाव अर्कोतर्फ पर्छ । मधेसमा हुने अस्थिरता वा स्थिरताको असर पारिपट्टि सोझै पर्छ । सीमाक्षेत्रका कतिपय सहर नेपालसँगको व्यापारिक उद्देश्यमा बनेका हुन् । रक्सौल सहर नेपालसँगको व्यापारको हेतुले बनेको हो । व्यापारिक सहरसँग जोडिएका यस्ता सहरहरूको चहलपहल नेपालसँग हुने व्यापारबाट निर्धारण हुन्छ । नेपालमा हुने अस्थिरताले उत्तरी भारतका कतिपय जिल्लामा प्रत्यक्ष असर पर्छ भने ती प्रान्तका राजधानीले बढी समस्या झेल्नुपर्छ ।
मधेसमा बढ्दो अस्थिरताको सीधा असर बिहार र उत्तर प्रदेशमा परेर दिल्ली दबाबमा हुनुपर्छ । मधेसको अस्थिरताका कारण केन्द्र सरकारसामु बिहार र उत्तरप्रदेशका राज्य सरकारहरूले ध्यानाकर्षण गराएकै होलान् । अर्कोतर्फ बिहार विधान सभा नजिकिँदै गर्दा विपक्षीले यसलाई पनि मुद्दा बनाउन सक्छन् । नेपाल मामलामा भाजपा नेतृत्वको केन्द्र सरकारको विदेश नीतिलाई अक्षम देखाउने ठाउँ पाउन सक्छन् । बिहारको चुनाव नजिकै रहेकाले मोदीले मधेस मामलालाई बेवास्ता गर्न नसक्ने परिस्थिति उत्पन्न भएको छ । मधेस केन्द्रित दलहरू चिढिएलान् भनेर दिल्लीले नेपालको संविधान घोषणाको दिल खोलेर स्वागत गर्न सकेन वा चाहेन । मधेसवादी दलहरूलाई चिढ्याउने कठोर कदमले बिहार विधान सभाको केही सिटको चुनावी नतिजामा प्रत्यक्ष–अप्रत्यक्ष असर पर्नसक्छ । चुनावमा हरेक सिटको महŒव हुने नै भयो । त्यसमाथि 'रोटीबेटी' को सम्बन्ध रहेका बिहारीहरूले मधेसको सवालमा मोदीले केही गर्न नसकेको भनी असन्तुष्टि जगाउन सक्छन् । यसको नकारात्मक असर चुनावमा पर्नसक्छ । विपक्षीले लाभ लिने ठाउँ बन्न सक्छ ।
अग्निपरीक्षामा मोदी
नेपालको संविधानलाई स्वागतको शब्दसमेत खर्च गर्न कञ्जुस्याई गरेका मोदीले बिहार चुनावलाई दृष्टिगत गरी जोखिम मोल्न नचाहेका होलान् । उनले बारम्बार सहमतिको संविधानमा जोड दिएर नेपाल मामलामा सफलता हासिल गरेको सन्देश प्रवाह गर्न खोजेका थिए । छिमेकसँगको सम्बन्ध र छिमेक मामलामा सफलता हासिल गरेको सन्देशबाट आन्तरिक राजनीतिमा लाभ लिन उनले खोजे, जुन भनेजस्तो सफल भएन । मधेसको अस्थिरतामा पटनाबाट नितिशकुमारले मोदीलाई औँला ठड्याउन सक्ने अवस्था सृजना भयो । लालुले यसबारे नयाँ जोक रचना गर्लान् । बिहारमा चुनावी सभामा लालुले भनेका थिए, 'मोदी जहाँ टेक्छन् त्यहाँ अशुभ घटना हुन्छ, किनभने उनी नेपाल गएपछि भूकम्प आयो ।' यो हदसम्मको टिप्पणी हुने बिहारको राजनीतिमा मधेसको अस्थिरतामा कटु राजनीतिक टिप्पणीहरू भइरहेका छन् । मोदीलाई असफल देखाउन मधेसको अस्थिरता पनि एउटा विषय बनेको छ । मधेस आन्दोलनका सबै माग जायज वा नाजायज भन्न मिल्दैन । तर, आन्दोलनभित्रको गलत नियत वा उद्देश्यलाई धेरै कोणबाट नियाल्न जरूरी छ । बिहारको चुनाव नजिकिँदै गर्दा मधेस अस्थिर हुनुभित्र संयोगमात्र नहोला । बिहारमा चुनाव सुरू भएपछि र चुनावी नजितापछि यसले केकस्तो रूप लेला हेर्न बाँकी छ । पारिको राजनीतिक घटनाक्रमले वारि र वारिले पारि असर गर्ने परम्परा चलिआएकै हो ।
मधेस मामलामा मोदी सरकार निकै सतर्क र गम्भीर छ भन्नेमा दुविधा छैन । त्यसैले बिहार चुनावपछिमात्र मोदीको संविधान निर्माणपछिको नेपाल नीति खुलस्त हुनसक्छ । मोदीको नेपाल मामलाका साथै मधेसको विषयमा देखिएको सतर्कतामा बिहारको चुनाव पनि एउटा कारण हुनसक्छ । किनकि, उनी चिरपरिचित प्रतिद्वन्द्वी नितिशकुमारसँग अप्रत्यक्ष प्रतिष्पर्धामा छन् । बिहार केन्द्रित दलहरूले उठाएको नश्लवादी र जातीय राजनीतिको कडा चुनौती झेल्दैछन् । व्यक्तिगतरूपमा उनी दुवै प्रकारका राजनीतिका कट्टर विरोधी हुन् । स्वयं जातीयता र क्षेत्रीयताको राजनीतिका विरोधी मोदीले नेपालमा बढिरहेको यसप्रकारको राजनीतिलाई सघाउने भनेको रणनीतिक स्वार्थका लागि मात्र हुनसक्छ । होइन भने तत्काल बिहारको चुनावलाई दृष्टिगत गरी मधेस मामलामा कठोर बन्न नचाहेका होलान् । क्षेत्रीय शान्तिका लागि मोदीले लिँदै आएको जातीयता, क्षेत्रीयता र नश्लवादी राजनीतिविरोधी नीति सकारात्मक छ । तर, नेपाल मामलामा पनि उनले यही नीतिलाई प्रोत्साहित गर्न जरूरी छ । नेपालमा जातीय पहिचानका नाममा बढ्ने जातीय घृणा, नश्लवादी हावी हुँदा निम्तिन सक्ने साम्प्रादायिक हिंसाले सीमापारिसम्म नकारात्मक असर पर्नसक्नेतर्फ बेलैमा सचेत हुनुपर्छ । यो त हार्दिक पटेलको उदयबाट मोदीले बुझिसकेको हुनुपर्छ । साँच्चै उनले यी तथ्य बुझेका छन् भने छिमेकमा जातीयता र क्षेत्रीयताका नाममा उदाउन खोज्नेहरूलाई कदापि प्रोत्साहित नगर्लान् ।