आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह
१९ जेष्ठ २०७९
•
२ मिनेट पाठ
आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।




आगामी आवको बजेटका सन्दर्भमा नेपाल आर्थिक सङ्घ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा आज आयोजित कार्यक्रममा उनले सबैको अपनत्व हुनेगरी बजेट ल्याइएको बताए।

'बजेट निर्माणपूर्व सरोकारवाला पक्षसँग छलफल तथा अन्तरक्रिया गरी सरोकारवालाकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसका आधारमा बजेट निर्माण गरिएको हुँदा यो बजेट तपाईंहरूको हो, प्रतिनिधिका रुपमा मैले प्रस्तुति मात्रै गरेको हुँ,' अर्थमन्त्रीले भने, 'मेरो क्षमताले भ्याएसम्म सबैका विषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु। अब सबैले स्वामित्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ अग्रसर होऔँ।'

अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भए तापनि विगतका बजेटको शृङ्खला अध्ययन गर्दै तथ्याङ्कीय हिसाबबाट बजेट सीमाभित्रै रहने गरी ल्याइएको बताए। उनले भने, 'बजेट राजनीतिक–आर्थिक दस्तावेज पनि भएकाले केही महत्वकाङ्क्षा पनि बोकेको छ, तर प्राकृतिक स्रोतले भरिपूर्ण र अपार सम्भावना बोकेको हाम्रो देशमा बजेटले निर्देश गरेका विषयको कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्यौँ भने हाम्रो सपना सार्थक हुनेछ।'

अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले आमजनता र सरोकारवाला सबै क्षेत्रको अपेक्षा र आवश्यकता समेट्दै सबैलाई अपनत्व महशुस हुनेगरी बजेट आएको बताए। अर्थशास्त्री तथा नेपाल आर्थिक सङ्घका अध्यक्ष प्रा डा विश्वम्भर प्याकुर्‍यालले बजेट समग्रतामा सकारात्मक भए तापनि राजस्व लक्ष्यप्राप्तिमा कठिनाइ हुने, मुद्रास्फिति र सार्वजनिक ऋण थप बढ्न सक्ने बताए।

'ऋण ३६ प्रतिशतबाट बढेर ४४.५ प्रतिशतसम्म पुगेको छ, तर विश्व बैंकको प्रतिवेदन अध्ययन गर्दा यस्तो ऋण ७७ प्रतिशतसम्म हुँदासम्म डराउन नपर्ने पाएको छु,' उनले भने, 'योभन्दा बढी भएमा भने जोखिमको तह उच्च दरमा बढ्ने उल्लेख गरिएकाले विशेष ध्यान दिनुपर्दछ।'

अर्थविद् डा. पोषराज पाण्डेले बजेट नीतिगत प्रष्टता र आशा मात्रै जगाउने खालको देखिएको बताए। अर्थविद् प्रा डा गोविन्द नेपालले बजेट समावेशी र रुपान्तरणकारी भएको र विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयनका लागि गहिरो अध्ययन आवश्यक रहेको बताए। गृहिणीदेखि वैदेशिक रोजगारीमा गएका नेपालीसम्मलाई समेत खुसी तुल्याउने गरी बजेट आएको उनको भनाइ छ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भइ सकारात्मक सोचका साथ बजेट ल्याएकामा सरकारलाई धन्यवाद दिए।

उनले तरलता अभावको समस्या समाधानका विषयमा भने ठोस योजना आउन नसकेको र कतिपय कर छुटका व्यवस्थाले निर्यात प्रवर्द्धन भन्दा पनि आयातलाई प्रश्रय दिने हो कि भन्ने शङ्का उत्पन्न गराएको बताए। 
अर्को समाचार
पोखराका व्यवसायीको अनुरोधः साँवा र ब्याज असुलीका लागि ताकेता नगरिदिनुस्
३० असोज २०७९
•
४ मिनेट पाठ
पोखराका व्यवसायीको अनुरोधः साँवा र ब्याज असुलीका लागि ताकेता नगरिदिनुस्
पर्यटकीय सहर पोखरा। फाइल तस्बिर: नागरिक
कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्र माथि उठ्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जाको साँवा र ब्याज तिर्न सक्ने अवस्था नरहेको व्यवसायीले बताएका छन्। व्यवसायीको आर्थिक अवस्था कमजोर रहेको भन्दै साँवा र ब्याज असुलीका लागि ताकेता नगरिदिन व्यवसायीले वित्तीय संस्थालाई अनुरोध समेत गरेका छन्।




‘पर्यटन क्षेत्र निकै नै सकसका साथ चलेको छ। कोरोना भाइरस संक्रमणका कारण व्यवसायी नोक्सानमा छन,’ होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘यो बेला साथीभाईसँग सापटी लिएर काम चलाउन पनि सक्ने अवस्था रहेन। दिनदिनै वित्तीय संस्थाबाट फोन आएको छ। यसले व्यवसायीलाई तनाव थपिदिएको छ।’ दिनदिनै वित्तीय संस्थाबाट फोन आउन थालेपछि ताकेता नगरिदिन अनुरोध गरेको उनले बताए।

कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायी अहिले साँवा तथा ब्याज चुक्ता गर्न सक्ने अवस्थामा नरहेको उनले बताए। ‘होटल क्षेत्रले चुक्ता गर्नुपर्ने सबै प्रकारका कर्जा तथा ब्याज तिर्न व्यवसायी तयार छन् तर त्यस्तो दायित्वलाई आउँदो बर्षमा मिलान गर्ने व्यवस्थाका लागि हामी नेपाल राष्ट्र बैंक, सम्बन्धित मन्त्रालय र सरकारसँग आग्रह गर्न चाहन्छौं,’ संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘त्यसकारण साँवा तथा ब्याज असुलीका लागि बैंक तथा वित्तीय संस्थाका तर्फबाट व्यवसायीलाई पटकपटक ताकेता नगरिदिनुहुन हामीले अनुरोध गरेका छौं।’

कोभिडले गर्दा पर्यटन क्षेत्र सबैभन्दा सुरुमै प्रभावित भएको र त्यो प्रभाव लामो समय रहिरहेको व्यवसायीको गुनासो छ। अरू सबै व्यवसायिक क्षेत्र पूर्ववत अवस्थामा फर्केको भए पनि पर्यटन क्षेत्र भने अझै पनि समस्याग्रस्त अवस्थामा रहेको अध्यक्ष सुवेदीले बताए। ‘अहिलेका लागि हामी किस्ता तिर्न सक्ने अवस्थामा पनि छैनौ। सरसापट पनि चलाउन सक्ने अवस्था रहेन,’ उनले भने, ‘किस्ता तिर्न सक्ने उपाय नभएपछि वित्तीय संस्था गुहारेका हौ। सरकारले यो बारेमा पक्कै पनि बुझ्नेछ।’ वित्तीय संस्थाले दिनहुँ फोन गरेर किस्ता तिर्न भनिरहे पनि व्यवसायि त्यो अवस्थामा नरहेको उनले बताए।

पर्यटन व्यवसाय यो आधारमा आर्थिक रूपमा कमजोर हुनुमा पर्यटन क्षेत्र लामो समय कोरोना संक्रमणको मारमा पर्नु मुख्य कारण रहेको उनले बताए। ‘यतिबेला केही दिनका लागि पोखरामा चहलपहल छ। राष्ट्रिय खेलकुद, केही आन्तरिक पर्यटक र सभा सम्मेलनले गर्दा पाहुनाको थोरै चलायमान देखिए पनि अरूबेला पर्यटन क्षेत्र सुनसान छ,’ सुवेदीले भने, ‘वास्तवमा भन्ने हो भने दैनिक खर्च चलाउन पनि हम्मेहम्मे छ। कोरोनाले गर्दा सबैभन्दा पहिले, सबैभन्दा बढी र लामो समयसम्म पनि पर्यटन क्षेत्र प्रभावित भएको छ।’

वर्षभरिमा १० दिन पाहुना भए भनेर पर्यटन क्षेत्र धानिन सक्ने अवस्था नरहेको उनले बताए। ‘हामीले ऋण तिर्ने हो। तर, अहिलेका लागि सक्दैनौ मात्र भनेका हौ। समयावधि बढाइदियो भने सहज हुन्छ भन्ने हो। कोभिडले गर्दा पर्यटन क्षेत्रलाई नै सबैभन्दा पहिला, बढी र लामो समयसम्म असर पारेकोले सकस भएको हो,’ उनले भने, ‘कम्तिमा वित्तीय संस्थाबाट ताकेता नहुने हो भने पनि व्यवसायी ढुक्कले बस्नेछन्।’

संघले विज्ञप्ति प्रकाशित गर्दै कोरोना महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित हुन पुगेको साथै महामारीकै कारण पर्यटन क्षेत्रबाट हजारौं जनशक्ति र व्यवसायी पलायन हुन पुगेको पनि उल्लेख छ। कतिपय पर्यटकीय प्रतिष्ठान बन्द समेत हुन पुगेको विज्ञप्तिमा उल्लेख छ। ‘व्यवसायलाई टिकाइरहन र पर्यटन क्षेत्र संघर्षरत रहेको छ। यो बीचमा पर्यटन क्षेत्र उकास्न ‘जाउँ है पोखरा’, फेवा नवबर्ष महोत्सव, भाइटिका महोत्सव लगायत विविध प्रवद्र्धनात्मक गतिविधि गरेपनि अझै उकासिन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नोक्सानमा रहेको पर्यटन क्षेत्रलाई बचाउनका लागि व्यवसायीले सरकारलाई समेत गुहारेका छन। त्यसका लागि सरकारका तर्फबाट यसअघि घोषणा गरिएका राहतका कार्यक्रममा समेत चालू बजेटमा कटौति गरिएको व्यवसायीको गुनासो छ। कतिपय राहतका कार्यक्रम घोषणामा मात्र सीमित हुन पुगेको पनि व्यवसायीले बताएका छन। ‘पर्यटन क्षेत्र जटिल अवस्थाबाट गुज्रँदै गर्दा समेत लगानीको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि सरकारी क्षेत्रबाट कुनै ठोस कदम अगाडि नबढाइएको महसुस हामीले गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।

जटिल अवस्थाबाट पर्यटन क्षेत्र गुज्रदै गर्दा होटल क्षेत्रको कर्जा र ब्याज असुलीमा बैंक तथा वित्तीय संस्थाहरूले कडाई गर्दा व्यवसायी झनै प्रताडित हुन पुगेको संघको विज्ञप्तिमा उल्लेख छ। ‘व्यवसायीले चुक्ता गर्नुपर्ने सबै प्रकारका कर्जा तथा ब्याज तिर्न व्यवसायी तयार छन् तर त्यस्तो दायित्वलाई आउँदो वर्षमा मिलान गर्ने व्यवस्थाका लागि हाम्रो अनुरोध हो,’ संघले भनेको छ।

यसैगरि पोखराका उद्योगी–व्यवसायीले पनि बैंकले कर्जामा बढाएको ब्याजदरको चर्को विरोध गरेका छन्। उनीहरूले ब्याजदर नघटाए असोज मसान्तमा तिर्नुपर्ने कर्जाको किस्ता र ब्याज नबुझाउने चेतावनी दिएका छन्। पोखरा र लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद् सहित १३ वटा व्यावसायिक संघसंस्थाले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै असोज मसान्तमा तिर्नुपर्ने किस्ता र ब्याज नबुझाउने घोषणा गरेका हुन्।

ध्यानाकर्षणपत्रमा बैंक तथा वित्तीय संस्थाले निक्षेपसँगै कर्जामा ब्याजदर वृद्धि गर्दा समग्र अर्थतन्त्र धराशायी हुने अवस्था निम्तेको उल्लेख छ। ‘बैंक तथा वित्तीय संस्थाबाट पटक-पटक गरिने ब्याजदर वृद्धि तथा असहज अवस्थामा किस्ता भुक्तानीको ताकेताले निजी क्षेत्र पीडित बनेको छ,’ पत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले अगाडि बढाएका धितो लिलामीका प्रक्रिया पनि तत्काल रोकिनुपर्छ। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस