हामी कति भ्रष्ट!
१६ असार २०७२
•
१४ मिनेट पाठ
हामी कति भ्रष्ट!
वैशाख १२ को महाभूकम्पले मानिसहरूबीच वैमनश्यको रेखालाई धमिलो बनाइदिएको छ। विपत्मा परेका मानिस नै एकअर्काका सबैभन्दा ठूला सहृदय मित्र हुन्। तथापि, मनको अन्तरमा लुकेर बसेको कसिंगर बढारेर मिल्काउन नसकुन्जेल यो सद्भाव चिरस्थायी हुन सक्दैन।महाभूकम्प प्रभावित देशका ३१ जिल्लाका झन्डै ८० प्रतिशत परिवार घरबास भत्केर बर्बाद भए। झन्डै ९ हजार जना मारिए। कति अझै बेपत्ता छन्। घाइते आफन्तलाई अस्पताल लानुपर्दा मरेकालाई घाट पुर्यामउनै कतिलाई समस्या पर्योत। कति आफन्तको श्राद्ध परम्पराविपरीत छोरीमान्छेले गर्नुपर्योा। कतिको सिउँदो पुछियो। कतिपय बालबालिका टुहुरा र घरबारविहीन हुनुपर्योध। तिनले भोग्नुपरेको विपत्तिको वर्णन शब्दमा गर्न सकिँदैन। तथापि, यस्तो विपत्का बेला पनि कतिपय मान्छेले अरूको अप्ठेरोको फाइदा उठाउन छाडेनन्। यस्तोबेला सरकारले पनि लोककल्याणकारी भूमिका निर्वाह गर्न सकेन। महाभूकम्पले महलमा बस्ने अधिकांश मन्त्री र ठूला नेतालाई खासै असर गरेन। दरबारको सुखभोग गरिरहेका राजा त्रिभुवनले 'जनताले दूधभात पनि खान पाएनन् र!' भनी सोधेजस्तै यिनले जनताका दुःखको सत्यबोध गर्न नसक्नु अनौठो भएन। तर, मननयोग्य के छ भने यी नेता, यी मन्त्री, यी तस्कर, जालीफटाहा सबै हाम्रै समुदायबाट गएका हुन्। तिनका गतिविधि र प्रवृत्तिमा हाम्रै प्रवृत्ति झल्केको हो।




निर्लज्जताको सीमापारि
महाभूकम्पपछि राहत थाप्ने क्रममा हामीले निर्लज्जताको सबै सीमा पार गरिदियौँ। खबरहरू छ्यापछ्याप्ती आए, कर तिर्ने बेला जति परिवार थिए, राहत थाप्ने बेला परिवारको संख्या सलहको बथानझैँ ह्वात्तै बढेर डबल–तेब्बर हुनपुगे। सँगै बसेका कतिपय लोग्नेस्वास्नीका नाम छुट्टै परिवारका रूपमा दर्ता भए। मिल्ने भए, हामीले आफैलाई बायाँ आँखा एउटा परिवार, दायाँ आँखा अर्को परिवार, नाक एउटा परिवार, मुख अर्को परिवारका रूपमा विभाजित गर्ने थियौँ! क्षति भएका घरसंख्यालाई भन्दा असर परेका परिवारलाई राहत दिने सरकारको काम प्रशंसनीय र संवेदनाले प्रेरित छ। तर, त्यसले ठूलो समस्या ल्यायो। सरकारले परिवारको कुनै मापदण्ड बनाएन। राजनीतिक पार्टीका स्थानीय कार्यकर्ताले यसलाई मनन गरेर व्यवस्थित गर्नसक्थे। उल्टै तिनले त्यसको व्यापक दुरुपयोग गर्नमा भूमिका खेले। तिनले 'आफ्ना' लाई ५ सदस्यीय एक परिवारलाई पनि ३ परिवार बनाइदिए। 'पराई' लाई एकै घरमा बस्ने, विभिन्न परिवारलाई एकाघर भनेर दर्ता गरिदिए। फाइँफुट्टी गर्न नसक्नेहरू, एकल महिला र असहाय तिनका नजरमा खासै परेनन्। अनि कतिपयले चाहिँ आफू बिल्डिङ बनाएर दाजुभाइलाई छाडेर गएको भत्केको घरको समेत छुट्टै परिवारका रूपमा पाखुरा खैँचेर राहत लिए। शर्म भन्ने कुरा तिनका ग्रन्थीमा कतै देखिएन।

अन्न नपुरिएका, लुगाफाटा साबुतै रहेका व्यक्तिले समेत कुहिएको खाद्यान्न लिन घम्साघम्सी गरे। जडौरी लुगा थाप्न एकै परिवारका पाँचै सदस्य ५ ठाउँमा लाम लागे। अचम्म लाग्छ, यत्रो विपत्मा एकअर्कालाई यत्रो सहयोग गर्ने र संवेदना देखाउन सक्ने हामी नेपाली कसरी यति निर्लज्ज भयौँ? आफ्नो निर्लज्ज अनुहार नदेख्ने अनि नेता, राजनीतिक दल, प्रशासकलाई मात्र धारे हात लगाएर सत्तोसराप गर्ने धृष्टता हामीले कसरी गर्न सक्यौँ?

–विद्यार्थी आन्दोलनको परिणाम स्वरूप विद्यार्थी वर्गले सार्वजनिक यातायातको भाडामा ४५ प्रतिशत छुट पाउने भए। गाडीवालाले त्यसमा पनि फट्याइँ गरेर ३३ प्रतिशतमात्र छुट दिन थाले। खासमा यो छुट रोजगार विद्यार्थीले समेत लिन नैतिक हिसाबले मिल्ने थिएन। अनि हामी सबैले गाडीवालाको फट्याइँको डटेर विरोध र सामना गर्नुपर्थ्यो। जजसले विरोध गरे, सामना गर्न पाखुरा खैँचिए, तिनीहरू उपहासका पात्र भए। तिनका स्वर झिनो भयो। कतिले गाडीवाला चुल्ठेमुन्द्रेको भक्कुमार कुटाइ खानुपर्योा। यता, आफ्नै कलेजको नाम भन्न नसक्ने नक्कली परिचयपत्रधारीले गाडीभाडा छुट लिए। यसले गर्दा तिनले गाडीवालाको फट्याइँको विरोध गर्ने नैतिक साहस जुटाउन सकेनन्। गाडीवालाको जस्तोसुकै अपमान सहन र स्वाभिमानमाथि जतिसुकै आक्रमण सहन, अनावश्यक जति पनि खर्च गर्न ती तयार भए, तर नक्कली परिचयपत्र बोकेर नगण्य छुटको लोभ संवरण गर्न सकेनन्।

–हामी सजिलो र छिटोका लागि सडक बिगारेर आफ्ना खेतबारीमा पानी पटाउँछौँ। आफ्ना खेतका घाँस, दुबो, झारपात, प्लास्टिक, फोहोर, ठोसा, फुटेका सिसा आफै व्यवस्थापन नगरी सडकमा मिल्काउँछौँ वा आँखा छलेर अर्काको खेतबारीमा फालिदिन्छौँ। सडक ताछेर खेत बढाउने अनि सतह र बढी भएको माटो सडकमा मिल्काएर हिलाम्मे पार्न, आँगनका ढुंगा, कुँडाकर्कट, केरा, आँपका चिप्ला बोक्रा मिल्काउन हामीले विशारद प्राप्त गरेका छौँ। कतिपय ठाउँमा खेतबाली मिचेर बीचबाट हिँड्दा बाटो छोटो हुन्छ। तर, सार्वजनिक बाटो घुमाउरो हुन्छ। घुमाउरो बाटो हिँड्न हामीलाई मन लाग्दैन। खेतधनी सामुन्ने भए हामी घुमाउरो बाटो हिँड्छौँ, नभए उसकै बाली मिचेर बीच खेतबाटै हिँडिदिन्छौँ। खेतधनी भए पनि नभए पनि सार्वजनिक बाटो नै हिँड्छु भन्न हामी किन सक्दैनौँ?

–काठमाडौँ उपत्यकामा माइक्रोबसका खलासीहरू २ जनाको सिटमा ३ जना, ३ जनाको सिटमा ४ जना अटाईनअटाई कोचिदिन्छन्। जब हामी सिटमा ठीक्क संख्यामा हुन्छौँ र त्यसमा थप मान्छे कोचिन आउँछन्, हामीलाई यात्रु अधिकार हनन् भएको बोध हुन्छ। विदेशतिर यस्तो हुँदैन, हाम्रैमा मात्रै कुनै संस्कार छैन भनेर धर्मगुरुले जस्तै हामी महान् प्रवचन दिन्छौँ। जब हामी स्वयं उभिनु परिरहेको हुन्छ, त्यसबेला ठीक्क संख्यामा बसिरहेका मान्छेको सिटमा कोचिनु हामीलाई आफ्नो अधिकारझैँ लाग्छ। नभए, सबै मिलेर यात्रा गर्नुपर्छ भन्ने तŒवज्ञान हामी अरूलाई प्रदान गर्छौं।

–हामी व्यापारी हौँला, उद्योगपति, किसान, सरकारी जागिरे, सेवाप्रदायक कर्मचारी हौँला। अपवाद छाडेर सामान्य प्रवृत्ति केलाउने हो भने हामी मौका नपाउन्जेल इमानदार, मौका पाए देशै बेच्ने हदको बेइमान हुन पछि पर्दैनौँ। हामी आफ्ना घरकरेसाको सिमानामा कसैको जग्गा छ भने उसलाई अप्ठेरो पर्नेगरी चर्पी बनाएर, सामान थुपारेर उसको जग्गा लंगडो बनाउनुलाई आफ्नो जन्मसिद्ध अधिकार ठान्छौँ। अनि कुनै कुख्यात साँधसीमा मिचाहालाई चाहिँ 'फलानाले ढिस्कानाको सारा जग्गा खायो' भनेर बीबीसी स्टेसनले झैँ फुक्छौँ! व्यापारी, उद्योगपतिहरू सकारलाई राजस्व छल्नु, उपभोक्तालाई जतिसक्दो ठग्नु आफ्नो मौलिक हक ठान्छन्। पोखरा र राजमार्गतिरका होटल व्यवसायीहरू काठमाडौँमा सय रुपियाँ नपर्ने सादा खानालाई ५ सय रुपियाँ ठटाउन लाज मान्दैनन्। जनताको करबाट तलब खाने तिनै कर्मचारी जनताको काम गर्न अनेक आलटाल र घुसखोरी गर्छन्। कुनै समस्या नभएको एउटा फाइल पास गर्न हप्तौँ लगाउँछन्। मालपोत, भूमिसुधार, नापी कार्यालयमा कर्मचारी, लेखनदास र दलालको सिन्डिकेटमा नछिरी, तिर्नैपर्ने राजस्वभन्दा कता हो कता बढी टेबुलैपिच्छे पैसा नखुवाई जनताको कामै हुँदैन। अनि तिनै व्यक्ति कुशल नेताले गर्दा मलेसिया, सिंगापुर, चीन बन्यो, हाम्रा नेता भ्रष्ट हुँदा देश खत्तम भयो भन्दै सत्तोसराप गर्छन् र डीभी भर्न साइबर धाउँछन्! आफ्ना मान्छे जतिसुकै अयोग्य हुन्, जतिसुकै ठूला अपराधी होऊन्, तिनलाई जागिर खुवाउन, कुनै पदमा पुर्या उन, प्रहरीको कारबाहीबाट छुटाउन हामी जुनसुकै तिकडम गर्नुलाई जायज ठान्छौँ। सुकिला टाइसुट लगाएका, ठूला भुँडी हालेका व्यक्तिको खुसामद गर्ने र मैलाधैलालाई हेप्ने प्रवृत्ति त हाम्रो ग्रन्थीमै छ। नत्र मारवाडी समुदायलाई सलाम ठोक्ने मान्छे किन बरफ बेचेर हिँड्ने मेहनती मधेसीलाई 'धोती' र 'इन्डियन' भनेर हेप्छ?

परिवर्तनको प्रस्थानबिन्दु
योगी विकासानन्दको मनोक्रान्तिको एउटा आदर्श वाणी छ, संसार बदल्नु छ, सुरुवात आफैबाट गर्नु छ। संसारका सारा महान् व्यक्तिले यही आशयको काम गरेर परिवर्तनको थालनी गरेका हुन्। तत्कालीन राष्ट्रिय पञ्चायतका जनपक्षीय सदस्य रूपचन्द्र विष्टले आफ्नै अंगरक्षक भतिजाले जापान जान पाउने कोटामा सिफारिस गरिदिन आग्रह गर्दा विष्टले लेखेका थिए रे, 'यो मान्छे योग्य भए, यसलाई सिफारिस गर्छु। योभन्दा अरू योग्य भए उसैलाई सिफारिस गर्छु।' आत्मैदेखि निष्पक्ष र नैतिक नभई यस्तो महान् दुस्साहस गर्न कसैले सक्दैन।

हो, हाम्रो देशमा आत्माबिनाको शरीरजस्तो राजनीतिमा नीति गायब छ। कुशल र नैतिक नेता पाउनु मुस्किल छ। थोरै आशा गरिएका नेता पनि ठाउँमा पुगेपछि अकर्मण्यताको गर्तमा भासिएका छन्। तर, यहाँको राजनीति हाम्रै प्रवृत्तिको प्रतिबिम्ब हो। यहाँका नेता हाम्रै प्रतिनिधित्व गरेर गएका हुन्। हाम्रो आत्मा नै भ्रष्ट छ त नेता र राजनीति भ्रष्ट भयो भन्ने नैतिक अधिकार हामीलाई कहाँ छ? त्यो अधिकार अहिलेका बालबालिकालाई मात्र छ। तिनलाई जोगाउन सकियो भने भविष्यमा हाम्रा नेता सायद यति गैबार हुने छैनन्!
अर्को समाचार
नेताहरु कति भ्रष्ट रहेछन् भन्ने कुरा नक्कली भूटानी शरणार्थी प्रकरणले देखायो: अध्यक्ष नेपाल
२७ वैशाख २०८०
•
१ मिनेट पाठ
नेताहरु कति भ्रष्ट रहेछन् भन्ने कुरा नक्कली भूटानी शरणार्थी प्रकरणले देखायो: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।




बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले भ्रष्टाचारका फाइलहरु खोलिन थालेको भन्दै नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने कुरा देखिएको बताए।

उनले देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्नेकुरा भ्रष्टाचारका काण्डहरुले दिइरहेको बताए। भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उनले आग्रह गरे।

उनले भने, ‘अहिलेको राजनीति एउटा अफ्ठ्यारो स्थितिमा रहेको देखिन्छ। राजनीतिप्रति जनतामा निराशा बढेको छ। नेताहरुप्रति पनि निराशा बढेको छ। निराशा बढेपछि विकल्प के? पहिला त अझै क्रान्तिकारी पार्टी भनेर विकल्पको रुपमा मान्छेहरु दर्शन हेर्ने गर्दथे। सिद्धान्त हेर्ने गर्दथे। त्याग, तपस्या र बलिदान हेर्ने गर्दथे। अहिले त्यो हेरिरहेका छैनन्, अहिले कता कता सोसल मिडियाबाट प्रभावित भएर नयाँ पुस्ताले उनीहरुलाई सजिलै मानिसकेका छन्। उनीहरुले सहजै आफ्नोतर्फ तान्न थालेका स्थिति छ। नेपालको भविष्य के हुने हो? भन्ने नेपाली जनताको भविष्य के हुने हो? नेपालको राजनीतिको भविष्य भनेर चिन्ता लागेर आउँछ। यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरुका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ की नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन्। हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ? मानव तस्करी गर्ने काममा नेताहरुले नै अगुवाइ गर्ने गरेका छन्। उपप्रधान एवं गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु, तपाईले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस्। जुनसुकै व्यक्तिहरु जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस्। नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस