नेपाल बडो विचित्रको मुलुक भयो। प्रकृतिले दिएका कुराबाहेक मानिसले निर्माण गर्ने कुनै कुरा पनि जनताले चाहेअनुसारको भएन। शासकलाई मात्र होइन, जनतालाई पनि कुन भूत कतिबेला सवार हुन्छ भन्नै सकिँदैन।नेपालमा २००७ सालको क्रान्ति, २०४६ को संयुक्त जनआन्दोलन, माओवादीले चलाएको दश वर्षे सशस्त्र द्वन्द्व र २०६२/६३ को जनआन्दोलन सबै राजनीतिकरूपले परिवर्तन भएका मिति हुन्। जनता यी सबै आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहभागी भए। तर यी आन्दोलनबाट जनताले कुनै परिवर्तनको अनुभूति गर्न पाएनन्। परिवर्तन भयो त टाठाबाठा र हुनेखानेकै लागि भयो। हँुदाखानेको जीवनमा कहिल्यै परिवर्तनको सङ्केत देखिएन। त्यसै भएर पटकपटकका आन्दोलनमा परिवर्तनको आशा राख्दै होमिने गरेका छन्। पछिल्लो पटक संघीयताका नाममा आफ्नो क्षेत्र टुक्राएको, हिमाल पहाड मिसाउनुपर्ने, तराई छुट्टै प्रदेश हुनुपर्ने जस्ता माग राख्दै देश अहिले आन्दोलनको भूमरीमा छ। देश टुक्रा लगाउने कसले? कसले भनेको कसले मान्ने? बडा विचित्रको दृश्य देखिँदै जान थालेको छ।
नाम र सिमानाबिनाको संविधान नमान्ने नारा लगाएका तराई केन्द्रित केही क्षेत्रीय दललाई समेत समेट्ने उद्देश्यले सिमानासहितको ६ प्रदेश जनसमक्ष ल्याउँदा पनि विरोधमा उत्रेका छन्। विचारणीय कुरा के छ भने २०६२/६३ सालको जनआन्दोलनमा संघीयता कुनै दलको माग नै थिएन। जनताले संघीयताको पक्षमा आवाज उठाएकै थिएनन्। उक्त माग आन्दोलन रोकिएको धेरैपछि तराईका केही क्षेत्रीय दलले उठाएका हुन्। संघीयता सबै नेपाली जनताभन्दा बाहिरको चाहना हो। त्यसैले संघीयताकै कारण पहिलो संविधान सभा विघटनसमेत हुन पुगेको थियो। यसपटक पनि संघीयताकै कारण भनेको समयमा संविधान आउन सकेन। कुनै किसिमले संघीयता र धर्म निरपेक्षतासहितको संविधान आयो भने पनि त्यो टिकाउ हुने देखिँदैन। राष्ट्रिय दलले नउठाएको माग सबैलाई स्वीकार्य हुन सक्दैन।
आफूहरूलाई केन्द्रमा राखेर राजनीति गर्दै आएका केही व्यक्तिले संघीयतासहितको संविधान आएपछि पनि भनेअनुसारको भएन भन्दै जनतालाई उत्तेजित बनाउने, सदियौँदेखि कायम सद्भाव भड्काउने र देश टुक्राउनेसम्मको अभिव्यक्ति दिँदै हिँडेका छन््। यसबाट प्रष्ट हुन्छ कि मधेसकेन्द्रित केही दलका नेता निहीत स्वार्थका साथ आन्दोलन गरिरहेका छन्। हुन पनि विरोध गर्न कति सजिलो छ। शीर्षस्थ भनिएका चार नेतालाई राज्यको भाग लगाउने जिम्मेवारी कसले दियो? के तिनीहरूले जे जसरी भाग लगाउँछन् अरुले त्यही मान्नुपर्ने हो? भन्दै प्रश्न उठाएका छन्। कतिपय अवस्थामा ती कुरा सही पनि हुन।
आन्दोलनका बेला जनताले उठाएका माग सम्बोधन गर्ने हैसियत नेताहरूमा रहे पनि जनताले माग नै नगरेका कुरामा निर्णय गर्दा त्यो मान्न जनता तयार हुनै सक्दैनन्। हो, नेका, एमाले, एमाओवादी अहिले संविधान सभामा ठूला दल हुन। तिनका नेता शीर्षस्थ हुन सक्छन् तर ती पार्टीले कहिले संघीयताका लागि लडे? कहिले धर्म निरपेक्षता हुनुपर्छ भनेर प्रशिक्षण दिए? २००७ देखि २०६२ सालसम्म उक्त माग नउठाएका दलहरूले एकै पटक जनतालाई जबर्जस्त लाद्न खोजेका छन् जुन सम्भव छँदै छैन। कुनै बेला संघीयताको आवाज उठाएको माओवादीले बहुदलवादी दलहरूसँग भएको १२ बुँदे सहमतिमा संघीयता छाडेको थियो। राष्ट्रिय पार्टीहरूले छाड्दै गएको उक्त माग क्षेत्रीय दलले समातेकै कारण केही संकुचित धारणा राख्ने क्षेत्रीय नेताहरूको अगुवाइमा तराईमा मात्र आन्दोलन भएको थियो। संघीयताको माग गर्दै आन्दोलनको नेतृत्व गर्ने उपेन्द्र यादव, राजेन्द्र महतो, महन्त ठाकुरको हैसियत आज कहाँ पुगेको छ? यदि तराईका जनताले साँच्चै संघीयता चाहेका थिए भने ती नेता तराईमा सर्वमान्य हुनुपर्नेमा रातारात भाग्नुपर्ने अवस्था किन आइरहेको छ? तराईका क्षेत्रमात्र मिलाएर बनाइएको संघीयता नमानी त्यहाँका जनताले किन पहाड पनि मिसाउनुपर्छ भन्दै आवाज उठाए? अब आवाज जनताको सुन्ने कि भगौडा नेताको? सवाल यही हो।
संविधान नेताको होइन, जनताको चाहनाअनुसार बन्नुपर्छ। नेता बनाउने काम जनताको हो। जनताको चाहनाअनुसार नचल्नेे मान्छे नेता बन्न सक्दैन। कुनै समयमा नेता भएको भए पनि कठीन घडीमा उसले गरेको व्यवहार अझ निर्णायक बन्न जान्छ। त्यसैले त केही नेता पश्चिम तराईबाट भाग्नुपरेको छ। सवाल तराईका नेताको मात्र होइन, शीर्षस्थ भनिएका नेताको हकमा पनि यस्तै हुन सक्छ। जबसम्म जनतासँग भावनात्मकरूपमा जोडिएर निर्णय हुँदैन तबसम्म जनताले उक्त निर्णय मान्न सक्दैन। जसका लागि सुदूरपश्चिमको आन्दोलनलाई लिन सकिन्छ। त्यहाँ सबै पार्टी, धर्म, लिङ्ग, जातजातिका मानिस आन्दोलनमा छन्। अहिले नेताहरू संघीयता, धर्म निरपेक्षता जस्ता कुरामा जबर्जस्त निर्णय गर्दैछन् जुन कुरा जनतालाई स्वीकार्य हुनै सक्दैन। त्यसैले दलका नेतालाई निर्णय गर्न पनि सजिलो हुने र जनताले पनि अपनत्व गर्नेखालको निर्णय लिन जबसम्म संघीयता, धर्म, थ्रेस होल्ड, सामानुपातिकको प्रतिशत आदि जस्ता विषयमा जनमत सङ्ग्रहमा लगेर निर्णय गरिँदैन तबसम्म देशमा शान्ति सुव्यवस्था कायम हुन सक्दैन। उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंह जस्ता व्यक्ति सधैँ हावी हुनेछन्। राष्ट्रमा परेको संकटका घडीमा जनमत संग्रह गराउने संसारमा स्थापित नजिर पनि हो।
उप–प्राध्यापक, त्रिवि