नेपालको संविधान, २०७२ कार्यान्वयनमा आएको छ। हामी सबै नेपाली यही संविधानअन्तर्गत नेपालको नागरिक भएका छौँ। संविधान निर्माणको यस ऐतिहासिक घडीमा देशको एउटा भागमा भने अशान्ति छ। करिब महिना दिनदेखि तराई बन्द छ। तराई बन्दको कारण संविधान घोषणा पछिको उत्सव 'ब्लाक एन्ड ह्वाइट' भयो। कतै औसीं कतै पूर्णिमा देखियो। आशा गराँै, आन्दोलनरत दलले पनि दीपावली मनाउने गरी चाँडै नै संविधानमा सुधार र परिमार्जन हुनेछ।
संविधान अहिले नै किन र कसरी जारी हुने परिस्थिति निर्माण भयो होला र विगतका प्रयास किन असफल भए भनी सिंहावलोकन गर्नुपर्ने भएको छ। संविधान निर्माण गर्ने परिस्थिति र पात्रलाई धन्यवाद दिनु आज नागरिकको तहबाट आफ्नो कर्तव्य पनि ठानेको छु।
संविधान निर्माणमा पनि सबैभन्दा ठूलो झट्का बैशाख १२ गतेको भुइँचालोले दिएको मान्न सकिन्छ। भुइँचालोमा गर्नुपर्ने उद्धार, राहत र पुनर्स्थापनाको कार्यक्रम प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले सुस्त गतिले अगाडि बढाएको भनी नेकपा (एमाले) अध्यक्ष खड्ग ओली र एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच सहमति भयो। यसक्रममा कोइराला सरकार ढालेर नयाँ गठबन्धनबाट सरकार निर्माण गर्न यी दुई नेता सक्रिय भए। तर संविधान सभाबाट संविधान निर्माणका लागि कांग्रेसको समर्थन अपरिहार्य थियो। संविधान सभामा भएका अरू सबै पार्टी मिल्दा पनि संविधान जारी नहुने दुई कम्युनिस्ट नेताले बुझे। अतः कोइराला सरकारबाटै 'फास्ट ट्रयाक'मा संविधान जारी गराउने र त्यसपछि सरकार परिवर्तन गर्ने प्रपञ्च रचियो १६ बुँदेमार्फत्।
नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टीहरू देशमा आफ्नो वर्चस्वको लडाइँबाट 'सिफ्ट' भएर सहकार्यमा कसरी आए? राजनीतिक वृत्तमा अनेक चर्चा चल्यो। एमाले अध्यक्ष केपी ओलीमाथि एमाओवादीबाट सधैँ आक्रमण भइरहेको सन्दर्भमा यी दुईको मिलन कसरी संभव भयो होला भनी बजारमा अनेक अडकलबाजी सुनिन थालियो। एकथरी यसको श्रेय उत्तर छिमेकी देश चीनलाई दिने गर्छन्। नेपालमा राजतन्त्रको अन्त्य भएपछि चीनले यहाँ विश्वासिलो मित्र खोज्ने क्रममा सबै प्रमुख दललाई 'टेस्ट' गर्यो र अन्ततः एमाले – एमाओवादी गठबन्धन बढी भरोसा र विश्वास योग्य हुन गयो भनिन्छ।
नेपालको शक्तिशाली कम्युनिस्ट गठबन्धनले १६ बुँदेबाट संविधान निर्माण र सरकार परिवर्तनको 'रोड म्याप'मा सहीछाप गर्दा कांग्रेस नेतालेसमेत सार्वभौम निर्णय हामी आफैँले गर्न सकेको भनी गौरवगाथा गाए। कुरा सही नै थियो भारतको संलग्नता १६ बुँदेमा थिएन। नेपालको राजनीतिक परिवर्तनको दिशामा भारत प्रत्यक्ष संलग्न रहने गरेको र परिणामस्वरूप हाम्रा नेता हीनताबोधबाट ग्रस्त हुनपुगेका रहेछन् भन्ने १६ बुँदे गरेपछि सार्वजनिक भयो। स्पष्टै छ, दलका नेताले १६ बुँदेमा भारतको कुनै भूमिका छैन भन्न नसकी हामी आफँैले गरेको यो सम्झौता हो भन्ने उद्घोष गरे। यो उद्घोष नै आफैँमा अनौठो थियो। यसरी भूकम्पका कारण उत्पन्न परिस्थिति र कम्युनिस्ट गठबन्धनको रणनीतिले संविधान निर्माणमा सहयोग गरेको हुनाले आजको दिनमा यी दुवै कुरालाई धन्यवाद दिनुपर्छ।
संविधान निर्माण नभएर दलहरूसँग जनता निराश भएको अवस्था थियो देशमा। जनता जुनसुकै ट्य्राकबाट भए पनि संविधान जारी होस् भन्ने चाहन्थे। निराशा र लामो पर्खाइले जनता अब एकथान संविधान जसरी पनि जारी होस् भन्ने छटपटीमा थिए। दुई कम्युनिस्टको मिलन र कांग्रेस तथा फोरम (लोकतान्त्रिक)को संलग्नतापछि संविधान जारी गर्ने ठूलो जिम्मेवारीमा संविधान सभा अध्यक्ष सुवास नेम्बाङमा आयो। आफ्नै अञ्चलका राजनीतिक गुरु केपी ओली भावी प्रधानमन्त्री हुने कुराले पक्कै पनि सभाध्यक्षलाई थप ऊर्जा मिल्यो होला संविधान निर्माण गर्न। यता कांग्रेससँग भने संविधान सभाबाटै संविधान जारी गर्ने सात दशक लामो अभियान सार्थक हुने भयो भनी रमाउनुबाहेक अरू कुनै रणनीति थिएन।
एकातिर पहिलो संविधानसभा असफल भएको पृष्ठभूमि थियो सबै नेताको। तर पनि असफलताबाट निराश भएर संविधान सभाबाट संविधान बन्न सक्तैन भनी नेपालका राजनीतिक दलहरू चुप लागेर भने बसेका थिएनन्। संविधान सभाबाटै संविधान बनाउने दृढसंकल्पले नेताहरूलाई अगाडि बढ्न घचघचाई रह्यो। नेपालका राजनीतिक दल र नेता असफल हुन तयार भए, अक्षमको पगरी पनि गुथे तर पनि सफलतामा पुग्ने आकांक्षा त्याग्न नचाहेकोमा बधाईका पात्र भएका छन्। गणतन्त्र नेपाल संवैधानिकरूपमा संस्थागत भएको घटनालाई नेपालको भावी पिढीले इतिहासमा पढ्नेछन् र वर्तमान पुस्तालाई साहसी ठानी स्यावासी दिनेछन्। यस्तो धन्यवाद र स्यावासीको हकदार संघीय प्रदेशका प्रणेता मधेसवादी दल हुनुपर्ने थियो। आशा गराँै उनीहरूप्रति भावी दिनमा न्याय हुनेछ।
असफलताबाट विचलित नभएर संविधान सभाबाटै संविधान निर्माण भएको यस चरणलाई नेपालीले भाग्यवाद र सामन्तवादवाट आफूलाई चुडालेर स्वतन्त्र र जिम्मेवार नागरिक भएको अनुभूति गर्नेछन्। यस प्रकरणमा संविधान निर्माणको लागि अहोरात्र खट्ने नेता, खबरदारी गर्ने जनता र निरन्तर असहमतिको स्वर उठाएर आफ्नो पहिचान र अधिकारको लागि दबाबमूलक आन्दोलन गर्ने विभिन्न आदिवासी, जनजाति, महिला, दलित र मधेसी धेरै धेरै धन्यवादका पात्र छन्। यो भन्न संकोच मान्नुपर्दैन कि हेपिएका र वञ्चनामा परेका सीमान्तीकृत जनता र पछाडि परेको भूगोलका बासिन्दाको दबाबविना यो संविधान समावेशी, सामाजिक न्यायको पक्षपाती र समतामूलक समाज निर्माण गर्ने दिशामा अग्रगामी हुने थिएन। ती सबै आन्दोलन पनि आजका दिनमा धन्यवादका पात्र छन् र अझै केही दल समुदाय पनि यसक्रममा जोडिने विश्वास गर्न सकिन्छ।
नेपालमा एकल जातीय आधारमा प्रदेश निर्माण संभव थिएन र यो भएन। माओवादी 'जनयुद्ध' दोस्रो चरणमा प्रवेश गर्दा जातीय राज्य निर्माणको सपनाबाट ती अगाडि बढेका थिए। 'जनयुद्ध'मा होमिएका र मरेका आदिवासी र जनजातिको उल्लेख्य सहभागिताबाट पनि यो सहजै बुझ्न सकिन्छ। माओवादी 'जनयुद्ध' वर्गीय मुक्तिको आवरणबाट जातीय मुक्तिको आन्दोलनमा रूपान्तरण भएको एमाओवादीका नेतालाई राम्ररी जानकारी थियो। खुला राजनीतिमा आएपछि माओवादीका नेतालाई नै जातीय राज्य नेपालमा अनर्थ हुनेछ भन्ने विश्वास बढेर गयो। त्यहीकारण माओवादी 'जनयुद्ध'का नेताहरू पहिलो संविधान सभाबाट संविधान बनाउन सधैँ आनाकानी गरिरहे, मधेसवादीसँगको सत्तासहकार्य भए पनि जातीय राज्य निर्माणमा उनीहरू आफैँ हच्किए।
यसरी आफ्नै मान्यताविपरीत गएर पनि पहिलो संविधान सभाबाट संविधान नल्याएर देशको धरातलीय यथार्थ बुझी अगाडि बढेका एमाओवादी नेतालाई पनि यतिखेर धन्यवाद र साधुवाद दिनुपर्छ। ढिलै भए पनि देशको धरातलीय अवस्था बुझ्नु नराम्रो होइन। विगतमा कांग्रेस एमाले यो अवस्थाबाट गुज्री जो सकेका छन्।
माओवादी शान्ति प्रक्रियामा आएपछि मधेस आन्दोलन भयो। मधेसमा पहिचान, अधिकार र अवसरका कुरा उठे। 'एक मधेस एक प्रदेश'को नाराले राजनीतिको मूलधारमा आउन नसकिरहेका मधेसी तराई मधेसमा जुरुक्कै उठे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आन्दोलनकारीसँग अत्यन्त लचिलो भएर सम्झौता गर्न बाध्य भए। यही सम्झौताविरुद्ध आफू मधेसी होइनौ भनेर थारुहरू आन्दोलित भए। र, नेपालको राजनीतिले एउटै भूगोलमा बस्ने र एउटै रंग देखिनेबीच असहमति उत्पन्न गर्योु।
मधेस आन्दोलनका नेता पहिचानको कुरा गरेरमात्र आन्दोलन उठाउन सक्ने अवस्थामा थिएनन्। तिनले सांस्कृतिकरूपले पहाडीविरुद्ध भाषण गरी तराईमा आन्दोलन उठाउने वातावरण बुझे र गरे। यही क्रममा केही पहाडी तराई मधेसबाट लखेटिए पनि। तर थारुहरु मधेसका भूमिपुत्र थिए र तिनका विरुद्ध मधेसीलाई आक्रमण र मोर्चाबन्दी गर्न सजिलो भएन। थारु आन्दोलनले मधेस आन्दोलनलाई कमजोर पार्योत तराईमा। एक मधेस एक प्रदेश थारु आन्दोलनबाट समाप्त भयो। तर पनि थारुहरूले आफ्नो अवसर र अधिकारका लागि राज्यलाई झुकाएरै छाडे।
तराई मधेसमा उठेका आन्दोलनले नै आज संविधानलाई समावेशी बनाउन बाध्य पार्योझ। खासगरी मूलधारका राजनीतिमा संलग्न मधेसी, आदिवासी, जनजाति, दलित र महिलाले मधेस र माओवादी आन्दोलनबाट जुन अवसर आज पाएका छन् त्यो अतुलनीय छ। अन्यथा मूलधारका राजनीतिक दलमा आदिवासी, जनजातिलगायत महिला र दलितको कुनै आवाज नै उठाउने हैसियत थिएन र अझै छैन। थरुहट आन्दोलनले मधेसीलाई अहंकारी होइन यथार्थवादी बन्न दिएको शिक्षा पनि यहाँ मनन योग्य छ।
यसरी तत्कालीन कारणमा भूकम्प र दुई ठूला कम्युनिस्टबीचको गठबन्धनले नेपालको राजनीतिक नक्सा कोरियो। कांग्रेस ठूलो पार्टी हो। संभवतः त्यही जिम्मेवारी बोधले होला शीर्ष नेता भावुक देखिए र आँखा रसाएका धेरै पढ्न पाइयो। यसैक्रममा नेपालको संविधान, २०७२ जारी भयो।
नेपालको भावी राजनीति अब यिनै कम्युनिसट गठबन्धन निर्माण गर्ने नेताहरूबाट अगाडि बढ्ने अनुमान गर्न सकिन्छ। संभवतः संविधान निर्माण प्रक्रियामा मधेसवादीप्रति भारतले देखाएको प्रत्यक्ष चिन्ता संविधानमा अपनत्वका लागि नभएर १६ बँुदेको डिजाइन र अब बन्ने सरकारप्रति भारतको बढी नै चिन्ता र चासो हुनाले भएको हुनुपर्छ – आफ्नो सुरक्षा अवस्थाका कारण। कांग्रेसलाई संविधान निर्माणपछि सत्ता कम्युनिस्टको हातमा दिने निर्णय गर्दा पक्कै पनि सहज भएन होला। तर कम्युनिस्ट इतर शक्तिलाई गोलबन्द गरी आफ्नो राजनीतिक उचाइ बढाउने कांग्रेसमा कुनै नेता थिएनन्, छैनन्। भारतले यो बुझ्न सकेन संभवतः।
कांग्रेसले सधँै भारतको नगिच भएर नेपालका कम्युनिस्टलाई साइजमा राख्न सकेकोमा नेपालका कम्युनिस्टहरू धेरै अगाडिदेखि दुखित थिए। त्यो क्रम यसपटक भंग भएको छ। नेपालको राजनीतिक इतिहासमा लोकतन्त्रका लागि भारतबाट कांग्रेसले पाउँदै आएको सहयोग र समर्थन संभवतः संविधान निर्माणको यो क्रममा चुँडिएको छ। भारत अब नेपालमा राजनीतिक पद्धतिभन्दा आफ्नो हित संवर्धन र प्रवर्धन गर्न अनि मधेस केन्द्रित राजनीतिमा मात्र लागेछ भने आश्चर्य नमान्दा हुन्छ। यस दृष्टिकोणबाट हेर्दा नेपालका शासकहरू आउँदा दिनमा दक्षिणभन्दा उत्तर धेरै फर्कने अनुमान गर्न गाह्रो छैन।
बढो अनौठो भएको छ अहिले नेपाल–भारत सम्बन्धमा। भारतका हिन्दुवादी भारतीय जनता पार्टी अनी नेपाल प्रेमी प्रधानमन्त्री नरेन्द्र मोदी भएको बेला नेपाल–भारत सम्बन्ध तीतो भयो। भारतसँगको निर्भरता जति कम भयो त्यति नै राष्ट्रवादी हुन सकिन्छ भन्ने मान्यता यो पटक कांग्रेसमा पनि देखियो। कांग्रेसले आफ्नो परनिर्भरता अन्त्य गरेकोमा पनि धन्यवाद दिनुपर्छ।
तराई महिनौ बन्द हुँदा पनि संविधान जारी हुनसक्छ र राजधानीमा केही असर नहुने रहेछ भनी यो पटक नेपालका शासक र प्रशासकले उपत्यकामा बुझे। तसर्थ मधेसका आन्दोलनकारीलाई हनुमानलाई झैँ उपत्यकावासीलाई पनि आफ्नो क्षमता देखाउन सहयोग गरेकोमा धन्यवाद दिनुपर्छ। उपत्यका आत्मनिर्भरको बाटोमा छ। संविधान यिनै पृष्ठभूमि र घटनाबाट निर्माण भयो होला अहिले। संविधान जारी भएपछि नेपाल अब नयाँ चरणमा प्रवेश गरेको छ। सबैभन्दा ठुलो देशको नयाँ राजनीतिक नक्सा कोरिएको छ।
संविधान जारी हुनुअगाडि दल, समुदाय अनि व्यक्ति व्यक्तिका आफ्ना आग्रह पूर्वाग्रह हुनसक्छन्, थिए। तर संविधान जारी भएपछि सबै कटुताको अन्त्य आवश्यक थियो। तर त्यस्तो भने देखिएको छैन व्यवहारमा। नेपाली राजनीतिको एउटा ठूलो समुदाय र भूगोल अझै पनि संविधानका केही प्रावधानविरुद्ध आन्दोलित छ। र, यो समूह पक्कै पनि २०४७ सालको संविधान नमान्ने जनमोर्चाभन्दा ठूलो र प्रभावकारी छ। आजको दिनमा संविधान निर्माणमा योगदान पुर्याूउने सबैलाई धन्यवाद र साधुवाद दिइरहँदा आन्दोलनरत मधेसी र थारुहरूको मागको पनि सम्बोधन र नेपालको आर्थिक विकासको मार्ग फराकिलो हुने विश्वास गरौँ।