कठपुतलीसँग होसियार
२६ भदौ २०७२
•
१३ मिनेट पाठ
कठपुतलीसँग होसियार
सिरिया होस् या यमनको गृहयुद्ध, आन्तरिक शक्तिलाई बाह्य शक्तिले उक्साइरहेछन्। रुस र पश्चिमा शक्तिबीचको चर्को द्वन्द्वले सिरिया युद्धस्थल बन्यो। यमनमा सत्ता कब्जा गर्न संघर्षरत हुथी विद्रोहीलाई इरानको सहयोग छ भने साउदी अरेबिया हुथी विद्रोहीलाई दबाउन सक्रिय छ। यमनको गृहयुद्धको वास्तविक कारण हो– साउदी अरब र इरानबीच मध्यपूर्वमा सामरिक सामर्थ्य बढाउने प्रतिस्पर्धा!अफ्रिकामा क्रूरतम घटना हुने गरी भएका गृहयुद्धमा बलिया देशहरूले भूमिका खेले। युगान्डा, सुडान, रूवान्डालगायतका देशमा भएका जातीय हिंसामा बलिया देशहरूको स्वार्थ महत्वपूर्ण कारक थियो। इतिहास साक्षी छ– आफ्नो अनुकूलको शासन व्यवस्था ल्याउन शक्तिराष्ट्रहरूले इदी अमिनजस्ता क्रूर तानाशाह जन्माए, जसले जातीय घृणालाई बढाएर युगान्डालाई गृहयुद्धमा पुर्यााए। ब्रिटिस सेनाका लागि खाना बनाउने 'बाहुबली' इदी अमिन सैनिक जनरल हुँदै महŒवाकांक्षी शासक बनेका थिए।




बलिया देशको कठपुतली भएकै आधारमा जनताको इच्छाविपरीत शक्तिमा आएकाहरूले क्रूरतम व्यवहार देखाएर मानव सभ्यतामै दाग लगाउने काम गरे। तथापि, त्यस्ता क्रूर शासकहरूलाई जन्माउने र उत्साही बनाउने कुनै पनि सभ्य भनाउँदा देश र तिनका नेताले नैतिक जिम्मेवारी लिएनन्। तेलको स्रोत कब्जा गर्ने रणनीतिअनुसार धार्मिक र नश्लवादी घृणालाई मलजल गरेर बलिया देशहरूले सुडानको विभाजन सफल पारे। विभाजनपछि दक्षिणी सुडान प्रचुर प्राकृतिक स्रोतले भरिभराउ भए पनि आन्तरिक द्वन्द्व र अस्थिरताको चपेटामा परिरहेछ। सुडानभित्रको विभेदबाट मुक्ति मिले पनि अर्को भयावह समस्यासँग जुध्नु परिरहेछ उत्तरी सुडानका जनताले। आफ्नै देशमा रहेको प्राकृतिक स्रोत सुडानी जनताका लागि घातक बन्यो। इथियोपिया र इरिटि्रयाबीचको विभाजनमा बाह्य शक्तिको भूमिका उत्तिकै महŒवपूर्ण थियो, जति त्यहाँको आन्तरिक द्वन्द्व।

विश्वभर शक्तिराष्ट्रहरू स्रोतमाथि कब्जा जमाउन चलखेल गरिरहेछन्, जनताचाहिँ अस्थिरताको पीडा बोकिरहेछन्। कुनै पनि देशमा जातीय, नश्लवादी वा क्षेत्रीय द्वन्द्व भड्काउँदा तिनको हृदय पग्लिएन। श्रीलंकाको पृथकतावादी हिंसात्मक द्वन्द्व होस् या त्यसको क्रूरतम् शैलीबाट भएको अन्त्य नै किन नहोस्, त्यसका पछाडि बाह्य शक्तिको भूमिका थियो। सामाजिक द्वेष र घृणाको समाधान गर्न नसकेपछि फैलिएको द्वन्द्व र हिंसाबाट बाह्य शक्तिले लाभ लिए पनि श्रीलंकाली जनताले क्षति व्यहोर्नुपर्योो। असल नियतले श्रीलंकाको समस्याका विषय उठान गर्नेबाहेक धेरैजसो बाह्य शक्ति रमिते बने। शक्तिराष्ट्रहरूचाहिँ प्रभाव बढाउने रणनीतिक स्वार्थमा सक्रिय भइरहे। स्वदेशलाई दाउमा राखेर आफ्नो इच्छामुताविक चल्न तयार हुने कठपुतलीहरू तयार गर्न बलिया देशहरू खप्पिस छन्। तिनको षड्यन्त्रकारी रणनीतिको सामना गर्न कमजोर देशहरूलाई हम्मे पर्छ।

बम र बारूदले जर्जर बनेको सिरिया र यमनमा बलिया देशहरूले कठपुतलीहरू तयार गरी त्यहाँको सामाजिक समस्यामाथि खेलिरहेका छन्। कमजोर देशको अस्थिरताबाट आफ्नो हित देख्ने बलिया देशका योजनाकारहरू सामरिक स्वार्थबाट निर्देशित हुन्छन् भन्ने उदाहरण हो सिरिया र यमन। बलियाका लागि कुनै पनि देशको शान्ति वा अशान्तिको पक्ष वा विपक्षमा खेल्ने भूमिकासमेत यस्तै स्वार्थको लेखाजोखापछि मात्र निर्धारित हुन्छ। इतिहासका पाना पल्टाएर होस् या वर्तमान विश्वसन्दर्भ केलाएर नै किन नहोस्, कठपुतलीको रचना गरेर सृजना गरिने अराजकता, हिंसा र अस्थिरताबारे हेक्का राख्नु जरूरी छ।

नेपालको जटिल राजनीतिक अवस्थाबीच यस्ताखाले चेतना अझ सान्दर्भिक बन्दै गएको छ। हिंसा र अराजकताका लागि तयार गरिएका कठपुतलीहरूको पहिचान जरूरी छ। त्यस्तालाई बेलैमा नंग्याउनुपर्छ। कसैको सामरिक स्वार्थ पूरा गर्न सक्रिय कठपुतलीहरूबाट न त त्यो देशको सामाजिक समस्या हल हुन्छ न त राजनीतिक समस्याको सम्बोधन सम्भव छ। कठपुतलीहरू शक्तिराष्ट्रहरूको इशारामा चल्छन्। निर्दोष जनताको सोझोपनमाथि खेलेर आफ्नो र भरणपोषण गर्ने शक्तिहरूको हितमा काम गर्छन्। उग्र विचार र कदम चालेर भ्रम सृजना गरी मर्न र मार्नसम्म उक्साउँछन्। व्यक्तिगत स्वार्थका लागि देशको भविष्य त दाउमा लगाउन खोज्छन् नै आफ्नो जाति, समुदाय वा क्षेत्रलाई नै हिंसाको दलदलमा पुर्यााएर स्वार्थसिद्ध गर्न तत्पर हुन्छन्। नेपालमा जातीय, क्षेत्रीय, धार्मिकलगायत कतिपय मुद्दा उठानमा आन्तरिक समस्यामाथि खेल्न चाहने बाह्य शक्ति र तिनले प्रयोग गरिरहेका कठपुतलीहरूको व्यवहारलाई सूक्ष्म तरिकाले केलाउनु जरूरी छ। असल वा गलत नियतले उठाइएका मुद्दाको पहिचान गरेर तदनुरूपको व्यवहार गर्न ढिलो गर्नु हुन्न। नत्र देशले भयानक दुर्घटना व्यहोर्नुपर्छ।

देशमा धर्म, जाति, भाषा, क्षेत्र र समुदायको मुद्दा उठिरहेको छ। तत्काल संघीयताको सवालमा सीमांकनसम्बन्धी मुद्दा मुख्य देखिँदै गएको छ। यसभित्र पनि सबैको नियत सफा छैन। कुनै बेला निरंकुश राजाले शक्ति केन्द्रित गर्ने कदम चाल्दा दीपावली गर्नेहरू संघीयताका मसिहा दाबी गर्न थालिसके! धर्मलाई बेवास्ता गर्दै आएकाहरू धर्मसापेक्षताको मुद्दा बोकेर हिँड्न थालेका छन्। अर्कोतर्फ देशको सामाजिक समस्यामाथि खेलेर कसैको कठपुतली बन्दै स्वार्थ सिद्ध गर्न खोज्नेहरूले खडा गरेका समस्यालाई राजनीतिक समस्याकै रूपमा व्याख्या गर्ने धूर्तहरूको दस्ता हावी हुन खोज्दैछ। जो बिचौलिया बनेर राजनीतिक लाभ लिने मौका कुरेर बसिरहेका छन्। अहिले जातीय, क्षेत्रीयलगायतका मुद्दा राजनीतिकमात्र नभई सामाजिक समस्याको जगमा टेकेर उठेका हुन्। यिनको राजनीतिक समाधान मात्र खोजिनु अर्को समस्या थप्नुबाहेक केही होइन। सामाजिक समस्याको समाधान सामाजिक तरिकाले हुनुपर्छ। राजनीतिकर्मीहरूले समस्या समाधानका लागि इच्छाशक्ति देखाएर नीति तर्जुमा गर्नेमात्र हो। अर्कोतर्फ नेपालको सामाजिक समस्यामाथि खेलेर सामरिक स्वार्थ पूरा गर्ने रणनीति बनाउने शक्तिराष्ट्रहरूको कमी छैन। जाति, धर्म, क्षेत्रका नाममा खेलेर अभीष्ट पूरा गर्न खोज्ने शक्तिहरू अन्तर्राष्ट्रियस्तरमा संगठित तरिकाले सक्रिय छन्। उनीहरूले समस्याग्रस्त समाजको कमजोरीलाई आफ्नो इच्छामुताबिक ढाल्न कठपुतलीहरू सक्रिय पारेका छन्।

सर्वप्रथम हाम्रो सामाजिक समस्याको निदान गरी समाधानको भूमिका निर्वाह गर्ने दायित्व जिम्मेवार नीतिनिर्माताहरूको हो। शदियौँदेखि शोषण, दमन र उत्पीडनमा रहेका जाति, क्षेत्र, समुदाय वा व्यक्तिहरूको पहिचान गरी अधिकार दिलाउने दिशामा ठोस कार्य हुन जरूरी छ। अन्यथा, समस्यालाई टेकेर नवशोषकको उदय हुन्छ। हामी जति सामजिक समस्यालाई बल्झाइरहन्छौँ उति नै हाम्रो समस्यामाथि खेल्न कठपुतलीहरूको उदय हुन्छ, जसले बाह्य शक्तिको हितअनुसार काम गर्छ। त्यस्ता व्यक्तिहरू सामान्य जनतालाई हिंसाका लागि उक्साउँछन्। अर्को जाति, समुदाय वा क्षेत्रका जनतामाथि घृणा बढाउने उत्तेजित क्रियाकलाप गर्छन्। संवेदनशील समाजमा हिंसा फैलाउन एउटा घृणाजन्य वाक्य पर्याप्त हुनसक्छ। नेपालको सन्दर्भमा जातीय, क्षेत्रीय र साम्प्रदायिक घृणाका वाक्य वा व्यवहारले मात्र हिंसा मच्चाइएको घटनाहरू छन्। तिनको नियत र उद्देश्यको गम्भीरताबारे ध्यान दिनु जरूरी छ।

नेपालको आन्तरिक मामलामा बाह्य खेलाडीले असल वा खराब नियतले देखाउने भूमिका निरन्तर छ। बाह्य शक्तिले आन्तरिक खलबली गर्न नसक्ने गरी बलियो आधार तयार गर्ने दायित्व नेपाली जनताकै हो। सर्वप्रथम आन्तरिकरूपमा हामी बलियो हुनुपर्छ। आन्तरिक समस्याको निदान गरी वैज्ञानिक विधिबाट समाधानको उपाय निकाल्नुपर्छ। बाह्य शक्तिले चलखेल गर्ने भनेकै कमजोर देशको जटिल सामाजिक समस्याबाट हो। जातीय विभेद छ भने जातीय द्वन्द्व हुन्छ नै। सामरिक स्वार्थ पूरा गर्न जाति विशेषबाट कठपुतली सृजना गरी चलखेल गर्छन्। जातीय विभेद अन्त्य गर्न सक्यो भने बाह्य शक्तिले जाति विशेषलाई उक्साएर चलखेल गर्न पाउँदैनन्। समस्या सर्वप्रथम आफूभित्र हुन्छ। त्यसको सही पहिचान गरी समाधान गर्न सक्यो भने बाह्य हस्तक्षेप घट्छ।

कैयाँै देशले विकासको चरम चुलीतर्फ अघि बढिरहँदा हामी भने 'खुल्ला दिशामुक्त क्षेत्र घोषणा' गर्नमै संघर्षरत हुनुपरेको छ। छुवाछूत र जातीय घृणा अन्त्य गर्न संघर्षरत छौँ हामी। यही कारण नै हाम्रो सामाजिक समस्यामाथि खेल्न खोज्नेहरूले मौका पाइरहेका छन्। यतिसम्म कि विभाजनको बीऊ रोप्न कठपुतलीहरूलाई उक्साइरहेछन्। कठपुतलीहरूदेखि बेलैमा होसियार हुनुपर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस