मागेर कहिलेसम्म !
२२ असार २०७२
•
१४ मिनेट पाठ
मागेर कहिलेसम्म !
'पगरीवालाले कहिले मागेको देखेको छैन,' रक्सौलबाट दिल्लीतर्फको रेलयात्रामा एक भारतीय यात्रुले मुखै फोरेर भने । उनको आशय पञ्जाबी मूलको भारतीय कहिल्यै मागेर खाँदैन भन्ने थियो । निरन्तर माग्नेहरू प्रवेश गरेर वाक्कदिक्क पारेपछि यात्रुले असन्तुष्टि पोखेका थिए ।
हुन पनि भारतको रेलयात्रामा माग्नेहरूले हैरान नै पार्छन् । त्यसमाथि पनि उत्तरी भारतीय रेलयात्रामा माग्नेहरू अत्यधिक भेटिन्छन् । ती भारतीय यात्रुले भनेजस्तै पंक्तिकारले पगरी बाँधेको पञ्जाबी माग्न हिँडेको कहीँ देखेको छैन । भोकै बस्छ, अरूतर्फ हात तेर्साउँदैन । पगरी बाँध्नेहरू अर्थात् सिख धर्मालम्बी । उनीहरूको धर्मले अरूसँग माग्नुलाई लज्जास्पद मात्र भन्दैन विनाशको बाटो पनि भन्छ । सिखले मागेको नदेखेपछि पंक्तिकारले पञ्जाबी मूलकी जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक रेणुका सिंहलाई सोध्दा उत्तर आयो– सिख धर्मले कुनै पनि व्यक्तिसँग माग्न त परै जाओस् कसैसँग दान माग्न जानुलाई पनि लज्जाको विषय मान्छ । हृदयको चाहना प्राप्त गर्न गुरूसँग मात्र माग्नु भनिएको छ ।

माग्नु धार्मिक संस्कारविरुद्ध भएरै होला अधिकांश सिख कर्मयोगी हुन्छन् । स्वावलम्बी बन्न कामधन्दामा केन्द्रित हुन्छन् । परनिर्भरताबाट टाढै रहने संस्कार सिकेका छन् । सोही संस्कारबाट हुर्केबढेका सिखले आफ्नो बाहुल्य भएको राज्य पञ्जाबलाई द्रुुत विकासको पथमा डो¥याए । परजीवी बन्नु हुन्न भन्ने ज्ञान पाएका सिखहरूले बढ्दो जनसंख्यालाई दृष्टिगत गरी आर्थिक स्रोत बढाउने योजनाहरू कार्यान्वयन गरे । जसमध्ये पञ्जाबको हरित क्रान्ति विश्वमै उदाहरणीय कृषि क्रान्तिमा पर्छ । उक्त क्रान्तिका केही नकारात्मक पक्ष भए पनि त्यसले पञ्जाबमा कृषिलाई व्यावसायीकरण गर्नेदेखि ठूला सिँचाई आयोजनाको निर्माण ग¥यो । कृषि क्रान्तिका बखत अर्थात् सन् १९७० को दशकमा सामान्य किसान परिवारका महिलाहरूले आफूले लगाएको गहना फुकालेर आधुनिक कृषिऔजारमा लगानी गरे । जमिनदारहरूलाई क्रान्तिले पक्कै लाभ पु¥यायो, तर कृषि मजदूरहरूको पनि ज्याला बढ्यो । आजपर्यन्त पञ्जाबमा नेपाल र बिहारदेखि कृषि मजदूरी गर्न जानेको संख्या ठूलो छ । हरित क्रान्तिपछि पञ्जाब प्रान्तको धान उत्पादनले सिंगो भारतको ठूलो हिस्सा ओगट्न सफल भयो, जुन आजपर्यन्त कायम छ । वर्तमान अवस्थामा पञ्जाबले विश्वको कूल धान उत्पादनको एक प्रतिशत, गहुँ र कपास उत्पादनको क्रमशः दुई–दुई प्रतिशत हिस्सा ओगट्छ । पञ्जाबले भारतको 'खाद्यान्न भकारी' उपमा पाएको छ । हरित क्रान्तिसँगै भौतिक विकासले गति लिएपछि शत प्रतिशत स्थानमा बाटो र बिजुली पुगेको छ । शिक्षा र स्वास्थ्यमा ठूलो उपलब्धि हासिल गरेको छ । पञ्जाबको समृद्धिको मुख्य कारण त्यहाँको उर्बर जमिन हो । उर्बर भूमि त संसारका धेरै स्थानमा छन्, प्राकृतिक स्रोतसाधनले भरिपूर्ण संसारका धेरै समाज विपन्नता र अस्थिरताले पिरोलिएका छन् । कालिदासले भनेजस्तै माटो नराम्रो हुनसक्दैन, मनुष्य नराम्रो हुनसक्छ । पञ्जाबीहरूले आफू र आफ्नो धर्तीको क्षमता बुझेर सदुपयोग गरे ।

पञ्जाबमा समानताको भावना प्रभावकारी छ । संसारको जुनसुकै कुनामा पुगे पनि सिखहरूमा एकताभाव देखिन्छ । बेलायत होस् या अमेरिका, क्यानाडा नै किन नहोस्, कुनै पनि प्रवासी पञ्जाबीमाथि दुव्र्यवहार भयो भने सिंगो सिख समुदाय एकजुट भई विरोधमा उत्रन्छ । समुदायमा बलियो अन्तर्सम्बन्ध र एकताभावको संस्कारलाई उनीहरूले आर्थिक उन्नतिमा सदुपयोग गरेका छन् । कृषि औजार, जमिनदेखि जनावरसम्म सहकारीको आधारमा सञ्चालन गर्ने परम्परा बसेको छ । ठूला किसानहरू कृषि उद्योग सञ्चालन गरिरहेछन् भने साना किसान सहकारीमा आधारित कृषि प्रणालीलाई अँगालेर जीवन शैलीमा निरन्तर प्रगति गरिरहेछन् । जमिन बेचेर नभई जमिनको उत्पादनको आम्दानीले आफ्ना बालबच्चालाई देशविदेशका प्रतिष्ठित शैक्षिक संस्थामा पढाउने सामथ्र्य विकास गरेका छन् ।

हामी नेपालीको सबैभन्दा ठूलो समस्यामध्ये परजीवी मानसिकता पनि हो । आफ्नो स्रोतसाधनको व्यवस्थापन गर्न नसकेर अरूको मुख ताक्ने प्रवृत्तिले जरो गाडिसक्यो । आफूभित्रको सामथ्र्यलाई जान्ने अलिकति पनि प्रयास नगर्ने परिपाटीले प्रताडित छौँ हामी । फलस्वरूपः मगन्ते संस्कारले नेपालका अधिकांश व्यक्ति र समुदायलाई मानसिकरूपमा दरिद्र बनाएको छ । वर्षौंदेखि अभ्यास गर्दै आएको संस्कार महाभूकम्पपछिको घटनामा उदांगो भयो । सामथ्र्यवान व्यक्तिहरू पनि एउटा पालका लागि महŒवपूर्ण काम छाडी लाममा बसे । पहाडमा मकै रोप्न छाडेर चाउचाउको पाकेटको लागि लाम बसेका धेरै दृश्य लामो समयसम्म देखियो । हुँदाहुँदा सरकारले पनि मागेरै लाज छोप्ने शैली अपनायो । दाताहरूले यति दिन्छु र उति दिन्छु भनी कबोल त गरे, तर कहिले दिने हुन् अत्तोपत्तो छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक नेपाल आउँदा गरेको एक खर्ब सहयोगको घोषणा कार्यान्वयन भएको छैन । यस्ता धेरै उदाहरण छन् । चीनले विगतमा गरेको अर्बौं सहयोगको घोषणा कार्यन्वयनमा आएको छैन । पश्चिमा देशहरूको सहयोग घोषणाको हविगत पनि उस्तै छ । तैपनि, सरकारको नीतिनिर्माण तहमा बस्नेहरू वैदेशिक सहयोग भित्राउन सक्नुलाई आफ्नो ठूलो सफलता मान्दै बढाइचढाई प्रस्तुत गर्न पाउँदा दंग पर्छन् । उनीहरूका लागि यो दम्भ प्रस्तुत गर्ने आधार बनेको छ । तर, अधिकांश वैदेशिक सहयोगको नियत सफा छैन भन्ने यथार्थ नेपाली जनतासामु खुलिसकेको छ । दाता सम्मेलनमा पहिल्यै घोषणा भइसकेको सहयोगलाई जोडेर साढे ४ खर्ब देखाइएको जगजाहेर छ । त्यसमध्ये पनि कतिपय देशले उपलब्ध गराउने रकम भूकम्पपछि ल्याइएको सैनिकदेखि कुकुरसम्मको खर्च जोडेर हो भन्ने खुलिसक्यो । अब यति विदेशी सहयोग ल्याएँ भनेर उपलब्धि भन्दै ढोल पिट्नु व्यर्थ छ । विदेशी सहयोगप्रति चेतनशील नेपाली जनताले प्रकट गरेको शंका र हेपाहा शैलीले पठाइएका सामग्रीको गुणतस्तरमाथि औँला उठाएबाट मगन्ते संस्कारमाथि चुनौती बढेको सहजै बुझ्न सकिन्छ ।

राज्य सञ्चालन गर्नेहरूको कामको मापनको मुख्य आधार विदेशीहरूबाट यति रकम ल्याएँ भन्नेबाट कदापि हुनु हुँदैन । मुख्य आधार भनेको देशमा कति उद्योगधन्दा खोलियो, कति नयाँ रोजगारीको अवसर सृजना भयो, कति वस्तु उत्पादन भयो, कति निर्यात भयो, आमजनताले दैनिक जिविकोपार्जनको सामग्री कति सहज र सुलभ तरिकाले पाए भन्नेबाट हुनुपर्छ । मागेर सधैँ चल्दैन । मगन्ते बनाएर कार्यकर्तालाई 'दास' बनाउने र देशलाई विदेशीको चलखेल केन्द्रमा परिणत गर्नमा हाम्रै नेतृत्वपंक्तिको हात छ । कर्मचारीतन्त्रको ठूलो हिस्सा जागिरे जीवनभर विदेश सयर र जागिरपछि कन्सल्ट्यान्ट बन्ने लोभले स्वदेशको भन्दा विदेशीको हितउन्मुख भइरहेछ । वास्तविकताबारे आमजनता सुसूचित हुन नपाउनाले विदेशी सहयोगको ठूलो हिस्सा यस्तै गतिविधिमा परिचालित भइरहेको छ । सहयोगका नाममा प्रयोग गर्न पठाइएका कतिपय सामग्रीले नकारात्मक असर परेको देखिएको छ । विदेशीले करोडौँबराबरको अनुदान भन्दै प्रयोगका लागि पठाएको बीउले मकै नफलेपछि किसानहरू आत्महत्याको अवस्थामा पुगेको घटना ताजै छ । मगन्ते संस्कारको फाइदा गलत नियत राख्ने विदेशीले भरभूर उठाइरहेका छन् ।

यति भन्दैमा विदेशी सहयोग लिनै हुन्न भन्ने होइन । आत्मसम्मानमा ठेस नपुग्ने तथा राष्ट्रियतामाथि आँच नआउनेगरी सहयोग स्वीकार्नुपर्छ । देशलाई आत्मनिर्भर बनाउने कार्य प्राथमिकतामा पर्नुपर्छ । नेपालभित्रको साधनस्रोतको अधिकतम परिचालनको ढोका खोल्नुपर्छ । चिनियाँहरूमा एउटा भनाइ छ– माछा नदेऊ, माछा मार्न सिकाउ । हामीले स्वाबलम्बी भएर जिउने संस्कार घरदेखि नै सिकाउनुपर्छ । मगन्तेले कहिल्यै आत्मसम्मानसँग बाँच्न पाउँदैन । दुनियाँका सामु विश्वकै गरिबमध्येको देशको पंक्तिमा उभिएर सधैँ माग्दै हिँड्ने परम्परा राज्यको नीतिनिर्माण तहमा रहेकाहरूमा व्याप्त छ । उनीहरूले देशलाई आत्मनिर्भरको बाटोतर्फ लाने ठोस नीति ल्याउनसकेका छैनन् । शक्तिशाली पदमा बसेर फुइँ लगाए पनि अन्तर्राष्ट्रिय तहमा बेवास्ताको सिकार सरकारका उच्च अधिकारीहरू नै होलान् ! मगन्ते संस्कार भएकालाई दाताहरूले गर्ने व्यवहार दुनियाँभर यस्तै हो ।

दिनेको हात सधैँ माथि हुन्छ, लिनेको तल । त्यसमाथि माग्नेको त हातमात्रै तल पर्दैन, शिर पनि झुक्छ । गरिबीका नाममा हामीले मागेर समृद्धिको बाटो पहिल्याउनु असम्भव छ । जबसम्म आत्मनिर्भरताको मार्ग खुल्दैन तबसम्म समृद्धिको आधार बन्दैन । हामीले आफूभित्रको कतिपय संस्कार बदलेर सिक्न सक्नुपर्छ । एकअर्काको दुःखसुखमा साथ दिने संस्कार हामीभित्रै छ । समुदायमा आधारित विकास कार्यक्रमलाई ढंग पु¥याएर कार्यान्वयन गर्नसके सफलता हात लाग्छ । त्यसलाई बेवास्ता गरेर विदेशीको मुख ताक्ने परम्परा पछ्याउनाले धेरै हानी र कम लाभ हुन्छ । सधैँ हात तल पारेर जिउने वा आत्मसम्मानका साथ जिउने हाम्रै हातमा छ । मगन्ते संस्कारलाई व्यक्तिदेखि राज्यसम्मले परित्याग गर्नुपर्छ । अन्यथा, यसले देशलाई असफलतातर्फ धकेल्छ । मगन्ते संस्कारले जरा गाड्दै जानु खतरनाक छ । पञ्जाबीहरूबाट सिक्नैपर्छ, मागेर होइन आफ्नै बाहुबलमा आर्जन गरेर बाँच्नुपर्छ ।



अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस