नेपालको इतिहास पढ्दा थाहा हुन्छ, यो देशमा वि.सं. १९०३ सालमा जङ्गबहादुर राणाले कोत पर्वको घटना गराएर राणा शासनको उदय गराए। वि.सं. १९९० सालमा महाविनासकारी भूकम्प गएर हजारौं मानिस मरे, घाइते भए। ठूलो सङ्ख्यामा घर भत्किए। वि.सं.२००७ सालमा राणा शासनविरुद्ध क्रान्ति भयो र देशमा प्रजातन्त्र आयो।वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको गला रेट्दै पञ्चायती व्यवस्था सुरु गरे। वि.सं.२०४६ सालमा पञ्चायतविरुद्ध आन्दोलन भयो र जुन आन्दोलनले बहुदलीय व्यवस्था पुनर्स्थापना गर्योस। वि.सं. १९०३ सालदेखि वि.सं. २०४६ सालसम्म करिव १ सय ४३ वर्षमा नेपालको इतिहासमा भएका प्रमुख घटना यिनै हुन्। यीमध्ये पछिल्ला समयका घटनामा कतिपय व्यक्ति प्रत्यक्ष सहभागी भएका भए पनि कैंयौले इतिहासका पाना पढेर थाहा पाउने गरेका छन्।
वि.सं. १९०३ सालमा भएको कातपर्व र वि.सं. २०५८ जेठ १९ मा भएको दरवार हत्याकाण्ड एकै प्रकृतिका जस्ता देखिन्छन्। उक्त घटनापछि जसरी जङ्गबहादुर प्रधान मन्त्री, कमान्डर इनचिफ र श्री ३ महाराज भए त्यसैगरी दरवार हत्याकाण्डपछि ज्ञानेन्द्र राजा भए। उनी जङ्गबहादुर शैलीमा प्रस्तुत भए। जसरी कोतपर्व जङ्गबहादुरले गराएका थिए भनी लेखिएको छ त्यसैगरी दरवार हत्या काण्ड ज्ञानेन्द्रले गरेका थिए भनेर लेखिसकिएको छैन तथापि उक्त काण्डमा ज्ञानेन्द्रको हात रहेको जनमानसको अड्कल खोजीको विषय हुनसक्छ। जसरी वि.सं. २००७ सालमा ल्याएको प्रजातन्त्र राजा महेन्द्रले वि.सं.२०१७ पुस १ गते खोसे, त्यसैगरी वि.सं.२०४६ सालमा पुनर्स्थापित प्रजातन्त्र राजा ज्ञानेन्द्रले वि.सं.२०५९ माघ १९ मा खोसेर निरङ्कुश शैलीमा काम गर्न थाले। वि.सं. २००७ सालमा राणाविरुद्धको आन्दोलनमा जसरी सिङ्गो समुदाय क्रान्तिमा उत्रियो र प्रजातन्त्र ल्याएको थियो त्यसैगरी वि.सं. २०६२/६३ सालमा राजतन्त्रविरुद्ध क्रान्ति भयो र गणतन्त्र स्थापना भयो। जसरी वि.सं. २००७ सालमा १०४ वर्ष राणा शासन फाल्न क्रान्ति गर्नुपरेको थियो ठीक त्यसैगरी २४० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र फाल्न क्रान्ति नै गर्नुपरेको थियो।
वि.सं.१९९० सालको विनासकारी भूकम्पले पुर्या एको क्षतिबारे इतिहास पढेर थाहा पाएकाले वि.सं.२०७२ वैशाख १२ गते बेहोर्नुपर्यो े। त्यसले पुर्यााएको क्षतिबारे सबै साक्षी छौँ। यसरी हेर्दा के देखिन्छ भने एक युगमा एक पटक आउँछ भनेको क्रान्ति यही अवधिमा धेरै भयो। भूकम्प आयो, कोतपर्व भयो। इतिहास पढेका पछिल्लो पुस्ताका मानिस यी सबै घटना बेहोर्न बाध्य भए। यस्तो कठिन घडीमा दौडिरहेका नेपाली जनताले अब निर्माणको इतिहास कोर्न सक्नुपर्छ। आजसम्म नेपाली जनताले देख्न, पढ्न र सुन्न नपाएको एउटै कुरा हो– देशको समग्र विकास र उन्नतिको मार्गमा कसरी लैजाने भन्ने। इतिहासको कुनै कालखण्डमा त्यसखालको काम भएको भए त्यो पनि दोहोरिन सक्थ्यो होला। तर नेपालीलाई त्यो भाग्य कहिल्यै जुरेन। यति छोटो अवधिमा जति पनि घटना दोहरिएका छन् त्यो सबै सुनौलो इतिहास कोर्ने मौकाका लागि हो तर समयमै मौका उपयोग गर्न सकिएन भने त्यो विनास नै हो।
इतिहासबाट पाठ सिक्नुपर्छ। जसले सिक्दैन उसका भावी दिन पनि सुखी बन्दैनन्। इतिहास भनेको विगतको अध्ययनबाट भविष्यको मार्ग पत्ता लगाउने माध्यम हो भनिन्छ। नेपालमा २६ वर्षमा यस्ता घटना भए जुन यसअघि १४३ वर्षमा भएका थिए। राम्रा कुराको पुनरावृति हुन सकेको भए त अवश्य राम्रो हुने थियो तर विडम्बना जुनजुन घटनाले देशलाई पछाडि पार्यो , नेपाल र नेपालीको भाग्य खोसियो तिनै घटनाको पुनरावृति यति छोटो समयमा भएपछि भन्न करै लाग्छ– पछिल्लो पुस्ता अभागी रहेछ। हुन त यो पनि बिर्सनुहँुदैन, समस्यासँगै समाधान पनि हुन्छ। विनाससँगै विकास। त्यसलाई व्यवहारमा उतार्ने आत्मविश्वास त्यही समयका पिढीमा हुनुपर्छ। त्यो इतिहास कोर्नेहरूका लागि सुनौलो मौका पनि बन्न सक्छ। राम्रो काम गरेर आजसम्म नलेखिएको इतिहास कोर्ने कि सधैँ लेखिएको विनासको इतिहास लेख्ने? समयले यही रोजाइरहेको छ।
उपप्रा. त्रिवि