दलहरूबीचको बढ्दो तीतो र माओवादीको सैन्यवादी चिन्तन देखेर अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू नेपालमा नागरिक सत्ता कमजोर हुन थालेको निष्कर्षमा पुगेको संकेत देखा पर्न थालेको छ।
माओवादीद्वारा सडकबाट जातीय गणराज्यहरूको घोषणा, तीन दिनसम्म नेपाल बन्द, विस्तृत शान्ति संझौताविपरीत पुनः निजी तथा सार्वजनिक जग्गा कब्जा र जबर्जस्ती चन्दा असुली आदिले नेपालको राजनीतिक घटनाक्रम मुठभेडतर्फ जान थालेपछि नयाँ दिल्लीदेखि वासिंगटनसम्मले चासो र चिन्ता व्यक्त गरेको पाइएको छ। जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन कोपनहेगन गएका प्रधानमन्त्री माधवकुमार नेपालसंँग अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री मनमोहन सिंहले निर्धारित समयभित्र संविधान बन्नेनबन्ने र शान्ति संझौता तात्विक परिणतिमा पुर्याउन पछिल्ला विकसित घटनाक्रमले पार्ने असरका बारेमा जिज्ञासा राखेका थिए। अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता रोबर्ट उड्ले आफ्नो नियमित पत्रकार भेटघाटमा विकसित पछिल्ला घटनाक्रमलाई इंगित गर्दै केही प्रमुख चुनौतीबाट नेपाल गुजि्ररहेको भन्दै अमेरिका, दक्षिण एसिया र अन्य राष्ट्रले यस अवस्थामा नेपाललाई सहयोग गर्नु महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
'नागरिक सर्वोच्चता'को नाममा माओवादीले विगत ७ महिनादेखि व्यवस्थापिका संसद् चल्न नदिएको, अन्तरिम संविधानमा उल्लेखिच प्रावधान, व्यवस्थापिका संसद्को पहिलो बैठकले पारित गरेको "संघीय लोकतान्त्रिक गणतन्त्र" विपरीत जनगणतन्त्रमार्फत् एकदलीय सर्वसत्तावाद लाद्ने र मुलुकलाई मुठभेडतर्फ लग्न लागेकोमा युरोपेली राष्ट्रका नेपालस्थित प्रतिनिधिले पनि चिन्ता व्यक्त गरेर दलहरूलाई सहमति नछोड्न आग्रह गरेका छन्। माओवादी भने मुखले सहमति भन्ने तर व्यवहारमा एक पक्षीय ढंगले आफ्ना योजना क्रमशः लागू गर्दै अघि बढिरहेको छ। एकतर्फी जातीय गणराज्यको घोषणाको चौतर्फी आलोचना भएकोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत वरिष्ठ नेताहरूले आफूले घोषणा गरेका गणराज्य अरूले मान्नुपर्छ भन्ने सार्वजनिक अभिव्यक्ति दिएर संविधानसभाको औचित्य र सहमतिको राजनीतिलाई खुला चुनौती दिएका छन्। उनीहरुको तर्क छ जसरी सुरुमा गणतन्त्र र संविधानसभामा जान अरू दल तयार थिएनन्, हाम्रा ती अडानमा पछि सहमत भए त्यसरी नै गणराज्यको घोषणा हामीले गर्ने हो र अरु दलले मान्नु पर्नेछ र पछि मान्ने छन्।
माओवादीको यस किसिमको मूढाग्रहले मुलुकलाई जबर्जस्ती मुठभेडतर्फ धलेको छ। १२ बुँदे सहमति देखिको माओवादी र संसद्वादी दलहरूबीचको सहमति र सहकार्यको यात्रा यतिबेला चौबाटोमा पुगेको छ। अब यसले कुन मोड लिने हो भन्ने अन्योल छ। स्वयं माओवादी पनि अन्योलग्रस्त छ। यो मुठभेडको राजनीतिलाई कता लग्न खोजेको हो? के माओवादीका लागि पुनः जंगल प्रवेश संभव छ? माओवादीभित्रको ठूलो जमात अनौपचारिक कुराकानीमा त्यस्तो संभावना नभएको धारणा व्यक्त गर्छ। तर माओवादी आफैँभत्रको हठवादीहरूको बन्दी बनेको देखिन्छ।
अब मुठभेड हुनु भनेको उदार लोकतान्त्रिक राजनीतिको अवसान र उग्रदक्षिणपन्थी र उग्रवामपन्थी शक्तिको उदय हुनु हो। विश्व घटनाक्रमले उग्रवामपन्थी र उग्रदक्षिणपन्थीका बीच सहकार्य र सहअस्तित्व संभव हुँदैन। २१आँैं शताब्दीका नेपाली जनताको चेतना र नेपालको भूराजनीतिक यथार्थले नेपालमा उग्रवामपन्थ संभव छैन। संविधानसभालाई असान्दर्भिक बनाउने र इतर विचारधारा राख्ने दलहरूको अस्तित्व स्वीकार नगर्ने माओवादी रणनीतिले पनि मुलुकलाई मुठभेडतर्फै लग्नेछ। यस्तो अवस्था सिर्जना हुनु मुलुकलाई जातीय द्वन्द्वमा धकेल्नु हो।
दलहरूबीचको बढ्दो तीतो र माओवादीको सैन्यवादी चिन्तन हेर्दा नेपालमा नागरिक सत्ता कमजोर हुन थालेको निष्कर्षमा अन्तर्राष्ट्रिय शक्ति केन्द्र पुगेको संकेत देखा पर्न थालेका छन्। नेपाली सेनालाई आवश्यक पर्ने हात हतियार र सैन्य उपकरणको आपूर्ति गर्दै आएको भारतले राजा ज्ञानेन्द्रले २०६१ सालमा प्रजातन्त्रविरुद्ध गरेको "कु" पछि रोक्का गरेका हतियार प्रधानसेनापति छत्रमान गुरुङको हालै सम्पन्न भ्रमणका अवसरमा दिने आश्वासन दिएको छ। यसैबीच चीनले पनि सैन्य उपकरण दिने घोषणा गरेको छ र त्यसमध्ये केही उपकरण यही पुस महिनाभित्र आइपुग्ने गरी चीनबाट पठाइसकेको जनाएको छ। सुरुमा प्रजातन्त्र मास्ने राजाको कदम र त्यसपछि माओवादीसँंग भएको विस्तृत शान्ति संझौतामा नयाँ भर्ती नगर्ने र हतियार नल्याउने सहमतिअनुसार विगत ५ वर्षदेखि सेना एक प्रकारले हातहतियारविहीन अवस्थामा थियो। माओवादी लडाकुको समायोजन र व्यवस्थापनमा उसले देखाएको अनिच्छा र संविधान बनेपछि मात्र समायोजन गर्ने तर संविधान बन्न नदिने रणनीतिले गर्दा, लामो समयसम्म सेनालाई आवश्यक पर्ने हतियारविहीन अवस्थामा रहनुपर्ने अवस्था सिर्जना भएको थियो। ५ वर्षदेखि रोकिएको हतियार आपूर्ति गर्न मात्र होइन प्रधान सेनापति गुरुङको भारत भ्रमणमा माओवादी सेनालाई नेपाली सेनामा समावेश गर्ने विषयको सार्वजनिकरूपमा नै असहमति जनाएर भारतले नेपाली सेनाको मनोबल बढाएको छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिप्रतिकूल हुँदाहुँदै पनि माओवादी मुठभेडतर्फ अग्रसर हुनुले समयमा संविधान नबन्नेमात्र होइन मुलुक लामो समयसम्म द्वन्द्वमा फस्ने खतरालाई उपेक्षा गर्नु हो। सबैलाई उपयोग गर्ने नीतिले अब माओवादी आफैँ भँडखालोमा फस्दै छ। अमेरिकाले उसमाथि लगाएको आतंककारीको बिल्ला हटाएको छैन। एकतर्फी रूपमा गणराज्य घोषणा गर्ने, निजी र सार्वजनिक जग्गा कब्जा गर्ने र आफूले भनेको नमान्ने हो भने समानान्तर सरकार गठन गर्ने माओवादी अध्यक्षको धम्कीले अमेरिकामात्र होइन माओवादीप्रति सुरुदेखि नै अपेक्षाकृत नरम नीति लिएका युरोपेली राष्ट्रहरूको सहानुभूति र समर्थन पनि गुम्ने अवस्था सिर्जना भएको छ।
खास गरेर १२ बुँदे समझदारी गराएर दलहरूसँंग सहयात्रा गराउन प्रमुख भूमिका खेलेको भारतले माओवादीले यता आएर अपनाएको मुठभेडको राजनीति र भारतविरुद्ध गरेको प्रचारवाजीले शान्तिपूर्ण परिवर्तन र प्रजातन्त्रप्रतिको उसको प्रतिबद्धतामा नै गंभीर आशंका व्यक्त गर्न थालेको छ। भारतीय माओवादीले भारतका विभिन्न प्रान्तमा सशस्त्र कार्वाही गरिरहेका र भारत र नेपालका माओवादीबीच सम्बन्ध हुन सक्ने भारतीय गृहमन्त्रीदेखि सुरक्षा निकायका उच्च सरकारी अधिकारीको भनाइबाट पनि माओवादीले आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम गरेको देखिएको छ।
गाई भीरबाट लडिसकेको छैन, डीलमा मात्र पुगेको हो। आफ्ना उग्र चिन्तन र व्यवहारलाई त्यागेर संविधान बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने हो भने यसबाट माओवादी त भीरबाट खस्नबाट बच्छ नै मुलुक पनि अनावश्यक रक्तपातबाट जोगिनेछ। कता जाने उसको रोजाइ हो।
नागरिक सर्वोच्चता माओवादीको हात्तीको बाहिरी देखाउने दाँत हो असली दाँत सत्ता प्राप्ति नै हो। सत्तामा जान व्यवस्थापिका संसद्को ३ सय १ को संख्या पुर्याउनुपर्छ। सरकारको पक्षमा रहेको हालको ३ सय १ को संख्या घट्ने सम्भावना छैन। बरु सत्ताबाहिर रहेका अरू दलसमेत सरकारमा जाने संभावना बढेकोे छ। भारत र अमेरिका तत्काल वर्तमान सत्ता परिवर्तनको पक्षमा देखिएका छैनन्। माओवादीले देखाउने चिनिया कार्ड पनि प्रधानमन्त्री माधवकुमार नेपालको छिट्टै हुने चीन भ्रमणपछि काम लाग्ने छैन। बारम्बारको नेपाल बन्दबाट हिजो माओवादीलाई भोट हाल्ने जनता मर्कामा परेका छन् र उनीहरूमा माओवादीप्रति मोहभंग हुँदै गएको छ। समानान्तर सरकारको घोषणा गर्ने प्रचण्डको धम्की कार्यान्वयन गर्नेतर्फ माओवादी गयो भने त्यो सबभन्दा बढी प्रत्युत्पादक हुनेछ। सत्तामा जान फ्याँकेको माओवादीको सिक्का नै खोटो भएको सत्यलाई जति सक्यो चाँडो आत्मसात् गर्नु नै माओवादी र मुलुकको हितमा हुने छ।