काठमाडौं-नागरिक दैनिकअन्तर्गतको नागरिक रिसर्च ब्युरो ( एनआरबी) ले काठमाडौं उपत्यकासहित मुलुकभरिका ३० जिल्लामा गरेको कुन पेसाकर्मी कति भ्रष्टाचारी भन्ने सर्वेक्षणमा जिल्लैपिच्छे फरक नतिजा आएको छ।
सबैभन्दा भ्रष्ट पाँचको सूचीमा कुनै जिल्लामा कर्मचारी एक नम्बरमा परेका छन् भने कुनैमा नेता । कुनैमा प्रहरी त कुनैमा इन्जिनियर ।
मुलुकभरिका १ हजार ७० जनालाई सोधिएको प्रश्नमा १४ जिल्लामा राजनीतिकर्मी र १२ जिल्लामा कर्मचारी एक नम्बर भ्रष्टाचारीमा परेका छन् । काठमाडौं उपत्यका र कपिलवस्तुमा राजनीतिकर्मी र कर्मचारी दुवै संयुक्त रुपमा पहिलो भएका छन् ।
उता, प्युठानमा एनजिओकर्मी पहिलो दरिएका छन् भने दार्चुलामा इन्जिनियर र पाल्पामा प्रहरी पहिलो भएका छन् ।
दोस्रो स्थानमा राजनीतिकर्मी १० जिल्ला, कर्मचारी नौ जिल्ला र प्रहरी ६ जिल्लामा दोस्रो नम्बरका बढी भ्रष्टाचारी औंल्याइएका छन् ।
सर्वेक्षणमा अर्घाखाँचीमा एनजिओकर्मी, धनकुटामा भ्रष्टाचार नियन्त्रण निकाय, जुम्ला र खोटाङमा वकिल, दोस्रो स्थान पाएका छन् । त्यस्तै, कैलालीमा प्रहरी र कर्मचारी तथा सिन्धुलीमा प्रहरी र नेता दोस्रोमा परे ।
तेस्रो स्थान ओगट्नेमा प्रहरी नौ जिल्ला र न्यायाधीश, वकिल, राजनीतिकर्मी र कर्मचारी तीन–तीन जिल्लामा तेस्रो भएका छन् । डडेलधुरा र सिन्धुलीमा एनजिओकर्मी तथा दार्चुला र धनकुटामा इन्जिनियर तेस्रो स्थानमा छन् ।
जुम्लामा व्यापारी÷उद्यमीले तेस्रो भ्रष्टाचारीको हैसियत पाएको देखिन्छ । खोटाङमा राजनीतिकर्मी र प्रहरी, रुपन्देहीमा न्यायाधीश र प्रहरी, पर्सामा प्रहरी र भ्रष्टाचार नियन्त्रण निकाय, दोलखामा प्रहरी र एनजिओकर्मी, पाल्पामा कर्मचारी र वकिल संयुक्त रुपमा तेस्रो भएका छन् ।
नागरिकले ३३ जिल्लामा कुन पेसाकर्मी कति भ्रष्टाचारी भन्ने विस्तृत समाचार माघ १२ गते प्रकाशित गरिसकेको छ । मुलुकभरिको समग्र तथ्यांकमा राजनीतिकर्मी, कर्मचारी, प्रहरी, वकिल, न्यायाधीश, एनजिओकर्मी, भ्रष्टाचार नियन्त्रण निकाय हँुदै सेना १२औं स्थानमा देखिन्छ ।
मुलुकभरको आँकलनमा सेनालाई भ्रष्टाचारी भन्ने १३ प्रतिशत भए पनि दाङमा ३२ प्रतिशतले, बाँकेमा २६ प्रतिशतले, काठमाडौं उपत्यका र डडेलधुरामा २५ प्रतिशत, सुर्खेत र खोटाङमा २० प्रतिशत र झापा, सर्लाही र अछाममा १६ प्रतिशतले सेनालाई भ्रष्टाचारी भनेका छन् ।