बहुलवाद र प्रेस स्वतन्त्रता
२६ असार २०७२
•
१३ मिनेट पाठ
बहुलवाद र प्रेस स्वतन्त्रता
सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ। परम्पराबमोजिम राष्ट्रपति डा. रामवरण यादवले संसद्मा नीति तथा कार्यक्रम पेश गरेका हुन्। नीति तथा कार्यक्रमप्रति भिन्नभिन्न प्रतिक्रिया आएको छ।बहुदलीय संसदीय पद्धतिमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममा मिश्रित प्रतिक्रिया आउनु स्वाभाविक हो। सकारात्मक प्रतिक्रियाबाट हौसिने र नकारात्मक सुन्नुपर्दा आत्तिने चरित्रलाई संसदीय मान्न सकिँदैन। दुवै कुरा ध्यानपूर्वक सुन्न सक्ने र आवश्यकताअनुसार सच्चिँदै जाने चरित्र नै संसदीय चरित्र हो। आशा गरौँ, सरकारले यो प्रकारको संसदीय चरित्र प्रदर्शित गर्दै नीति तथा कार्यक्रमलाई सक्दो जनमुखी बनाएर बजेट ल्याउने छ।




नीति तथा कार्यक्रमअघि संविधानको मस्यौदा आएको छ। मस्यौदाका कतिपय प्रावधानमा पनि मिश्रित प्रतिक्रिया आएको छ। यसलाई पनि संसदीय चरित्रका आधारमा ग्रहण गर्न सक्नुपर्छ। चार दलले गरेको निर्णय आफैमा अन्तिम होइन। त्यो मस्यौदा संविधान सभामा प्रवेश गराइएको छ। त्यसमाथि छलफल जारी छ। जनराय लिनका लागि भन्दै त्यो मस्यौदा विभिन्न स्थानमा पठाइँदै छ। यी प्रक्रियाले पनि के देखाउँछन् भने, ४ दलबीच भएको सहमति सैद्धान्तिक हो। त्यसलाई सरल, परिपक्व र लोकतन्त्रलाई मजबुत बनाउने गरी थपघट गर्ने अधिकार सार्वभौम जनतालाई छ। यो प्रक्रियामा जनतालाई सहज ढंगमा संलग्न गराउन भने दलहरू लाग्नुपर्छ।

यहाँ नीति तथा कार्यक्रममा प्रस्तुत भएको प्रेस स्वतन्त्रताको विषय र संविधानको मस्यौदा तयार गर्दा लामो छलफल भएको, तर अन्त्यमा हटाइएको 'बहुलवाद'का सन्दर्भमा चर्चा गर्ने प्रयास गरिन्छ। प्रेस स्वतन्त्रताका बारेमा सरकारको नीति तथा कार्यक्रममा गम्भीर तथा आपत्तिजनक धारणा प्रस्तुत भएको छ। लोकतन्त्रका लागि ६८ वर्षभन्दा बढी समय लड्दै आएको दलका सभापतिको नेतृत्वको सरकारको नीति तथा कार्यक्रम त्यही स्कुलिङमा हुर्किनेमात्र होइन, परिपक्वता हासिल गरेका राष्ट्रपतिद्वारा संसद्मा प्रस्तुत भइरहँदा प्रेस स्वतन्त्रताका विषयमा आपत्तिजनक विषय प्रवेश गर्नु अशोभनीय कुरा हो। नीति तथा कार्यक्रमको ७७ नम्बर बुँदामा सरकारले पत्रकार आचारसंहिता परिमार्जन गरी लागु गर्ने उल्लेख छ। आचारसंहिता भनेको आफ्ना लागि आफै निर्धारण गरिने केवल 'नैतिक परिधि' हो। अरु कसैले आचारसंहिता लागु गरिदिने भनेको आचारसंहिताको सिद्धान्तसँग मेल नखाने कुरा हो। यसले त राज्य आचारसंहिता समेत आफै बनाइदिएर, त्यसलाई बाध्यकारीरूपमा लागु गरेर प्रेसलाई अझ संकुचित गर्न चाहन्छ भन्ने कुरा प्रष्टसँग संकेत गरेको छ। सरकार प्रेस स्वतन्त्रताका सम्बन्धमा अनुदार रहेको समेत देखिएको छ। सिंगो प्रेसजगत्ले नयाँ बन्ने संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिनुपर्ने भनेर आवाज उठाएका हुन्। संविधान निर्माणको नेतृत्व गरिरहेको सरकारले ल्याएको नीति तथा कार्यक्रममा आचारसंहितासमेत एकपक्षीयरूपमा सरकारले परिमार्जन गरी लागु गर्ने भन्ने कुरा आउनु खतराको सूचक हो। प्रेस स्वतन्त्रतालाई बेवास्ता गरिँदा लोकतन्त्रलाई जीवन्त राख्न पनि समस्या पर्नेछ। एकातर्फ बहुलवाद अस्वीकार्य हुने र अर्कोतर्फ प्रेसका लागि राज्यले आचारसंहिता बनाएर लागु गर्ने व्यवस्थाको वकालत गर्ने हो भने लोकतन्त्र जीवित हुन सक्दैन। अन्य ठाउँमा चुके पनि प्रेस पूर्ण स्वतन्त्र भए खबरदारी गर्ने र लोकतन्त्रको पक्षमा जनमत निर्माण गर्ने ठाउँ रहन्छ। तर, सरकारको पछिल्लो अनुदार प्रवृत्तिले लोकतन्त्रवादीलाई नराम्ररी झस्काइदिएको छ।

पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघसँग तीतोमीठो सम्बन्धका बीच सहकार्य गरेको प्रेस काउन्सिलका अध्यक्षले समेत आवश्यक पर्दा संसद्ले आचारसंहिता बनाइदिएर लागु गर्नसक्ने प्रतिक्रियाका साथ नीति तथा कार्यक्रममा उल्लेख भएको त्यो बुँदाप्रति समर्थन भाव प्रकट गरेका छन्। उनको यस्तो प्रतिक्रियाले प्रेस काउन्सिलको सुझावका आधारमा नीति तथा कार्यक्रममा त्यो बुँदा समावेश भएको त हाइन भन्ने आशंका जन्माएको छ। कानुन र आचारसंहिताको भेद छुट्याउन नसक्दा यस्ता समस्या आउँछन् र अन्ततः यस्ता समस्याले लोकतन्त्रलाई नै कमजोर पार्ने काम गर्छन्।

एकातर्फ प्रेस स्वतन्त्रतासँग मेल नखाने विषय सरकारको नीति तथा कार्यक्रममा घुसाइन्छ, अर्कोतर्फ संविधानमा बहुलवादको प्रवेशलाई अस्वीकार गर्न लगाइन्छ! बहुलवाद भनेको समाजको बहुलता नै हो। बहुलतालाई स्वीकार्ने, त्यसलाई समाजको चरित्र मान्ने र बहुलताबीच हुने असमानताहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने आचरण नै बहुलवाद हो। समाजका विविधता अस्वीकार गर्ने र समाजमा एकै प्रकारको समुदाय हुन्छ, त्यसलाई सम्बोधन गर्ने तथा सबैलाई त्यही परिधिभित्र बस्न बाध्य पार्ने चरित्रले बहुलवाद अस्वीकार गर्छ। यसलाई 'अधिनायकवादी' चरित्र भनिन्छ। बहुलवादलाई संविधानमा समावेश गर्न नदिने शक्ति हामीमाझ अझै पनि प्रभावशाली हैसियतमा छ भन्नुको अर्थ हामीबीच अधिनायकवादको खतरा अझै पनि कायमै छ भन्नु हो। कुनै दलविशेषलाई आक्षेप लगाउनुभन्दा पनि अधिनायकवादी सोच नेतृत्वपंक्तिमा कायमै रहेकोतर्फ सबैलाई सजग गराउनु यतिबेला लोकतन्त्रवादीहरूको दायित्व बन्नपुगेको छ। लोकतन्त्रका पक्षधरहरूले भन्ने गरेका छन्– 'सबै कुरा बिर्से पनि एउटा लोकतन्त्रवादीले सामाजिक विविधता र प्रेस स्वतन्त्रतालाई कुनै पनि हालतमा भुल्नु हुँदैन। यी कुरा भुलेर लोकतन्त्रको अभ्यास गर्न सम्भव हुँदैन।' विडम्बना नै भन्नुपर्छ, यतिबेला राज्यको नीति तथा कार्यक्रममा र संविधानको मस्यौदामा यी दुई कुरालाई भुल्नेमात्र हैन, यसको नकारात्मक पक्षलाई स्थापित गर्ने प्रयास भएको देखिन्छ। बहुलवादलाई 'शक्ति लगाएरै' उखेल्ने अनि प्रेसलाई आचारसंहिताका नाममा राज्यले अझ कडाईका साथ संकुचित पार्नसक्ने गरी ढोका खुला राख्ने सन्दर्भ किन एकै पटक आए? के यो संयोगमात्र हो? वा यो प्रकारको सोचले लोकतन्त्रवादीहरूको चिन्तनलाई 'ओभरल्याप' गरेको हो? अथवा लोकतन्त्रवादी भनेर प्रचारित नेतृत्वले लोकतन्त्रको सार वा मेरुदण्डको पहिचान गर्न नसकेको हो? समस्या के हो? यसको उत्तर आज ठूलो खोजीको विषय बनेको छ। यो विषयलाई गम्भीरतापूर्वक लिइएन भने अधिनायकवादी चरित्रले आफ्नो प्रभाव अझै बढाउँदै जाने पक्का छ।

नेपाली कांग्रेस माओवादीलाई शान्ति प्रक्रियामा प्रवेश गराउँदाका बखत नै धेरै ठाउँमा चुकेको आरोप त्यसै दलका एकथरी 'प्रभावशाली नेताहरू'ले लगाउँदै आएका छन्। आज आफ्नो नेतृत्वमा संविधान बनाउने लोभमा कांग्रेसले लोकतन्त्रका आधारभूत कुरामा सम्झौता गर्छ कि भन्ने आशंकाले लोकतन्त्रवादीलाई चिन्तित तुल्याएको छ। समाजको बहुलतालाई नदेख्ने र बहुलवादप्रति निरपेक्ष रहने संविधानका आधारमा अधिनायकवाद जन्मन सक्छ भन्ने कुराको हेक्का संविधानको मस्यौदाकार रहेका 'लोकतन्त्रवादी'हरूले राख्न सक्नुपर्थ्यो। त्यस्तै, सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार गर्नेहरूमध्येका 'लोकतन्त्रवादी'ले पनि प्रेस स्वतन्त्रताको गला रेट्ने मार्गलाई बुझो लगाइदिन सक्नुपर्थ्यो। संविधानको वा नीति तथा कार्यक्रमको मस्यौदामा 'कम्युनिस्ट'हरूको चित्त बुझाउने नाममा लोकतन्त्रका आधारहरूलाई नजरअन्दाज गर्न हुँदैनथ्यो। कांग्रेस नेतृत्व यी दुई ठाँउमा नराम्ररी चुकेको छ। कांग्रेसका उपसभापति रामचन्द्र पौडललगायतका नेताले संविधान सभामा बोल्दै मस्यौदाप्रति असन्तुष्टि प्रकट गरेका छन्। ती असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेसको एउटै धारणा अगाडि आउनुपर्छ। त्यस्तै, प्रेस स्वतन्त्रतालाई संकुचित पार्ने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन। सरकारले तत्काल माफी मागेर नीति तथा कार्यक्रमको बुँदा नं. ७७ सच्याउन दबाब सिर्जना गर्नु आवश्यक छ।

सबै लोकतन्त्रवादीले संविधान र सरकारको नीति तथा कार्यक्रमलाई गम्भीरतापूर्वक अध्ययन गरी लोकतन्त्रलाई कमजोर बनाउने प्रावधान घुस्न नदिन चनाखो बन्नुपरेको छ। अबका हाम्रा हरेक कदमले अधिनायकवादलाई पूर्णरूपले बन्देज लगाउन सक्नुपर्छ। लोकतन्त्रलाई सांस्कृतिक र चारित्रिकरूपमा स्थापित गर्दै अहरणीय बनाउने लक्ष्यका साथ दुवै संविधान सभामा जनताको सहभागिता उर्लेको हो। पछिल्ला दुईवटा सन्दर्भले नेताहरूलाई पूर्णरूपमा विश्वास गरेर छाडिदिँदा लोकतन्त्र बलियो हुनसक्दो रहेनछ, लोकतान्त्रिक शक्तिहरूको निरन्तर खबरदारी आवश्यक रहेछ भन्ने कुरा पनि अब छर्लंग भएको छ।
अर्को समाचार
निर्वाचन र वर्तमान राजनीति
०९ पौष २०७०
•
२२ मिनेट पाठ
निर्वाचन र वर्तमान राजनीति
लोकतन्त्रको मुख्य आधार भनेको मानव अधिकार, कानुुुनी शासन, शक्ति पृथकीकरण, प्रेस स्वतन्त्रता, बहुलवाद, स्थानीय सरकार, आवधिक निर्वाचन, राजनीतिक दलहरु, नागरिक समाज, सु–शासन, धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता आदि हुन्। शिक्षित, चेतनशील वर्गको विकास र विस्तार लोकतान्त्रिक राज्य व्यवस्थाका आधार हुन्। लोकतन्त्रको मूल आदर्श र मर्म भनेको स्वतन्त्र न्यायपालिका, खुला अर्थव्यवस्था एवं स्वतन्त्र समाचार माध्यमका साथै पारदर्शिता, सदाचार, जवाफदेहिता र भ्रष्टाचारमुक्त समाज हो। लोकतान्त्रिक व्यवस्था, लोकतान्त्रिक संविधान, लोकतान्त्रिक पद्धति स्थिर नभएसम्म राजनीतिक स्थिरता एवं मुलुकको विकास सम्भव छैन।२०४६ सालको परिवर्तनपश्चात् नेपालीले प्राप्त गरेको व्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र अर्थव्यवस्था, विश्वव्यापीकरण, सूचना प्रविधिको विकास, सञ्चार माध्यमको विस्तारकोे प्रभावले नेपाली समाजमा लोकतान्त्रिक व्यवस्थाको भविष्य सुन्दर छ। नेपाली समाजमा व्याप्त भाग्यवादी सोच, गलत संस्कारहरु, जिम्मेवारीपनाको कमी, पाखण्ड, ढांेग र स्वांग, स्वार्थीपना, अनुशासनहिनता, अशिष्टता, लापरबाही, अहंकार आदि मुख्य समस्याका रूपमा देखिएको छ। अहिलेसम्म शोषित महिला, दलित, जनजाति, मधेसी, अल्पसंख्यक र पिछडिएका वर्गको उचित उत्थान एवं प्रतिनिधित्वसहितको समाज स्थापना गर्ने र आर्थिक उन्नति भने अत्यन्त आवश्यक छ।
अहिले राजनीतिक दलहरु शब्दैपिच्छे राष्ट्रियता, जनताको अभिमतको कुरा गर्छन्। राष्ट्रियताका सन्दर्भमा कुरा गर्ने हो भनेे नेपालको राष्ट्रियता सुगौली सन्धिपश्चात् सबैभन्दा कमजोर छ। राष्ट्रियता भनेको भौगोलिक सिमानाका साथै आफ्नो देशप्रति इमानदार, प्रतिबद्ध रहने, गर्व गर्ने भावना र चेतना हो भन्ने बिर्सेर संकीर्ण व्यक्तिवादी सोच र विदेशी दबाब स्वीकार गरिएको अवस्था छ। नेपालीहरु सबै राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, सार्वभौमिकतालाई अक्षुणताका साथ संरक्षण गर्न एकताबद्व हुनुपर्छ। आवधिक निर्वाचनका माध्यमबाट प्राप्त जनादेशको सम्मान गर्नुपर्छ।




राणाकालीन एकतन्त्रीय शासनविरुद्व नेपाली लोकतान्त्रिक आन्दोलनको सुरुवात प्रजा परिषद् गठनबाट भएको हो। तत्पश्चात् १९९७ साल माघमा राणाहरुले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाललाई फाँसी दिएपश्चात् जनतामा लोकतन्त्रप्रतिको मोह बढ्दै गएको हो। सोही क्रममा २००४ सालको विराटनगरको मजदुर आन्दोलन एवं नेपाली कांग्रेसको नेतृत्वमा भएको क्रान्तिबाट २००७ साल फागुन ७ गतेे ऐतिहासिक परिवर्तन भएको हो। तर अहिलेसम्म पनि लोकतान्त्रिक राज्य व्यवस्था संस्थागत एवं नेपाली समाजको अभिन्न अङ्गका रूपमा स्थापित भइसकेको छैन।
२०१५ सालमा सम्पन्न संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई मत प्राप्त गरी लोकतान्त्रिक राज्य व्यवस्थाअनुसार सुधारका कार्य गर्न लागिएकोमा राजा महेन्द्रले २०१७ साल पुस १ गते राष्ट्रियता सवल बनाउने नाममा संसदीय लोकतन्त्र अन्त गरी निर्दलीय पञ्चायत व्यवस्था लागु गरिएको हो। पञ्चायतको तीस वर्षे समयकालमा सामन्ती परम्परा र शोषण अझ विकरालरूपमा रह्यो। जनताको प्रजातान्त्रिक अधिकार हनन् गरी राज्यले एक धर्म, एक भाषा, एउटै भेषको अवधारणाबाट अन्य जाति समुदायलाई पराधीन र दमन गर्ने नीति अवलम्बन गर्‍यो। २०४६/०४७ को जनआन्दोलनपश्चात् नेपालमा लोकतान्त्रिक व्यवस्था पुनः लागु भएकोमा विविध कारणले पिछडिएका समुदायले राज्यबाट सामाजिक, भाषिक, आर्थिक सम्वर्धन तथा राज्य व्यवस्थामा उचित सहभागिता महसुस गर्न सकेनन्। राज्यको स्रोत र साधन केही वर्ग एवं जाति विशेषको समाज, धर्म, संस्कृति र भाषाको विकासका लागिमात्र उपलव्ध भएको तथा राज्य व्यवस्था तथा राज्यशक्ति पनि सीमित जातले मात्र उपभोग गरेको गुनासो थियो।
२००७ सालदेखि नेपालको राजनीतिमा तीन शक्तिको उपस्थिति देखिन्छ। पहिलो लोकतान्त्रिक शक्तिका रूपमा नेपाली कांगे्रसले प्रतिनिधित्व गर्दछ। दोस्रो शक्तिका रूपमा प्रगतिशील वामपन्थीका नाममा कम्युनिष्ट विचारधाराबाट प्रशिक्षित एवं भड्काव कम्युनिष्टहरु एवं तेस्र्रो परम्परावादी राजतन्त्रवादी शक्तिको उपस्थिति देखिन्छ। वर्तमान नेपालीे राजनीति विश्लेषण गर्दा लोकतन्त्रवादी, वामपन्थी र राजावादीहरुबीचको खिचातानी, षड्यन्त्र र वैमनश्यताका कारण महत्वपूर्ण छ दशक उपलब्धिबिहीन भएका छन्। माथि उल्लिखित दोस्रो र तेस्रो राजनीतिक शक्तिले लोकतान्त्रिक शक्तिलाई विभिन्न कोणबाट प्रहार गरेको पाइन्छ।  
नेपालका तीन प्रमुख राजनीतिक शक्तिमध्ये एकमात्र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको मुख्य कमजोरी आन्तरिक व्यवस्थापन रहेको छ। नेपाली कांग्रेसको ६७ वर्षको इतिहासमा नेपाली समाजलाई लोकतान्त्रीकरण गर्न खेलेको भूमिकालाई नेपाली जनताले प्रशंशा, विश्वास गरेका छन। कांग्रेसको नीतिले देश आर्थिक, सामाजिकरूपमा अगाडि बढ्न सक्छ भन्ने विश्वास छ। तर दलभित्र कार्यकर्ताको मूल्यांकनको परिपाटी छैन र चरम गुटबन्दी छ साथै आन्तरिक छलफल, प्रशिक्षण, अन्तर्क्रिया आदि अभाव छन्। सबै लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको एवं सबैभन्दा भरोसायोग्य विश्वासिलो नेपाली कांग्रेसले गरेका सफलता सर्वसाधारणसमक्ष प्रस्तुत गर्न सकेको छैन।

नेपालका कम्युनिष्टहरु विभिन्न दल तथा खेमामा विभाजित छन्। त्यसमध्ये एनेकपा (माओवादी)को अहंकारी र लोकतन्त्र विपरितका क्रियाकलाप, नेकपा–माओवादीको संकीर्ण एवं हिंसात्मक व्यवहार, एमालेको अपरिपक्व राजनीतिक व्यवहारका साथै राष्ट्रियता, लोकतन्त्र र क्रान्तिकारिताका नाममा देखिने व्यवहार र शब्दको भुलभुलैया उदेक लाग्दो छ। कम्युनिष्टहरुका लागि लोकतन्त्र सत्ता हत्याउने माध्यममात्र रहेको कुरा पहिलो संविधान सभाको निर्वाचनपश्चात् यो मुलुकले चार जना कम्युनिष्ट नेताहरु प्रधान मन्त्री पाउँदा पनि संविधान निर्माण हुन नसक्नुले प्रमाणित गरेको छ। नयाँ नेपाल बनाउने नाममा भएका सर्वसाधारण नेपालीका संस्कार र भावना विपरितका व्यवहारबाट पनि यो स्पष्ट भएको छ। स्विजरल्यान्ड बनाउने सपना देखाउने तर उत्तर कोरिया र क्युवाको बाटो अनुशरण गरी कसरी मुलुक लोकतान्त्रिक हुन्छ? लोकतन्त्रकोे संस्थागत विकास उन्नतिमा नै आफ्नो प्रगति र भविष्य हुने पेशाका बुद्धिजीवी, वकिल, सञ्चारकर्मी, शिक्षक र उद्योगी व्यापारीहरु क्षणिक लाभका लागि मार्क्स, लेनिन, माओत्सेतुंगलाई आदर्श नेता मान्छ र आफ्नो स्वार्थमा लिप्त छन्। तेस्रो राजनीतिक शक्ती राजावादीहरुको तीस वर्षे एकतन्त्रीय निरंकुश र असक्षम नालायकी शासन व्यवस्थाको भुक्तभोगी नेपाली जनता उनीहरुको षड्यन्त्रकारी एवं मौकापरस्त व्यवहार, पुनरत्थानवादी सोच मुलुकलाई अस्थीर बनाउन सहायक भइरहेको छ।

नेपालमा २०४७ सालमा बहुदलीय लोकतान्त्रिक व्यवश्था स्थापना भएपश्चात् नयाँ संविधान लागु गर्दै सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत जनता हुन् भन्ने मान्यताका साथै बहुदलीय संसदीय शासन प्रणाली र जनताका आधारभूत मानव अधिकार जस्ता महत्वपूर्ण उपलब्धि प्राप्त गरी मुलुकलाई आर्थिक उन्नतिका लागि आफ्नो यात्रा आरम्भ गर्न नपाउँदै उग्र कम्युनिष्टहरुले लोकतान्त्रिक व्यवस्था असफल बनाउन विभिन्न षड्यन्त्र गरी राजनीतिक अस्थिरता सृजना गरेका थिए। नेपालको संविधान, २०४७ अनुसार भएको प्रथम संसदीय निर्वाचनमा जनमोर्चाका लीलामणि पोखरेल, कृष्णबहादुर महरालगायत् नौ जना उग्र कम्युनिष्टहरु संसदीय व्यवस्थाको भण्डाफोर गर्ने उद्देश्यका साथ सांसद बनेका थिए। उनीहरुलेे संसदीय व्यवस्था भनेको खसीको टाउको देखाई कुकुरको मासु बेच्ने व्यवस्था हो भनी प्रचार पनि गरे। तर २०५१ सालको मध्यावधि निर्वाचनमा कुनै सफलता प्राप्त गर्न नसकेपछि राजनीतिक छोटो दूरी तय गर्ने उद्देश्यका साथ २०५२ साल फागुन १ गतेबाट प्रधान मन्त्री शेरबहादुर देउवासमक्ष ४० बुँदे मागपत्र बुझाएको र उक्त माग पूरा नगरिएको आरोपमा शान्तिप्रिय नेपालीको हत्या हिंसा प्रारम्भ गर्दै भौतिक संरचना, जलविद्युत् आयोजना, गाउँ विकास समितिका कार्यालय, दूरसञ्चारका टावर, ऐतिहासिक धरोहर, विद्यालय, प्रहरी चौकी आदि ध्वस्त गरी सशस्त्र द्वन्द्व आरम्भ गरेका हुन्।

गिरिजाप्रसाद कोइरालाले हत्या हिंसाको शृंखला अन्त्य गर्दै शान्ति र आर्थिक उन्नतिका लागि सहमति र सहकार्यको कार्यनीतिअनुसार बाह्र बुँदे सहमति गरी नेकपा (माओवादी)लाई लोकतान्त्रिक प्रक्रियामा ल्याएका हुन। सोअनुसार २०६४ चैत २८ गते सम्पन्न प्रथम संविधान सभा निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित भएका थिए। एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रधान मन्त्री पनि भए। २००७ साल फागुन ७ गतेको शाही घोषणामा नै उल्लेख भए तापनि ६३ वर्षदेखिको निरन्तर संघर्षपश्चात् प्राप्त प्रथम संविधान सभा आफ्नो लक्ष्य र उद्देश्य पूरा नगरी षड्यन्त्रपूर्ण तरिकाबाट २०६९ जेठ १४ गते राति विघटन हुन पुगेको थियो। संविधान सभा विघटनकोे चित्तबुझ्दो जवाफ जनताले पाएका छैनन्। शासकीय स्वरूपको निर्धारण, राजनीतिक पद्धति र प्रणालीको सुनिश्चितता, संघीयता, जातीयता र क्षेत्रीयताको सवालमा निर्णय भइनसकेको कुरा जनताले बुझेका छन्। अझ दुर्भाग्य के पनि रह्यो भने नेपाली जनताका भाग्यविधाता संविधान सभा सदस्यहरु कोही पासपोर्ट बेच्ने, कोही सिंहदरवार परिसरमा पैसाको सवालमा पार्टीका नेता तथा सभासद्बीच झगडा गर्ने, खेताला राखी एसएलसी परीक्षा दिने, सिडिओ कुटने, कोही प्राथमिक शिक्षा पनि पास नहुने, सरकारका मन्त्रीसमेत विनाप्रवेशाज्ञा विदेश भ्रमण गर्नेे आदिका रूपमा चर्चित भए।
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले २०६४ सालको संविधान सभाको निर्वाचन प्रचारका क्रममा  आफूलाई राष्ट्रपतिका रूपमा प्रस्तुत गरेका थिए। सशस्त्र द्वन्द्वकालमा तत्कालीन क्रान्तिकारी पार्टीका अध्यक्ष प्रचण्ड कस्तो होलान् भन्ने जनतामा उत्सुकता थियो। युद्धबाट आएको शक्तिले चामत्कारिक परिवर्तन ल्याउने, जनताका समस्या समाधानका कुरामा विश्वस्त भएको साथै समानता र स्वाधीनताको अभ्यासमा आश्वस्त थिए। तर शान्ति प्रक्रियामा आएपश्चात् बोली र व्यवहारमा देखिएको वास्तविकताले उनीहरुप्रतिको भ्रम अन्त्य भएको छ।

विभिन्न शंका, डर, त्रासका साथै नेपाल कम्युनिष्ट पार्टी–माओवादीलगायत् तथाकथित ३३ दलले पुर्‍याएको बन्दुकको अवरोध, दश दिने नेपाल बन्द, आमहड्ताल एवं थुप्रै हिंसात्मक घटनाका वावजुद पनि शान्तिपूर्वक मतदानमा सहभागी भइ मंसिर ४ गते दोस्रो संविधान सभाको निर्वाचन विगतका निर्वाचनहरुको तुलनामा उत्साहजनक, जनसहभागिता र शान्तिपूर्ण तरिकाबाट सम्पन्न भएको छ। यस संविधान सभाको निर्वाचनमा जातीयता, क्षेत्रीयताविरुद्ध जनताले आफ्नो अभिमत प्रकट गरेका छन् । फागुन १ गते २०५२ सालबाट सुरु भएको हिंसा आतंकको राज अन्त्य गरी शान्ति र संविधानका साथै मुलुकलाई उन्नतिको शिखरमा लग्नुपर्ने भावनासहित आफ्ना मन पर्ने पार्टीलाई मत दिई निर्वाचन सफल बनाएकामा कुनै शंका छैन।

त्यस्तै दोस्र्रो संविधान सभा निर्वाचनपूर्व पनि एनेकपा (माओवादी) का नेता प्रचण्डले ठूलो पार्टीका रूपमा विजयी बनाई कार्यकारी राष्ट्रपति बन्ने र देशमा कम्युनिष्ट शैलीको शासन व्यवस्था चलाउने सोचमा थिए तर निर्वाचन परिणाम यसका विरुद्धमा भयो। यस निर्वाचनमा एनेकपा (माओवादी)को लज्जास्पद पराजयले नेपाली समाजमा हिंसा र आतंकको कुनै स्थान नभएको तथ्य स्थापित भएको छ। २०६४ सालको संविधान सभाको निर्वाचनमा सबैभन्दा ठूलो दल भएकोमा  नेतृत्व वर्गदेखि कार्यकर्ता तहसम्म नैतिक, सांस्कृतिक एवं चारित्रिकरूपमा भ्रष्ट र वैचारिकरूपमा पथ विचलित देखिनु पराजयका प्रमुख कारण हुन्। साथै संविधान जारी गर्न नसक्नु, आर्थिक, सामाजिक रुपान्तरण गर्न नसक्नु, राज्य संयन्त्रमा जनमुखी सुधार गर्न नसक्नु, जातीय संकीर्णता तथा जातीय संघीयताका सवालमा जनताबाट अस्वीकृत भयो।
अहिलेको मत परिणामलाई अध्ययन गर्ने हो भने जनता लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध छन्। संघीयता अपरिहार्य छ तर जातीयताका नाममा मुलुक विभाजन गर्न नहुनेमा सबै जनता एकमत छन। यस संविधान सभाको निर्वाचनले नेपालको राजनीतिक समीकरण, शक्ति सन्तुलन परिवर्तन भएको छ। हिजोको सशस्त्र आन्दोलन, मधेस आन्दोलन, जातीय आन्दोलनबाट उदय भएका राजनीतिक दलहरु कमजोर भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले जस्ता स्थापित दलहरुलाई नेपाली जनताले पुनः विश्वास गरी संविधान निर्माणका साथै शान्ति र विकास निर्माणका लागि मौका दिएका  छन्। साथै कट्टर हिन्दुवादी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चौथो शक्तिका रूपमा उदय भएको छ। दोस्रो संविधान सभाको प्रमुख चुनौती भनेको संघीयताको व्यवस्थापन हो। राज्यको पुनःसंरचना कसरी गर्ने? कतिवटा संघ बनाउने? कुन आधारमा गर्ने? पहिचान, जातीयता, क्षेत्रीयता, लैंगिकताका विषय पनि उठ्ने छन्। स्वायत्तता, आरक्षण, अग्राधिकार, आत्मनिर्णयको अधिकार आदिका साथै संघीयताको व्यवस्थापन, स्थानीय र केन्द्रीय सरकार सञ्चालन, आपसी सहकार्य, कार्यविभाजन, स्रोत साधनको बाँडफाँट र उपभोगसम्बन्धी कुराहरु मुख्य मुद्दा हुनेछन्।
ल्ाोकतन्त्रमा आवधिक निर्वाचन भनेको मैत्रीपूर्ण प्रतिस्पर्धा हो। विजय र पराजय भनेको अस्थायी हो। अहिले जनताले खोजेको शान्ति, समृद्धि र सुशासन नै हो। यस चुनावले प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको काँधमा लोकतान्त्रिक संविधान निर्माण गरी मुलुकलाई शान्ति, स्थिरता र विकासको बाटोमा लाग्ने जिम्मेवारी सुम्पिएको छ। जनताले दिएको जनादेशअनुसार यथाशीघ्र आफनो घोषणापत्रमा जनाएको प्रतिबद्धताबमोजिम लाग्नु नै श्रेयष्कर हुन्छ।  मुलुकको यस कठिन परिस्थितिमा दलहरु पक्ष/विपक्षका रूपमा ध्रुवीकरण गरी गुटबन्दीद्वारा राष्ट्रिय मुद्दा ओझेलमा पारिएमा जनताले माफी दिने छैनन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस