हाम्रो आत्मनिर्भर अर्थतन्त्र
१७ असोज २०७२
•
१६ मिनेट पाठ
हाम्रो आत्मनिर्भर अर्थतन्त्र
नेपालमाथिको भारतीय नाकाबन्दी भर्खरै खुलेको समाचार आएको छ। सबै व्यवस्था सामान्य नभइसकेको स्थितिमा अझै सामान बोकेका हजारौं ट्रक नेपाल भारत सीमाका विभिन्न नाकामा रोकिएका छन्।स्थिति सामान्य हुन अझै केही दिन लाग्नेछ। काठमाडौंलगायत देशका विभिन्न भागमा इन्धनको चरम अभाव छ। सीमामा बिनाकारण रोकिएका ट्रकमा भएका सामान बजारमा कमी देखिन थालेको छ। आसन्न दशैं, रमाइलो, पूजापाठ र आशीर्वादको चाड हुनेभन्दा नाकाबन्दीको चर्चा र गालीगलौजमा बित्ने पक्का जस्तै भइसकेको छ। नाकाबन्दी खुले पनि नेपालीका लागि यो अर्को ठूलो भूकम्पसरह हुन पुगेको छ। जसरी भूकम्प रोकिए पनि नेपालीले त्यसको प्रभाव वर्षौंसम्म भोगिरहने छन् त्यसैगरी यो नाकाबन्दी हटे पनि यसको प्रभाव र आगामी नाकाबन्दीको डर अब सदाका लागि नेपालीको दिमागमा बस्ने पक्का छ। कतै अब हामी यही डरका कारण अत्यावश्यक सामानहरु चाहिनेभन्दा बढी भण्डार गर्नमा त लाग्दैनौँ भन्ने चिन्ता बढ्न थालेको छ।




यही मौकामा, अचेल जताततै सुनिन्छ, नेपाल इतिहासकै अप्ठ्रो परिस्थितिबाट गुजँ्रदैछ। अनि अझ समाजका अगुवाहरुबाट समेत केसम्म सुनिन्छ भने हाम्रो भारतसँगको परनिर्भरता एकपटक फेरि प्रष्ट भएको छ। तर के साँच्चै यस्तै हो वा हामी केही दिन वा केही समयको दुःख सहन नसकेर जे मन लाग्यो त्यही बोल्दैछौँ? के हामीलाई परनिर्भरताको अर्थ थाहा छ? के हामी हाम्रा दैनिक आवश्यकता पूरा गर्न भारतमा वा अरु कुनै राष्ट्रसँग निर्भर छौँ? यी प्रश्नको जवाफ खोज्ने दिन आजभन्दा उत्तम कहिल्यै हुनै सक्दैन।

संसारका करिब २ सय देशमध्ये नेपाल आत्मनिर्भरताको सूचीमा निकै अब्बल छ। परनिर्भरताको अर्थ र व्यापारको अर्थ नबुझ्नेहरु नेपाललाई भारतमाथि निर्भर छ भन्छन् किनकि उनीहरु पैसा तिरेर किनिएको सामान र मागेर ल्याएको सामानको बीचमा फरक छुट््टयाउन जान्दैनन्। यथार्थमा भन्ने हो भने भारत नेपालमाथि निर्भर छ पानीका लागि। नेपालबाट पानी बगेर नजाने हो भने सिँचाइको कुरा त परै जाओस्, अबका केही वर्षमा भारतका करोडौं मानिसले खानेपानीको समेत हाहाकार बेहोर्नुपर्नेछ। फेरि नेपालबाट बगेर जाने पानी सूर्यको प्रकाश वा हावाजस्तो रोक्न नसकिने वा नरोकिने दुवै हैन। यो कुराको हेक्का भारतलाई पक्कै होला।

परनिर्भरताको अर्थ आफूसँग पैसा पनि नहुने र सामान पनि नहुने अनि अरुको सहारामा चल्ने हो। गत वैशाखमा नेपालमा भूकम्प जाँदा त्यो परिमाणको राहत र उद्धार गर्न हामीसँग पैसा, साधन, अनुभव र सामान केही पनि थिएन, हामीले विदेशी मित्रराष्ट्रलाई गुहार्यौँ , हो त्यस्तोलाई भन्छन् परनिर्भरता। यदि त्यो बेलामा भारत, चीनलगायत विभिन्न मुलुकले हामीलाई सहयोग नगरेको भए परिस्थिति भयाबह हुन सक्थ्यो तर अहिलेको परिस्थिति बेग्लै हो।

हामीसँग कतिपय दैनिक आवश्यकताका वस्तुको उत्पादन क्षमता छ भने कतिपय सामान विदेशबाट किन्न हामीसँग पैसा छ। संसारका सबै देशले आफ्ना आवश्यकताका सामान बजारमा आपूर्ति गर्ने यिनै दुई तरिका हुन्। भारतले पनि यही गर्छ। यो अवस्था कुनै हालतमा परनिर्भरताको हैन। मानिसका असीमित आवश्यकता भएको यो युगमा सबै देशले आफूलाई चाहिने सबै सामान उत्पादन गर्ने सम्भावना रहँदैन।

तर अहिलेको भारतको नाकाबन्दी (जसलाई भारत नाकाबन्दी मान्न तयार छैन) हाम्रो परनिर्भरताको परिणाम हैन। हाम्रो आत्मनिर्भरतामाथिको भारतको ठाडो प्रहार हो। के नाकामा रोकिएका सामान भारतबाट नेपालमा आउने सहायताका सामान हुन्? के ती सामानको हामीले बजार भाउअनुसार पूरा पैसा बुझाएका छैनौँ? के भूपरिवेष्ठित मुलुक हुनुको नाताले कोलकोत्तादेखि नेपालका विभिन्न नाकासम्म सामान ल्याउने हाम्रो अन्तर्राष्ट्रिय कानुनी अधिकार हैन? अब कहाँबाट आयो परनिर्भरता? हामीले नियमानुसार विदेशबाट पैसा तिरेर सामान किनेर ल्याउन पनि नपाउने? पैसा तिरेर भारतको बाटोबाट सामान ल्याउँदा वा भारतबाटै सामान खरिद गर्दा परनिर्भर हुने हो भने त संसारका सबैभन्दा शक्तिशाली देशहरु सबैभन्दा बढी परनिर्भर हुन्छन्। पैसा तिरेर ल्याएको सामान विभिन्न बहानामा रोक्नु दादागिरी हो, गुण्डागर्दी हो र हस्तक्षेप हो। सभ्य र एक्काइसौं शताब्दीको यो समयमा यस्ता घटना बिरलै, अनौठो र अतिवादी शासनशैलीमा मात्र देखिन्छ। यसले त्यो राष्ट्र कुन दिशातर्फ उन्मुख छ भन्ने कुराको ज्ञान हुन्छ। आज हामीलाई परेको समस्या भोलि अर्को छिमेकीले भोग्नु नपर्ने त हैन होला। भारतको यो क्रियाकलापले नेपाललाई त दुःख भयो, साथै अरु छिमेकीलाई समेत शंकित बनायो। यो शंका निवारण गर्न अब भारतको वर्तमान सरकारले धेरै समय र स्रोत उपयोग गर्नुपर्छ।

अहिले सबैभन्दा बढी चर्चामा रहेको इन्धनबारेमा कुरा गर्नुपर्दा करिब २० वर्षअघिसम्म नेपालले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल किनेर भारतलाई दिन्थ्यो र भारतले त्यसलाई प्रशोधन गरेर नेपालका विभिन्न नाकामा दिन्थ्यो। तर २०४७ सालको राजनीतिक परिवर्तनपछि त्यो प्रक्रिया बन्द गरियो र भारतसँग सोझै प्रशोधित तेल किन्न थालियो। यो हाम्रो देशको व्यापार गर्ने निर्णय थियो, परनिर्भरता थिएन। अहिलेको भारतको व्यवहार हाम्रो व्यापारिक निर्णय र सदासयतामाथिको नांगो हस्तक्षेप हो, हाम्रो परनिर्भरता हैन। अहिलेको व्यवहार हेर्दा त यस्तो लाग्छ– भारतले सक्ने भए संसारले सित्तैमा पाउने सूर्यको किरण र हावा पनि रक्सौलपारि रोक्ने थियो।

यदि पैसा तिरेर सामान किन्नु परनिर्भर हुनु हो भने सिंगापुरलाई के भन्ने? जहाँ कुनै सामान उत्पादन हुँदैन। अमेरिकाले आफूले प्रयोग गर्ने ७० प्रतिशतभन्दा बढी सामान विदेशबाट आयात गर्छ। के ऊ परनिर्भर हो? कुनै हालतमा हैन। त्यो व्यापार हो। आजको संसार व्यापारबाटै चल्छ। यदि ती देश परनिर्भर हैनन् भने हामी नेपाली पनि कुनै हालतमा परनिर्भर हैनौँ र भविष्यमा पनि हुन सक्दैनाँै।

देश परनिर्भर तब हुन्छ जब आर्थिक परिसूचकहरु नकारात्मक हुन्छन्। आजको दिनको नेपालका आर्थिक परिसूचक नकारात्मक छैनन्। भुक्तानी सन्तुलन सकारात्मक छ, विदेशी मुद्राको मौज्दातले झण्डै एक वर्षको वस्तु तथा सेवा आयात गर्न पुग्छ, सेयर बजार सकारात्मक दिशामा छ। हजारौं किलोमिटर सडक निर्माणाधीन छन्, सयौं मेघावाट विद्युत्का आयोजनामा काम भइरहेकाछन्। केही समयअगाडिसम्म ऋणमा चुर्लम्म डुबेको नेपाल आयल निगमसमेत नाफामा छ र ऋणको भार कम गर्ने प्रयासमा छ।

भारतीय मुद्रासँगको विनिमय दर स्थिर राख्नु हाम्रो आफ्नो निर्णय हो। यदि हामीले त्यसलाई खुला छाड्ने हो भने अहिले त्यो १ सय ६० बाट घटेर १ सय ४० सम्म आउन सक्छ। केही विश्लेषकहरु भारतसँगको व्यापार घाटा र नेपालमा सधैँजसो अभाव हुने भारतीय नगदलाई हेरेर नेपाली मुद्रा अवमूल्यन हुनुपर्ने तर्क पनि राख्छन्। तर समग्रमा हाम्रो भुक्तानी सन्तुलन राम्रो भएकाले हामी जति पनि अरु विदेशी मुद्रा बेचेर भारतीय मुद्रा खरिद गर्न सक्छौं। जहाँसम्म बजारमा भारतीय नगद रुपियाँको सधैँको अभावको कुरा छ त्यो त कालो बजारी र नगद जम्मा गर्ने प्रवृत्ति रोक्न गरिएका केही कडाइको परिणाममात्रै हो। यी सबै कारणले पनि हामी कतै भारत वा अरु कुनै देशसँग निर्भर छैनौँ।

हाम्रो देशको भौगोलिक अवस्था नै यस्तो छ कि तीनतिर भारत छ र बाँकी एकातिर भएको चीन विकट छ। यस परिस्थितिमा हाम्रो बाध्यता र कानुनी अधिकार दुवै हो– भारतको बाटो प्रयोग गर्नु। छिमेकमा सरल बाटो भएको एउटै मात्र र ठूलो राष्ट्र पर्नु हाम्रा लागि दुःखको कुरा हुन सक्ला तर हामी परनिर्भर भने हैनौँ। कहिलेकाहीँ आएका यस्ता समस्या भारत जस्तो विशाल राष्ट्रले देखाउने सानो चित्तले गर्दा हो, हाम्रो परनिर्भरताले हैन। शास्त्रले अरुको प्रगतिशील बाटोको बाधक बन्नुलाई हिंसाका रूपमा परिभाषित गरेको छ। शास्त्रीय उदाहरण र आदर्शको भाषण गरेर कहिल्यै नथाक्ने अहिलेको भारतीय केन्द्रीय सत्तालाई यो कुराको ज्ञान नभएको पक्कै हैन। यसरी पनि के भन्न सकिन्छ भने यो नेपाली जनतामाथिको अन्याय हो, हामीमाथिको हिंसा हो। अब यो अवस्थामा भाषा, धर्म अनि सांस्कृतिक समानताका कुरा त अब के नै बाँकी रहे र?

हामीमध्ये केही हाम्रो पेट्रोलियम पदार्थ, खाद्यान्न र अरु सामानको भण्डारण क्षमतामा भएको कमीले हामी भारतपरस्त भएको उदाहरण दिन पछि परेका छैनौँ। तर यो तर्क अर्थशास्त्रको अ पनि नबुझ्नेले गर्ने तर्क हो। यदि समाचारमा आएजस्तै हामी करिब १५ दिनको पेट्रोलियम पदार्थको सञ्चितिबाट हाम्रो आवश्यकता पूरा गरिरहेका छौं भने नेपाल आयल निगम नेपालको सबैभन्दा सक्षम कम्पनी हो र हाम्रो अर्थतन्त्रको गतिशीलताको प्रमाण पनि यही हो। पानी बगेकै स्वच्छ हुन्छ, जमेको हैन, व्यापारमा पनि यही नियम लागु हुने हो।

जसले भण्डारणमा विश्वास गर्छ उसको कहिल्यै विकास हुन्न। जापान आज संसारको सबैभन्दा सफल देश हुनुको पछाडि यही भण्डारण नगरी सबै कार्य पूरा गर्ने शक्ति विकासको कारणले हो। जापानको 'जस्ट इन टाइम' वा जेआइटी एउटा यस्तो औजार हो जहाँ उचित समयमा उचित सामानको उपलब्धता हुन्छ। यहाँ न्यून भण्डारको कुरा गरिन्छ। हामी पनि यत्रो विकासशील अर्थतन्त्र १५ दिनको पेट्रोलियम पदार्थको भण्डारबाट निर्वाध चलाइरहेका छौं भने हाम्रो प्रणाली संसारका विशिष्टमध्येको एक छ। तर यदि कसैले दुराग्रह राखेर हाम्रो प्रगतिशील बाटोमा छेकवार राख्न खोज्छ र हामी त्यसैलाई परनिर्भरता भन्छौं भने हामीले हाम्रो चस्मा फेर्ने दिन आइसकेको बुझ्नुपर्छ।

दुई देशबीचको सम्बन्धलाई संसारमा विभिन्न प्रकारले परिभाषित गरिएको पाइन्छ। तर पनि बृहत्रूपमा यसलाई राजनीतिक सम्बन्ध र जनता–जनताबीचको सम्बन्ध गरेर दुई भागमा विभाजन गर्न सकिन्छ। राजनीतिक सम्बन्धमा उतारचढावहरु आउन सक्छन् तर त्यसको मार जनताको स्तरसम्म आइपुग्न नदिनु दुवै देशको प्रमुख कर्तव्य हुन्छ। नेपाली जनता र भारतीय जनताबीचका सम्बन्धमा कहिल्यै कुनै समस्या आएन। दुई देशका सत्ताबीच भने पटकपटक खटपट भएकै हो। तर आधुनिक समाजमा राजनीतिक कारणले जनताको स्तरमा दुःख दिने काम गरेर यो पटक भारतले जनताको मन दुखाएको छ। सामान आपूर्ति सहज होला, फेरि नेपाली जनताले पेट्रोलका लागि लाइन बस्नु नपर्ला तर मनमा पुगेको चोट पुरिन निकै समय लाग्नेमा चाहिँ दुई मत छैन।
अर्को समाचार
आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड
०४ वैशाख २०७५
•
१ मिनेट पाठ
आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड
काठमााडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी छन्। 




नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा उनले देशमा रोजगारी प्रवर्द्धन, आर्थिक सुशासन र अर्थतन्त्रमा सुधार गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी हुन्।

राष्ट्रपतिले देशको आर्थिक समृद्धिमा निजी क्षेत्रको अहम् भूमिका हुने भएकाले संस्थागत सुशासन कायम गर्दै लगानी अभिवृद्धि र व्यापार प्रवर्द्धनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव दिइन।

राष्ट्रको अर्थतन्त्रलाई सुदृढ एवं सबल तुल्याउन सार्वजनिक र निजी क्षेत्रबीचको साझेदारीबारे पनि विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस