पति मारिदिने अनि पत्नीलाई अनेक नाउँसँग जोडेर चरित्र हत्या गर्ने? अत्याचारको कुनै सीमा नहुने रहेछ- पत्रकार टीका बिष्टको लेखको अभिप्राय मैले यति मात्रै ठम्याएँ। तीर्था गौतमको सिन्दुरको बचाउ गरेको अभियोगमा टीकामाथि सांघातिक आक्रमण भएको सहजै बुझ्न सकिन्छ। तीनजना मुकुन्डोधारीले टीका विष्टको कपाल समातेर तीनैपटक ढुंगामा बजारे, हातखुट्टा ब्लेडले चिरेर भीरबाट खसालिदिए रे। ती हिंस्रक व्यक्तिहरू अहिले मुकुन्डो उतारेर कुनै पार्टीको झन्डा बोकेर कर्तव्यनिष्ठ कार्यकर्तामा बद्लिएका होलान्। पहिचान गर्न किन ढिला भइरहेको हो?
महिलालाई तह लगाउन उसको चरित्रमाथि अनुचित टीकाटिप्पणी गरिन्छ। महिलाको चरित्र पितृसत्ताको क्षेप्यास्त्र नै हो। महिलालाई झुकाउन सकिएन भने उसको चरित्रलाई उल्टोपाल्टो पारेर वर्णन गरिन्छ। सामान्यतया चरित्रको प्रसंग आउने बित्तिक्कै महिला सतर्क भइहाल्छन्। महिलाको क्षमता र योग्यताभन्दा चरित्रवान कि चरित्रहीन भन्नेले ठूलो अर्थ राख्छ अनुदार समाजमा। हाम्रो समाजको मापदण्डअनुसार यौनकर्मी महिला चरित्रहीन मानिन्छन् भने ग्राहक पुरुष चाहिँ चरित्रवान। बुझ्न सजिलोका लागि यो उदाहरण पेश गरेकी हुँ, अन्य अर्थ नलागोस्।
पुरानो नेपालको कुरै छाड्नोस्, नयाँ नेपाल बनाउछौँ भन्नेहरूको नारा सुन्नु भएन? संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालले एउटै नारा पचहत्तरै जिल्लामा बाँडेको हुनुपर्छ। 'तीर्था तेरो सिन्दुर खोई? हलानो, फलानो तेरो पोइ।' यो नारा रुकुममा पनि लागेछ। टीका विष्टको तीर्थाको सिन्दुर.. लेख मार्फत् थाहा पाएँ। महिलाको चरित्रमा ठाडो आक्षेप लगाउने यस्तै नारा काठमाडौंकै सडकमा पनि लागेको थियो। बाह्र वर्ष युद्ध लडेका हाम्रा महान् कमरेडहरूको महानता महिलाको सबालमा हावा खाएको छ। महिलालाई प्रताडित गर्न नयाँ राजनीतिक वा आपराधिक जत्थाको उदय हुँदैछ। रक्षामन्त्री विद्या भण्डारीप्रति जुलुस बढी आक्रोशित थियो। नेपाली सेनाको पक्षमा अभिव्यक्ति दिँदै आएकी रक्षामन्त्रीको विरोध गर्न अरू धेरै गहकिलो नारा बन्न सक्थ्यो। आफ्ना लडाकुलाई बेवास्ता गर्ने रक्षामन्त्रीसँग साटो फेर्न अरु कुनै नारा फुर्न सकेन वा उपयुक्त लागेन माओवादीलाई।
मसाल जुलुसको दिन अघिअघि प्रचण्ड, पछिपछि उनका कार्यकर्ता नित्य निरन्तर एउटै नारा भट्याइरहे - विद्या तेरो सिन्दुर खोई?.... चरित्रमा प्रहार गरेपछि महिलाको मर्ममा लाग्छ भन्ने ठम्याइ छ। पुरुष रक्षामन्त्री भए त्यस्तो नारा लाग्ने थिएन। किनभने हाम्रो समाजमा पुरुषको कुनै महिलासँग नाम जोडिनु पुरुषार्थको विषय हुन्छ। भनाई नै छ- मर्दकी दसौटी, छोराछोरी राम्रा आफ्ना, श्रीमती राम्री अरूकी आदि। राजनीतिमा महिला टिक्न गाह्रो छ। पतिदेवको सेवासुश्रुषामा व्यस्त भएर राजनीतिमा पछाडि पर्छिन्, अविवाहित वा विधवा महिलालाई कुन दिन, कोसँग नाउँ जोडिने हो ठेगान हुँदैन।
टीकालाई टाउको समाएर ढुंगामा ठोक्काएको प्रसंगमा मैले 'गजिनी' फिल्म सम्भि्कएँ। खलनायकले बनाई दिएको चोट भएपनि आमीर खानको गजिनी कट् कपाल गतसाल खुब हिट भयो। मेरो भाइ कागती पनि गजिनीकट् काटेर चिया पकाउँथ्यो। यो फिल्म हो वास्तविकता होइन भन्नेमा आश्वस्त हुँदै फिल्म हेरेकी थिएँ। एउटा कल्पनाको संसार निर्माण गरेर त्यहीँका बासिन्दाको कथा भनी बुझेकी थिएँ। किशोरीलाई बचाएको निहँुमा घनले कपाल ठोकेर मारिएकी हिरोइन र तीर्थाको पक्षमा लेखेको आरोपमा ढुंगामा बजारिएकी टीकाबीच खासै भेद देखिन। बलिउडमा गजिनीजस्ता काल्पनिक भिलेनले प्रयोग गरेको हतियार नेपालका राजनीतिक दलका कार्यकर्ताले प्रयोग गर्दा रहेछन्।
केहीअघि बहिनी सुमित्राले पतीको निसानी भनेर उनको चोटैचोट, दागैदागले भरिएको कपाल देखाइन्। सुन्तली धामीलाई चरित्रहीन घोषणा गरेर बलात्कारीलाई छुटाइएको छ। समाजले चरित्रहीनको परिभाषा आफूखुसी किटान गरेको छ। चरित्रहीनलाई जे गरे पनि हुन्छ। त्यसका लागि दोषीलाई कारबाही गर्नु हुन्न भन्ने बर्बर र असभ्य घटना नेपालमा भएको छ। सत्ता र प्रतिपक्षमा बस्ने कसैलाई लाजै नलाग्ने रहेछ। सुमित्राले भोगेको घरेलु हिंसा, टीकाले कार्यक्षेत्रमा भोग्नु परेको हिंसा र सुन्तली माथिको अत्याचारले नेपालका महिला जहिले र जहाँ पनि खतरामा छन् भनेर बुझ्न सकिन्छ।