सीमाका बासिन्दाको पीडा
१४ भदौ २०७२
•
१५ मिनेट पाठ
सीमाका बासिन्दाको पीडा
वरिष्ठ प्रहरी अधिकारीसहितका अन्यको हताहती हुनेगरी भएको टीकापुर घटनापछि गृह मन्त्री वामदेव गौतमले दक्षिणतिरबाट घूसपैठ भएको अभिव्यक्ति दिए। उनको स्पष्ट संकेत भारततर्फबाट घूसपैठ भएको भन्ने थियो। लगत्तै भारतीय पक्षले गृह मन्त्रीको अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण गरायो।भारतीय राजदूत रणजीत रेले गृह मन्त्रीसँग भेटे। गृह मन्त्रीले भारतीय क्षेत्रबाट भएको घूसपैठबारे बोलेलगत्तै सीमा क्षेत्रमा हुने कुनै पनि गम्भीर गतिविधिमा भारतीय भूमिका आशंका गर्ने परम्परा बनिसकेको राजधानी काठमाडौँबाट तदनरूपका प्रतिक्रियाहरू आए। सीमा क्षेत्रको संवेदनशीलता र समाजबारे सतही बुझाइ रहेकाहरूले छिमेकीलाई दोष दिएर जिम्मेवारीबाट पन्छन खोजे। कमजोरी लुकाउन पराईलाई दोष दिने बानी लागिसकेकाहरूको शैलीमा परिवर्तन आउने कुरै भएन। उता भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले समकक्षी सुशील कोइरालालाई सीधा टेलिफोन गरी नेपालले भोगेको चुनौतीमा भारत आवश्यक सहयोग गर्न तयार रहेको भन्दै सहमतिबाट अगाडि बढ्न जोड दिएको विषय सार्वजनिक भयो। मोदीले टेलिफोन कुराकानी गरेर टीकापुर घटनामा भारतीय भूमिकाको आशंकालाई मेटाउन खोज्नुका साथै नेपालको संकटमा भारत सहयोगी हुने सन्देश दिन खोजे। सार्क सम्मेलनमा नेपाल आउँदाको जस्तै सबैलाई मान्य र अपनत्व महसुस हुने संविधान निर्माणमा जोड दिए।




अस्थिर राजनीतिक कुहिरोबीच टीकापुर घटनामा विभिन्न शंकाआशंका भए पनि घटनाको यथार्थ र कमजोरी प्रष्ट हुन सकेको छैन। थारू बाहुल्य क्षेत्रमा भएको आन्दोलनमा हिंसा भड्कनुभित्र घूसपैठ भएको सुरक्षा र राजनीतिक दुवै वृत्तबाट सार्वजनिक भएको छ। त्यस्तो घूसपैठ देशभित्र, बाहिर वा दुवै कहाँबाट भयो आधिकारिक जवाफ छानबिन प्रतिवेदनले देला। सीमा क्षेत्रमा हुने हिंसात्मक वा आपराधिक गतिविधिमा छिमेकीलाई दोष दिएर उम्कन खोज्ने प्रवृत्तिले चाहिँ अझै निरन्तरता पाइरहेको छ! विशेषगरी नेपाल–भारत सीमा क्षेत्रमा विपत्ति पर्दा प्रायः एकले अर्कालाई दोषी देख्ने परम्परा छ। बिहार र उत्तर प्रदेशमा बाढीले क्षति पुर्यानए नेपाललाई दोष दिनेमा प्रभावशाली नेतादेखि मुख्य मन्त्रीहरूसमेत पर्छन्। नेपालमा डुबान पर्दा भारतीय पक्ष दोषको भागिदार हुनुपर्छ। आफ्नो सीमा जोडिएको भूभागमा आतंकवादी वा खतरनाक आपराधिक गतिविधि भए नेपालको सुरक्षा कमजोरीलाई दोष दिने र नेपालमा कुनै पनि घटना भएमा भारतको सीमा जोडिएको क्षेत्रको कमजोरीलाई दोष दिने परिपाटी कायमै छ। दुईतर्फको सामाजिक समस्या र त्यसमाथि कुनै पनि शक्तिले खेल्नसक्ने यथार्थलाई नदरअन्दाज गर्न सकिँदैन। तर, सीमा क्षेत्रका जनताले भोग्दै आएको पीडा अन्त्य गर्ने दिगो उपाय अवलम्बन गर्नुको साटो एउटा छिमेकीले अर्कोलाई दोष दिएर गैरजिम्मेवार बन्ने तŒव अझै राजनीतिमा हाबी छन्।

नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध, आतंक र हिंसात्मक गतिविधिलाई केलाउँदा उक्त क्षेत्रलाई नै अपराधको स्वर्ग देख्नु गलत ठहरिन्छ। दुनियाँको कुनै पनि कुना अपराध, आतंकवाद र हिंसाबाट मुक्त नरहेको वर्तमान विश्वमा नेपाल–भारत सीमा क्षेत्र अछूतो रहन सक्दैन। १८ सय किलोमिटरभन्दा लामो सीमारेखाको दुवैतर्फ अन्तरसीमा अपराधको बढ्दो घटनाको तथ्यांक छ। दुवै देशले सीमा क्षेत्रमा सुरक्षापोस्ट राखेर सीमा सुरक्षा बल तैनाथ गरेका छन्। भारतको सुरक्षा बलभन्दा नेपालको सुरक्षा बल केही भित्र र धेरै दूरीको फरकमा पोस्ट बनाएर सुरक्षामा खटिएको छ। दुवैतर्फको सुरक्षाफौजको परिचालन, कडा चेकजाँच र निगरानीले सीमा क्षेत्रलाई विगतमा जस्तो खुल्ला भन्न मिल्ने अवस्था छैन। सीमा क्षेत्रमा वारपार गर्ने सामान्य नागरिकसमेत निगरानी र चेकजाँचमा पर्छन्। बर्सेनि अर्बौं रुपैयाँ खर्च गरेर नेपाल–भारत सीमा क्षेत्र मजबुत पार्न खोज्दा पनि आपराधिक र आतंकवादी गतिविधिलाई रोक्न नसक्नुलाई सीमा सुरक्षा बलहरूको कमजोरी मान्नुपर्छ। सीमा नाघेर अर्को क्षेत्रमा प्रवेश गर्ने हरेक नागरिकलाई निगरानीमा राख्ने सुरक्षाकर्मीले तिनीहरूबाट आपराधिक गतिविधि भए नियन्त्रणमा लिन कठिन छैन। दुवै देशका सीमा सुरक्षाफौजले समन्वय गरी एकअर्कालाई आपराधिक गतिविधि नियन्त्रणमा सहयोग गर्दै आएको छ। एकातर्फ अपराध गरेर अर्कातर्फ लुक्नेहरू धेरै समातिएका छन्। दुवै देशले अनौपचारिक सुपुर्दगी गरेर कानुनी कारबाही अगाडि बढाएको तथ्य छ। दुवै पक्षको समन्वयमा कडा निगरानी र अनौपचारिक सुपुर्दगीलाई दृष्टिगत गर्ने हो भने सीमा क्षेत्रलाई सुरक्षाका दृष्टिले खतरनाक क्षेत्र भन्न मिल्दैन। यदि खतरनाक क्षेत्रको बिल्ला भिराइन्छ भने दुवै देशको सीमा सुरक्षा बल अक्षम र असफल हुँदैछ।

सीमा क्षेत्रलाई नकारात्मक दृष्टिले हेर्ने शैलीमा ठूलो समस्या छ। सीमा क्षेत्रका जनतालाई विदेशीमात्र नभई आपराधिक मनोवृत्ति पनि छ। भारतीय उपमहाद्वीपमा उपनिवेश कायम गर्दा बेलायतीहरूले 'आपराधिक जाति' भनी केही जातिलाई किटानी साथ सूचीकृत गरेका थिए। ती जातिमाथि दमन गर्ने रणनीति तिनको हुन्थ्यो। नेपाल–भारतबीचको सीमा क्षेत्रमा कुनै पनि जाति विशेषलाई आपराधिक समुदायका रूपमा राज्यले सूचीकृत नगरे पनि तदनुरूपको व्यवहार अद्यापि कायम छ। तराईमा खटिने सिडिओ र प्रहरीहरूले सीमान्तकृत जातिलाई अपराधीको आँखाले हेर्ने परम्परा छ। पूर्वाग्रही सोच र मनोवृत्ति प्रशासनिक कामकारबाहीमा हाबी भएपछि सिंगो समुदायलाई नकारात्मक दृष्टिले हेर्ने प्रवृत्ति बलियो हुन्छ। समुदाय र समाजको गहिरो अध्ययनबिना सतहीरूपमा हेरेर नियमकानुन लाद्न खोज्दा नतिजा गतिलो आउँदैन।

समाजलाई गहिरोसँग नकेलाई, कुनै पनि समाजमा आइरहेको परिवर्तनकारी सोच र त्यहाँको चाहनालाई बेवास्ता गरी नीतिनियमदेखि विकासका योजनासमेत लाद्ने शैलीले प्रतिकूल अवस्था निम्त्याउँछ। भारतसँग सीमा जोडिएका क्षेत्रहरूमा सामाजिक परिवेशको विश्लेषण नगरी, अन्तरसीमा सम्बन्धको गहिराई नबुझी कठोर नियम लाद्नाले सुरक्षा नीति असफल बन्दै आएको छ। विशेषगरी तराईका जिल्लाहरूमा अवलम्बन गरिएको सुरक्षा नीतिमध्ये अधिकांश असफल भएका छन्। तराईमा विशेष सुरक्षा योजना लागु गर्दा हतियार तथा खरखजना मुद्दामा कम उमेरका सीमान्तकृत जाति–जनजाति जेल परे, तर कथित उच्च जातिकाले उन्मुक्ति पाएका धेरै उदाहरण छन्। आपराधिक गतिविधिका नाइकेहरूले उन्मुक्ति पाउने, तर पिछडिएका जाति र समुदायका जनताले चाहिँ सजाय भोग्नुपर्ने अवस्था विद्यमान छ। सानालाई ऐन र ठूलालाई चैनको अवस्था तराईका जिल्लामा सबैभन्दा बढी छ। मुखियाले गाउँबस्तीमा पकड जमाएर प्रहरी प्रशासनमा पनि प्रभाव पार्ने हुनाले उसको विरोध गर्ने साहस जोकसैले गर्दैन। जसले विरोध गर्छ, ऊ तारोमा पर्छ। यो अवस्था टीकापुर घटनामा समेत देखियो। आन्दोलनमा अनिवार्य उपस्थितिका लागि मुखियाले उर्दी जारी गरेर गाउँबासीलाई सहभागी हुन बाध्य पारेको तथ्य बाहिर आएको छ। तराईमा यस्ता गाउँहरू पनि छन् जहाँ बलियो एकता र कुनै पनि चुनौती आइपर्दा मिलेर अगाडि बढ्ने परिपाटी छ। एकता र परस्पर सहयोगको भावनालाई ठूलाठालू भनाउँदाहरूले दुरुपयोग पनि गर्छन्। राज्यको नीतिनियम लाद्ने र प्रशासनमा रहेकाले सतहमा अल्भि्कएर कामकारबाही गर्दा उत्पीडित र पिछडिएका जाति–जनजाति झन् समस्यामा पर्छन्।

राज्यप्रति आक्रोश पोख्न उद्यत् भइहाल्ने त्यस्ता जाति र समुदायलाई कुनै पनि व्यक्ति, समूह वा रणनीतिक लाभ लिन खोज्ने विदेशीहरूले समेत दुरुपयोग गर्न सक्छन्। भत्काउने, बिगार्ने र टुटाउने चरमपन्थीको कदमविरुद्ध राज्यको महत्वपूर्ण निकायमा रहनेहरूले राजनीतिक सहमतिमात्र खोज्ने परिपाटी घातक छ। नेपाली समाजमा शदियौँदेखि विद्यमान शोषण, दमन र अत्याचारलाई सामाजिक समस्याका रूपमा पनि बुझ्ने चेष्टा गर्नुपर्छ। सामाजिक समस्याको हल सामाजिक तरिकाले हुनुपर्छ। राजनीतिकर्मीहरूमा दृढ इच्छाशक्ति र साहस भएमा सामाजिक समस्याको हल गर्न कठिन हुन्न। नेपाल–भारत सीमा क्षेत्रका जनताको समस्या राजनीतिक भन्दा बढी सामाजिक हो। आन्तरिकरूपमा मुखिया र सामन्तीबाट पिल्सिएका बहुसंख्यक जनता राज्यको नजरमा पनि नकारात्मक बनेका छन्। जेलमा त्यस्तै समुदायको भीड छ।

अन्तरसीमा अपराधमा तराईका पिछडिएका समुदायकै संलग्नताको व्याख्या गरिन्छ। तराईमा केही जाति वा समुदायको नाम सुन्दा नै काठमाडौँमा नाक खुम्चाउने परिपाटी छ। काठमाडौँप्रति सीमा क्षेत्रका पिछडिएका जाति–जनजाति वा समुदायको आक्रोश रहनुमा उनीहरूप्रतिको अनुदार र तेस्रो दर्जाको नागरिकका रूपमा हेर्ने शैली पनि एउटा कारण हो। तराईका पिछडिएकाहरूले काठमाडौँप्रति सधैँ आक्रोश पोखिरहे, तर आफूलाई शोषण गर्ने, उत्पीडनमा पार्ने आफूभित्रकै कथित उपल्लो जात र वर्गका मान्छेसँग संघर्ष बढाउनै सकेनन्। तराईका सामन्त र कथित उपल्लो जातिलाई चिढ्याउँदा खतरनाक परिणाम आउने भयले काठमाडौँमा बसेर नीतिनियम बनाउनेहरूले जोखिम मोल्न चाहेनन्। तब त जे भए पनि काठमाडौँमा बस्नेहरूका कारण भएको हो भनी अपजसको भारी बोकाउँदै राज्यलाई नै बैरी देखाउन सामन्त र कथित उपल्लो जातिकाहरू सफल भइरहे। राज्य सञ्चालन गर्नेहरूचाहिँ समस्याको चुरो नबुझी ठालुहरूको माग पुरा गर्दै पिछडिएका जाति–जनजातिको मागप्रति बेवास्ता गरिरहे। एकपछि अर्को घातक परिणामहरूलाई क्षणभरका लागि थामथुम पार्दै देशलाई 'श्री पशुपतिनाथ' को कृपामा चलाउन खोजे। सामाजिक समस्याको वैज्ञानिक समाधान खोजेर दिगो विकास र शान्ति स्थापना गर्नुको साटो निरिहता देखाइरहे।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस